धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि-६.४

कायानुपश्यना

0 टिप्पणीहरू 421 आगन्तुकहरू

पञ्चशील ग्रहण र आनापानसति साधनाको प्रारम्भपश्चात् तपाईँले आर्य अष्टाङ्गमार्गका आठ साधनामध्ये शील साधना समूूह र समाधि साधना समूहका छ वटा साधनालाई आफ्नै जीवनमा उतार्न प्रारम्भ गरिसक्नुभएको छ, आफैँमा धर्मचक्र उत्पन्न गर्न प्रारम्भ गरिसक्नुभएको छ । अब प्रज्ञा साधना क्षेत्रमा आर्य अष्टाङ्गमार्ग साधनाका बाँकी दुई साधना सम्यक दृष्टि र सम्यक सङ्कल्पलाई आफ्नै जीवनमा उतार्न गइरहनुभएको छ ।

यस क्षणमा तपार्इँले यस विपश्यना साधना बाहेक संसारमा जति पनि निर्वाण साधनाविधि छन् ती सम्पूर्ण साधना विधिमा कुनै न कुनै रूपमा शील साधना (इन्द्रिय निग्रह, इन्द्रियको विषय त्याग, अहिंसा, ब्रह्मचर्य आदि) र समाधि साधना –(श्वासप्रश्वास, गुरुप्रतिमा, ईश्वरप्रतिमा, प्रकाश, शब्द आदिलाई आलम्बन बनाएर गरिने ध्यान) उपस्थित छन् तर ती सम्पूर्ण निर्वाण साधनाविधिमा प्रज्ञा क्षेत्रका साधना (सम्यक दृष्टि वा संवेदनाहरूप्रति जागरुक र समभावी साधना) अनुपस्थित छन् । त्यसैले ती सधनाविधि निर्वाण प्रदान गर्न असमर्थ छन् भन्ने तथ्यप्रति पनि स्पष्ट हुन अत्यन्त जरुरी छ । अतः यस तथ्यप्रति पनि स्पष्ट हुनुहोस् ।

झण्डै ६ वर्षको साधनापश्चात् पनि भगवान् बुद्धले निर्वाण प्राप्त गर्न असमर्थ हुनुको मुख्य कारण उहाँले प्रयोग गर्नुभएको साधनाहरूमा संवेदनाहरूमाथि सम्यक (न राग न द्वेष) को साधना अनुपस्थित हुनु नै हो भन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् । प्राचीनकालदेखि वर्तमान समयसम्म अरबौं साधक साधनामा निर्वाणको क्षेत्र पुग्न असफल हुनु वा एकदुई साधकले मात्र निर्वाणको लक्ष्य प्राप्त गर्न सक्नुको मुख्य कारण पनि ती निर्वाण साधनामा प्रज्ञापक्षका साधना (संवेदनाहरूप्रति गरिने समभावी साधना) अनुपस्थित हुनु नै हो भ्रन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् ।

प्रज्ञा साधना वा संवेदनामाथि समभावी साधनाको अनुपस्थितिमा निर्वाण असम्भव छ भने एक साधकको रूपमा तपाईँमा के प्रश्न उठ्न सक्छ भने आखिर किन प्रज्ञा साधनाको अनुपस्थितिमा निर्वाण प्राप्ति असम्भव छ ? यस प्रश्नप्रति स्पष्ट हुन तँपाईले निर्वाणको अर्थ संवेदनाहरूप्रति चित्तलाई समभावी बनाउनु वा चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्नु हो । चित्तको यस संवेदनाहरूलाई भोग गर्ने प्राकृतिक स्वभावलाई नष्ट गर्न यही चित्तलाई संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण दिनुपर्छ भन्ने तथ्य प्रति स्पष्ट बन्नुहोस् । चित्तको यो संवेदना भोग गर्ने स्वभाव शील, सदाचारको जीवन बाँचेर वा कुनै आलम्बनप्रति गहन ध्यान गरेर मात्र नष्ट हुँदैन भन्ने तथ्य प्रति पनि स्पष्ट हुनुहोस् ।

प्रज्ञा साधनाको महत्व चित्तलाई संवेदनाहरूप्रति समभावी बनाउनु मात्र नभई यसले चित्तलाई संवेदनाहरूप्रति समभावी स्वभावको विकास गरी तपाईँको शील साधना र समाधि साधनालाई पनि पुष्ट गर्छ । प्रज्ञा साधनाद्वारा जब तपाईँ चित्तका संस्कारहरूलाई नाश गर्दै जानुहुन्छ, चित्तका संस्कारहरूका कारण नै अनेक विषयमा प्रवेश गरिरहने तपाईँको मनको बहिर्मुखी स्वभाव शनैःशनैः नष्ट हुँदै गएर शील पालनाको क्षेत्रमा झन्झन् सफल हुँदै जानुहुन्छ वा तपाईँको शील साधना झन्झन् पुष्ट हुँदै जान्छ ।

जसरी प्रज्ञा साधनाका कारण तपाईँको शील साधना पुष्ट हुँदै जान्छ त्यसैगरी प्रज्ञा साधनाद्वारा तपार्इँको चित्तका विकारहरू क्षय हुँदै जाँदा तपार्इँको समाधि क्षेत्रका साधनाहरू झन्झन् गहिराइमा प्रवेश गर्न थाल्छ । संवेदनाहरूलाई नै आधार बनाउँदै चित्तको अत्यन्त गहनतम् समाधिको क्षेत्रसम्म पुग्न थाल्छ । यसरी प्रज्ञा साधनाले तपाईँको समाधि साधनालाई पनि पुष्ट गर्छ ।

माथि व्याख्या गरिएका महत्वपूर्ण कार्यहरू अर्थात् (संवेदनाहरूप्रति चित्तलाई समभावी बनाउने, शील साधनालाई पुष्ट गर्ने, समाधि साधनालाई पुष्ट गर्ने) बाहेक प्रज्ञा साधनाको अझ गहनतम महत्व अनित्यभावको पुष्टी र अनात्मभावको पुष्टी गर्दै प्रामाणिकरूपमै निर्वाण बोध गर्नु नै हो । प्रश्न उठ्छ कि अनित्यभाव पुष्टी भनेको के हो र अनात्मभाव पुष्टी भनेको के हो ?

जुन क्षणसम्म ‘म’ वा ‘म देह हु’ आदि म सँग जोडिएका म र मेरो (मेरो गुरु, मेरो धर्म, मेरो सम्प्रदाय आदि पनि) रूपी अज्ञान नाश हुँदैनन् तबसम्म साधकले निर्वाण प्राप्त गर्न सक्दैन भन्ने तथ्यसँग सबै शास्त्र एक मत छन् तर प्रश्न उठ्छ कि यो ‘म’ कसरी नाश हुन्छ ? के यो ‘म’ शील साधना (इन्द्रिय निग्रह, विषय त्याग, ब्रह्मचर्य आदि) साधना र समाधि साधना (श्वासप्रश्वास, गुरुप्रतिमा, ईश्वरप्रतिमा, प्रकाश, ध्वनि आदि) बाट नाश हुन सक्छ ? यो असम्भव छ ।

यो ‘म’ भाव त्यस क्षणमा मात्र नाश हुनसक्छ जब तपाईँ स्वयंको काय र चित्तको क्षेत्रलाई ‘यो परमाणुहरूको पुञ्ज मात्र हो, यो तरङ्गैतरङ्गको प्रवाह मात्र हो भन्ने प्रामाणिक बोध प्राप्त गर्नुहुन्छ । जब तपाईँलाई देहसत्ता प्रामाणिकरूपमै परमाणुहरूको अनित्य पुञ्ज हो भन्ने बोध प्राप्त हुन्छ तब यो तरङ्गैतरङ्गको प्रवाह तपाईँको देहसत्तालाई तपाईँको चेतन, अर्धचेतन, अवचेतन मनले ‘म’ को संज्ञा दिनुपर्ने कुनै विश्वासनीय आधार प्राप्त गर्न सक्दैन । स्पष्टरूपमा तरङ्गैतरङ्गको अनित्य प्रवाहरूप यस देह सत्तालाई कसरी ‘म’ भन्ने ? यस क्षणमा तपाईँका ‘म’ भावरूपी मूल अविद्या शनैःशनैः नष्ट हुन थाल्छ र तपाईँमा अनात्मभाव पुष्ट हुँदै जान्छ, म भाव पग्लिँदै जान्छ ।

माथि व्याख्या गरिएको अनित्यभाव र अनात्मभाव त्यस क्षणमा मात्र पुष्टी हुन्छ जब तपार्ईँ शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इञ्च गर्दै सूक्ष्म, सूक्ष्मतम् एकाइमा दीर्घकालसम्म काय र चित्तलाई टुक्र्याउँदै उत्पन्न भएका संवेदनालाई नभोगिकनै यी संवेदनाका अनित्य गुण, धर्म, स्वभावलाई समभावमा अवलोकन गर्नुहुन्छ वा विपश्यना साधना गर्नुहुन्छ । यसरी ‘म’ भाव नाशको दृष्टिले संवेदनामाथि गरिने विपश्यना साधनाको असाधारण महत्व छ । यस्तो संवेदनामाथि गरिने प्रज्ञापक्षको साधनाले कसरी बाह्र चरणद्वारा तपाईँलाई ‘म’ भावलाई नाश गरी निर्वाण प्रदान गर्छ भन्ने प्रश्नको व्याख्या यसै अध्यायमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 547 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 618 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 404 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 455 0
सद्गुरुको खोजी 1/12/2023 515 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 471 0
गुरु अलार कालमसँग भेट 1/12/2023 540 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 482 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 484 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 355 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 459 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 463 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 525 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 482 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 425 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1054 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 458 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 578 0
उपक आजीवनसँग भेट 1/13/2023 483 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 488 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 503 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 529 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 497 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 580 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 583 0
चार आर्य सत्य 1/13/2023 763 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 570 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 532 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 480 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 615 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 419 0
दुःख समुदय आर्य सत्य 1/13/2023 535 0
दुःख निरोध आर्यसत्य 1/13/2023 460 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 544 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 621 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 498 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 510 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 505 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 476 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 485 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 536 0
आसन ग्रहण 1/13/2023 459 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 450 0
आनापानसति 1/13/2023 542 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 525 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 509 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 481 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 463 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 490 0
चित्तानुपश्यना 1/13/2023 481 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 442 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 399 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 504 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 417 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 515 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 550 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 505 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 587 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 438 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 416 0
दसौँचरण-अनित्य बोध 1/13/2023 431 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 532 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 422 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 568 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 489 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 451 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 448 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 479 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 614 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 510 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 457 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 545 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 487 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 566 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 611 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 791 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 629 0