धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ?

0 टिप्पणीहरू 554 आगन्तुकहरू

जब कोही साधकले निर्वाण साधनाको नाममा देहपीडक साधनालाई ग्रहण गर्छ, जब उसले देहलाई यातना दिन प्रारम्भ गर्छ, एक गम्भीर प्रश्न उठ्छ कि आखिर किन वा के कारण साधकले यस्ता हठ वा मूर्खतापूर्ण साधनामा प्रवेश गरी आफैँलाई यातना दिने गर्छन् ? यस्ता हठ साधनावृत्ति जन्मनुको पछाडि केकस्ता कारण छन् ? वर्तमान समयमा पनि असङ्ख्य साधक अनेक प्रकारका देहपीडक साधनामा संलग्न भइरहेकाले निर्वाणको साधना मार्गमा यो मननीय विषय हुन पुगेको छ ।

इतिहास यस्तो सत्यको साक्षी छ कि पृथिवीमा आध्यात्मिक महापुरुष वा सम्यक सम्बुद्धहरू जस्तै शिव, राम, कृष्ण, क्राइष्ट, बुद्ध आदि युगयुगको अन्तरालमा जन्मिने गरेका छन् । जब सम्यक सम्बुद्धहरूको जन्म हुन्छ ती महापुरुषहरूले शुद्ध धर्म, शुद्ध निर्वाण साधनाविधि नै सिकाउँछन् र प्रकृति वा धम्मका विस्मृत शाश्वत नियमहरूलाई पुनः स्मरण गराउँछन् । अनि कसरी प्रकृतिका शाश्वत नियमहरूले मानिसको चित्तमा संस्कार उत्पन्न गर्छन् र कसरी साधनाद्वारा प्रकृतिका यिनै शाश्वत नियमहरूलाई मोक्षको पक्षमा क्रियाशील गराएर चित्तका संस्कारहरूलाई पूर्णरूपमा नाश गरी निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने शुद्ध मोक्ष शिक्षा प्रदान गर्छन् ।

विषयबाट प्राप्त हुने सुखद र दुखद संवेदनाहरूलाई भोग गर्दा प्रकृतिका शाश्वत नियमहरूले बन्धनहरू उत्पन्न गर्ने भएकाले मानिसलाई वितरागी, वितद्वेषी बन्नुपर्ने शिक्षामा जोड दिन्छन् । मन र इन्द्रियका सुखद वा दुखद संवेदनाहरूप्रतिको तृष्णा नै दुःख वा बन्धनका जननी भएकाले मन र इन्द्रियलाई नियन्त्रणमा ल्याउनुपर्ने सत्यमा जोड दिन्छन् । मन र इन्द्रियहरूलाई नियन्त्रणमा ल्याउन मनमा उत्पन्न हुने दुःखद वा सुखद संवेदनाहरूप्रति समभावी बन्नुपर्छ भन्ने सत्य साधनाविधि प्रदान गर्छन् । गीतामा भगवान् कृष्णले पनि यस्तै विद्या प्रदान गर्नुभएको छ । यी महापुरुषहरू धम्म वा प्रकृतिका शाश्वत नियमहरूसँग परिचित भएकाले इन्द्रियहरूलाई दमन गर्दा झन्झन् संस्कारहरू उत्पत्ति हुने भएकाले इन्द्रिय दमन र विषयहरूप्रति द्वेषपूर्ण दृष्टि आदिका शिक्षा दिँदैनन् ।

तर, जब ती आध्यात्मिक महापुरुषहरूको निधन हुन्छ तब समयको प्रवाहमा सत्य मोक्ष विद्या पृथकपृथक बौद्धिक र आध्यात्मिक पृष्ठभूमि भएका एक पिँढीका गुरुहरू वा साधकहरूबाट अर्को पिँढीका गुरुहरू वा साधकहरूका माझमा पुग्छ । तत्पश्चात् यिनै गुरु वा साधकहरूले यस विद्यालाई आ–आफ्ना बौद्धिक वा आध्यात्मिक क्षमता अनुसार व्याख्या प्रारम्भ गर्छन्, साधनामा उतार्न प्रयास गर्छन् ।

परिणामस्वरूप सत्य निर्वाण विद्याको अपभ्रंश र अपव्याख्या हुन सुरू हुन्छ । यसरी जब यो विद्या मोक्षको प्रामाणिक अनुभूति प्राप्त नगरेका एक गुरुबाट अर्काे गुरुमा सर्दै जान्छ तब सत्यमोक्ष साधनाविधिले झन्झन् अपभ्रंश हुन पुगी विकृत साधनाको रूप धारण गर्छ । उदाहरणका लागि देह, इन्द्रियहरू र मनलाई नियन्त्रणमा ल्याउन मनमा उत्पन्न हुने संवेदनाहरूप्रति समभावी साधना गर्नुपर्छ भन्ने शुद्ध मोक्ष विद्यामा समयको धारामा संवेदनाहरूप्रति समभाव भन्ने मूल साधना मन्त्र नै छुट्न पुग्छ र निर्वाणका लागि देह, इन्द्रियहरू र मनलाई नियन्त्रणमा ल्याउनुपर्छ भन्ने शब्दहरूमात्र शेष रहन पुग्छन् । फलतः देह, इन्द्रिय र मनलाई नियन्त्रणमा ल्याउन साधक संवेदनाप्रति समभावी बन्नुपर्नेमा उसले देह, इन्द्रिय र मनलाई नियन्त्रणमा ल्याउन शरीरलाई अनेक प्रकारका कठोर दुःख दिन प्रारम्भ गर्छ ।

जसको परिणामस्वरूप वस्त्र धारण नगर्नु, काँडामा सुत्नु, जिब्रो छेड्नु, एक खुट्टामा उभिरहनु, अल्पाहारी बनी शरीर सुकाउनु, अग्निमा देहलाई तपाउनु जस्ता अनेक प्रकारका देहपीडक साधनाहरूको जन्म हुन पुग्छ । सम्यक सम्बुद्धको जन्म नभएसम्म यी साधना एक पिँढीबाट अर्को पिँढीमा सर्दै जान्छन् र साधकले निर्वाण प्राप्तिको विपरीत मार्गमा विचरण गर्दै शारीरिक, मानसिक, आध्यात्मिक क्षय प्राप्त गर्छ र अन्ततः साधक मानसिक विक्षिप्तताका साथै मृत्युको मुखसम्म पुग्छ । यस्ता घटना अहिले पनि भइरहेका छन् । धर्मचक्र प्रवर्तनको व्याख्यालाई निरन्तरता दिँदै भगवान् यी दुई अतिका साधना मार्गमा विचरण नगरी मध्यमार्गबाट आफैँले पहिल्याएको सत्य निर्वाण मार्गमाथि प्रकाश पार्दै भन्नुहुन्छ–

‘‘एते खो, भिक्खवे, उभो अन्ते अनुपगम्म मज्झिमा पटिपदा तथागतेन अभिसम्बुद्धा चक्खुकरणी ञाणकरणी उपसमाय अभिञ्ञाय सम्बोधाय निब्बानाय संवत्तति ।’’

भिक्षूहरु ! यी दुई अतिमा नगएर तथागतले मध्यमार्ग पहिल्याउनुभएको छ, जसले चक्षू प्रदान गर्छ, ज्ञान प्रदान गर्छ, जो उपशमन (शान्तिका लागि), अभिज्ञ (सर्वज्ञ) हुनका लागि, सम्बोधि (परम ज्ञान) का लागि निर्वाणको हो ।

यहाँ भगवान्ले के प्रष्ट पार्नुभएको छ भने यी दुई अति, जहाँ एक अतिको स्थितिमा प्रजवित साधक अझै कामसुख प्राप्त गर्ने प्रयास गरिरहेको छ । अर्को अति, जहाँ साधकले देह, इन्द्रिय र मनको तृष्णालाई नष्ट गरी निर्वाण प्राप्त गर्ने नाममा शरीरलाई कठोरभन्दा कठोर दण्ड र यातना दिइरहेको छ । उल्लिखित दुवै विषयप्रति राग उत्पन्न गर्ने र द्वेष उत्पन्न गर्ने मार्गमा विचरण नगरी अर्थात् दुवै मार्गको अनुगमन नगरेर यी राग र द्वेषयुक्त दुवै विषम मार्गका माझबाट साधनाको जुन नयाँ मध्यमार्ग खोज्नुभएको छ, सूक्ष्म दृष्टिबाट पहिल्याएर न राग न द्वेषको सममार्ग निकाल्नु भएको छ यही मध्यमार्ग नै आर्य अष्टाङ्गमार्ग हो । यस मध्यमार्गी साधनामा साधक न त इन्द्रिय सुखमा लिप्त हुन्छ, न त देहपीडक तपस्यामै प्रवेश गर्छ । अपितु ऊ देह र चित्तको क्षेत्रमा उत्पन्न हुने सुखद वा दुखद संवेदनाहरूप्रति समभावी, साक्षीभावी वा समबुिद्धपूर्ण बन्छ ।

जब साधकले यस अष्टाङ्गमार्ग साधनालाई सफलता पूर्वक सम्पन्न गर्छ, जुन साधनाले साधकलाई चक्षु प्रदान गर्छ, ज्ञान प्रदान गर्छ, उपशमन (शान्ति) प्रदान गर्छ, अभिज्ञता वा सर्वज्ञता बनाउँछ, सम्बोधि बनाएर अन्ततः निर्वाण वा परिपूर्ण ज्ञान प्रदान गर्छ । यहाँनेर के प्रश्न उठ्छ भने कस्तो चक्षु प्रदान गर्छ ? कस्तो ज्ञान प्रदान गर्छ ? कसरी शान्ति प्रदान गर्छ ? कसरी अभिज्ञता वा सर्वज्ञता बनाउँछ ? कसरी सम्बोधि बनाएर निर्वाण प्रदान गर्छ ? आउनुस् सर्वप्रथम निर्वाण साधनाका यिनै परिणामबारे व्याख्या गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 583 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 640 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 430 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 481 0
सद्गुरुको खोजी 1/12/2023 575 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 491 0
गुरु अलार कालमसँग भेट 1/12/2023 562 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 508 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 522 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 383 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 489 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 495 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 557 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 514 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 517 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1080 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 486 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 606 0
उपक आजीवनसँग भेट 1/13/2023 511 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 520 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 533 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 531 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 604 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 793 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 602 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 562 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 504 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 641 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 465 0
दुःख समुदय आर्य सत्य 1/13/2023 561 0
दुःख निरोध आर्यसत्य 1/13/2023 490 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 572 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 649 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 518 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 534 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 537 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 504 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 515 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 564 0
आसन ग्रहण 1/13/2023 491 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 472 0
आनापानसति 1/13/2023 566 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 535 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 559 0
कायानुपश्यना 1/13/2023 454 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 489 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 522 0
चित्तानुपश्यना 1/13/2023 511 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 536 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 467 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 537 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 576 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 531 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 633 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 448 0
दसौँचरण-अनित्य बोध 1/13/2023 457 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 562 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 598 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 513 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 479 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 511 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 660 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 570 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 515 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 621 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 511 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 642 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 647 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 815 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 681 0