धर्मचक्र प्रवर्तन सुत्त प्रवेश- १.१

धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद

0 टिप्पणीहरू 687 आगन्तुकहरू

‘‘एवं मे सुत्तं– एकं समयं भगवा बाराणसियं विहरति इसिपतने मिगदाये । तत्र खो भगवा पञ्चवग्गिये भिक्खू आमन्तेसि :–’’

मैले यस्तो सुनेँ । एक समय भगवान् वाराणसीको ऋषिपतन मृगदायमा विहार गर्नुहुन्थ्यो । त्यहाँ भगवान्ले पञ्चवर्गीय भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो । सम्बोधन गर्दै भन्नुभयो–

‘‘द्वे मे, भिक्खवे, अन्ता पब्बजितेन न सेवितब्बा ।’’

हे भिक्षुहरू ! यी दुई अति (विषम स्थिति) लाई प्रजवित (निर्वाण प्राप्तिका लागि गृहस्थी त्याग गर्ने साधक) ले सेवन गर्नुहुँदैन ।

‘‘कतमे द्वे ?’’
कुन दुई ?

‘‘योचायं कामेसु कामसुखल्लिकानुयोगो, हीनो गम्मो पोथुज्जनिको अनरियो अनत्थ संहितो । योचायं अत्तकिलमथानुयोगो दुक्खो अनरियो अनत्थ संहितो ।’’

एक यो जून हीन, ग्रामीण (मूढ), पृथक (धर्ममार्ग विमुख) जन, अनार्य (सांसारिक व्यक्ति) सेवित, अनर्थले युक्त कामवासना वा काम सुखमा लिप्त हुनु हो । दोस्रो—दुःखमय, अनार्य सेवित, अनर्थले युक्त कायक्लेश (देहपीडा) मा लाग्नु हो ।

‘‘एते खो, भिक्खवे, उभो अन्ते अनुपगम्म मज्झिमा पटिपदा तथागतेन अभिसम्बुद्धा । चक्खुकरणी ञाणकरणी उपसमाय अभिञाय सम्बोधाय निब्बानाय संवत्तति’’ ।

भिक्षुहरू ! यी दुई अतिमा नगएर तथागतले मध्यमार्ग पहिल्याउनुभएको छ, जसले चक्षु प्रदान गर्छ, ज्ञान प्रदान गर्छ, जो उपशमन (शान्तिका लागि), अभिज्ञ (सर्वज्ञ) हुनका लागि, सम्बोधि (परम ज्ञान) का लागि निर्वाणको हो ।

‘‘कतमा च सा, भिक्खवे मज्झिमा पटिपदा तथागतेन अभिसम्बुद्धा, चक्खुकरणी, ञाणकरणी उपसमाय अभिञ्ञाय सम्बोधाय निब्बानाय संवत्तति ?’’

तथागतले त्यस्तो कुन मध्यमार्ग पहिल्याउनु भएको छ ? जसले चक्षु प्रदान गर्छ, ज्ञान प्रदान गर्छ, जो उपशमनका लागि, अभिज्ञ हुनका लागि, सम्बोधिका लागि, निवार्णको लागि हो ?

‘‘अयमेव अरियो अट्ठङ्गिको मग्गो, सेय्यथिदं– सम्मादिट्ठि, सम्मासङ्कप्पो सम्मावाचा, सम्माकम्मन्तो सम्माआजीवो, सम्मावायामो, सम्मासति, सम्मासमाधि ।’’

यो त्यही आर्य अष्टाङ्गमार्ग हो, जुन यस प्रकार छः सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जिविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि ।

‘‘अयं खो सा, भिक्खवे, मज्झिमा पटिपदा तथागतेन अभिसम्बुद्धा चक्खुकरणी ञाणकरणी उपसमाय अभिञ्ञाय सम्बोधाय निब्बानाय संवत्तति ।’’

यहि हो भिक्षुगण ! त्यो मध्यमार्ग जुन चक्षु प्रदान गर्ने, ज्ञान प्रदान गर्ने, उपशमनका लागि, अभिज्ञ हुनका लागि, सम्बोधिका लागि र निर्वाणका लागि हो ।

दुःख आर्य सत्य

‘‘इदं खो पन, भिक्खवे, दुक्खं अरियसच्चं– जातिपि दुक्खा, जरापि दुक्खा, ब्याधिपि दुक्खो, मरणम्पि दुक्खं, अप्पियेहि सम्पयोगो दुक्खो, पियेहि विप्पयोगो दुक्खो, यम्पिच्छं न लभति तम्पि दुक्खं– संखित्तेन पञ्चुपादानक्खन्धापि दुक्खा ।’’
भिक्षुहरू ! यो हो दुःख आर्यसत्य–जन्म पनि दुःख हो, वृद्धावस्था पनि दुःख हो, रोग पनि दुःख हो, मृत्यु पनि दुःख हो, अप्रियसँगको संयोग पनि दुःख हो, प्रियसँगको बिछोड पनि दुःख हो, इच्छितवस्तु प्राप्त नहुनु पनि दुःख हो । सङ्क्षेपमा पाँच उपादान स्कन्ध (रूप, विज्ञान, संज्ञा, वेदना, संस्कार) नै दुःख हो ।

दुःख समुदय आर्य सत्य

‘‘इदं खो पन, भिक्खवे, दुक्खसमुदयं अरियसच्चं– यायं तण्हा पोनोभविका नन्दिराग सहगता त्रतत्राभिनन्दिनी, सेय्यथिदं कामतण्हा, भवतण्हा, विभवतण्हा ।’’

भिक्षुहरू ! यो हो दुःख समुदय आर्य–सत्य जो जुन प्रिति र रागसँग जोडिएका, जुनसुकै विषयको अभिनन्दन गर्ने र पटकपटक उत्पन्न हुने तृष्णा छ—जस्तो कामतृष्णा, भवतृष्णा, विभवतृष्णा ।

दुःख निरोध आर्य सत्य

‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधं अरियसच्चं– यो तस्सायेव तण्हाय असेस विराग निरोधो चागो पटिनिस्सग्गो मुत्ति अनालयो ।’’

भिक्षुहरू ! यो हो दुःख निरोध आर्य सत्य—जून यो तृष्णाको सर्वथा विराग, निरोध, त्याग, प्रतिनिसर्ग, मुक्ति, अनालय ।
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य

‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं– अयमेव अरियोअट्ठङ्गिको मग्गो, सेय्यथिदंसम्मादिट्ठि सम्मासङ्कप्पो सम्मावाचा सम्माकम्मन्तो सम्माआजीवो सम्मावायामो सम्मासति सम्मासमाधि ।’’

भिक्षुहरू ! यो हो दुःख निरोध गामिनी प्रतिपदा (दुःख निरोधतर्फ जाने मार्ग) आर्यसत्य यहि हो यी जुन आर्य अष्टाङ्गमार्ग, सम्यक दर्शन, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजिविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि ।

आर्य सत्यका तीन आवृत्ति

दुःख आर्य सत्यका तीन आवृत्ति

‘‘इदं दुक्खं अरियसच्चंन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख आर्य सत्य हो । भिक्षूहरु ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

‘‘तं खो पनिदं दुक्खं अरियसच्चं परिञ्ञेय्यन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसुधम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख आर्य सत्य पूर्णरूपमा जान्न योग्य छ । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

‘‘तं खो पनिदं दुक्खं अरियसच्चं परिञ्ञातन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख आर्य सत्य परिपूर्ण ज्ञान भयो । भिक्षुहरू ! यो जो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

दुःख समुदय आर्य सत्यका तीन आवृत्ति

‘‘इदं दुक्खसमुदयं अरियसच्चंन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।

यो दुःख समुदय आर्य सत्य हो । भिक्षुहरू ! यो कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

‘‘तं खो पनिदं दुक्खसमुदयं अरियसच्चं पहातब्बन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख समुदय आर्य सत्य पूर्णरूपमा छोड्न योग्य छ । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

‘‘तं खो पनिदं दुक्खसमुदयं अरियसच्चं पहीनन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख समुदय आर्य सत्य प्रहाण वा नाश भयो । भिक्षुहरू ! यो जो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

दुःख निरोध आर्य सत्यका तीन आवृत्ति

‘‘इदं दुक्खनिरोधं अरियसच्चंति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख निरोध आर्य सत्य हो । भिक्षुहरू ! यो जो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो । आलोक उत्पन्न भयो ।

‘‘तं खो पनिदं दुक्खनिरोधं अरियसच्चं सच्छिक्रातब्बन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख निरोध आर्य सत्य साक्षात्कार गर्नुपर्छ । भिक्षुहरू ! यो जो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

‘‘तं खो पनिदं दुक्खनिरोधं अरियसच्चं सच्छिकतन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो । भिक्षुहरू ! यो जो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यका तीन आवृत्ति

‘‘इदं दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चंति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य हो । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

‘‘तं खो पनिदं दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं भावेतब्बन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यको भावना गर्नुपर्छ । भिक्षुहरू ! यो पहिले कहिल्यै नसु्निएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

‘‘तं खो पनिदं दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं भावितन्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य सावित भयो । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

‘‘यावकीवञ्च मे, भिक्खवे, इमेसु चतूसु अरियसच्चेसु एवं तिपरिवट्टं द्वादसाकारं यथाभूतं ञाणदस्सनं न सविसुद्धं अहोसि, नेवतावाहं, भिक्खवे, सदेवके लोके समारके सब्रह्म्क्रे सस्समण ब्राह्मणिया पजाय सदेव मनुस्साय ‘अनुत्तरं सम्मासम्बोधिं अभिसम्बुद्धोति पच्चञ्ञासिं ।’’

भिक्षुहरू ! जबसम्म यी चार आर्य सत्यका तीन तीन आवृत्ति गरी बाह्र प्रकारको यथार्थ विशुद्ध ज्ञान वा दर्शन प्राप्त गरिन भिक्षूहरु ! त्यो समयसम्म देवतासहित, मारसहित, ब्रह्मासहित, सम्पूर्ण लोकमा, देव–मनुष्यसहित, श्रवण–ब्राह्माणसहित सम्पूर्ण प्रज्ञामा कतै पनि मैले यो दावी गरिन कि मलाई अनुत्तर (सर्वोत्तम) सम्यक सम्बोधि प्राप्त भएको छ ।

‘‘यतो च खो मे, भिक्खवे, इमेसु चतूसु अरियसच्चेसु एवं तिपरिवट्टं द्वादसाकारं यथाभूतं ञाणदस्सनं सुविसुद्धं अहोसि, अथाहं, भिक्खवे, सदेवके लोके समारके सब्रह्मके सस्समण ब्राह्मणिया पजाय सदेव मनुस्साय ‘अनुत्तरं सम्मासम्बोधिं अभिसम्बुद्धोति पच्चञ्ञासिं । ञाणं च पन मे दस्सनं उदपादि ‘अकुप्पा मे विमुत्ति अयमन्तिमाजाति, नत्थिदानि पुनब्भवोति । इदमवो च भगवा । अत्तमना पञ्च वग्गिया भिक्खू भगवतो भासितं अभिनन्दुन्ति ।’’

भिक्षुहरू । जब यी चार आर्य सत्यका तीनतीन आवृत्तिसहित बाह्र आवृत्तिको यथार्थ ज्ञान वा दर्शन प्राप्त भयो तबमात्र भिक्षूहरु ! देवतासहित, मारसहित, ब्रह्मासहित, सम्पूर्ण लोकमा, देव–मनुष्यसहित, श्रवण–ब्राह्माणसहित सम्पूर्ण प्रज्ञामा यस्तो दावी गरेंँ कि मलाई सर्वोत्तम (अनुत्तर) सम्यक सम्बोधि प्राप्त भएको छ । मैले ज्ञान वा दर्शन प्राप्त गरेको छु भनेर, अचल विमुक्ति प्राप्त गरेको छु । भिक्षुहरू ! यो अन्तिम जन्म हो । अब मेरो पुनरागमन (पुनर्जन्म) समाप्त भएको छ ।

‘‘इदमवोच न्भगवा अत्तमना पन्चवश्ञिया भिख्खु भगवतो मासितं अभिनन्खूून्ति ।’’

जब भगवान्ले यस्तो भन्नुभयो तब सन्तुष्ट भएका पञ्चवर्गीय भिक्षुहरूले उहाँको अभिनन्दन गरे, उहाँको वचनको अभिनन्दन गरे ।

‘‘इमस्मि च पन वेय्याकरणस्मिं भञ्ञमाने आयस्मतो कोण्डञ्ञस्स विरजं वीतमलं धम्मचक्खुं उदपादि– ‘‘यंकिञ्चि समुद्यधम्मं, सब्बन्तं निरोधधम्मन्ति ।’’

यो व्याख्यापश्चात् अयुष्मान् कौडिन्यलाई —‘जो समुदय धर्म छ, जो निरोध धर्म छ त्यो ज्ञान वा निरज (रागरहित) विमल (मयलरहित) धर्मचक्षु उत्पन्न भयो ।

‘‘ एवं पवत्तिते च पन भगवता धम्मचक्के भुम्मादेवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं अप्पटिवत्तियं समणेनवा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’न्ति ।’’

भगवान्का यस धर्मचक्र प्रवर्तनलाई जब भूमिका देवताहरूले सुने तब उनीहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणसीको यो ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘भुम्मानं देवानं सद्दं सुत्वा चातुमहाराजिका देवा चातुम्महाराजिकानं देवानं सद्दं सुत्वा तावतिंसा देवा, यामा देवा, तुसिसा देवा, निम्मानरति देवा, परनिम्मितवसवत्ति देवा, ब्रम्हाकायिका देवा सद्दम मनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मिन्ति ।’’

भूमिका देवताहरूका त्यस्तो शब्द जब चातुरमहाराजिक (देवलोक) का देवताहरूले सुने तब उनीहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘चातुमहाराजिकानं देवानं सद्दं सुत्वा तावतिंसा देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मिन्ति ।’’

चातुरमहाराजिक देवताहरूका यस्तो शब्द जब त्रयस्ंित्रशद लोकका देवताहरूले सुने तब उनीहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘तावतिंसानं देवानं सद्दं सुत्वा यामा देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

त्रयस्ंित्रशद (तुषिता) लोकका देवताका यस्तो शब्द जब यामालोकका देवताहरूले सुने तब उनीहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘यामानं देवानं सद्दं सुत्वा तुसिता देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

यामालोकका देवताहरूका यस्तो शब्द जब तुषित लोकका देवताहरूले सुने तब उनीहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तिन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘तुसितानं देवानं सद्दं सुत्वा निम्मानरती देवा सद्दमनुस्सावेसुं –एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’
तुषित लोकका देवताहरूका यस्तो शब्द जब निर्वाणरतिलोकका देवताहरूले सुने तब उनीहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्ततन गर्न सक्दैनन् ।

‘‘निम्मानरतीनं देवानं सद्दं सुत्वा परनिम्मितवसवत्ती देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

निर्वाणरतिलोकका देवताहरूका यस्तो शब्द परनिर्वितवशवर्ती लोकका देवताहरूले सुने तब उनीहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘परनिम्मितवसवत्तीनं देवानं सद्दं सुत्वा ब्रह्मकायिका देवा सद्दमनुस्सावेसुं– ‘‘एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

परनिर्वितवशवर्ती लोकका देवताहरूका यस्तो शब्द जब ब्रह्मपरिषद लोकका देवताहरूले सुने तब उनीहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्ततन गर्न सक्दैनन् ।

‘‘इतिह तेन खणेन (तेन लयेन) तेन मुहुत्तेन याव ब्रह्मलोका सद्दो अब्भुग्गच्छि । अयञ्च दससहस्सि लोकधातु सङ्कम्पि सम्पकम्पि सम्पवेधि, अप्पमाणो च उलारो ओभासो लोके पातुरहोसि अतिक्कम्म देवानं देवानुभावन्ति ।’’

यस प्रकार जब एकपछि अर्को लोक गदैँ त्यही क्षण, त्यही समयमा यी शब्द ब्रह्मलोकसम्म पुगे तब दसहजार चक्रवाल (दसहजार लोकको समूह) एकैसाथ कम्पायमान भए र उच्च लोकका देवता, ब्रह्मा आदिबाट उत्पन्न हुने प्रकाशभन्दा पनि तेज र प्रकाशयुक्त लोक (दस हजार लोकहरूको समूह) मा फैलियो ।

‘‘अथ खो भगवा इमं उदानं उदानेसि– ‘‘अञ्ञासि वत, भो, कोण्डञ्ञो, अञ्ञासि वत, भो, कोण्डञ्ञो’ति! इतिहिदं आयस्मतो कोण्डञ्ञस्स ‘अञ्ञासि कोण्डञ्ञो’ त्वेव नामं अहोसी ।’’

यस्तो घटना हुँदा भगवान्को मुखबाट यस्तो उदान (उल्लास चित्तबाट निस्किएको वचन) निस्कियो कि अरे कौडिण्यले जाने, अरे कौडिण्यले जाने । यस प्रकार आयुष्मान् कौडिण्यको नाम ज्ञानी कौडिण्यमा परिणत भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 466 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 513 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 521 0
गुरु अलार कालमसँग भेट 1/12/2023 594 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 538 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 552 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 411 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 525 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 535 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 585 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 540 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 549 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1110 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 518 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 638 0
उपक आजीवनसँग भेट 1/13/2023 547 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 554 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 563 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 565 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 634 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 649 0
चार आर्य सत्य 1/13/2023 829 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 628 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 586 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 532 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 677 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 499 0
दुःख समुदय आर्य सत्य 1/13/2023 591 0
दुःख निरोध आर्यसत्य 1/13/2023 520 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 606 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 681 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 550 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 566 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 563 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 532 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 549 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 598 0
आसन ग्रहण 1/13/2023 535 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 508 0
आनापानसति 1/13/2023 606 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 587 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 565 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 599 0
कायानुपश्यना 1/13/2023 502 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 521 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 552 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 492 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 455 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 566 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 481 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 499 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 569 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 604 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 559 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 667 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 492 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 478 0
दसौँचरण-अनित्य बोध 1/13/2023 493 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 598 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 476 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 638 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 551 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 515 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 534 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 535 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 688 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 606 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 547 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 655 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 541 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 678 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 679 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 849 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 721 0