धर्मचक्र प्रर्वतनको चरणबद्ध साधनाविधि

चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ?

0 टिप्पणीहरू 532 आगन्तुकहरू

यदि धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नाश गर्नु हो भने साधकको रूपमा सर्वप्रथम तपाईँले आफ्नै जीवनमा कसरी संस्कारहरू उत्पन्न हुन्छन् ?, कसरी चित्तका यी संस्कार विस्तार वा शक्तिशाली हुन्छन् ?, कसरी यी संस्कार झन्झन् विस्तार भएर तपाईँको स्वभाव, गुण, प्रकृति आदि बन्न पुग्छन् ?, कसरी यी संस्कार, तपाईँमा बारम्बार विचार वा कर्मका रूपमा प्रकट हुन्छन् ? आदि प्रश्नहरूप्रति स्पष्ट हुन अत्यावश्यक हुन्छ ।

चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) उत्पत्तिको प्रक्रियालाई नबुझी तपाईँ निर्वाण उत्पत्तिको रहश्यलाई बुझ्न सक्नुहुने छैन । त्यसैले तपाईँले सर्वप्रथम चित्तमा कसरी संस्कार उत्पन्न हुन्छ भन्ने तथ्यप्रति नै स्पष्ट हुनुपर्ने हुन्छ । चित्तमा कसरी संस्कार (संवेदना भोग गर्ने स्वभाव) उत्पन्न हुन्छन् भन्ने तथ्यलाई बुझ्न सर्वप्रथम तपाईँले आफ्नै जीवनको संरचना र जीवनमा धम्मका शाश्वत नियमहरूका कारण स्वतः सञ्चालन भइरहेका जीवन्त जीवनप्रक्रियासँग परिचित हुन पनि उत्तिकै आवश्यक हुन्छ । यहाँनेर के प्रश्न उठ्छ भने आखिर मानिसको जीवनसत्ता र जीवनसत्ताभित्र स्वत क्रियाशील हुने जीवन्त जीवन प्रक्रिया कस्तो छ ?

भगवान् बुद्धका मतानुसार तपाईँको जीवनसत्ता रूप (काय, देह) र नाम (चित्त) को संयोजनबाट निर्मित भएको छ । यस जीवनसत्तामा धम्मका छ वटा शाश्वत नियम पनि समानान्तररूपमा क्रियाशील छन् । निर्वाणका गम्भीर साधकका लागि धम्मका यी शाश्वत नियमका व्याख्या परिशिष्टमा राखिएको छ ।

तपाईँको जीवनका दुई क्षेत्रमध्ये देह क्षेत्रमा पाँच इन्द्रिय (मनसहित छ इन्द्रिय) छन् । यी ६ इन्द्रियका विषय असङ्ख्य छन् । त्यस्तै तपाईँको जुन चित्त क्षेत्र छ त्यस क्षेत्रमा चार भाग वा खण्डहरु छन्, जसलाई विज्ञान, संज्ञा, वेदना र संस्कार भनिन्छ । जब तपाईँका छ इन्द्रिय र विषयका बीचमा कारणवश मिलन हुन्छ तब तपाईँको चित्तको प्रथम (विज्ञान) खण्डले तपाईँलाई इन्द्रिय र विषय (रूप, रस, शब्द, स्पर्श, गन्ध आदि) सँग मिलन भएको जानकारी दिन्छ ।

जब यस्तो जानकारी प्राप्त हुन्छ तब तपाईँको चित्तको दोस्रो खण्ड (संज्ञा) तत्क्षण सक्रिय हुनपुग्छ र चित्तको यस दोस्रो खण्डले तपाईँको पूर्व अनुभवको आधारमा ती विषय (रूप, रस, शब्द आदि) लाई राम्रो–नराम्रो, प्रशंसा–गाली, मीठो– नमीठो आदिमा विभाजन गरिदिन्छ ।

जब यसरी विषयहरू दुई भागमा विभाजित हुन्छन् तब चित्तको तेस्रो खण्ड (वेदना) तत्क्षण सक्रिय हुन थाल्छ र तपाईँमा सुखद अनुभूति (संवेदना) र दुःखद अनुभूति (संवेदना) उत्पन्न हुन थाल्छ ।

जब यसरी तपाईँको देह र चित्तको क्षेत्रमा सुखद वा दुखद संवेदना उत्पन्न हुन्छन् तब तपाईँको चित्तको चौथो खण्ड संस्कार (संवेदनालाई भोग्ने पूर्व स्वभाव) सक्रिय हुन थाल्छ र तपाईँको चित्तले पूर्व संस्कारअनुरूप संवेदना सुखद भए खुसी, दुखद भए दुःखी भएर प्रतिक्रिया दिन थाल्छ । अनि यही क्षणमा तपाईँमा छिपेका धम्म (प्रकृति) को संस्कारबीज सङ्ग्रहको शाश्वत नियमले चित्तको स्वभाव (संस्कार) लाई सुरक्षित राखिदिन्छ । अर्थात् संस्कारबीजको रूपमा सङ्ग्रह गरिदिन्छ ।

जब तपाईँ बारम्बार विषयमा प्रवेश गरी संवेदनाहरूलाई भोगिरहनुहुन्छ तब धम्मको संस्कार वा बीज विस्तारको शाश्वत नियमले तपाईँको संस्कारलाई झन्झन् विस्तार वा शक्तिशाली बनाउँदै ती संस्कारलाई तपाईँका स्वभावमा परिणत गरिदिन्छ । जब संस्कारहरू शक्तिशाली भई तपाईँको गुण वा स्वभावमा परिणत हुन्छ तब धम्मको संस्कार वा गुण प्रकटीकरणको शाश्वत नियमका कारण तपाईँका मूल गुण स्वतः प्रकट हुँदै जान्छ र तपाईँमा आफ्नै गुण अनुसारको विचार, कर्म आदि घटित हुन थाल्छ ।

अनि यही क्षणमा तपाईँको संस्कार वा गुण आकर्षणको शाश्वत नियमका कारण तपाईँको जस्तो गुण वा प्रकृति छ त्यस्तै विषय वा व्यक्तितर्फ आर्कषित हुन थाल्नुहुन्छ र तपाईँका गुण, स्वभाव, धर्म आदि झन्झन् विस्तार तथा शक्तिशाली हुँदै जान्छन् । यही क्षणमा धम्मको प्रतित्यसमुत्पाद वा कारण–कार्यको शाश्वत नियमले तपाईँमा क्रियाशील हुन पुगी तपाईँमा दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न गर्छ । प्रतित्यसमुत्पादको नियमले संस्कारबीज प्राप्त गरेपछि कसरी तपाईँमा यी अनेक चक्र उत्पन्न गर्छ ? भन्ने प्रश्नको व्याख्या दोस्रो अध्यायमा गरिसकिएको छ । यसरी तपाईँमा धम्मका शाश्वत नियमहरूको संयोजनमा संस्कार उत्पत्ति विस्तार आदिको सतत चक्र चलिरहेको छ ।

धर्मचक्र प्रवर्तन भन्नु नै माथि व्याख्या गरिएको जीवन प्रक्रिया, जुन जन्म–जन्मान्तरदेखि तपाईँमा संस्कारहरू उत्पत्ति, विस्तार आदिको चक्र उत्पन्न भइरहेको छ, यही चक्र वा प्रक्रियालाई आर्य अष्टाङ्गमार्गका आठ साधनाद्वारा हस्तक्षेप गरी धर्मचक्र वा निर्वाणचक्र उत्पन्न गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 581 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 636 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 424 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 479 0
सद्गुरुको खोजी 1/12/2023 571 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 485 0
गुरु अलार कालमसँग भेट 1/12/2023 556 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 504 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 518 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 377 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 483 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 491 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 551 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 510 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 513 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1076 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 482 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 600 0
उपक आजीवनसँग भेट 1/13/2023 507 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 518 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 531 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 549 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 527 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 598 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 789 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 596 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 556 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 498 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 637 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 461 0
दुःख समुदय आर्य सत्य 1/13/2023 559 0
दुःख निरोध आर्यसत्य 1/13/2023 486 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 566 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 643 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 516 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 530 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 500 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 511 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 562 0
आसन ग्रहण 1/13/2023 489 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 470 0
आनापानसति 1/13/2023 562 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 531 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 557 0
कायानुपश्यना 1/13/2023 450 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 485 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 518 0
चित्तानुपश्यना 1/13/2023 509 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 532 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 465 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 533 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 570 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 527 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 629 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 444 0
दसौँचरण-अनित्य बोध 1/13/2023 455 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 558 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 594 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 509 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 473 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 505 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 656 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 566 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 511 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 617 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 509 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 638 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 645 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 811 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 677 0