परिशिष्ट

के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ?

0 टिप्पणीहरू 478 आगन्तुकहरू

जब भगवान् बुद्ध बन्धन र निर्वाणको पछाडी प्रतित्य समूत्पादको श्वाशत नियम क्रियाशील रहेको सत्यलाई प्रकाश पार्नुहुन्छ एक प्रश्न स्वाभाविक रुपमा उठ्छ कि के मानिसको जिवनमा प्रकृतिको यो एक श्वाशत नियम मात्र क्रियाशील छ ? कि मानिसको जिवन सत्तामा प्रकृतिका अन्य श्वाशत नियमहरु पनि क्रियाशील छन् ? यो तथ्यलाई गहिराईमा बुझ्न तँपाईले सर्वप्रथम स्वयंको जिवनमा घटीत भइरहेका अनेकन् अदृश्य क्रियाहरुलाई सूक्ष्म रुपमा अवलोकन गर्न आवश्यक छ ।

स्वयंको जिवनमा छिपेको श्वाशत नियमको क्रियाशीलतालाई अवलोकन गर्नुहोस्

जब तँपाई स्वयंको जिवनलाई गहिरिएर अवलोकन गर्नुहुन्छ, तँपाई स्वयंको जिवनमा असंख्य (अरबौ) संस्कारहरु संग्रह भएको देख्नुहुन्छ, यो क्षणमा प्रश्न उठ्दछ कि आखीर तँपाईको जिवनमा कसरी वा के कारणले गर्दा यि असंख्य संस्कारहरुको उत्पति र संग्रह भयो ? के तँपाईमा यी संस्कारहरुको उत्पति, संग्रह आदि अकारण भएको होला की यो संस्कारहरुको उत्पति, संग्रह आदिको पछाडी धम्म वा प्रकृतिको कुनै श्वाशत नियम छिपेको छ होला ?

त्यस्तै जब तँपाई कुनै विषयलाई बारम्बार भोगीरहनुहुन्छ, तँपाईको साधारण विषय भोग (विषय संवेदना भोग) संस्कार विस्तारीत हुँदै गएर विषय आशक्तीमा परिणत हुन पुग्दछ । विषय प्रतिको आशक्ति पनि विस्तारीत भएर तँपाईको गूण (प्रकृति, धर्म, स्वभाव आदि) मा परिवर्तन हुनपुग्दछ । पुन प्रश्न उठ्छ कि कसरी एक साधारण विषय संस्कार विषय आशक्ती वा गूणमा परिणत हुन्छ ? के यो विषय आशक्ती वा गूण विकास प्रक्रियाको पछाडी प्रकृतिको कुनै श्वाशत नियम छिपेको हुनसक्दछ ? कि तँपाईको यो विषय प्रतिको आशक्ती वा गूणको विकास पनि अकारण घटीत भइरहेको छ होला ?

त्यस्तै जब कुनै एक साधारण संस्कार विस्तारीत भएर तँपाईको गूण बन्दछ । तँपाईमा यो गूण स्वत प्रकट भइरहन्छ । तँपाईमा गूण अनुरुप नै प्रतिक्षण विचारहरु उत्पन्न भइरहन्छन् । कर्महरु घटीत भइरहन्छन् । प्रश्न उठ्छ कि तँपाई (मानिस) मा गूण किन स्वतः प्रकट हुन्छ ? किन तँपाईमा गूण अनुरुप विचारहरु, कर्महरु घटीत हुन्छन ? के यो गूण प्रकटीकरण पछाडी धम्म वा प्रकृतिको श्वाशत नियम छिपेका हुनसक्दछ ? कि यो गूण प्रकटीकरण पनि अकारण घटीत भइरहेका छ होला ?

त्यस्तै जब तँपाईमा कुनै गूणको विकास हुन्छ, तँपाई स्वतः सजातिय गूण भएका विषयहरु वा व्यक्तिहरु तर्फ आर्कषीत हुनुहुन्छ साथै तँपाईको जस्तै सजातिय गूण भएका विषय वा व्यक्तिहरु पनि तँपाई प्रति स्वतः आर्कषित हुनछन् ? सजातिय गूणहरु भएका विषयहरु र व्यक्तिहरु एक अर्काप्रति किन आर्कषीत हुन्छन् ? के यो अकारण घटीत हुन्छ कि प्रकृतिको कुनै श्वाशत नियम यो सजातिय गूण आर्कषणको पछाडी छिपेको हुन सक्दछ ?

के तँपाईले माथि व्याख्या गरिएका प्रक्रियाहरु जसले तँपाईको जिवनलाई गहिराईमा प्रभावीत पारीरहेको छ । जसले तँपाईको जिवनको प्रतिक्षणको दुख, सुखलाई प्रभावित पारिरहेको छ । के तँपाईले यि अदृश्य जिवन प्रक्रियाहरुलाई बोध गर्नुभएको छ ? के तँपाईले स्वयंको जिवनमा जे जे आन्तरीक वा बाह्य परिणामहरु प्राप्त भएका छन् ति किन वा कसरी प्राप्त भए भनि अवलोकन चिन्तन आदि गर्नुभएको छ ?

मानिसको जिवनमा जून संस्कार विज संग्रह, संस्कार विज विस्तार, गूण विकास, गूण प्रकटीकरण, गूण आर्कषण आदिको जून अदृश्य प्रक्रिया चलीरहेको छ, तँपाई यि प्रक्रियाहरुलाई विपश्यना साधनामा पनि स्पष्ट रुपमा देख्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 583 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 638 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 428 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 481 0
सद्गुरुको खोजी 1/12/2023 573 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 489 0
गुरु अलार कालमसँग भेट 1/12/2023 560 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 508 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 522 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 381 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 487 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 495 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 555 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 512 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 515 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1080 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 484 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 604 0
उपक आजीवनसँग भेट 1/13/2023 509 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 520 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 533 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 553 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 531 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 602 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 791 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 600 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 560 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 502 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 639 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 463 0
दुःख समुदय आर्य सत्य 1/13/2023 561 0
दुःख निरोध आर्यसत्य 1/13/2023 488 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 570 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 647 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 518 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 534 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 535 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 504 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 515 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 564 0
आसन ग्रहण 1/13/2023 491 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 472 0
आनापानसति 1/13/2023 564 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 535 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 559 0
कायानुपश्यना 1/13/2023 452 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 489 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 522 0
चित्तानुपश्यना 1/13/2023 511 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 536 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 467 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 537 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 574 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 531 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 633 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 446 0
दसौँचरण-अनित्य बोध 1/13/2023 457 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 560 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 596 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 513 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 509 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 660 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 570 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 515 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 621 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 511 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 642 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 647 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 815 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 681 0