धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.८

कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू)

0 टिप्पणीहरू 490 आगन्तुकहरू

जब भगवान्को दुष्कर देहपीडक, आत्मपीडक तपस्या र प्रथम धर्मचक्र प्रवर्तनको प्रसङ्ग आउँछ तब पञ्चवर्गीय भिक्षु (भीग्गू) वा पाँच परिव्राजकलाई पनि बिर्सन सकिन्न । किनकि यी दुवै प्रसङ्गसँग पञ्चवर्गीय भिक्षुसँग जोडिएका छन् । यहाँनेर के प्रश्न उठ्छ भने आखिर को थिए ती पञ्चवर्गीय भिक्षु ? यीनीहरुको कथा यस प्रकार छ–

जब भगवान्को जन्म भयो, उहाँको नामकरणको दिन राजा शुद्धोदनले राज्यका आठ जना विशिष्ट विद्वान् ब्राह्मणलाई निम्त्याएर राजकुमारको भविष्यबारे जिज्ञासा राखे, भविष्यमा बालक कस्तो हुनेछ भन्ने जान्न चाहे । उनले यस्तो जिज्ञासा राख्नुका कारणमा तपस्वी कालदेवल पनि एक थिए ।

कालदेवल त्यस समयका प्रसिद्ध तपस्वी थिए । जब कालदेवललाई बुद्ध जन्मिएको ज्ञात भयो तब उनी लामो यात्रा गरी बालक राजकुमारलाई हेर्न राजा शुद्धोदनको दरवारमा आएका थिए । जब उनले अनेक दैवी लक्षणले युक्त बालक राजकुमारलाई देखे उनले यस असाधारण जन्मको अर्थ र मर्म बुझे । अनि घोषणा गरे कि यो बालक पछि गएर बुद्ध बन्ने छ । धर्तीमा बुद्धको जन्म युगान्तकारी घटना थियो । समयको घारामा लुप्त भइरहने सत्य मोक्ष विद्याको उत्थान वा पुनर्जागरणका लागि नै बुद्धको जन्म हुने गरेको इतिहास थियो । बुद्धको कारण नै लुप्त वा विस्मृत सत्य मोक्ष मार्ग साधक समक्ष आउन सक्थ्यो । अनि अनेक आंशिक, भ्रामक, मिथ्या साधनामा अल्झिएर मोक्ष मार्ग पहिल्याउन असफल साधकहरू सत्य मोक्ष साधनाविधि प्राप्त गरी निर्वाण प्राप्त गर्न सफल हुन्थे ।

कालदेवल आफैँ सत्य मोक्ष मार्ग पहिल्याउन नसकी निर्वाण प्राप्त गर्न असमर्थ तपस्वी थिए । धर्तीमा जब बुद्धको जन्म भएको थियो, जब निर्वाणको एक असाधारण अवसर आइरहेको थियो, उनको आयु पनि सकिइसकेको थियो । उनी धर्तीबाट शीघ्र विदा हुँदै थिए, निर्वाणको दुर्लभ अवसरबाट बञ्चित हुन गइरहेका थिए । यही पीडाले उनको आँखामा आँसु आएको थियो । उनी अनायसै रोएका थिए । यस्ता दृश्य देखेका राजा शुद्धोदन तपस्वीका शब्दबाट भित्रभित्रै त्रसित थिए । आफू राजा भएकाले उनी आफ्नो पुत्रलाई पनि राजाकै रूपमा देख्न चाहन्थे । अझ एक सफल कीर्तिवान् चक्रवर्र्ती राजाको रूपमा देख्न चाहन्थे, राजकुमारको दिग्विजयको यात्रालाई हेर्न चाहन्थे । त्यसैले उनले यस जिज्ञासालाई पुनः आठ ब्राह्मणसँग राखेका थिए ।

जब ती आठ जना ब्राह्मणले अनेक दैवी चिह्न र लक्षणयुक्त बालक राजकुमारलाई हेरे, उनीहरूमध्ये सात जनाले दुई औँला उठाएर बालकको भविष्यका दुई सम्भावना, गृहस्थी भए चक्रवर्ती सम्राट र प्रजवित भए बुद्ध, लाई सङ्केत गरे । तर उनीहरूमध्ये सबैभन्दा तरुण ब्राह्मण कौडिन्यले भने एक औँला उठाउँदै घोषणा गरे कि यस्तो दैवी लक्षणयुक्त व्यक्ति गृहस्थीको सीमित जीवनमा निसास्सिएर बस्न सक्दैन, संसारका विषयहरूमा मोहित भएर बस्नै सक्दैन । त्यसैले यो बालक अवश्य प्रजवित नै बन्नेछ, सत्य मोक्ष साधना मार्गलाई पहिल्याएर बुद्ध बन्नेछ ।

यी तरुण ब्राह्मण आफैँमा वेदका विद्वान् थिए, मानिसको जीवनमा निर्वाण खोजबाहेक अन्य सबै खोज धोका हो भन्ने तथ्यलाई उनले स्पष्टसँग बुझेका थिए । उनी आफैँ मोक्षाभिलाषी थिए तर सत्य निर्वाण मार्ग पहिल्याउन भने सकिरहेका थिएनन् । किनकि सत्य मोक्ष साधनाविधि प्राप्त गर्न त्यति सहज थिएन, सूक्ष्म सत्य मोक्ष साधनामार्गलाई ठम्याउन सहज थिएन ।

त्यसैले जब भगवान्ले निर्वाण खोजका लागि दरवार त्याग गर्नुभया,े भगवान्को यात्रालाई यी ब्राह्मण कौडिन्यले तीक्ष्ण दृष्टिले हेरिरहेको थिए । उनको चेतनशील आँखाले भगवान्को साधनायात्रालाई पछ्याइरहेको थियो । जब उनले भगवान्ले उरुबेला नामक स्थानमा तपस्या सुरू गर्नुभएको थाहा पाए उनलाई लाग्यो कि अब भगवान्को बुद्धत्वको समय नजिक आएको छ, प्रजवित राजकुमारको बुद्ध बन्ने समय आइपुगेको छ । पृथिवीमा एक असाधारण घटना घटित हुने समय आइरहेको छ, लुप्त भएको सत्य मोक्ष मार्गसँग पुन प्रकाशित हुने क्षण आइपुगेको छ । यस तथ्यको बोधसँगै ब्राह्मण कौडिन्यमा मोक्षको अभिलाषा झन्झन् बिस्तार हुँदै गयो । झण्डै तीन दशकको प्रतिक्षापश्चात् मृत्युतर्फ बढिरहेको उनको जीवनमा एक असाधारण अवसर आइरहेको थियो । उनले धर्तीमा घटित हुने यस असाधारण अवसरलाई छोप्ने निर्णय गरे । अन्ततः उनले पनि प्रजवित जीवन ग्रहण गरी भगवान्को समीपमा बसेर तपस्या गर्ने निर्णय गरे ।

जब उनले भगवान्को समीपमा बसेर तपस्या गर्ने निर्णय लिए, त्यही समयमा उनलाई सात ब्राह्मण मित्रहरूको सम्झना आयो । ती सात ब्राह्मण मित्रहरू पनि निर्वाण अभिलाषी थिए, विद्वान पनि थिए । तथापि मोक्षको सूक्ष्म मार्ग पहिल्याउन असमर्थ थिए । अन्ततः निर्वाण साधना गर्दागर्दै निर्वाण प्राप्त गर्न असमर्थ भई संसारबाट विदा भएका थिए । ब्राह्मण मित्रहरूको स्मृतिपश्चात् कौडिन्यलाई उनीहरूका पुत्रहरूको सम्झना भयो ।

उनले ती सात ब्राह्मणका पुत्रलाई जम्मा गरेर मानिसको जीवनमा मोक्षको असाधारण मूल्य, प्रजवित राजकुमारको बुद्धत्वको समय, बुद्धको जन्म युगयुगको अन्तरालमा घटित हुने घटना, मोक्षका दृष्टिले असाधारण र गुमाउन नहुने समय आदिका बारेमा प्रकाश पार्दै आफ्ना दिवङ्गत मित्रका पुत्रहरूलाई निर्वाण खोजका लागि प्रजवित हुन आग्रह गरे ।

त्यतिबेला उनले यो पनि थपे कि यदि तिमीहरूका पिताहरू जीवित भएका भए आज गृहस्थी जीवन त्यागी प्रवजित हुन्थे । संसारमा निकै समयपछि मात्र घटित हुने यस्तो अवसरलाई खेर जान दिँदैनथे, बुद्धलाई पछ्याउँथे । तथापि ती ब्राह्मणपुत्रहरू सबै कौडिन्यको प्रस्तावमा सहमत हुन सकेनन्, मोक्षको मर्म बुझ्नै सकेनन् । मात्र चार ब्राह्मणपुत्रले कौडिन्यका शब्दमा छिपेका मर्मलाई ग्रहण गर्न सके र कौडिन्यलाई नै समूह नेता बनाएर प्र्रवज्याको मार्ग रोजे । पछि गएर उनीहरू पञ्चवर्गीय भिक्षुका नामले प्रसिद्ध भए । जब भगवान्ले कठोर तपस्या प्रारम्भ गर्नुभयो तब यी भिक्षु भगवान्को समीपमै ध्यान तथा तपस्या गरेर बस्थे । दरवारसँग सम्बन्धित ब्राह्मण भएकाले राजकुमार वा भगवान्प्रति उनीहरूको व्यक्तिगत श्रद्धा पनि थियो । यिनीहरू आवश्यक परे भगवान्को सेवा पनि गर्थे । भिक्षाबाट प्राप्त भोजन भगवान्लाई पनि बाँड्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 583 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 640 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 430 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 483 0
सद्गुरुको खोजी 1/12/2023 577 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 493 0
गुरु अलार कालमसँग भेट 1/12/2023 562 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 510 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 524 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 383 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 497 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 559 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 516 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 519 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1082 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 488 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 608 0
उपक आजीवनसँग भेट 1/13/2023 513 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 522 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 535 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 555 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 533 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 606 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 793 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 604 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 564 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 506 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 641 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 467 0
दुःख समुदय आर्य सत्य 1/13/2023 563 0
दुःख निरोध आर्यसत्य 1/13/2023 492 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 576 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 651 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 520 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 536 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 539 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 506 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 517 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 566 0
आसन ग्रहण 1/13/2023 493 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 474 0
आनापानसति 1/13/2023 566 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 537 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 563 0
कायानुपश्यना 1/13/2023 456 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 491 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 526 0
चित्तानुपश्यना 1/13/2023 513 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 538 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 447 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 469 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 539 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 578 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 533 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 635 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 448 0
दसौँचरण-अनित्य बोध 1/13/2023 459 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 564 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 600 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 515 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 481 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 511 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 662 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 572 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 517 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 623 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 513 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 644 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 649 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 817 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 681 0