परिशिष्ट

विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस्

0 टिप्पणीहरू 457 आगन्तुकहरू

जब तँपाई विपश्यना वा धर्मचक्र साधनामा प्रवेश गर्नुहुन्छ, तँपाईमा साधना संस्कारको जन्म हुन्छ । चित्तमा समभावको उत्पत्ति हुन्छ । जब तँपाई साधनालाई निरन्तरता दिइरहनुहुुन्छ, शनै शनै विपश्यना साधना नै तँपाईको गूण बन्दछ । यो साधना गूण बारम्बार ‘स्वत प्रकट’ हुँदा बारम्बार तँपाई साधनामा प्रवेश गर्नुहुन्छ । स्वतः सजातिय गूण भएका व्यक्तिहरु वा विषयहरु प्रति आर्कषित हुन थाल्नुहुन्छ । शनै शनै यहि साधना प्रक्रियाद्धारा चित्तका संस्कारहरुलाई नाश गर्दै तँपाई सोतापन्ना, सकृदागामी, अनागामी र अरहंत अवस्था प्राप्त गर्नुहुन्छ । शुद्ध चित्त स्थिति वा निर्वाण प्राप्त गर्नुहून्छ ।

यो स्थितिमा पनि प्रश्न उठ्दछ कि तँपाईमा साधना संस्कारको उत्पत्ति कसरी हुन्छ ? तँपाईको चित्तमा समभावको संस्कारको कसरी उत्पत्ति हुन्छ ? कसरी तँपाईको प्रथम साधना संस्कार विस्तारीत भएर साधना गूणमा परिवर्तन हुन्छ ? किन तँपाईको साधना गूण प्रकट हुन्छ ? वा किन तँपाई पुनः पुनः साधनामा प्रवेश गर्नुहुन्छ ? कीन वा कसरी चित्तका संस्कारहरु नष्ट भएर शुद्ध समभावी चित्त स्थिति उत्पत्ति हुन्छ ?

माथि व्याख्या गरिएका परिणामहरु कुनै एक विपश्यी साधकले मात्र प्राप्त गर्दैन, विधिपूर्वक विपश्यना वा महासतिपट्ठान साधना गर्ने प्रत्येक साधकले अन्ततः यिनै परिणामहरुनै प्राप्त गर्दछन् । यो स्थितिमा पनि प्रश्न उठ्दछ कि आखीर किन साधनामा प्रवेश गर्ने ‘प्रत्येक’ साधकमा साधना विज संग्रह, साधना विज विस्तार, साधना गूण प्रकटीकरण, सजातिय गूण भएका विषयहरु वा व्यक्तिहरु प्रति आर्कषण, संस्कार उच्छेद, चित्त शुद्धी र अन्ततः निर्वाण प्राप्ती आदि परिणामहरु यी ‘अकाट्य’ वा समान रुपमा प्राप्त हुन्छ ? के यो प्रत्येक साधकले प्राप्त गर्ने अकाट्य समान परिणामहरुको पछाडी प्रकृतिका श्वाशत नियमहरु छिपेका छन् ? कि यि परिणामहरु पनि अकारण रुपमा नै प्राप्त भएका छन् ? यदि यि परिणामहरु अकारण प्राप्त भएका छन् भने किन प्रत्येक साधकले प्राप्त गर्ने परिणामहरु समान छन् ?

यो अत्यन्त दुर्भाग्यपूर्ण छ की वर्तमान समयमा पनि बन्धन र निर्वाणको मूल कारण प्रकृतिका यिनै श्वाशत नियमहरुको रहस्यलाई बुझ्न नसकी असंख्य साधकहरु निर्वाण प्राप्तीको नाममा अनेकन् कर्मकाण्डीय साधना विधिहरुमा अल्झीरहेका छन् । अनेकन् सम्प्रदायहरु, गूरुहरु, मालाहरु, आभूषणहरु, मतहरु, दर्शनहरु ग्रहण गरीरहेका छन् ।

प्रकृतिका श्वाशत नियमहरु (स्मरण रहोस्– तँपाई यि प्रकृतिका श्वाशत नियमहरुलाई ईश्वरको नियम पनि भन्न सक्नुहुन्छ) लाई बुझ्न असमर्थ भई ‘मोक्ष वा निर्वाण’ शब्दको वरीपरी कर्मकाण्डको यति डरालाग्दो पहाड खडा गरेका छन् कि प्रकृतिकै श्वाशत नियमहरु कै कारण साधकहरु निर्वाण विपरीत परिणामहरु प्राप्त गरीरहेका छन् । यसैले निर्वाण साधनाका गम्भीर साधकहरुले बन्धन र मोक्षको केन्द्रमा अवस्थित धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरुसँग पूर्ण परिचित हुन अत्यन्त आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 549 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 620 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 412 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 463 0
सद्गुरुको खोजी 1/12/2023 521 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 477 0
गुरु अलार कालमसँग भेट 1/12/2023 546 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 490 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 494 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 365 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 469 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 471 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 533 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 490 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 435 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1064 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 460 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 586 0
उपक आजीवनसँग भेट 1/13/2023 489 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 498 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 509 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 539 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 509 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 582 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 587 0
चार आर्य सत्य 1/13/2023 773 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 578 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 542 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 486 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 623 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 423 0
दुःख समुदय आर्य सत्य 1/13/2023 545 0
दुःख निरोध आर्यसत्य 1/13/2023 468 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 554 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 629 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 502 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 516 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 513 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 482 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 489 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 544 0
आसन ग्रहण 1/13/2023 465 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 454 0
आनापानसति 1/13/2023 552 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 531 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 519 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 491 0
कायानुपश्यना 1/13/2023 426 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 473 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 500 0
चित्तानुपश्यना 1/13/2023 491 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 444 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 404 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 512 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 425 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 447 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 521 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 556 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 515 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 597 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 444 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 424 0
दसौँचरण-अनित्य बोध 1/13/2023 435 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 540 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 432 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 578 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 497 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 461 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 489 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 618 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 516 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 463 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 551 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 497 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 574 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 625 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 797 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 647 0