धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

एघारौँचरण :– अनात्म बोध

0 टिप्पणीहरू 535 आगन्तुकहरू

(अहं रूपी ‘म’, ‘मेरो’ भावको नाश अथवा ‘म देह होइन’ भन्ने भावको प्रामाणिक ज्ञान प्राप्त हुनु ।

जबसम्म मानिसमा देहबुद्धिजनित ‘म’ र ‘मेरो’ आदि भाव नष्ट हुँदैन तबसम्म मानिसमा भोक्ताभाव उपस्थित भइरहने हुनाले निर्वाण प्राप्त गर्न सकिन्न । त्यसैले निर्वाण प्राप्तिका लागि यो ‘म’ वा अहंरूपी मूल अज्ञान नष्ट हुन अत्यन्त आवश्यक छ भन्ने तथ्यमा संसारका सम्पूर्ण मोक्ष शास्त्र एक मत छन् तर जब ‘म’ भाव नाशको प्रश्न उठ्छ, तब अर्को महत्वपूर्ण प्रश्न खडा हुन्छ भने कसरी यो ‘म’, वा मूल अविद्या नष्ट हुन्छ ?

निर्वाण साधनाको यस गहन वा केन्द्रिय प्रश्नमा अन्य मोक्ष साधनाविधि अस्पष्ट छन् वा मौन छन् । कैँयौँ धर्म, ईश्वर, गुरु, दर्शन आदिसँग जोडिएका सम्प्रदाय वा धार्मिक मतहरू यो ‘म’ भाव वा मूल अज्ञानलाई ईश्वरकृपा, गुरुकृपा, तारक ब्रह्मा आदिद्वारा मात्र नाश गर्न सकिन्छ भन्ने विश्वास गर्छन् तर भगवान् बुद्धद्वारा प्रतिपादित यस महासतिपट्ठान साधनामा ‘म’ भाव नष्ट गर्ने साधना प्रक्रिया स्पष्ट छ । त्यति मात्र होइन प्रामाणिक पनि छ, वैज्ञानिक पनि छ, साधनाद्वारा नै प्राप्य छ, जसलाई निम्नानुसार केलाउन सकिन्छ ।

जब विपश्यना साधनामा तपाईँ (माथि व्याख्या गरिएका महासतिपट्ठान साधनाका अनेक चरण पार गरेपश्चात् “देह अनित्य हो” भन्ने प्रामाणिक बोध गर्नुहुन्छ, यो पञ्चस्कन्ध तरङ्गैतरङ्ग मात्र हो भने स्पष्ट बोध प्राप्त गर्नुहुन्छ तब तपाईँ यस तरङ्गका पुञ्जरूप देहमा ‘म’ र ‘मेरो’ भन्नुपर्ने कुनै वस्तुको उपस्थिति देख्न असमर्थ रहनुहुन्छ । क्षण भङ्गुर तरङ्गलाई कसरी ‘म’ र ‘मेरो’ भन्ने ? यस्तो अवस्थामा तपाईँ द्विविधामा पर्न सक्नुहुन्छ तर द्विविधामा पर्नुपर्दैन । यस साधनामा तपाईँमा रहेको ‘म’ र ‘मेरो’ भन्ने भाव (मूल अज्ञान, मूल अविद्या) शनैःशनैः पग्लिँदै जान थाल्छ । जतिजति तपाईँको मूल अविद्या पग्लिँदै जान थाल्छ तपाईँलाई स्वयंको यथार्थ स्वरूप झन्झन् स्पष्ट हुँदै आउँछ ।

अनित्य बोधबाट अनात्मबोधसम्मको साधना यात्रामा होसियार हुनुपर्ने तथ्य के छ भने जब तपाईँलाई यो देह र चित्तको क्षेत्र तरङ्गैतरङ्ग मात्र हो भन्ने बोध प्राप्त हुन्छ यसपश्चात् पनि जन्म–जन्मान्तरदेखि अवचेतन मनले ‘म’ भावलाई दह्रोसँग समाउँदै आएकाले यो ‘म’ भाव सहजै नाश हुँदैन । ‘म’ नाश हुनु भनेको मेरो अस्तित्व सधैँको लागि नष्ट हुनु हो भन्ने भय र डर अवचेतन मनमा छिपेका कारण अवचेतन मनले यो ‘म’ र ‘मेरो’ भावलाई समाइरहन्छ । साधनाको यस्तो अवस्थामा तपाईँले देहलाई परमाणुको तरङ्गैतरङ्गको रूपमा बोध गरे पनि ‘म’ भाव नाश हुँदैन । त्यसैले साधनाको लामो समयसम्म साधकमा अनित्यबोध र म बोध पनि सँगसँगै चलिरहन्छन् ।

जब तपाईँ निर्वाण पदलाई प्राप्त गरेरै छाड्ने लक्ष्य लिनुहुन्छ, साधनामा झन्झन् आतापी स्मृतिवान्, संप्रज्ञानी बनिरहनुहुन्छ, साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब शनैःशनैः तपाईँको म भाव पनि पग्लिँदै जान्छ र शनैःशनैः अहंरूपी अनात्मबोध, ममत्वबोध, अहंबोध, मबोध, मेरो बोध पनि सम्पूर्णरूपमा विलय भएर जान्छ । यस्तो स्थितिमा तपाईँले ‘म देह होइन’ भन्ने स्पष्ट बोध प्राप्त गर्नुहुन्छ । यस क्षणमा तपाईँको अवचेतन मनले ‘म देह होइन’ भन्ने सत्यलाई स्वीकार गर्छ र ‘म देह होइन’ भनेर घोषणा गर्नुहुन्छ ।

यस्तो अवस्थामा जब तँपाई ‘म देह होइन’ भनेर घोषणा गर्नुहुन्छ तब यो कुनै श्रुतज्ञानमा आधारित अनुभव विहीन बौद्धिक घोषणा वा मिथ्या घोषणा हुँदैन । यो विपश्यना साधनाको लामो साधना प्रक्रियाद्वारा तपाईँले स्पष्टरूपमा प्राप्त गर्नुभएको प्रामाणिक अनुभूति हुन्छ । स्मरणरहोस् वर्तमान समयमा गुरुहरू वा साधकहरू ‘म देह होइन’ ‘म आत्मा हो’ भन्ने घोषणा त गर्छन् तर त्यो घोषणा विपश्यना साधनाका बाह्र चरणबाट गुज्रिएर प्राप्त प्रामाणिक घोषणा नभई एक भ्रमपूर्ण घोषणा हो, मात्र श्रूतज्ञान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 547 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 618 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 408 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 455 0
सद्गुरुको खोजी 1/12/2023 517 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 475 0
गुरु अलार कालमसँग भेट 1/12/2023 542 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 484 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 486 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 359 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 461 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 465 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 527 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 486 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 425 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1058 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 458 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 582 0
उपक आजीवनसँग भेट 1/13/2023 485 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 492 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 505 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 531 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 501 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 580 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 583 0
चार आर्य सत्य 1/13/2023 765 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 574 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 534 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 482 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 619 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 419 0
दुःख समुदय आर्य सत्य 1/13/2023 537 0
दुःख निरोध आर्यसत्य 1/13/2023 462 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 546 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 623 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 498 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 512 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 509 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 480 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 487 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 540 0
आसन ग्रहण 1/13/2023 461 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 452 0
आनापानसति 1/13/2023 544 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 525 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 511 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 483 0
कायानुपश्यना 1/13/2023 424 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 465 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 494 0
चित्तानुपश्यना 1/13/2023 483 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 442 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 399 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 508 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 421 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 517 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 552 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 509 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 591 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 438 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 420 0
दसौँचरण-अनित्य बोध 1/13/2023 433 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 422 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 572 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 493 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 453 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 448 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 481 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 616 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 512 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 459 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 547 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 489 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 568 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 615 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 795 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 633 0