परिशिष्ट

संस्कार वा वीज विस्तारको श्वाशत नियम

0 टिप्पणीहरू 607 आगन्तुकहरू

संस्कार वा वीज विस्तारको नियम तँपाईको चित्तमा छिपेको धम्म वा प्रकृतिको त्यो श्वाशत नियम हो, जून नियमले तँपाईको चित्तमा संग्रह भएको एक साधारण संस्कार विज (संवेदना भोग स्वभाव) लाई शनै शनै विस्तार गर्दछ । यहि श्वाशत नियमको कारण तँपाईको चित्तमा संग्रह भएका संस्कार विजहरु समयको धारामा विस्तारीत वा शक्तीशाली हुँदै तँपाईका मूल स्वभाव वा गूणहरुमा परिणत हुनपुग्दछ । वा साधारण संस्कारहरु तँपाईको गूण, धर्म, स्वभाव, प्रकृति बन्न पुग्दछ ।

जब तँपाई कुनै विषयबाट उत्पन्न सुखद् वा दुखद् संवेदनालाई प्रथम पटक रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया (वा भोग) गर्नुहुन्छ, त्यो क्षणमा यो सुखद् वा दुखद् संवेदना प्रति रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया गर्ने तँपाईको यो स्वभाव एक साधारण संस्कार विजको रुपमा तँपाईको चित्तमा संग्रह हुनपुग्दछ । तर जब तँपाई विषयबाट उत्पन्न संवेदना सुखद् वा दुखद् भएकै कारण बारम्बार भोग गर्न थाल्नुहुन्छ, ति क्षणहरुमा प्रकृतिको यहि श्वाशत नियमको कारण तँपाईको संवेदना भोग स्वभाव पनि शनै शनै बिस्तारित वा शक्तिशाली हुन थाल्दछ । अन्ततः यहि नियमको कारण एक साधारण संस्कार विज समयको धारामा विस्तारित हुँदै तँपाईको एक शक्तिशाली गूण वा विषय आशक्ति बन्न पुग्दछ । यो गूण वा विषय आशक्ति नै तँपाईको जीवनको सम्पूर्ण विचार, चिन्तन, कर्मको केन्द्र विन्दू बन्न पुग्दछ ।

मानिसमा छिपेको तिव्र कामवासन वा काम भोगबाट प्राप्त हुने सुखद् संवेदना प्रतिको तृष्णालाई यो नियमको एक परिणामको रुपमा लिन सकिन्छ । मानिसमा झाँङ्गीएका डरलाग्दा सांसारीक वृृति (काम, क्रोध, लोभ, मोह, ईष्र्या, प्रतिरोध आदि) हरुलाई पनि तँपाई यहि विज विस्तारको श्वाशत नियमको परिणामको रुपमा बुझ्न सक्नुुहुन्छ ।
जसरी यो श्वाशत नियमले सांसारीक संस्कारहरुलाई विस्तारीत गरी मानिसमा विभिन्न प्रकारका भयानक सांसारीक गूण वा स्वभावहरुको विकास गर्दछ, प्रकृतिको यो श्वाशत नियम निर्वाण साधनाको क्षेत्रमा पनि अकाट्य रुपमा लागू हुन्छ । जब तँपाई विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, साधनाको प्रारम्भीक दिनहरुमा तँपाई देह र मनको चन्चलताको कारण साधनामा लघुसमय सम्म पनि टिक्न सक्नुहुन्न, संवेदनाहरु प्रति पनि समभावी बन्ँन सक्नुहुन्न, तर जब तँपाई साधनालाई निरन्तरता दिइरहनुहुन्छ, त्यो अवस्थामा प्रकृतिको यहि श्वाशत नियमको कारण तँपाईको प्रथम विपश्यना साधना संस्कार विज शनै शनै विस्तारीत हुन थाल्दछ, जसको परिणाम स्वरुप तँपाई दिर्घकालसम्म स्थिरतापूर्वक साधना गर्न सक्षम साधक बन्नुहुन्छ । विपश्यना साधना तँपाईको गूणमा परिणत हुन्छ । तँपाई एक साधारण साधकबाट विकसीत उच्च साधक बन्नुहुन्छ । यहि नियमकै कारण तँपाई चौबीसै घण्टासाधनामा आतापी, स्मृतिवान र संप्रज्ञानी बन्नुहुन्छ । अन्ततः निर्वाण प्राप्त गर्न सक्नुहुन्छ ।

स्मरण रहोस् यदि तँपाई जिवनमा वैभव, प्रेम, शान्ती, स्वास्थ वा अन्य कुनै पनि प्रकारका सफलताहरु प्राप्त गर्न चाहनुहुन्छ भने पनि तँपाई यिनै संस्कार विजहरुलाई सर्वप्रथम स्वयंको जिवनमा रोपी यी नै संस्कारलाई यही श्वाशत नियमको सहयोगमा विस्तार गरी निरन्तर विस्तार वा मलजल गरिरहनुपर्दछ । भगवानद्वारा धम्मपदमा संस्कार विज विस्तारको यो शाश्वत नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र सांकेतिक रुपमा व्याख्या गर्नुभएको केहि उदाहरणहरुः

इध तप्पति पेच्च तप्पति, पापकारी उभयत्थ तप्पति ।
“पापं मे कतं” ति तप्पति, भिय्यो तप्पति दुगगतिं गतो ।।१७।।

पापीले यस संसारमा सन्ताप गर्दछ, मरेर परलोक गएपछि पनि सन्ताप गर्दछ । ‘मैले पाप गरेको छु’ भन्दै सन्ताप गर्दछ । (संस्कार वा विज विस्तार नियमको) कारण झन् दुर्गति प्राप्त गरेर झन् बढी सन्ताप गर्दछ ।

इध नन्दति पेच्च नन्दति, कतपुञ्ञो उभयत्थ नन्दति ।
“पुञ्ञं मे कतंति” नन्दति, भिय्यो नन्दति सुग्गतिं गतो ।।१८।।

पुन्यवान् यस लोकमा आनन्दित हुन्छ र परलोकमा गएर पनि आनन्दित हुन्छ । राम्रा काम गरेको ‘पुन्यकर्मी’ मानिस दुवै लोकमा आनन्दित हुन्छ । “मैले पुण्यकार्य गरेको छु” भन्दै आनन्दित हुन्छ । अन्ततः (संस्कार वा विज विस्तार नियम)को कारण झन् सुगति प्राप्त गरेर झन् बढी आनन्दित हुन्छ ।

अभिवादनसीलिस्स, निच्चं वुड्ढापचायिनो ।
चत्तारो धम्मा वड्ढन्ति, आयु वण्णो सुखं बलं ।।१०९।।

स्वभावले नै विनम्र एकं वृद्धजनहरुको सेवा गर्ने मानिसका आयु, वर्ण, सुख र बल यी चार कुरा (संस्कार वा विज विस्तारको नियम)को कारण झन् बढेर जान्छन् ।

पापो पि पस्सति भद्रं, याव पापं न पच्चति ।
यदा च पच्चति पापं, अथ पापो पापानि पस्सति ।।११९।।

जबसम्म पाप परिपक्व हुँदेन त्यस बेलासम्म पापीले पनि पापलाई राम्रो भलाइको रुपमा नै हेर्दछ अनि जब उसका पापहरु (संस्कार वा विज विस्तार नियमको कारण) विस्तारीत भई पाक्दै छिप्पिँदै जान्छन्, त्यस बेला बल्ल पापीले पापहरु देख्दछ ।

भद्रो वि पस्सति पापं, याव भद्रं न पच्चति ।
यदा च पच्चति भद्रं, अथ भद्रो भद्रानि पस्सति ।। १२०।।

भद्र मानिसले पनि त्यस बेलासम्म पुण्यलाई पापकै रुपमा देख्दछ जून बेलासम्म पुण्य राम्ररी परिपक्व हुँदैन, जब (संस्कार वा विज विस्तार नियमको कारण) पुण्यकार्यको फल पाक्छ अनि बल्ल उसले पुण्यकार्यहरुलाई देख्दछ ।

यं हि किच्चं अपविद्धं, अकिच्चं पन कयिरति ।
उन्नलानं पमत्तानं, तेसं वड्ढन्ति आसवा ।। २९२।।

जो काम गर्नेपर्ने हुन्छ, त्यसलाई छोडेर जो गर्ने नहुने काम छन् त्यस्ता काम जसले गर्दछन,् मैलो कसरले भरिएका ती प्रमादीहरुको आश्रव (संस्कार वा विज विस्तार नियमको कारण) बढेर जान्छन् ।

यं एसा सहते जम्मी, तण्हा लोके विसत्तिका ।
सोका तस्स पवड्ढन्ति, अभिवट्ठंव बीरणं ।।३३५।।

बारम्बार दुःख दिइरहने लालसा र तृष्णाले संसारमा जसलाई सताउँछ त्यस्तो मानिसका शोकहरु (संस्कार वा विज विस्तार नियमको कारण) यसरी बढ्दै जान्छन् जसरी धेरै पानी परेपछि बन्सो ढड्डी वा काँस प्रजातिको बीरण घाँस हल्किन्छ ।

वितक्कमतितस्स जन्तुनो, तिब्बरागस्स सुचानुपस्सिनो ।
भिय्यो तण्हा पवड्ढति, एस खो दल्हं बन्धनं ।। ३४९।।

सन्देहले हुँडलिएका÷खल्बलिएका, तीव्र रागले भरिएका, जताततै शुभ नै शुभ (रमाइलो÷सुख) देख्ने मानिसहरुको तिर्सना (संस्कार वा विज विस्तारको नियमको कारण) झन् झन् बढेर जान्छ, उनीहरु आफ्नो बन्धनलाई अझै बढी कस्दै

दह्रिलो बनाइरहेका हुन्छन् ।
ते झायिनो साततिका, निच्चं दल्हपरक्कमा ।
फुसन्ति धीरा निब्बानं, योगक्खेमं अनुत्तरं ।।२३।।

जो व्यक्ति नटुटाईकन निरन्तर ध्यानमा निमग्न हुन्छन्, सधैँ दृढ पराक्रम गर्दछन् ति धैर्यशाली मानिसहरुले (संस्कार वा विज विस्तार नियमको कारण)बेजोड, योगक्षेम उत्तम कल्याण–स्वरुप निर्वाणको पद चुम्दछन्÷प्राप्त गर्दछन् ।

मावमञ्ञेथ पापस्स, “न मन्तं आरररगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्धो पी पूरति ।
बालो पूरति पापस्स, थोकंथोकम्पि आचिनं ।।१२१।।

म पाप रत छैन त्यसैले ऊ मसँग आउने छैन भनेर कहिल्यै पनि पापको अवहेलना नगर्नु, जसरी पानीका थोपा थोपा चुहेर पूरै गाग्री भरिन्छ, त्यसरी नै थोरै थोरै पापको सञ्चय गर्दै जाँदा (संस्कार वा विज विस्तार नियमको कारण) अज्ञानी त्यसले भरिन्छ ।

मावमञ्ञेथ पुञ्ञस्स, “न मन्तं आगमिस्सति” ।
उदबिन्दुनिपातेन, उदकुम्भो पि पूरति ।
पूरति धीरो पुञ्ञस्स, थोकंथोकम्पि आचिनं ।।१२२।।

म पुण्यमा रत छैन त्यसैले ऊ मसँग आउने छैन’ भनेर कहिल्यै पनि पुण्यको अवहेलना नगर्नु, जसरी पानीका थोपा थोपा चुहेर पूरै गाग्री भरिन्छ, त्यसरी नै थोरै थोरै पुण्यको सञ्चय गर्दै जाँदा (संस्कार वा विज विस्तार नियमको कारण) ज्ञानी त्यसले भरिन्छ ।

मनुजस्स पमत्तचारिनो, तण्हा वङ्ढति मालुवा विय ।
सो प्लवति हुराहुरं, फलं इच्छं व वनस्मिं वानरो ।।३३४।।

प्रमत्त भएर (विषय) विचरण गर्ने मानिसको तृष्णा (संस्कार वा विज विस्तार नियमको कारण) ‘मालूवा’ नामको लहरो झैँ बढ्दै जान्छ । फलहरु खोज्दै वनमा उफ्रिने फाल हाल्ने बाँदर जस्तै जन्म जन्मान्तर सम्म भड्किरहन्छ ।
धम्मपदका अन्य श्लोकहरु साथै त्रिपीटकका अन्य ग्रन्थहरुमा पनि भगवान्ले धम्मको संस्कार वा विज विस्तारको श्वाशत नियमलाई उल्लेख गर्नुभएको देख्न सकिन्छ । मोक्ष प्यासी साधनाहरु स्व–अध्ययनद्धारा यो नियम प्रति थप स्पष्ट हुन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 688 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 466 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 519 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 525 0
गुरु अलार कालमसँग भेट 1/12/2023 600 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 540 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 556 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 413 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 527 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 537 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 587 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 542 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 549 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1114 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 520 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 642 0
उपक आजीवनसँग भेट 1/13/2023 549 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 558 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 565 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 565 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 640 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 653 0
चार आर्य सत्य 1/13/2023 829 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 628 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 590 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 536 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 681 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 505 0
दुःख समुदय आर्य सत्य 1/13/2023 595 0
दुःख निरोध आर्यसत्य 1/13/2023 522 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 610 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 685 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 554 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 568 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 567 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 536 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 553 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 600 0
आसन ग्रहण 1/13/2023 535 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 510 0
आनापानसति 1/13/2023 606 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 589 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 567 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 603 0
कायानुपश्यना 1/13/2023 502 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 523 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 556 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 496 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 459 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 570 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 483 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 499 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 573 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 610 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 563 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 671 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 494 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 482 0
दसौँचरण-अनित्य बोध 1/13/2023 495 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 600 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 478 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 640 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 555 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 519 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 538 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 539 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 692 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 549 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 659 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 543 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 680 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 681 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 855 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 723 0