धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि-६.६

धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण

0 टिप्पणीहरू 404 आगन्तुकहरू

धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरणबाट गुज्रिनुहोस्

जब तपाईँ विपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब शनैःशनैः तपार्इँ धम्मका शाश्वत नियमहरूको सहयोगमा धर्मचक्र वा निर्वाणका निम्नलिखित बाह्र चरणलाई पार गर्दै निर्वाण क्षेत्रमा प्रवेश गर्नुहुन्छ । भगवान्ले यस सत्यको व्याख्या महासतिपट्ठान सुत्तमा गर्नुभएको छ । धर्मचव्रm वा विपश्यना साधनाका यी चरणमाथि व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–

“कथञ्च पन, भिक्खवे, भिक्खु काये कायानुपस्सी विहरति ?” इध, भिक्खवे, भिक्खु अरञ्ञगतो वा रुक्खमूलगतो वा सुञ्ञागारगतो वा । निसीदति पल्लङ्कं आभुजित्वा उजुं कायं पणिधाय । परिमुखं सतिं उपठ्ठपेत्वा । सो सतोव अस्ससति, सतोव पस्ससति । दीघं वा अस्ससन्तो ‘दीघं अस्ससामी’ति पजानाति, रस्सं वा पस्ससन्तो ‘दीघं पस्ससामी’ति पजानाति । रस्सं वा अस्ससन्तो ‘रस्सं अस्ससामी’ ति पजानाति, रस्सं वा पस्ससन्तो ‘रस्सं पस्ससामी’ ति पजानाति । सब्बकायपटिसंवेदी अस्ससिस्समी’ति सिक्खति, ‘पस्सम्भयं कायसङ्खारं अस्ससिस्सामी’ ति सिक्खति, ‘पस्सम्भयं कायसङ्खारं पस्ससिस्सामी’ति सिक्खति ।’’

अर्थात् भिक्षुहरू ! (कोही) भीक्षु कसरी कायमा कायानुपश्यी भएर विहार गर्छ ? भिक्षु हो ! यहाँ (कोही) भिक्षु अरण्य (वन) मा गएर वा वृक्षमुनि बसेर वा सून्यागार (ध्यानकक्ष) मा गएर शरीर सिधापारी, मुखको माथिल्लो भागमा स्मृति (जागरुकता ) प्रतिस्थापित गरी, पलेँटी मारेर बस्छ । यतिबेला उसले स्मृतिवान् (जागरुक) भएर स्वास लिन्छ, स्मृतिवान् भएर स्वास छोड्छ । उसले लामो श्वास लिँदा राम्रोसँग जान्दछ कि लामो श्वास लिइरहेको छु, लामो श्वास छोड्दा राम्रोसँग जान्दछ कि लामो श्वास छोडिरहेको छु । उसले छोटो श्वास लिँदा राम्रोसँग जान्दछ कि छोटो श्वास लिइरहेको छु, छोटो श्वास छोड्दा राम्रोसँग जान्दछ कि छोटो श्वास छोडिरहेको छु । यसरी उसले सम्पूर्ण शरीरप्रति संवेदनशील हुँदै अर्थात् संवेदनाहरूको अनुभव गर्दै श्वास लिन सिक्छ । उसले सम्पूर्ण शरीरप्रति संवेदनशील हुँदै (संवेदनाहरूको अनुभव गर्दै) श्वास छोड्न सिक्छ । यसरी उसले कायको संस्कार (स्वभाव) लाई प्रश्रव्ध (शान्त) गर्दै श्वास लिन सिक्छ । उसले कायको संस्कारलाई प्रश्रव्ध गर्दै श्वास छोड्न सिक्छ ।

प्रथमचरण :– बहिद्धा वा काये कायानुपस्सी विहरती (कायको बाहिर क्षेत्रको कायानुपश्यना)
अर्थात् कायको बाहिरी क्षेत्रहरूमा संवेदनाहरूको अनुभूति प्राप्त हुनु ।
दोस्रोचरण :– अज्झतं वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री क्षेत्रको कायानुपश्यना, कायको भित्री क्षेत्रहरूमा संवेदनाहरूको अनुभूतिहरू प्राप्त हुनु ।
तेस्रोचरण :– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री–बाहिरी क्षेत्रमा कायानुपश्यना अथवा कायको भित्रीबाहिरी क्षेत्रहरूमा संवेदनाहरूको अनुभूति प्राप्त हुनु ।
चौथोचरण :– समुदय धम्मानुपस्सी वा कायस्ंिम विहरति
अर्थात् समुदय धर्मको अनुपश्यना अथवा संवेदनाहरूको समुदय (उत्पत्ति) को अनुभूति प्राप्त हुनु ।
पाँचौँचरण :– वय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् व्यय धर्मको अनुपश्यना अथवा संवेदनाहरूको व्ययको अनुभूति प्राप्त हुनु ।
छैठौँचरण :– समुदयव्य धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् समुदय व्यय धर्मको अनुपश्यना अथवा संवेदनाहरूको समुदय र व्ययको अनुभूतिहरू प्राप्त हुनु ।
सातौँचरण :– सब्वकायपटि संवेदी
अर्थात् साधकको सम्पूर्ण शरीरमा संवेदनाहरूको अनुभव हुनु ।
आठौँचरण :– पस्सम्भयं कायरसङ्खार
अर्थात् कायको चञ्चल स्वभाव नाश भई प्रश्रब्धि वा शान्तपना अनुभव हुनु ।
नवौँचरण :– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति
अर्थात् ‘यो काया हो’ भन्ने कुरामा स्मृति प्रतिष्ठापित हुनु ।
दसौँचरण :– काय मात्र परमाणुको पुञ्ज हो वा काय अनित्य हो भन्ने भाव पुष्ट हुनु ।
एघारौँचरण :– अनात्म बोध वा साधकको अहं रूपी ‘म’ र ‘मेरो’ भाव नाश हुनु ।
बाह्रौँचरण :– निर्वाण वा साधकलाई इन्द्रियातीत क्षेत्रको प्रामाणिक अनुभूति प्राप्त हुनु, मात्र ‘म’ अनुपस्थित दर्शन (द्रष्टा होइन) शेष रहनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 549 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 620 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 412 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 463 0
सद्गुरुको खोजी 1/12/2023 521 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 477 0
गुरु अलार कालमसँग भेट 1/12/2023 546 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 490 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 494 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 365 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 469 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 471 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 533 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 490 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 435 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1064 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 460 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 586 0
उपक आजीवनसँग भेट 1/13/2023 489 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 498 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 509 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 539 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 509 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 582 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 587 0
चार आर्य सत्य 1/13/2023 773 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 578 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 542 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 486 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 623 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 423 0
दुःख समुदय आर्य सत्य 1/13/2023 545 0
दुःख निरोध आर्यसत्य 1/13/2023 468 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 554 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 629 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 502 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 516 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 513 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 482 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 489 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 544 0
आसन ग्रहण 1/13/2023 465 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 454 0
आनापानसति 1/13/2023 552 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 531 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 519 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 491 0
कायानुपश्यना 1/13/2023 426 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 473 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 500 0
चित्तानुपश्यना 1/13/2023 491 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 444 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 512 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 425 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 447 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 521 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 556 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 515 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 597 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 444 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 424 0
दसौँचरण-अनित्य बोध 1/13/2023 435 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 540 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 432 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 578 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 497 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 461 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 457 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 489 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 618 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 516 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 463 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 551 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 497 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 574 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 625 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 797 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 647 0