धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ

0 टिप्पणीहरू 568 आगन्तुकहरू

यस सम्बन्धमा सर्वप्रथम धर्मचक्षु भनेको के हो र भगवान्ले प्रतिपादन गर्नुभएको मध्यमार्गी साधनाले कसरी साधकमा धर्मचक्षु उत्पन्न गर्छ ? भन्ने प्रश्नकै उत्तर खोज्नुपर्ने हुन्छ ।

साधनाका कारण प्राप्त भइरहेका आन्तरिक आध्यात्मिक रूपान्तरणलाई प्रामाणिकरूपमा बोध गर्नु नै धर्मचक्षु जाग्नु हो । जब साधक आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ, जब उसले सुखद वा दुखद संवेदनाहरूलाई भोग गर्ने मनको स्वभावलाई परिवर्तन गर्न समभावी साधना प्रारम्भ गर्छ वा जब जन्म–जन्मान्तरका चित्त विकारलाई नष्ट गर्दै चित्तलाई शुद्ध गराउन साधना गर्दछ । यस क्षणमा धम्मको शाश्वत नियमहरू क्रियाशीलताका कारण साधनामा आन्तरिक रूपान्तरणको प्रक्रिया प्रारम्भ हुन्छ ।

जब यो प्रक्रिया प्रारम्भ हुन्छ तब साधकले आन्तरिक क्षेत्रमा भइरहेका यी आध्यात्मिक रूपान्तरणलाई प्रामाणिकरूपमा बोध गर्न थाल्छ । साधकले साधनाका कारण चित्त झन्झन् शान्त, शुद्ध र निर्मल हुँदै गएको अनुभूति प्राप्त गर्छ । साधनामा भङ्ग, प्रिति प्रमोद, प्रश्रब्धि, अष्ठकलाप, अनित्य बोध, अनात्मबोध आदि अनुभूति प्राप्त गर्छ । प्रामाणिकरूपमा इन्द्रियातीत निर्वाणको क्षेत्रमा प्रवेश गरेको अनुभूति प्राप्त गर्छ ।

यी बोध कुनै सतही बौद्धिक घोषणा नभई आफ्नै अनुभूतिमा उतारिएको प्रामाणिक ज्ञान हुुन्छ । यसरी आर्य अष्टाङ्गमार्ग साधनामा प्रामाणिकरूपमा नै आन्तरिक आध्यात्मिक परिवर्तन भइरहेको बोध हुन्छ वा धर्मचक्षु उत्पन्न हुन्छ । जब कुनै साधक दुई अति (इन्द्रिय भोग र देहपीडक तपस्या) मा प्रवेश गर्छ तब यी साधनाका कारण विषयप्रति राग वा द्वेष उत्पन्न हुने हुनाले साधक निर्वाण साधनाले प्रदान गर्ने आन्तरिक रूपान्तरणको अनुभूति वा धर्मचक्षु प्राप्त गर्नबाट बञ्चित रहन्छ । यी दुई अति साधनाले विकार वा संस्कार विस्तार गर्ने हुनाले साधकले संस्कार विस्तारकै अनुभूति प्राप्त गर्छ र पीडा वा दुःख नै प्राप्त गर्छ । धर्म वा आध्यात्मिक रूपान्तरणकोे अनुभूति प्राप्त गर्न असमर्थ रहन्छ ।
यस मध्यमार्ग (साधना) ले ज्ञान प्रदान गर्छ

यहाँनेर प्रश्न उठ्छ कि मध्यमार्गी आर्य अष्टाङ्गमार्ग साधनाले कस्तो ज्ञान प्रदान गर्छ ? जब साधकले आर्य अष्टाङ्गमार्गका विभिन्न चरणबाट गुज्रिँदै निर्वाणतर्फ बढिरहेको आन्तरिक आध्यात्मिक अनुभूति प्रामाणिकरूपमै प्राप्त गर्छ तब यस्तो प्रामाणिक अनुभूति नै ज्ञानमा परिणत हुन पुग्छ । यस अवस्थामा निर्वाण साधनाले प्रदान गर्ने भनिएका अनुभूतिहरू बौद्धिक ज्ञान वा श्रवण ज्ञान नभई प्रमाणिक ज्ञान वा प्रज्ञा हुन पुग्छ ।

जब ज्ञान बौद्धिक नभएर स्वअनुभूतिमा उतारिइएको प्रामाणिक ज्ञान वा प्रज्ञा हुन्छ त्यस अवस्थामा देह परमाणुहरूको पुञ्ज रूप हो । चित्त तरङ्गरूप मात्र हो । देहसत्ता, चित्तसत्तामा जुन संवेदना उत्पन्न हुन्छन् ती विलाउँछन् । निर्वाणको स्थितिमा इन्द्रियातीत अनुभूति प्राप्त हुन्छन् आदि कुनै बौद्धिक ज्ञान वा घोषणा नभएर साधकले आपैmँभित्र अनुभव गरेको प्रामाणिक ज्ञान बन्न पुग्छ, सम्यक ज्ञान हुन पुग्छ । यसरी यस मध्यमार्गी साधनाले ज्ञान प्रदान गर्छ ।
यस मार्गले उपशमन वा शान्ति प्रदान गर्छ

पुनः प्रश्न उठ्न कि यो मार्गले कस्तो शान्ति प्रदान गछ ? जुन क्षणसम्म साधकले इन्द्रियहरू र विषयहरूका मिलनबाट उत्पन्न हुने सुखद वा दुखद संवेदनालाई भोग गरिरहन्छ त्यस स्थितिसम्म साधकमा धम्मको शाश्वत नियमहरूका कारण नयाँ संस्कार उत्पन्न भई रहन्छ । यस्तो स्थितिमा साधकमा चित्त विकार नाश हुनै सक्दैन । जब साधकले इन्द्रिय र विषयहरूका मिलनबाट उत्पन्न हुने संवेदनाप्रति न राग न द्वेषरूपी मध्यमार्गी साधना गर्छ, जब संवेदनाहरूप्रति सम्यक दृष्टि राख्छ तब यस्तो स्थितिमा नयाँ विकार सिर्जना हुने प्रक्रिया समाप्त मात्र नभई जन्म–जन्मान्तरदेखि चित्तमा सङ्ग्रहित विकार पनि जरादेखि नै नष्ट हुन थाल्छ । मानिसको दुःख, अशान्ति, व्याकुलता आदि चित्तमा संग्रहित विकारहरू नै हुन् । जब आर्य अष्टाङ्गमार्गद्वारा विकारहरूलाई जरादेखि नै नष्ट गरिन्छ तब यस्तो स्थितिमा साधकले शनैःशनैः शुद्ध चित्त स्थिति प्राप्त गर्छ । जब चित्त शुद्ध हुँदै जान्छ शनैःशनैः साधकले शान्ति प्राप्त गर्दै परमशान्ति प्राप्त गर्न थाल्छ । यसरी आर्य अष्टाङ्गमार्गले शान्ति प्रदान गर्छ तर जब साधक निर्वाणका दुई अति साधनामा प्रवेश गर्छ तब इन्द्रिय सुखभोग र कठोर देहपीडक तपस्यामा प्रवेश गर्छ र साधनाहरूमा संस्कार नाश नभई संस्कारहरू नै झन्झन् विस्तार हुन पुग्दा साधक झन्झन् अशान्त, दुःखी, व्याकुल हुँदै जान्छ ।

यस मध्यमार्गी साधनामार्गले अभिज्ञता, सम्बोधि र निर्वाण प्रदान गर्छ

यहाँनेर फेरि अर्को के प्रश्न उठ्न सक्छ भने कसरी यस साधनाले अभिज्ञता वा सर्वज्ञता सम्बोधि र निर्वाण प्रदान गर्छ ? जब कोही साधकले आर्य अष्टाङ्ग साधनालाई अनुभूतिमा उतार्ने प्रयास गर्छ तब उसले यस साधनालाई देह र मन (चित्त) को यथार्थ स्वरूपको अनुसन्धानबाट सुरू गर्छ । जब उसले देह क्षेत्रको यथार्थ अनुसन्धान प्रारम्भ गर्छ तब साधनाद्वारा देहको क्षेत्रमा संवेदनाहरू सिर्जना गर्न थाल्छ । यिनै संवेदनाहरूका सहारामा यस स्थूल देहलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतमरूपमा टुक्र्याउँदै र संवेदनाहरूप्रति सम्यक दृष्टि राख्दै त्यस्तो स्थितिसम्म पुग्छ, जहाँ देहको क्षेत्र र चित्तको क्षेत्र उदय र व्यय भइरहेको परमाणुहरूको पुञ्ज जस्तै प्रतीत हुन थाल्छ ।

जतिजति अनुभूतिको स्तरमा यस देहक्षेत्र र चित्तक्षेत्र अनित्य रहेछ भन्ने ज्ञान पुष्टि हँुदै जान्छ त्यतित्यति साधक प्रतिपल उदय र व्यय भइरहेको तरङगरूप देह र चित्तमा ‘म’ र ‘मेरो’ जस्ता कुनै पनि वस्तु वा आधार प्राप्त गर्न असमर्थ रहन्छ । यसरी देह र चित्तको अनित्य बोधसँगै साधकमा ‘म’ भाव नष्ट हुँदै गएर अनात्मबोधको यथार्थ ज्ञान उदय हुन प्रारम्भ हुन्छ । मानिसको मूल अविद्या ‘म’ रूपी अहंभाव शनैःशनैः नष्ट हुँदै जान्छ ।

जब साधकले साधनालाई निरन्तरता दिइरहन्छ तब उसले सोतापन्न, सकृदागामी, अनागामी, अरहत आदि अवस्था पार गर्दै बुद्धत्व वा सम्बोधि प्राप्त गर्छ । यस सम्बोधि प्राप्तिको स्थिति नै निर्वाणको स्थिति हो । यही नै आर्य अष्टाङ्ग साधनाको अन्तिम अवस्था हो । यस स्थितिमा साधकले इन्द्रियातीत, अमृतमय निर्वाण पदलाई साक्षात्कार गर्छ । निर्वाण प्राप्त गर्नु नै अभिज्ञता (सर्वज्ञता), सम्बोधि (परिपूर्ण ज्ञान) प्राप्त गर्नु हो । यसरी साधकले मध्यमार्गी साधनाद्वारा अभिज्ञता, सम्बोधि र निर्वाण प्राप्त गर्छ ।

‘‘कतमा च सा, भिक्खवे, मज्झिमा पटिपदा तथागतेन अभिसम्बुद्धा चक्खुकरणी ञाणकरणी उपसमाय अभिञ्ञाय सम्बोधाय निब्बानाय संवत्तति ?’’

तथागतले त्यस्तो कुन मध्यमार्ग पहिल्याउनु भएको छ ? जसले चक्षू प्रदान गर्छ, ज्ञान प्रदान गर्छ, जो उपशमन लागि, अभिज्ञ हुनका लागि, सम्बोधिका लागि, निर्वाणको लागि हो ?

‘‘अयमेव अरियो अट्ठङ्गिको मग्गो, सेय्यथिदं– यो त्यहि आर्य अष्टाङ्गीक मार्ग हो, जुन यस प्रकार छः सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जिविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि ।
सम्मादिट्ठि सम्मासङ्कप्पो सम्मावाचा सम्माकम्मन्तो सम्माआजीवो सम्मावायामो सम्मासति सम्मासमाधि ।’’

जब भगवान् कुनै धार्मिक प्रवचन दिनुहुन्थ्यो त्यस धर्म देशना वा प्रवचनलाई सरल बनाउन आफैँ प्रश्न गर्नुहुन्थ्यो र उत्तर पनि आफैँ दिनुहुन्थ्यो । तपाईँ यस कुरालाई त्रिपिटकका अनेक सुत्तहरूमा देख्न सक्नुहुन्छ । भगवान्को धार्मिक प्रवचनको त्यही शैलीअनुरूप आफैँले सोधेको प्रश्नको उत्तर आफैँ दिने गर्नुहुन्छ ।

यहाँनेर प्रश्न उठ्न कि यो आर्य अष्टाङ्गमार्ग भनेको के हो ? यहाँ यसैबारे प्रष्ट हुने प्रयास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 688 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 466 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 519 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 525 0
गुरु अलार कालमसँग भेट 1/12/2023 600 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 542 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 556 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 415 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 527 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 537 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 589 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 544 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 549 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1114 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 522 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 642 0
उपक आजीवनसँग भेट 1/13/2023 549 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 558 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 565 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 587 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 640 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 653 0
चार आर्य सत्य 1/13/2023 831 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 630 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 590 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 536 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 681 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 505 0
दुःख समुदय आर्य सत्य 1/13/2023 595 0
दुःख निरोध आर्यसत्य 1/13/2023 522 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 610 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 685 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 554 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 570 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 567 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 536 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 553 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 600 0
आसन ग्रहण 1/13/2023 535 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 510 0
आनापानसति 1/13/2023 606 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 591 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 569 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 603 0
कायानुपश्यना 1/13/2023 502 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 523 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 556 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 496 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 459 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 570 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 483 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 501 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 573 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 610 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 563 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 671 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 494 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 482 0
दसौँचरण-अनित्य बोध 1/13/2023 495 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 600 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 480 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 640 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 555 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 519 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 538 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 539 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 692 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 608 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 549 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 659 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 543 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 680 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 681 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 855 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 723 0