परिशिष्ट

संस्कार वा गूण उच्छेदको श्वाशत नियम

0 टिप्पणीहरू 677 आगन्तुकहरू

उच्छेदको अर्थ हो जरादेखि नै उखेलेर नष्ट गर्नु । संस्कार वा गूण उच्छेदको नियम धम्म वा प्रकृतिको त्यो श्वाशत नियम हो, जुन नियमको कारण तँपाईको चित्तमा जन्मजन्मान्तरदेखि संग्रहीत संस्कार (संवेदनाहरु प्रतिको राग प्रक्रियाहरु) नष्ट हुन पुग्दछन् । जब तँपाई विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, जब तँपाई जन्मजन्मान्तर देखी संग्रहीत संस्कारहरुको कारण प्रकट भई रहेका सुखद् दुखद् संवेदनाहरुलाई भोग नगर्न वा समभावी रहन चित्तलाई प्रशिक्षण दिनुहुन्छ । यो क्षणमा विपरित विद्युतिय धाराहरु परस्परमा मिल्दा तिब्र विपरीत प्रतिकृया भए झैँ चित्तका दुई विपरीत स्वभावहरु (संवेदनाहरु प्रति रागद्वेषपूर्ण प्रतिक्रिया गर्ने स्वभाव र संवेदनाहरु प्रति रागद्वेषपूर्ण प्रतिक्रिया नगर्ने स्वभाव) बीच एक विपरित प्रतिक्रिया घटित हुन पुगी जन्म जन्मान्तर देखि तँपाईको चित्तमा जरा गाडेका संस्कारहरु प्रकृतिको यो यहि श्वाशत नियमको कारण ‘नष्ट’ हुन्छन् । ‘भष्म’ हुन्छन् । जरैदेखि ‘उच्छेद’ भएर नष्ट हुन्छन् ।

यदि तँपाईको चित्तमा संस्कार वा गूण उच्छेदको श्वाशत नियम क्रियाशील नभएको भए वा यो नियमको कारण तँपाईको चित्तका संस्कारहरु उखेलीएर नष्ट नहुने भएको भए तँपाईले जिवनमा निर्वाण प्राप्त गर्ने भन्ने सम्भावना नै सधैको लागि समाप्त हुनपुग्दछ । विपश्यना साधनामा प्रज्ञा क्षेत्र (मूलतः सम्यक दृष्टी) त्यो साधना क्षेत्र हो जहाँ प्रकृतिको संस्कार वा गूण उच्छेदको नियम क्रियाशील हुनपुग्दछ । मूलतः यहि नियमको क्रियाशीलता कारण नै तँपाईमा जन्मजन्मान्तर देखी संग्रहीत र विस्तारीत भएका संस्कारहरु पूर्ण रुपमा नष्ट हुनपुग्दछन् ।

विपश्यना साधना बाहेकका अन्य निर्वाण साधनाहरु जून साधनामा ईश्वर वा गूरु प्रतिमा, प्रकाश, मन्त्र, श्वासप्रश्वाश आदि लाई ध्यान साधनाको आधार बनाइन्छ, ति निर्वाण साधनाहरुमा संवेदनाहरु प्रति साधना नगरीने वा चित्तलाई संवेदना प्रति समभावी बन्न प्रशीक्षण नदिइने हुनाले यि साधना विधिहरुमा दुई विपरति स्वभावहरु बीच विपरीत प्रतिक्रिया नै उपस्थित हुँदैन, जसको कारण यि साधना विधिहरुमा प्रकृतिको यो श्वाशत नियम क्रियाशील नै हुन सक्दैन । मूलतः यहि कारण नै विपश्यना बाहेकका संसारका सम्पूर्ण साधना विधिहरु निर्वाण प्रदान गर्न असमर्थ छन् । मूलतः यहि कारण नै विपश्यना यो संसारको एक मात्र सत्य मोक्ष साधना विधि बन्न पुगेको छ ।

प्रकृति वा धम्मको यहि संस्कार वा गूण उच्छेद नियम क्रियाशील भएर चित्तमा छिपेका संस्कारहरु नष्ट हुने अनुभुतिलाई व्याख्या गर्दै विश्व प्रसिद्ध विपश्यना गुरु गोयन्का भन्नुहुन्छ – जब संग्रहित संस्कारहरु र शुद्ध सम चित्त बीचमा सम्पर्क हुन्छ, त्यो क्षण विपरीत स्वभावहरुबीच एक तिब्र विपरीत प्रतिक्रिया हुन्छ, त्यो क्षणमा एक तुफान उठ्छ, एक ज्वालामुखी झैँ फुट्दछ, यो प्रतिक्रियाले गर्दा साधकमा शरिर तन्किए झैँ, कामे झैँ, टाउको दुखे झैँ, कम्मर दुखे झैँ, शरिरको जडता नष्ट भए झैँ, देहको स्थूलता नष्ट भए झैँ अनेकन् अनुभूतिहरु स्पष्ट रुपमा बोध हुन्छ । भगवानद्वारा धम्मको संस्कार वा गूण उच्छेदका नियमको व्याख्या गर्दै चित्तका संस्कारहरु विपश्यना साधनाबाट नष्ट हुन्छन् भन्ने सत्यलाई व्याख्या गरिएका केही उदाहरणहरुः

संस्कार वा गूण उच्द्धेद नियमको कारण प्रहीण भएकाले, जराबाट उखेलिएर गएकाले, शिर काटिएको ताड जस्तै भएकाले, अभावको प्राप्त भएकाले, भविष्यमा उत्पन्न नहुने भएकोले हे वत्स, तथागत् मुक्त भए । (अग्गिवच्छसूत्त)

सो करोहि दीपम् अत्तनो, खिप्पं वायम पण्डितो भव ।
निद्धन्तमलो अनङ्गणो, दिब्बं अरियभूमिम् एहिसि ।।२३६ ।।

आफ्नो (आत्मरक्षाका लागि) एक टापु बनाऊ वा मोक्षमार्गको पथप्रदर्शक बत्तीस्वरुप बनाऊ । द्रुतगतिमा अध्यास गरेर विद्वान् बन, (संस्कार वा गूण उच्छेद नियमद्धारा) सबै मल धोएर निष्पाप बनेका तिमी दिव्य आर्यभूमिमा पुग्नेछौ ।

गहकारक ! दिट्ठोसि, पुन गेहं न काहसि ।
सब्बा ते फासुका भग्गा, गहकूटं विसङ्गितं
विसङ्खारगतं चित्तं, तण्हानं खयम् अज्झगा ।।१५४।।

हे गृहनिर्माता ! संस्कार वा गूण उच्छेदको नियमद्धारा तिमीलाई मैले खेदेँ, तिमी फेरि अर्को पटक घर बनाउँने छैनौ !, तिम्रा सबै दार–पात भाँचिए, घरको धुरी भत्काइयो ढलाइयो । चित्त संस्काररहित अवस्थामा पुग्यो, तृष्णा जति सबैको मैले नाश गरेँ ।

ये रागरत्तानुपतन्ति सोतं, सयंकतं मक्कटको व जालं ।
एतं पिछेत्वान वजन्ति धीरा, अनपेक्खिनो सब्बदुखं पहाय ।।३४७।।

जो रागरञ्जित छन् तिनीहरु आफैले बनाएको स्रोतमा त्यसै गरी फस्छन् जसरी माकुरो आफ्नै जालमा अल्झिन्छ । कुनै अपेक्षा नराख्ने निस्पृह मानिसहरु यस्ता बन्धनका स्रोतहरुलाई (संस्कार वा गूण उच्छेद नियमद्धारा) छिन्नभिन्न गरी चुँडालेर कामभोगको सुखलाई छोडेर प्रव्रजित बन्दछन् ।

यस्सासवा परिक्खीणा, आहारे च अनिस्सितो ।
सुञ्ञतो अनिमित्तो च, विमोक्खो यस्स गोचरो ।
आकासे व सकुन्तानं, पदं तस्स दुरुन्नयं ।।९३।।

जसको (संस्कार वा गूण उच्छेद नियमको कारण) आश्रव वा विकारहरु पुरै नष्ट÷विध्वस्त भएका छन् । जो भोजनमा अनाशक्त र असंलग्न छ । जसलाई शून्यता र स्वरुप रहित निर्वाण छर्लङ्ग छ । उसको बाटो आकासमा उड्ने चराहरुको जस्तै जान्न नसकिने (अज्ञेय) छ ।

यस्स च्’एतं समुच्छिन्नं, मूलघच्चं समूहतं ।
स वे दिवा रत्तिं वा, समाधिं अधिगच्छति ।।२५०।।

यस्ता विचारहरु जसका नष्ट भएका छन् । वा (संस्कार वा वीज उच्छेदको नियमको कारण) जरै देखि उखेलिएका छन् । उसले दिनमा र रातमा पनि शान्ति प्राप्त गर्न सक्दछ ।

यस्स च्’एतं समुच्छिन्नं, मूलघच्चं समूहतं ।
स वन्तदोसो मेधावी, साधुरुपो ति वुच्चति ।।२६३।।

अनि जसका त्यस्ता खराव प्रवृत्तिहरु छिन्नभिन्न, टुक्रा टुक्रा भएर जरै देखि पूर्णरुपमा उखेलिएर (संस्कार वा गूण उच्छेदको नियमको कारण) नष्ट भएका छन् । त्यो दोष रहित मेधावीलाई नै साधूरुप भनिन्छ ।

सब्बाभिभू सब्बविदू’हम् अस्मि, सब्बेसु धम्म्मेसु अनूपलित्तो ।
सब्बञ्जहो तण्हक्खये विमुत्तो, सयं अभिञ्ञाय कं उद्दिसेय्यं ।।१५३।।

म सर्वविजयी हुँ, सर्वज्ञानी हुँ, सबै मानसिक प्रवृत्तिमा अलिप्त छु, सर्वत्यागी हुँ, (संस्कार वा गूण उच्छेद नियमद्धारा) तृष्णाहरु नाश गरेर तिनबाट विमुक्त छु, यस्ता कुरा आफैले छर्लङ्ग जाने–बुझेपछि म कसलाई गुरु मानूँ वा कसलाई यो कुरा बताऊँ ! ।

अनुपुब्बेन मेधावी, थोकं थोकं खणे खणे ।
कम्मारो रजतस्सेव, निद्धमे मलम् अत्तनो ।।२३९।।

कुनै स्वर्णकारले चाँदीको कसर निखारेर फले झैँ ज्ञानी पुरुषले क्रमिक रुपमा थोरै–थोरै, छिन–छिनमा आफूभित्रको कसर (संस्कार वा वीज उच्छेदको नियमको सहयोगमा) धोएर निखार्नुपर्छ ।

सदा जागरमानानं अहोरत्तानुसिक्खिनं ।
निब्बानं अधिमुत्तानं, अत्थं गच्छन्ति आसवा ।।२२६।।

सधैँ जागरणशील रहने, दिनरात अध्ययन (सिकाइ) मा लागिरहने तथा निर्वाणलाई आफ्नो उद्धेश्य बनाउनेहरुका सबै आश्रव (संस्कार वा गूण उच्छेदको नियमको कारण) अस्त (नष्ट) हुन्छन् ।

सो करोहि दीपम् अत्तनो, खिप्पं वायम पण्डितो भव ।
निद्धन्तमलो अनङ्गणो, न पुनं जातिजरं उपेहिसि ।।२३८।।

आफैलाई एक द्वीप (टापु) बनाऊ, (आत्मदर्शनको दीप÷प्रकाश बनाऊ) द्रुतगतिमा अध्यास गरेर विद्वान् बन, (संस्कार वा गूण उच्छेदको नियमद्धारा) सबै मल धोएर निष्पाप बनेका तिमीलाई फेरि जन्म, बुढ्यौली र मृत्युको अवस्था प्राप्त हुनेछैन ।

अनुपुब्बेन मेधावी, थोकं थोकं खणे खणे ।
कम्मारो रजतस्सेव, निद्धमे मलम् अत्तनो ।।२३९।।

कुनै स्वर्णकारले चाँदीको कसर निखारेर फाले झैँ ज्ञानी पुरुषले (संस्कार वा गूण उच्छेदको नियमद्धारा) क्रमिक रुपमा थोरै–थारै, छिनछिनमा आफूभित्रको कसर धोएर निखार्नुपर्छ ।

ततो मला मलतरं, अविज्जा परमं मलं ।
एतं मलं पहत्वान, निम्मला होथ भिक्खवो ।।२४३।।

मलहरुमा सबै भन्दा अधिकतर मल अविद्या हो । भिक्षुहरुहो ! यो अविद्याको मलाई (संस्कार वा गूण उच्छेदको नियमद्धारा) परित्याग गरी निखारेर निर्मल (मलरहित) बन ।

यस्स च्’एतं समुच्छिन्नं, मूलघच्चं समूहतं ।
स वे दिवा वा रत्तिं वा, समाधिं अधिगच्छति ।।२५०।।

………यस्ता खराब विचारहरु जसका नष्ट भएका छन् अथवा (संस्कार वा गूण उच्छेदको नियमद्धारा) जरैदेखि उखेलिएका छन् उसले दिनमा र रातमा पनि शान्ति प्राप्त गर्दछ ।

यस्स च्’एतं समुच्छिन्नं, मूलघच्चं समूहतं ।
स वन्तदोसो मेधावी, साधुरुपो ति वुच्चति ।।२६३।।

अनि जसका त्यस्ता खराब प्रवृतिहरु छिन्नभिन्न छुक्रा टुक्रा भएर (संस्कार वा गूण उच्छेदको कारण) जरै देखि पूर्णरुपले उखेलिएर नष्ट भएका छन् त्यो दोषरहित मेधावीलाई नै “साधुरुप” भनिन्छ ।

वनं छिन्दथ मा रुक्खं, वनतो जायती भयं ।
छेत्वा वनञ्च वनथञ्च, निब्बना होथ भिक्खवो ।।२८३।।

(संस्कार वा गूण उच्छेदको नियमद्धारा) वासनारुपी वनलाई सखाप पार, वृक्षलाई होइन । वनबाट भय उत्पन्न हुन्छ । वन तथा कामनारुपी झाडी फाँडेर हे भिक्षुहो !तिमीहरु वासनारुपी वनले रहित बन ।

याव हि वनथो न छिज्जति, अणुमत्तोपि नरस्स नारिसु ।
पाटिबद्धमनो व ताव सो, वच्छो खीरपकोव मातरि ।।२८४।।

वास्तवमा जबसम्म पुरुषहरुमा स्त्रीप्रतिको कामनारुपी झाडी अणु बराबर (थोरै मात्रामा) रहेको भए पनि त्यसलाई (संस्कार वा गूण उच्छेदको नियमद्धारा) काटेर नष्ट गरिन्न, तबसम्म जसरी दूधमुखे बच्चाको लगाव आमामा निरन्तर रहन्छ त्यसरी नै पुरुष महिलाप्रति आसक्त हुन्छ ।

येसञ् च सुसमारद्धा, निच्चं कायगता सति ।
अकिच्चं ते न सेवन्ति, किच्चे सातच्चकारिनो ।
सतानं सम्पजानानं, अत्थं गच्छन्ति आसवा ।।२९३।।

जसको शारीरिक स्मृति निरन्तर सिथर रहन्छ, जो मानिस गर्न नहुने कामको कहिल्यै अनुसरण गर्दैनन् र गर्नुपर्ने काममा दृढ रहन्छन्, त्यस्ता सचेत एवं स्मृतिवान्हरुका आश्रव (संस्कार वा गूण उच्छेदको कारण) नष्ट भएर जान्छन् ।

तं वो वदामि भद्दं वो, यावन्त्’एत्थ समागता ।
तण्हाय मूलं खणथ, उसीरत्थो व बीरणं ।
मा वो नलं सोतो व, मारो भञ्जिं पुनपुनं ।।३३७।।

यहाँ जे–जति ज्टेका छौ तिमीहरु सबैलाई मेरो शुभेच्छाको अभिवादन छ ! । तिमीहरु तिर्सनाका जराहरुलाई (संस्कार वा गूण उच्छेदको नियमद्धारा) यसरी खन खोदल जसरी ‘उशीर’ धन्ने घाँसको जरो खोज्नेले पहिले बीरण (ढड्डी, बन्सो) लाई पन्छाउँदै खोदल्छ । तिमीलाई मारले त्यसरी नष्ट नपारोस् जसरी पानीको उर्लँदो भेलले कमलको नाल (डाँठं) लाई छिन्नभिन्न पार्छ ।

धम्मपद र अन्य त्रिपीटक ग्रन्थहरुमा पनि भगवान्ले संस्कार वा गूण उच्छेद नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र सांकेतिक रुपमा व्याख्या गर्नुभएको छ, विपश्यनाका साधकहरु यि ग्रन्थहरुको अध्ययन गरी प्रकृतिको यो श्वाशत नियम प्रति थप स्पष्ट हुन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 686 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 464 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 513 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 521 0
गुरु अलार कालमसँग भेट 1/12/2023 594 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 538 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 552 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 411 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 525 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 535 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 585 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 540 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 547 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1110 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 518 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 636 0
उपक आजीवनसँग भेट 1/13/2023 545 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 552 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 563 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 565 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 634 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 649 0
चार आर्य सत्य 1/13/2023 829 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 628 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 586 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 532 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 677 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 499 0
दुःख समुदय आर्य सत्य 1/13/2023 591 0
दुःख निरोध आर्यसत्य 1/13/2023 518 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 606 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 681 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 550 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 566 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 563 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 532 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 549 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 598 0
आसन ग्रहण 1/13/2023 533 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 508 0
आनापानसति 1/13/2023 604 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 587 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 565 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 599 0
कायानुपश्यना 1/13/2023 500 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 519 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 552 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 492 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 455 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 566 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 481 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 499 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 569 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 604 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 559 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 667 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 490 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 478 0
दसौँचरण-अनित्य बोध 1/13/2023 491 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 598 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 474 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 638 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 551 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 515 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 534 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 535 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 688 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 606 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 547 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 655 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 541 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 677 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 849 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 721 0