धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.१३

के हो प्रतित्यसमुत्पादको नियम ?

0 टिप्पणीहरू 1113 आगन्तुकहरू

मानिसको जीवनमा धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम क्रियाशील छन् । निर्वाण साधनाका गम्भीर साधकका लागि प्रकृतिका यी ६ वटा शाश्वत नियमहरूका व्याख्या यसै पुस्तकको परिशिष्टमा राखिएको छ । मानिसको जीवनमा क्रियाशील प्रकृतिका यी छ शाश्वत नियममध्ये एउटा नियमको नाम हो प्रतित्यसमुत्पाद । मानिसले जीवनमा रोपेको एक संस्कारबीजको श्रृखलाबद्धरूपमा अनेकन् परिणामहरु प्रदान गर्ने हुनाले यस नियमलाई “महानियम” पनि मान्न सकिन्छ ।

प्रतित्यसमुत्पाद तपाईँको जीवनमा क्रियाशिल धम्म वा प्रकृतिको एउटा यस्तो शक्तिशाली शाश्वत नियम हो, जून नियमले तपाईँको जीवन सत्तामा रोपीएको एउटा कारण (बीज)को एकपल्ट मात्र फल (परिणाम) दिएर समाप्त नभई यस नियमले तत्क्षण त्यस फल (परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरी कारण–परिणाम–कारण–परिणाम वा बीज–फल–बीज–फल रुप एक श्रृङ्खला वा चक्र उत्पन्न गर्दै तपाईँको जीवनमा अनेक परिणाम दिँदै जान्छ । प्रतित्यसमुत्पाद नियमलाई कारण र कार्यको नियम, कर्मफलको नियम, जस्तो बीज रोप्यो त्यस्तै फल प्राप्त हुने नियम पनि भनिन्छ ।

प्रतित्यसमुत्पादको शाश्वत नियम क्रियाशील रहेको जीवनमा जब तपाईँले छ वटा इन्द्रियहरू र तिनका विषयहरूका मिलनबाट उत्पन्न हुने दुःखद संवेदना (दुःखः, पिर, भय, निराशा, पश्चात्ताप आदि) र सुखद संवेदना (खुसी, हर्ष, आशा, सफलता आदि) लाई भोग गर्नुहुन्छ तब चित्तमा छिपेको धम्मको शाश्वत नियमका कारण तपाईँमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) को जन्म हुन्छ ।

जब यसरी तपाईँमा संस्कारबीज उत्पत्ति हुन्छ तब तपाईँको चित्तले आपूmमा छिपेको प्रतित्यसमुत्पादको शाश्वत नियमले यस संस्कारबीजलाई प्राप्त गर्छ । जब यस नियमले यसरी संस्कारबीज प्राप्त गर्छ तब यस नियमले एउटा संस्कारबीजको अनेक परिणाम चक्रीयरूपमा प्रदान गर्दै जान्छ । फलतः तपाईँ अन्तहीन दुःखचक्र, लोकचक्र र भवचक्रमा फसिरहनुुहुन्छ । प्रतित्यसमुत्पादको शाश्वत नियमले कसरी तपाईँमा रोपिएका एउटा संस्कारबीजको अनेक परिणाम दिदै जान्छ ? भन्ने सत्यलाई भगवान् यसरी व्याख्या गर्नुहुन्छ–

‘अविज्जा– पच्चया सङखारा अर्थात् अविद्याका कारण संस्कार ।
सङखारा– पच्चया विञ्ञाणं अर्थात् संस्कारका कारण विज्ञान वा चित्तको आहार ।
विञ्ञाणं– पच्चया नाम रुपं अर्थात् विज्ञानका कारण नामरुप वा पुनर्जन्म
नामरुपं– पच्चया सलायतनं अर्थात् नामरुपका कारण छ इन्द्रिय ।
सलायतनं– पच्चया फस्सो अर्थात् ६ इन्द्रियका कारण विषय स्पर्श ।
फस्स– पच्चया वेदना अर्थात् स्पर्शका कारण वेदना वा संवेदना ।
वेदना– पच्चया तप्हा अर्थात् वेदना वा संवेदनाका कारण तृष्णा
तप्हा– पच्चया उपादानं अर्थात् तृष्णाका कारण उपादान वा आशक्ति
उपादानं– पच्चया भवो अर्थात् आशक्तिका कारण भव वा उत्पत्ति ।
भव– पच्चया जाति अर्थात् भवका कारण जन्म ।
जाति पच्चया जरा परण– शोक– परिदेक– दुःख– दोमन स्सूपायासा
सम्मवन्ति– अर्थात् जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख ।

जब भगवान्ले माथि व्याख्या गरिएको प्रतित्यसमुत्पाद नियमको अनुलोम श्रृङ्खलाको एकएक कडीलाई जाँच्नुभयो, उहाँलाई किन मानिसको जीवनमा दुःखचक्र, भवचक्र, लोकचक्र उत्पत्ति भइरहेको छ भन्ने तथ्यको झन् झन् स्पष्टता प्राप्त हुँदै गयो । स्पष्ट थियो प्रतित्यसमुत्पादको शाश्वत नियमले संस्कार (संवेदना भोग गर्ने स्वभाव) विजहरु प्राप्त गरेको कारण नै मानिसमा दुख, दुखचक्र, भवचक्र आदि उत्पन्न भइरहेको थियो ।

प्रतित्यसमुत्पादको प्रतिलोम सत्य

जब भगवान् दुःख र दुःख समुदय (उत्पत्ति) को मूल कारणप्रति स्पष्ट हुनुभयो, तत्पश्चात उहाँलाई संवेदनाहरूप्रति राग वा द्वेषरूपी प्रतिक्रिया (अविद्या) को स्थानमा यी संवेदनाप्रति साक्षीभावपूर्ण अवलोकन (विपश्यना) गरेको खण्डमा प्रतित्यसमुत्पादको नियमलाई धर्मको पक्षमा उल्टाउन सकिन्छ भन्ने तथ्यको समेत स्पष्ट बोध भयो । धम्मको जून शाश्वत नियमले संस्कारबीज प्राप्त गरेकाले मानिसमा दुःखचक्र, भवचक्र, लोकचक्र उत्पत्ति भएरहेको थियो धम्मको त्यही नियममा विपश्यना साधनाद्वारा समभावी संस्कारबीज छरेर धम्मको यही नियमलाई दुःख नाश र निर्वाण प्राप्तिका पक्षमा क्रियाशील गराउँदै मानव जीवनमा धर्मचक्र उत्पत्ति गर्न सकिन्छ भन्ने तथ्य स्पष्ट भयो । यथार्थमा धर्मचक्र प्रवर्तन भन्नु नै विपश्यना साधना विधिद्वारा प्रतित्यसमुत्पाद नियममा समभावको बीज छर्नु हो । प्रतित्यसमुत्पादको यस प्रतिलोम सत्यलाई व्याख्या गर्दै भन्नुहुन्छ–

अविज्जाय त्वेव असेस् निराग निरोधा संङखार अर्थात् अविधा निरोधका कारण, संस्कार निरोध ।
सङखार निरोधा विञ्ञाण निरोध अर्थात् संस्कार निरोधका कारण विज्ञान निरोध ।
विञ्ञाण निरोधा नाम रुप निरोध अर्थात् विज्ञान निरोधका कारण नामरूप निरोध ।
नामरुप निरोध पस्स निरोधो अर्थात् नामरूप निरोधका कारण ६ वटा इन्द्रियको निरोध ।
सलापतन निरोधा फस्स निरोधो अर्थात् ६ वटा इन्द्रिय निरोधका कारण विषय स्पर्शको निरोध ।
पmस्स निरोधा वेदना निरोधो अर्थात् विषय स्पर्श निरोधका कारण वेदना वा संवेदना उत्पत्तिको निरोध ।
वेदना निरोधा तण्हा निरोधो अर्थात् वेदना वा संवेदना निरोधका कारण तृष्णा उत्पत्तिको निरोध ।
तृष्णा निरोधा उपादान निरोधो अर्थात् तृष्णा उत्पत्ति निरोधका कारण उपादान वा आशक्ति उत्पत्तिको निरोध ।
उपादान निरोधा भव निरोधो अर्थात् आशक्ति उत्पत्तिको निरोधका कारण भव (उत्पत्ति) निरोध ।
भव निरोधा जाति निरोधो अर्थात् भव निरोधका कारण पुनर्जन्मको निरोध ।
जाति निरोधा जरामरण शोक परिदेव ढुक्क दोमन स्सूपायासा निरुज्झन्ति । एवमेतस्स केवलस्स दुक्खक्खन्धस्स निरोधो होती त्रि ।
अर्थात् पुनर्जन्म (बीज) निरोधका कारण वृद्धावस्था, मृत्यु, शोक, व्याकुलता, दुःख आदि चित्तविकार, चित्तको निरोध वा निर्वाण अवस्थाको प्राप्ति ।

निर्वाण साधनाका साधकहरूलाई थप प्रष्ट हुनका लागि प्रतित्यसमुत्पाद नियमको व्याख्या यसै पुस्तकको परिशिष्टमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 688 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 466 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 515 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 523 0
गुरु अलार कालमसँग भेट 1/12/2023 598 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 538 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 552 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 413 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 527 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 535 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 585 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 540 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 549 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 518 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 642 0
उपक आजीवनसँग भेट 1/13/2023 549 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 554 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 565 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 565 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 638 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 653 0
चार आर्य सत्य 1/13/2023 829 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 628 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 590 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 534 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 681 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 499 0
दुःख समुदय आर्य सत्य 1/13/2023 595 0
दुःख निरोध आर्यसत्य 1/13/2023 522 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 610 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 685 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 552 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 566 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 567 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 534 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 553 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 598 0
आसन ग्रहण 1/13/2023 535 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 510 0
आनापानसति 1/13/2023 606 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 587 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 565 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 603 0
कायानुपश्यना 1/13/2023 502 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 521 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 554 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 492 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 459 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 570 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 483 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 499 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 573 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 608 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 559 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 667 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 494 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 478 0
दसौँचरण-अनित्य बोध 1/13/2023 493 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 600 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 476 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 640 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 553 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 515 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 538 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 539 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 692 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 606 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 549 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 657 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 541 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 680 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 681 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 853 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 723 0