धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

दुःख समुदय आर्य सत्य

0 टिप्पणीहरू 558 आगन्तुकहरू

‘‘इदं दुक्खसमुदयं अरियसच्च’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खसमुदयं अरियसच्चं पहातब्ब’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’ ‘‘तं खो पनिदं दुक्खसमुदयं अरियसच्चं पहीन’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

अर्थात् भिक्षुहरू ! यो जुन कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो त्यही नै आर्य सत्य हो ।

भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो । यही नै दुःख समुदय आर्य सत्य हो, जसलाई पूर्णतया प्रहाण गर्नुपर्छ ।

भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो यही नै दुःख समुदय आर्य सत्य हो, जसको प्रहाण भयो ।

तृष्णाको स्पष्ट अर्थ हो विषय र इन्द्रियका मिलनबाट उत्पन्न हुने सुखद वा दुःखद संवेदनाप्रति मनको भोगइच्छा । स्मरणरहोस् यो विषयतृष्णा नभई विषयबाट उत्पन्न हुने संवेदनाप्रतिको तृष्णा हो । संवेदनाका कारणले मात्र विषयप्रिय वा अप्रिय भएको हो । यदि संवेदना सुखद छ भन्ने बढीभन्दा बढी परिणाममा विषय प्राप्त गर्ने मनको इच्छा र संवेदना दुःखद छ भने त्यो दुःखद संवेदना प्राप्त नहोस् भन्ने मनको इच्छा नै तृष्णा हो । यही तृष्णा नै दुःख उत्पतिको मूल कारण हो । मनको संवेदनालाई भोग गर्ने स्वभाव नै संस्कार निर्माणको केन्द्रविन्दु भएकाले दुख समुदय आर्य सत्य साधना यही तृष्णा (संवेदनाप्रतिको तृष्णा) माथि साधना गरिन्छ । जब कोही साधकले दुःख समुदय आर्य सत्यलाई साक्षात्कार गर्ने प्रयास गर्छ तब उसले पनि दुःख समुदय आर्य सत्यका तीन आवृत्तिलाई पार गर्छ, साधनामा उतार्छ ।

दुःख समुदय आर्य सत्य

प्रथमआवृत्ति :– यो दुःख समुदय आर्य सत्य हो ।
दुःखको समुदय आर्य सत्यको प्रथम आवृत्ति यही हो कि मानव जीवनमा दुःख उत्पत्तिको मूल कारण विषय (विषयबाट उत्पन्न हुने संवेदना) प्रतिको तृष्णा हो भन्ने सत्यलाई स्विकार्नु । यस प्रथम आवृत्ति (चरण) मा साधकले संवेदना (चाहे सुखद होस् चाहे दुखद होस्) प्रतिको मनको भोगइच्छा नै दुःखको मूल कारण हो भन्ने श्रुतज्ञानलाई सत्य मानेर स्वीकार्छ । मनले संवेदनालाई भोग गर्ने स्वभाव (तृष्णा) कै कारण दुःख उत्पत्ति हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्छ । यस सन्दर्भमा महत्वपूर्ण पक्ष के छ भने प्रतिकुल विषयबाट मनमा उत्पन्न हुने दुःखद संवेदनाप्रतिको तृष्णा दुःख हो भन्ने यथार्थतालाई साधकले सहजै बुझ्छ ।

तर, जुन मानिस जीवन भन्नु भोग गर्नु हो, आनन्द प्राप्त गर्नु हो, भोग गरेर मर्नु हो भन्ने जस्ता धारणा राख्छ, जुन मानिस कामवासना र अन्य भोगबाट प्राप्त हुने सुखद संवेदना पनि अन्ततः विकार उत्पत्तिको कारण भएकाले, मानिसको शारीरिक, मानसिक, बौद्धिक आदि पक्षका विनाशको कारण भएकाले यी सबै क्षणिक सुख पनि दुःखका कारण हुन् भन्ने सत्यलाई बुझ्न सक्दैन, स्वीकार गर्न सक्दैन । यस्ता मानिस साधनाको प्रथम आवृत्ति (चरण) मै प्रवेश गर्दैन । अर्थात् ऊ साधनाका प्रथक चरणमै बाहिरिन्छ ।

त्यस्तै जो व्यक्ति आत्मा छ भन्ने मान्छ, आत्मा अमर छ भन्ने मान्छ, देह र चित्तका पाँच स्कन्धमध्ये कुनै एक स्कन्धलाई ‘आत्मा’ मानेकोले मृत्युपश्चात् पनि आत्मा अमर रहन्छ भन्ने ठानी स्वर्गलोक वा अन्य उच्च लोकमा जन्म प्राप्त गर्ने आशा राख्छ त्यस्ता मानिसले भवतृष्णा वा पुनर्जन्मको तृष्णालाई दुःखको कारण हो भन्ने सत्यलाई स्वीकार गर्न सक्दैन । यस्ता मानिस पनि साधनाको प्रथम आवृत्तिमै प्रवेश गर्दैनन् । त्यसैगरी जसले मलाई ‘मुक्ति’ चाहियो, म ‘पुनर्जन्म’ चाहन्न भन्ने विभवतृष्णा राख्छ उसले विभवतृष्णामा ‘म’ को नाश नहुने भएकोले यो पनि दुःखको कारण हो भन्ने सत्यलाई स्वीकार गर्न असमर्थ रहन्छ र यस्तो मानिस पनि साधनाको प्रथम आवृत्तिमै प्रवेश गर्दैन तर जो साधक कामतृष्णा, भवतृष्णा, विभवतृष्णा वा सम्पूर्ण प्रकारका तृष्णा दुःखका कारण हुन् भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ भने साधनाको दोस्रो आवृत्तिमा प्रवेश गर्छ ।

दोस्रो आवृत्ति :– यो दुःख समुदय आर्य सत्य प्रहाण गर्नुपर्छ ।
दुःख समुदयको दोस्रो आवृत्ति हो कामतृष्णा, भवतृष्णा, विभवतृष्णालाई प्रहार वा नष्ट गर्नु पर्छ भन्ने तथ्यलाई बुद्धिको स्तरमा स्वीकार गर्नु । साधनाको यस आवृत्ति वा चिन्तन ज्ञानमा साधकले दुःख समुदय आर्य सत्यको जुन श्रुत ज्ञान प्राप्त भएको थियो त्यस श्रुत ज्ञानमाथि गहन बौद्धिक चिन्तन गर्छ । यदि कुनै साधकले गुरुकृपा, ईश्वर कृपा, तारक ब्रह्मा वा अन्य विधिबाटै यी तृष्णा नष्ट हुन्छन्, यिनलाई नाश गर्न साधनामा प्रवेश गर्न आवश्यक छैन भन्ने मान्यता राख्छ भने ऊ दोस्रो आवृत्तिमा प्रवेश गर्दैन तर जुन साधकले कामतृष्णा, भवतृष्णा, विभवतृष्णा वा सम्पूर्ण तृष्णालाई साधनाद्वारा नष्ट गर्नुपर्छ भनेर स्वीकार गर्छ ऊ भने साधनाको दोस्रो आवृत्तिमा प्रवेश गर्छ ।

तेस्रो आवृत्ति :– यो दुःख समुदय आर्य सत्य प्रहाण भयो ।
दुःख समुदयको तेस्रो आवृत्ति हो– संवेदनाप्रतिको तृष्णा प्रहाण भयो, नष्ट भयो भन्ने स्पष्ट अनुभूति । बुद्धिको स्तरमा तृष्णालाई नष्ट गर्नुपर्छ भन्ने स्वीकार गर्दैमा वा बौद्धिक चिन्तन मनन गर्दैमा अवचेतन, अर्धचेतन, चेतन मनमा छिपेका संवेदनाप्रतिका मनका तृष्णा समाप्त हुँदैन । यी तृष्णालाई उच्छेद गर्नका लागि मनको पुरानो स्वभावलाई पूर्णरूपमा नष्ट गर्नुपर्छ । यसैले दुःख समुदयको तेस्रो आवृत्तिमा साधक अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ । उसले मनमा उत्पन्न हुने संवेदनाप्रति द्रष्टा भावरूपी साधना प्रारम्भ गर्छ । स्मरणरहोस् दुःखद संवेदनाप्रति समभावमा स्थित रहन केही हदसम्म सहज छ तर जब साधना गहिरिँदै जान्छ, जब काय र चित्तको स्थूलपन नष्ट हुँदै जान्छ, जब मनमा संवेदनाका सुखद आनन्दपूर्ण धारा प्रवाहित हुन थाल्छ, जब साधनामा भङ्ग, प्रश्रब्धि, प्रिति, प्रमोद जस्ता आनन्दपूर्ण, सुखपूर्ण स्थिति उत्पन्न हुन थाल्छ त्यस्तो स्थितिमा साधक समभावबाट च्युत हुन सक्छन् तर ती सुखद संवेदनालाई भोग गर्ने प्रवल सम्भावना रहन्छ ।

यी स्थितिप्रति पनि सचेत साधक जब दीर्घसाधनाद्वारा सुखद तृष्णाहरूका यस भयानक महासागरलाई पार गर्छ तब ऊ निर्वाणको क्षेत्रमा पुग्छ, इन्द्रियातीत क्षेत्रमा पुग्छ । यतिबेला ऊ त्यस्तो क्षेत्रमा पुग्छ, जहाँ मनको तृष्णा (संवेदना भोग इच्छा) पूर्णरूपमा अनुपस्थित रहन्छ । यस्तो स्थितिमा मनले संवेदनालाई भोग गर्दैन । यही निर्वाण अनुभूतिको आधारमा ऊ भन्छ कि तृष्णा प्रहाण भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 581 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 636 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 424 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 479 0
सद्गुरुको खोजी 1/12/2023 571 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 485 0
गुरु अलार कालमसँग भेट 1/12/2023 556 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 504 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 518 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 377 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 483 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 491 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 551 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 508 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 511 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1076 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 482 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 600 0
उपक आजीवनसँग भेट 1/13/2023 507 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 516 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 531 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 549 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 527 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 598 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 789 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 596 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 556 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 498 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 635 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 461 0
दुःख निरोध आर्यसत्य 1/13/2023 486 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 566 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 643 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 516 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 530 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 531 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 500 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 511 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 562 0
आसन ग्रहण 1/13/2023 489 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 470 0
आनापानसति 1/13/2023 562 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 531 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 557 0
कायानुपश्यना 1/13/2023 450 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 485 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 518 0
चित्तानुपश्यना 1/13/2023 509 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 532 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 443 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 465 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 533 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 570 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 527 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 629 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 442 0
दसौँचरण-अनित्य बोध 1/13/2023 455 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 558 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 592 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 509 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 473 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 505 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 656 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 566 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 511 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 617 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 509 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 638 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 645 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 811 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 677 0