प्रतित्यसमुत्पाद नियमको व्याख्या

अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल

0 टिप्पणीहरू 812 आगन्तुकहरू

अविद्याको अर्थ हो जीवनसत्तामा उत्पन्न हुने दुःखद, सुखद संवेदनालाई भोग गर्दा धम्मको नियमले केकस्तो परिणाम दिन्छ भन्ने ज्ञान नभएका कारण यी संवेदनाप्रति रागपूर्ण वा द्वेषपूर्ण अन्ध प्रतिक्रिया गर्नु वा संवेदनाको भोग गर्नु नै अज्ञान हो । अविद्या हो ‘म’ भाव वा स्वयंलाई देह मान्नु । अविद्या वा संवेदनाको भोेग खासगरी ‘म’ ‘म देह हुँ’ भन्ने भावबाट नै जन्मन्छ । त्यसैले स्वयंलाई ‘म’ मानेर संवेदनाहरू भोग्नु नै अविद्या हो । जव अविद्याका कारण मानिसमा संवेदनाप्रति राग वा द्वेषपूर्ण प्रतिक्रिया उत्पन्न हुन्छ यसैको प्रतिक्रियाका कारण चित्तमा संस्कारहरूको जन्म हुन्छ ।

जब चित्तमा यसरी विषय (संवेदना) प्रति राग, द्वेषरूपी संस्कार उत्पन्न हुन्छ तब प्रतित्यसमुत्पादको नियमले यस संस्कार (फल वा परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरिदिन्छ । यसैको परिणाम स्वरूप नयाँ फल उत्पन्न हुनपुग्छ ।

संस्कारका कारण विज्ञान अर्थात् संस्कार बीजका कारण विज्ञानरूप फल

बुद्धको समयको भाषामा विज्ञानको अर्थ हुन्थ्यो चित्तको आधार वा आहार । चित्तमा सङ्ग्रहित संस्कार नै चित्तको आहार हो । चित्तको प्रकृति नै यस्तो छ कि ऊ कुनै न कुनै आधारलाई ग्रहण गरेर मात्र प्रवाहित हुन सक्छ । उदाहरणका लागि मानौँ यस क्षणमा क्रोध उत्पन्न भयो । चित्त क्रोधलाई ग्रहण गरेर अगाडि बढ्छ । मानौँ अर्को क्षण मोह उत्पन्न भयो । चित्त मोहलाई ग्रहण गरेर प्रवाहित हुन्छ । कुनै न कुनै आधार (संस्कार) लाई ग्रहण नगरी चित्त प्रवाहित हुन सक्दैन । यसरी सतत बगिरहने चित्तको यस प्रकृतिलाई चित्तधारा भनिन्छ । चित्तधारा नै जीवनधारा हो ।

यही चित्तधाराका कारण मानिसको जीवन एक जन्मबाट अर्को जन्ममा प्रवाहित हुन्छ । अनि मानिसले बारम्बार पुनर्जन्म प्राप्त गरिरहन्छ । जब संस्कार बन्छ तब यस संस्कारले चित्तलाई अगाडि बढ्ने आधार प्रदान गर्छ । यसरी संस्कार (बीज) का कारण विज्ञानरूपी (फल वा परिणाम) प्राप्त हुन्छ ।

अब प्रतित्यसमुत्पादको नियमले यस विज्ञानरूप (फल) लाई बीज वा कारणमा परिवर्तन गर्छ र नयाँ परिणाम प्रदान गर्छ ।

विज्ञानका कारण नामरूप (चित्त र शरीर)

मानिसको मृत्यु हुँदा पनि चित्त र चित्तमा जमेर रहेका संस्कार नष्ट हुँदैनन् । मृत्युपश्चात् चित्तमा सङ्ग्रह भएर रहेका यिनै संस्कारबाट उत्पन्न हुने विज्ञान (आहार वा आधार) लाई लिएर चित्त प्रवाहित हुन थाल्छ र यही चित्तले मृत्युपश्चात् प्राप्त गरेको विज्ञान वा आहारका कारण मानिसले पुनर्जन्म प्राप्त गर्छ । नयाँ देहसत्ता प्राप्त गर्छ । देहसत्ता नाम (देह) र रूप (चित्त) को संयोजनबाट निर्मित हुने हुनाले विज्ञान (बीज) का कारण नामरूप (फल) प्राप्त हुन्छ ।

अब प्रतित्यसमुत्पादको नियमले यो नामरूप (फल) लाई बीजमा परिवर्तन गरिदिन्छ, जसको परिणाम स्वरूप छ इन्द्रिय (फल) उत्पन्न हुन्छन् ।

नाम र रूपको कारण छ आयतन वा ६ इन्द्रिय

जब नाम (चित्त) रूप (शरीर) को संयोजनबाट निर्मित देहसत्ता प्राप्त हुन्छ त्यसमा सृष्टिको नियमअनुसार नाक, कान, आँखा, छाला, जिब्रो र मन गरी ६ (फल) इन्द्रिय उत्पन्न हुन्छन् । यसरी रूप र नामका कारण ६ वटा इन्द्रिय उत्पन्न हुन्छन् वा प्राप्त हुन्छन् ।

अब प्रतित्यसमुत्पादको नियमले यी ६ इन्द्रियलाई बीज वा कारणमा परिवर्तन गरिदिन्छ । फलतः स्पर्शरूप फल वा परिणाम प्राप्त हुन पुग्छ ।

६ इन्द्रियको कारण स्पर्श

जब ६ वटा इन्द्रिय उपस्थित भएको देह प्राप्त हुन्छ तब यी इन्द्रियसँग प्रत्यक्ष सम्बन्ध भएका गन्ध, शब्द, दृष्य, स्वाद, स्पर्श, धर्म (मनले धारण गर्ने विचार, विषय आदि) जस्ता असङ्ख्य विषय उपस्थित हुन्छन् । यस्तो स्थितिमा इन्द्रिय र विषयहरूका मिलन (स्पर्श) उत्पन्न हुन पुग्छ । यसरी इन्द्रियहरू (बीज) का कारण विषय स्पर्शरूपी (फल) प्राप्त हुन्छ ।

अब प्रतित्यसमुत्पादको नियमले स्पर्श (फल) लाई कारण वा बीजमा परिणत गरिदिन्छ र पुनः एक नयाँ फल संवेदना उत्पन्न हुन पुग्छ ।

स्पर्शका कारण वेदना वा संवेदना अर्थात् स्पर्शरूप बीजका कारण संवेदनारूप फल

जब ६ इन्द्रिय र तिनका विषयहरूका बीचमा मिलन हुन्छ वा स्पर्श हुन्छ तब मानिसको चित्तमा छिपेका ती विषयप्रतिको संस्कारअनुरूप चित्तमा रागपूर्ण वा द्वेषपूर्ण स्वतः प्रतिक्रिया घटित हुन पुग्छ र परिणाम स्वरूप मानिसको चित्त र देहको क्षेत्रमा वेदना वा संवेदनाहरू उत्पन्न हुन्छन् । यी संवेदना मूलतः दुखद वा सुखद प्रकृतिका हुन्छन् । यसरी स्पर्श बीजका कारण सुखद र दुखद संवेदना रूप फल उत्पन्न हुन्छ । प्रतित्यसमुत्पादको नियमले यस संवेदनारूपी फललाई बीजमा परिवर्तन गरी यस चक्रलाई निरन्तरता दिराख्छ र यसैका कारण अर्को रूप वा फल उत्पन्न हुन्छ ।

वेदनाका कारण तृष्णा अर्थात् संवेदनारूप बीजका कारण तृष्णारूप फल

जब विषय र इन्द्रियहरूको मिलन (बीज) बाट जीवनसत्तामा सुखद वा दुखद संवेदना (फल) उत्पन्न हुन्छ तब अविद्याका कारण मानिस सुखद संवेदनाहरूप्रति रागपूर्ण र दुःखद संवेदनाहरूप्रति द्वेषपूर्ण प्रतिक्रिया गर्न थाल्छ, जसका कारण संवेदनाहरूको भोग इच्छा (तृष्णा) रूप फल उत्पन्न हुन्छ । स्मरणरहोस् गहिराइमा द्वेषपूर्ण प्रतिक्रिया पनि तृष्णा नै हो । अनि यही तृष्णा (फल) लाई प्रतित्यसमुत्पादको नियमले पुनः बीजमा परिवर्तन गरी अर्को फल प्रदान गर्छ ।

तृष्णाका कारण आशक्ति अर्थात् तृष्णा बीजका कारण आशक्तिरूप फल

जब मानिसको मनमा दुःखद, सुखद संवेदनाहरूप्रति तृष्णा जाग्छ तब मनमा उत्पन्न सुखद संवेदनामा खुशी हुन थाल्छ, रमाउन थाल्छ र ऊ बढीभन्दा बढी यी सुखद संवेदना प्राप्त गर्न विषयप्रति आकर्षित हुनपुग्छ, अनेक विचारहरू, प्रयासहरू, कर्महरू गर्न प्रारम्भ गर्छ । यी क्षणमा जेजस्ता बीज प्राप्त हुन्छन् त्यसैलाई विस्तार गर्ने धम्मको नियमले यस तृष्णा (बीज) लाई आशक्ति (फल) मा परिणत गरिदिन्छ । दुःखद संवेदनाहरूमा पनि धम्मको यही नियम लागु हुन्छ । जब दुःखद संवेदना मनमा उत्पन्न हुन्छन् तब मानिस यी संवेदनाबाट दुःखी, व्याकुल हुन्छ । जस्तो बीज प्राप्त भएको हुन्छ त्यही बीजलाई विस्तार गर्ने धम्मका नियमले यस दुःख, व्याकुलता आदिलाई झन्झन् विस्तार गरिदिन्छ ।

फलस्वरूप मानिस त्यस विषय वा (संवेदना) प्राप्त नहोस् भनेर अनेक विचारहरू, प्रयासहरू गर्न थाल्छ, जुन पछि गएर आशक्तिमा परिणत हुन पुग्छ । यसरी विषय तृष्णा (बीज) का कारण विषय आशक्ति (फल) उत्पन्न हुन्छ । अब यस विषय आशक्तिरूपी परिणामलाई प्रतित्यसमुत्पादको नियमले कारण (बीज) मा परिणत गरी अर्को परिणाम प्रदान गर्छ ।
आशक्तिका कारण भव अर्थात् आशक्तिबीजका कारण भवरूप फल

जब विषयबाट उत्पन्न सुखद वा दुखद संवेदनाप्रतिको तृष्णा आशक्तिमा परिणत हुन पुग्छ यस्तो क्षणमा मानिस झन्झन् ती विषयप्रति विचार, चिन्तन आदि गर्न थाल्छ । ती विषय प्राप्त गर्न वा नगर्न अनेक कर्म वा प्रयास गर्दछ, जसको कारण झन् धेरै भन्दा धेरै संस्कार उत्पन्न हुन पुग्छ । यिनै संस्कार नै वा संस्कारले नै मृत्युपश्चात् चित्तको प्रवाहलाई आधार वा आहार प्रदान गर्छन् । यसैका कारण भव (नयाँ शरीर उत्पन्न हुने प्रक्रिया) प्रारम्भ हुन्छ । यसरी संस्कारका कारण भव उत्पन्न हुन पुग्छ । अनि प्रतित्यसमुत्पादको नियमले त्यही भवरूपी फललाई पुनः कारण वा बीजमा परिणत गरी अर्को परिणाम प्रदान गर्छ ।

भवका कारण जन्म अर्थात् भव बीजका कारण अर्को जन्मरूपी फल

जब भव (बीज) का कारण नयाँ शरीर (फल) उत्पन्न हुने प्रक्रिया प्रारम्भ हुन्छ तब मृत्युपश्चात् कुनै संस्कारलाई ग्रहण गरेर प्रवाहित भइरहेको चित्तधारा कुनै गर्भमा प्रवेश गर्न पुग्छ, कुनै शरीरसँग जोडिन पुग्छ, जसको कारण मनुष्यले पुनर्जन्म प्राप्त गर्छ अर्थात् नयाँ शरीर प्राप्त गर्छ ।

जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख

जब जन्म हुन्छ, जब मानिसले जन्मपश्चात् नयाँ शरीर प्राप्त गर्छ तब प्रतित्यसमुत्पादको नियमले पुनः यस कारण–परिणाम–कारण–परिणामको चक्रलाई निरन्तरता दिराख्छ ।

परिणामस्वरूप मनुष्यको जीवनमा वृद्धावस्था, मृत्यु, शोक, दुःख, चित्त विकार, चित्तखेदको चक्र चलिरहन्छ । जबसम्म सत्य मोक्ष साधनाद्वारा निर्वाण प्राप्त भई संस्कार चित्त वा संवेदनालाई भोग्ने स्वभाव पूर्णरूपमा नष्ट हुँदैन, जबसम्म चित्तधारा पूर्णरूपमा शुद्ध हुँदैन तबसम्म प्रतित्यसमुत्पाद नियमका कारण यस्तो भयानक चक्र वा श्रृङ्खला समाप्त हुन सक्दैन । परिणामस्वरूप मनुष्य अविरलरूपमा दुःखचक्र, भवचक्र, लोकचक्रमा घुमिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 581 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 636 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 424 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 479 0
सद्गुरुको खोजी 1/12/2023 571 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 485 0
गुरु अलार कालमसँग भेट 1/12/2023 558 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 506 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 520 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 379 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 483 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 491 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 553 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 510 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 513 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1076 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 482 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 600 0
उपक आजीवनसँग भेट 1/13/2023 507 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 518 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 531 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 551 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 529 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 598 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 789 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 598 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 556 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 498 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 637 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 461 0
दुःख समुदय आर्य सत्य 1/13/2023 559 0
दुःख निरोध आर्यसत्य 1/13/2023 486 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 566 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 643 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 516 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 532 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 533 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 502 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 511 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 562 0
आसन ग्रहण 1/13/2023 489 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 470 0
आनापानसति 1/13/2023 562 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 533 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 557 0
कायानुपश्यना 1/13/2023 450 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 485 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 518 0
चित्तानुपश्यना 1/13/2023 509 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 532 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 465 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 533 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 571 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 527 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 629 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 444 0
दसौँचरण-अनित्य बोध 1/13/2023 455 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 558 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 594 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 510 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 473 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 506 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 656 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 568 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 511 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 617 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 511 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 638 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 645 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 677 0