धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ

0 टिप्पणीहरू 571 आगन्तुकहरू

जब तँपाई विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, एक साधकको रूपमा तपार्इँका मनमा स्वभाविकरूपले के प्रश्न उठ्न सक्छ भने विपश्यना साधनाबाट निर्वाण प्राप्त गर्न कति समय लाग्छ ? निर्वाण प्राप्तिका लागि तपाईँलाई कति समयावधि लाग्छ ? तर यो त्यस्तो प्रश्न हो, जसलाई संसारमा कसैले पनि स्पष्टरूपमा तोक्न सक्दैन । यो यस्तो जटिल प्रश्न हो जुन स्वयं भगवान् बुद्धले पनि स्पष्ट उत्तर दिन सक्नुहुन्न । महासतिपट्ठान साधनामा भगवान्का यी शब्दले पनि यसैलाई प्रष्ट पार्छ । यसबारे भगवान्ले महासतिपट्ठान सुत्तमा भन्नुभएको छ–

“यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य सत्तवस्सानि, तस्स द्विन्नं फलानं अञ्ञतरं फलं पाटिकङ्खं– दिट्ठेव धम्मे अञ्ञा; सति वा उपादिसेसे अनागामिता ।”

अर्थात् भिक्षुहरू ! जब कोही यी चार स्मृति प्रस्थानलाई यस प्रकार सात वर्ष भावना गर्छ उसलाई यी दुई फलमा एक फल अवश्य प्राप्त हुनपर्छ ! यही जन्ममा निर्वाणको साक्षात्कार वा उपाधि (मलीनता) शेष हुँदा अनागामी भाव ।

“तिट्ठन्तु, भिक्खवे, सत्तवस्सानि । यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य छ वस्सानि… पे०… पञ्च वस्सानि….चत्तारि वस्सानि …तीणि वस्सानि…द्वे वस्सानि… एकं वस्स्ां… तिट्ठतु, भिक्खवे, एकं वस्सं । यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपठ्ठाने एवं भावेय्य सत्तमासानि, तस्स द्विन्नं फलानं अञ्ञतरं फलं पाटिकत्रं– दिट्ठवे धम्मे अञ्ञा; सति वा उपादिसेसे अनागामिता ।”

अर्थात् छोडिदेऊ भिक्षुहरू ! सात वर्ष । जब कोही यी चार स्मृति प्रस्थानलाई छ वर्ष भावना गर्छ, पाँच वर्ष भावना गर्छ, चार वर्ष भावना गर्छ, तीन वर्ष भावना गर्छ, दुई वर्ष भावना गर्छ, एक वर्ष भावना गर्छ उसलाई यी दुई फलमा एक फल अवश्य प्राप्त हुनुपर्छ । यही जन्ममा निर्वाण साक्षात्कार वा उपाधि शेष हुँदा अनगामी भाव ।

“तिट्ठन्तु, भिक्खवे, सत्त मासानि । यो हि कोचि, भिक्खवे इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य छ मासानि…पे०… पञ्च मासानि… चत्तारि मासानि…. तीणि मासानि…द्वे मासानि… एकं मास्ां… अड्ढमासं….तिट्ठतु, भिक्खवे, अट्ठमासो । यो हि कोति, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य सत्ताहं, तस्स द्विन्नं फलानं अञ्तरं फलं पाटिकत्रं – दिट्ठवे धम्मे अञ्ञा सति वा उपादिसेसे अनागामिता”ति ।”

अर्थात् छाडी देऊ भिक्षुहरू ! सात महिना । जब कोही यी चार स्मृति प्रस्थानलाई यस प्रकार छ महिना भावना गर्छ, पाँच महिना भावना गर्छ, चार महिना भावना गर्छ, तीन महिना भावना गर्छ, दुई महिना भावना गर्छ, एक महिना भावना गर्छ, पन्ध्र दिन भावना गर्छ । छाडी देऊ भिक्षुहरू पन्ध्रदिन । जब कोही यी चार स्मृति प्रस्थानलाई सात दिन भावना गर्छ उसलाई यी दुई फलमा एक फल अवश्य प्राप्त हुनुपर्छ । यही जन्ममा निर्वाणको साक्षत्कार वा उपाधि शेष हुँदा अनागामी भाव ।

भगवान्का यी वचनबाट यो निस्कर्र्ष निकाल्न सकिन्छ कि साधकको आध्यात्मिक पात्रत्व, पूर्वजन्मदेखि सङ्ग्रहित पारमिता (आध्यात्मिक सम्पदा) हरू हुन् साधकको विधिपूर्वक विपश्यना साधनालाई उतार्ने क्षमता (स्मरणरहोस् विपश्यना साधनालाई विधिपूर्वक साधनामा उतार्नुको अर्थ “चौवीसै घण्टा” साधनामा आतापी, स्मृतिवान् र संप्रज्ञानी रहनु हो) आदिले निर्धारण गर्छ । निर्वाण प्राप्तिका लागि छोटो समयदेखि वर्षौँसम्म पनि लाग्न सक्छ ।

जब निर्वाण प्राप्तिसम्बन्धी समयावधिको चर्चा चल्छ तब यस सम्बन्धमा अत्यन्त सुन्दर पक्ष के देखिन्छ भने धम्म वा प्रकृतिका शाश्वत नियम क्रियाशीलताका कारण जीवनसत्तामा रोपिएका साधना संस्कारका बीज नाश नहुने, मृत्युपश्चात् पनि ती साधना संस्कारले चित्तधारा सँगसँगै यात्रा गरिरहने, साधना संस्कारहरूकै कारण मृत्युपश्चात् पनि साधकले उच्च लोकहरू प्राप्त गर्ने, पुनर्जन्म प्राप्त भएपश्चात् पनि साधकले पुनः साधनामा प्रवेश गरी निर्वाण प्राप्तिको यात्रालाई निरन्तरता दिइरहने जस्ता कारणले गर्दा आफ्नै जीवनसत्तामा रोपिएका साधनाका संस्कारबीज कहिल्यै खेर जादैनन् ।

अन्ततः यिनै साधना संस्कारबीजहरू नै तपाईँको जीवनको वास्तविक मित्र बनी सदैव तपाईँको कल्याण गरिरहन्छन् । यिनै विविध कारणले काम गर्ने हुँदा निर्वाणप्राप्तिको समयबारे यसै भन्न नसकिने अवस्था सिर्जना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 547 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 618 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 408 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 455 0
सद्गुरुको खोजी 1/12/2023 517 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 475 0
गुरु अलार कालमसँग भेट 1/12/2023 542 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 484 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 484 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 359 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 459 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 465 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 527 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 486 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 425 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1058 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 458 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 582 0
उपक आजीवनसँग भेट 1/13/2023 485 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 492 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 505 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 529 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 501 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 580 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 583 0
चार आर्य सत्य 1/13/2023 763 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 570 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 532 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 482 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 618 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 419 0
दुःख समुदय आर्य सत्य 1/13/2023 535 0
दुःख निरोध आर्यसत्य 1/13/2023 460 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 544 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 623 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 498 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 512 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 509 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 476 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 487 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 540 0
आसन ग्रहण 1/13/2023 459 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 452 0
आनापानसति 1/13/2023 542 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 525 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 509 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 483 0
कायानुपश्यना 1/13/2023 424 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 463 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 494 0
चित्तानुपश्यना 1/13/2023 481 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 442 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 399 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 506 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 421 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 515 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 550 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 509 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 591 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 438 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 418 0
दसौँचरण-अनित्य बोध 1/13/2023 433 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 532 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 422 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 493 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 451 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 448 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 479 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 616 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 512 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 459 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 545 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 489 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 566 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 611 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 795 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 633 0