धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

चौवीसै घण्टा साधनारत रहनुहोस्

0 टिप्पणीहरू 449 आगन्तुकहरू

जब तपाईँ विपश्यना साधनाबाट बाहिर आउनुहुन्छ त्यस क्षणमा चौवीसै घण्टा क्रियाशील धम्मका नियमहरूले तपाईँमा बन्धन निर्माण र विस्तार गर्न प्रारम्भ गरिहाल्छ । धर्मचक्र साधनाबाट बाहिर आएपछि पनि कर्म, वाणी, आजिविकाका सम्पूर्ण क्षणमा जागरुक र समभावी रहनुहोस् । जब हिड्नुहुन्छ, जब स्नान गर्नुहुन्छ, जब भोजन गर्नुहुन्छ, जे कर्म गरिरहनुभएको छ त्यसप्रति जागरुक बनिरहनुहोस् । शरीरको जुन भागमा हलचल भइरहेको छ, संवेदनाहरू उत्पत्ति भइरहेको छ त्यसलाई पनि यथाभूतरूपमा जान्नुहोस् ।

राती जब सुत्न जानुहुन्छ त्यस क्षणमा पनि कायमा उत्पन्न संवेदनाको बोध गरिरहनुहोस् । अनित्य बोधको चैतन्य जगाइराख्नुहोस् । रात्रि वा सुत्ने समयमा गरिने विपश्यनाको व्याख्या गर्ने क्रममा गुरु गोयन्का आफ्नै अनुभूतिलाई व्याख्या गर्दै भन्नुहुन्छ– ‘रात्रिमा पनि आफूभित्र संवेदनाको अनित्य बोधको चैतन्य जागिरहेको हुन्छ । अलिअलि निद्रा, अलिअलि जागृति, कहिले काँही त पूरा रात नै यसरी बित्छ । निद्राको नाम निसानै रहँदैन । जब सम्पूर्ण रात अनित्य बोधको चैतन्यबाट बिहान जागिन्छ त्यस स्थितिमा अत्यन्त हलुकापन बोध हुन्छ, मानौँ शरीर गहिरो निद्राबाट बिउँझिएको छ । रात्रिमा जर्बजस्ती जागा नबस्नुहोस्, रात्रिमा विपश्यना गर्दागर्दै जब प्राकृतिकरूपमा निद्रा आउँछ तब निदाउनुहोस् । जब बिहान उठ्नुहुन्छ त्यस क्षणमा पनि कायमा संवेदनाहरूको अनित्य गुण, धर्म र स्वभावको बोध गर्नुहोस् ।’

यसरी काय र चित्त क्षेत्रका संवेदनालाई विपश्यनाको विधिअनुरूप दीर्घकालसम्म निरन्तरता दिइरहनुहोस् । कहिले निर्वाण प्राप्त हुन्छ भन्ने कुराको परिणामप्रति व्याग्र नबनी धर्मचक्र साधनालाई निरन्तरता दिइरहनुहोस् । जब तपाईँ दीर्घकालसम्म यसरी धर्मचक्र साधनालाई निरन्तरता दिइरहनुहुन्छ त्यस स्थितिमा तपाईँमा चित्तका विकारहरू शनैःशनैः क्षय हुँदै गएर चित्तका प्राकृतिक गुण शनैःशनैः प्रकट हुन थाल्छन् । तपाईँको चित्तमा स्मृति (जागरुकता), धर्मविचय (चित्तले जे धर्म ग्रहण गर्छ त्यस धर्मलाई विघटन गर्नु), वीर्य (साधनामा लगनशीलता वा पुरुषार्थ), प्रिति (चित्तका संस्कारहरू नाश हुँदै जाँदा मनमा उत्पन्न हुने अनेक शान्ति, आनन्दका अनुभूति), प्रश्रब्धि (चित्तका संस्कार नाश हुँदै जाँदा कायमा उत्पन्न हुने शान्तपना), समाधि (सघन एकाग्रताको स्थिति) आदि गुणहरू प्रकट हुँदै जान्छन् ।

विपश्यना बाहेकका अन्य निर्वाण साधनाविधिहरूमा साधनाकालमा उत्पन्न हुने यी अनेक प्रकारका सुख, शान्ति, आनन्दका अनुभूतिहरू पञ्चस्कन्धभित्रकै अनित्य अनुभूति भएकाले यी अनुभूतिलाई पनि भोग गर्नुहुँदैन भन्ने शिक्षा गुरुहरूले प्रदान नगर्नु भएकाले ती अनेक साधनाविधिका साधकहरू साधनाका यी सुखद संवेदनालाई भोग गर्न पुग्छन् । साधनाकालमा सुखद संवेदनाहरू प्राप्त हुँदा खुसी र दुखद संवेदना प्राप्त हुँदा दुःखी बन्छन् । फलतः धम्मका शश्वत नियमहरूले पुनः रागद्वेषका संस्कारबीज प्राप्त गरी संस्कार नै उत्पन्न र विस्तार गरिदिँदा उनीहरू साधनाबाट च्यूत हुनपुग्छन् ।

साधनाकालमा चित्तका संस्कारहरू क्षय हुँदै जाँदा जब प्रिति–प्रमोद, प्रश्रब्धि समाधि आदि जस्ता सुख, आनन्द, शान्ति आदिका अनुभूति (संवेदना) उत्पन्न हुन्छन् । यी सुखद संवेदनालाई तपाईँ भोग नगरी यथाभूतरूपमा मात्र अवलोकन गर्नुहोस् ।

तपाईँ साधनाकालमा उत्पन्न हुने चित्तको जागरुकता, धर्मविचय, वीर्य, प्रिति, प्रश्रब्धि, समाधि आदि अवस्थाहरूको विद्यमान र अविद्यामान अवस्था आदिलाई यथाभूतरूपमा जान्नुहोस् । तपाईँ काय र चित्तको क्षेत्रमा उत्पन्न कुनै पनि संवेदनाप्रति न राग न द्वेष अर्थात् न खुसी, न दुःखी) मात्र समभावमा यी संवेदनाहरूको अनित्य गुण, धर्म र स्वभावलाई अवलोकन गरिरहनुुहोस् । यसरी विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 553 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 624 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 412 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 463 0
सद्गुरुको खोजी 1/12/2023 521 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 477 0
गुरु अलार कालमसँग भेट 1/12/2023 546 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 490 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 494 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 365 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 469 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 471 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 533 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 490 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 435 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1064 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 464 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 586 0
उपक आजीवनसँग भेट 1/13/2023 489 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 498 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 509 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 539 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 509 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 582 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 593 0
चार आर्य सत्य 1/13/2023 773 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 578 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 542 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 486 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 623 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 423 0
दुःख समुदय आर्य सत्य 1/13/2023 545 0
दुःख निरोध आर्यसत्य 1/13/2023 468 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 554 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 629 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 502 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 516 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 513 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 486 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 489 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 544 0
आसन ग्रहण 1/13/2023 465 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 454 0
आनापानसति 1/13/2023 552 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 533 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 519 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 491 0
कायानुपश्यना 1/13/2023 426 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 473 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 500 0
चित्तानुपश्यना 1/13/2023 491 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 407 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 512 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 425 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 447 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 521 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 556 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 515 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 597 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 446 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 424 0
दसौँचरण-अनित्य बोध 1/13/2023 437 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 540 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 434 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 578 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 497 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 461 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 460 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 489 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 620 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 516 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 463 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 551 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 497 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 574 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 625 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 797 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 647 0