परिशिष्ट

प्रतित्यसमुत्पादको प्रतिलोम सत्य

0 टिप्पणीहरू 720 आगन्तुकहरू

धम्मको नियमले संवेदनाप्रति राग, द्वेषरूप संस्कारबीज प्राप्त हुने भएकाले मानिसमा जुन दुःखचक्र, भवचक्र, लोकचक्र उत्पति भएरहेको छ साधनाद्वारा संवेदनाप्रति समभावी बनेर धम्मको यही नियमलाई दुःख नाश र निर्वाण प्राप्तिको पक्षमा क्रियाशील गराउन सकिन्छ । यही सत्यलाई प्रतित्यसमुत्पादको प्रतिलोम सत्य भनिन्छ । प्रतित्यसमुत्पादको यस प्रतिलोम सत्यलाई व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–

अविज्जाय त्वेव असेस् निराग निरोधा संङखार अर्थात् अविद्या निरोधका कारण संस्कार निरोध ।
सङखार निरोधा विञ्ञाण निरोध अर्थात् संस्कार निरोधका कारण विज्ञान निरोध
विञ्ञाण निरोधा नाम रुप निरोध अर्थात् विज्ञान निरोधका कारण नामरूप निरोध
नामरुप निरोध पस्स निरोधो अर्थात् नामरूप निरोधका कारण ६ इन्द्रियको निरोध
सलापतन निरोधा फस्स निरोधो अर्थात् ६ इन्द्रिय निरोधका कारण विषय स्पर्शको निरोध
फस्स निरोधा वेदना निरोधो अर्थात् विषय स्पर्श निरोधका कारण वेदना वा संवेदना उत्पत्तिको निरोध
वेदना निरोधा तण्हा निरोधो अर्थात् वेदना वा संवेदना निरोधका कारण तृष्णा उत्पत्तिको निरोध
तृष्णा निरोधा उपादान निरोधो अर्थात् तृष्णा उत्पत्ति निरोधका कारण उपादान वा आशक्ति उत्पत्तिको निरोध
उपादान निरोधा भव निरोधो अर्थात् आशक्ति उत्पत्तिको निरोधका कारण भव (उत्पति) निरोध
भव निरोधा जाति निरोधो अर्थात् भव निरोधका कारण पुनर्जन्मको निरोध

जाति निरोधा जरामरण शोक परिदेव ढुक्क दोमन स्सूपायासा निरुज्झन्ति । एवमेतस्स केवलस्स दुक्खक्खन्धस्स निरोधो होती त्रि ।
अर्थात् पुनर्जन्म निरोध (बीज) का कारण वृद्धावस्था, मृत्यु, शोक, व्याकुलता, दुःख आदि चित्त विकार, चित्तको निरोध वा निर्वाण अवस्थाको प्राप्ति ।

अविद्या निरोधका कारण संस्कार निरोध अर्थात् अविद्या निरोधका कारण संस्कार निरोधरूप फल ।

अविद्या (विषय संवेदनाहरूप्रति अन्ध राग, द्वेषपूर्ण प्रतिक्रिया) को स्थानमा जब विपश्यना साधना प्रारम्भ गरिन्छ, जब सुखद वा दुखद संवेदनालाई साक्षीभावले अवलोकन गर्न प्रारम्भ गरिन्छ, जब विपश्यना साधनाका कारण पूर्वसंस्कार क्षय हुन प्रारम्भ हुन्छ, जब दीर्घकालको विपश्यना साधनाका कारण मनको अविद्या वा संवेदनाप्रति रागपूर्ण र द्वेषपूर्ण प्रतिक्रिया गर्ने मनको स्वभाव पूर्णरूपमा नष्ट हुन्छ त्यस्तो स्थितिमा चित्तबाट जन्म–जन्मान्तरका विकार (संवेदना भोग गर्ने स्वभाव) नष्ट हुन पुगी साधकको चित्त पूर्णरूपमा शुद्ध हुन पुग्छ । विपश्यना साधनासिद्धिको त्यस्तो अवस्थामा जब नयाँ संस्कार उत्पन्न हुने प्रक्रिया पूर्णरूपमा समाप्त हुन्छ त्यस क्षणमा अविद्या निरोध हुन्छ । अविद्या निरोधका कारण चित्तमा संस्कार उत्पन्न हुने प्रक्रिया पनि निरोध हुनपुग्छ वा चित्त शुद्ध हुन पुग्छ । जब चित्त शुद्ध हुन्छ प्रतित्यसमुत्पादको नियमले शुद्ध चित्तरूप बीज प्राप्त गर्छ तब यस शुद्ध चित्तरूपी बीजलाई प्रतित्यसमुत्पादको नियमले निम्न प्रकार कारण (बीज), परिणाम (फल), कारण (बीज) को चक्र वा श्रृङ्खला उत्पन्न गर्दै दुःख नाश र निर्वाण प्राप्तिको पक्षमा परिणामहरू क्रमबद्धरूपमा प्राप्त हुँदै जान्छ ।

संस्कार निरोधका कारण विज्ञान निरोध

विज्ञानको अर्थ हो चित्तको आधार वा आहार । जब अविद्या नष्ट हुन्छ, जब म भाव नष्ट हुन्छ, जब साधकको मन संवेदनाहरूप्रति अन्धरागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया नगरी समभावी बन्छ त्यस्तो अवस्थामा चित्तमा नयाँ संस्कार उत्पन्न हुन सक्दैनन् । जब चित्तमा नयाँ संस्कार बन्दैनन् वा जब चित्त शुद्ध हुन्छ त्यस स्थितिमा चित्तलाई सतत प्रवाहित हुन आवश्यक पर्ने संस्काररूपी आधार (आहार) प्राप्त हुँदैन । यस्तो अवस्थामा संस्काररूपी कुनै आहार प्राप्त गर्न नसकेको चित्त शुद्धरूपमा प्रवाहित हुन थाल्छ ।

विज्ञान निरोध (शुद्ध चित्त) का कारण नामरूप निरोध

जब चित्त शुद्धरूपमा प्रवाहित हुन थाल्छ यस्तो शुद्ध वा संस्कार अनुपस्थित चित्तमा भव वा पुनर्जन्मको प्रक्रिया प्रारम्भ हुँदैन । जब भव प्रक्रिया प्रारम्भ हुँदैन त्यस्तो अवस्थामा मनुष्य नयाँ देह प्राप्त गर्न असमर्थ रहन्छ । जब नयाँ देह प्राप्त हुँदैन वा पुनर्जन्म नै समाप्त हुन्छ त्यस्तो अवस्थामा नाम (चित्त) रूप (शरीर) प्राप्त हुने सम्भावनै समाप्त हुन्छ । यसरी विज्ञान निरोध (शुद्ध चित्त) का कारण नाम र रूप (फल) निरोध हुन पुग्छ । पुनर्जन्म निरोध हुन पुग्छ ।

नामरूप निरोधका कारण छ इन्द्रिय निरोध

जब नाम र रूप नै उत्पन्न हुँदैन, जब नयाँ देहसत्ता नै सृजना हुँदैन त्यस्तो अवस्थामा इन्द्रियहरू उत्पन्न हुने प्रश्नै उठ्दैन । यसरी नामरूप निरोधका कारण ६ इन्द्रिय निरोध हुन पुग्छन् । यसरी प्रतित्यसमुत्पाद महानियमका कारण निर्वाणको पक्ष कारण–परिणाम–कारण–परिणामको चक्र चलिरहन्छ ।

६ इन्द्रिय निरोधका कारण स्पर्श निरोध

जब ६ इन्द्रिय नै उत्पन्न हुँदैनन् त्यस्तो अवस्थामा संसारका विषयहरूसँग इन्द्रियको संयोग हुने प्रश्नै समाप्त हुन्छ । इन्द्रिय र विषयको स्पर्श हुने सम्भावनै समाप्त भएर जान्छ । यसरी ६ इन्द्रिय निरोध भएका कारण स्पर्श निरोध हुन पुग्छ ।

स्पर्श निरोधकोकारण वेदना निरोध

जब इन्द्रिय र विषयका बीचमा स्पर्श हुने सम्भावनै अनुपस्थित रहन्छ त्यस्तो अवस्थामा इन्द्रिय र विषय मिलनका कारण वेदना (सुखद संवेदना वा दुःखद संवेदना) उत्पन्न हुने प्रश्नै समाप्त हुन्छ । यसरी स्पर्श निरोधका कारण वेदना (संवेदना) निरोध हुन पुग्छ ।

वेदना निरोधका कारण तृष्णा निरोध

जब देह र मनको क्षेत्रमा दुःखद वा सुखद संवेदना नै उत्पन्न हँुदैन त्यस्तो स्थितिमा यी संवेदनाप्रति मनमा तृष्णा उत्पन्न हुने प्रश्नै उठ्दैन । यसरी वेदना निरोधका कारण तृष्णा निरोध हुन पुग्छ ।

तृष्णा निरोधका कारण उपादान वा आशक्ति निरोध

जब विषय अर्थात् संवेदनाहरूप्रति मनमा रागपूर्ण वा द्वेषपूर्ण तृष्णाको जन्मै हँुदैन त्यस्तो स्थितिमा तृष्णा विस्तार भएर आशक्तिमा परिणत हुने सम्भावनै समाप्त हुन पुग्छ । यसरी तृष्णा निरोधका कारण आशक्ति निरोध हुन्छ ।

आशक्ति निरोधका कारण भव (पुनर्जन्म) निरोध

जब विषयबाट उत्पन्न हुने सुखद वा दुःखद संवेदनाप्रतिकोे आशक्ति नै मनमा अनुपस्थित हुन्छ, कुनै कारणवश इन्द्रिय र विषय मिलनका कारण मनमा दुखद वा सुखद संवेदना उत्पत्ति भए पनि दीर्घकालीन विपश्यना साधनाद्वारा मन समभावी स्वभावको बनिसकेकाले जब यी संवेदनाप्रति साधकको मन प्रतिक्रियाविहीन बन्न पुग्छ यस्तो अवस्थामा नयाँ संस्कार उत्पन्नै हुँदैन । जब नयाँ संस्कार उपस्थित नै हुँदैन वा जब चित्त शुद्ध अवस्थामा रहन्छ तब भव वा पुनर्जन्मकोे प्रक्रिया प्रारम्भ नै हुँदैन । यसरी आशक्ति निरोधका कारण भव निरोध हुन पुग्छ, पुनर्जन्मको सम्भावना समाप्त हुन पुग्छ र यहीे जन्म नै अन्तिम जन्म बन्न पुग्छ ।

भव निरोधका कारण जन्म निरोध

जब शुद्ध चित्त उपस्थित भएका कारण मानिसमा भव वा पुनर्जन्मको प्रक्रिया प्रारम्भ नै हुँदैन यस्तो अवस्थामा पुनर्जन्म हुने सम्भावना नै समाप्त हुन पुग्छ, मानिसको जन्म निरोध हुन पुग्छ । यसरी भव निरोधका कारण पुनर्जन्म निरोध हुन पुग्छ ।

जन्म निरोधका कारण श्रृङ्खलावस्था मृत्यु , भोग, चित्त, दुखः निरोध

जब भव निरोधका कारण जन्म नै निरोध हुन पुग्छ, जब मनुष्यको पुनर्जन्म नै हँुदैन यस्तो स्थितिमा जन्मपश्चात् प्राप्त हुने वृद्धावस्था, मृत्यु, शोक, व्याकुलता, दुःख, चित्तविका

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 619 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 684 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 464 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 513 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 521 0
गुरु अलार कालमसँग भेट 1/12/2023 594 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 538 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 550 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 411 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 523 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 533 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 585 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 540 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 545 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1110 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 518 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 636 0
उपक आजीवनसँग भेट 1/13/2023 545 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 552 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 561 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 563 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 634 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 649 0
चार आर्य सत्य 1/13/2023 827 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 628 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 586 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 532 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 677 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 499 0
दुःख समुदय आर्य सत्य 1/13/2023 591 0
दुःख निरोध आर्यसत्य 1/13/2023 518 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 606 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 681 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 548 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 566 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 563 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 532 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 549 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 596 0
आसन ग्रहण 1/13/2023 531 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 504 0
आनापानसति 1/13/2023 602 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 587 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 565 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 599 0
कायानुपश्यना 1/13/2023 498 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 519 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 552 0
चित्तानुपश्यना 1/13/2023 545 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 492 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 455 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 566 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 479 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 497 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 569 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 604 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 557 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 667 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 490 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 478 0
दसौँचरण-अनित्य बोध 1/13/2023 491 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 596 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 474 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 636 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 551 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 515 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 534 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 535 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 688 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 604 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 545 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 655 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 539 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 676 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 677 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 849 0