परिशिष्ट

संस्कार वा गूण आर्कषणको श्वाशत नियम

0 टिप्पणीहरू 624 आगन्तुकहरू

संस्कार वा गूण आर्कषणको नियम धम्मको त्यो श्वाशत नियम हो जून नियमको कारण सजातीय गूण भएका विषय वा व्यक्तिहरु एक अर्काप्रति आर्कषीत हुनपुग्दछन् । विज विस्तार नियमको कारण जब संस्कारहरु शक्तीशाली बनी तँपाईको गूण बन्दछन् । त्यो क्षणमा प्रकृतिको यो श्वाशत नियमको कारण तँपाई स्वयं झै सजातिय गूण भएका विषयहरु वा व्यक्तिहरु प्रति स्वतः आर्कषीत हुनुहुन्छ । साथै तँपाईको झै सजातिय गूण भएका विषयहरु वा व्यक्तिहरु चूम्बक झै खीचीएर तँपाई तर्फ स्वतः आउँदछन् । धम्मको यहि गूण आकर्षणको नियमको कारण सघन सांसारीक गूण भएको व्यक्ति निस्क्रीष्ट सांसारीक विषयहरु र घोर सांसारीक व्यक्तिहरुतर्फ आकर्षीत हुन्छ । र आध्यात्मीक गूण भएको व्यक्ति आध्यात्मीक विषयहरु र सन्त वृति भएका व्यक्तिहरुतर्फ आर्कर्षित हुनपुग्दछ । प्रकृतिको यो श्वाशत नियमको कारण तँपाई स्वयंको गूण विपरीतका विषयहरु वा व्यक्तिहरु बाट स्वत विमूख हुनुहुन्छ । वा टाढा जान प्रयास गर्नुहुन्छ । भगवानद्वारा धम्मको यो शाश्वत नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष वा सांकेतिक रुपमा धम्मपदमा उल्लेख व्याख्या गर्नुभएका केहि उदाहारणहरुः

यो अप्पदुट्ठस्स नरस्स दुस्सति, सुद्धस्स पोसस्स अनङ्गणस्स ।
तम् एव बालं पच्चेति पापं, सुखुमो रजो पटिवातं व खित्तो ।।१२५।।

जो मानिस दोषरहित, शुद्ध, निर्मल व्यक्तिसँग द्वेष गर्दछ, पाप ( गूण आर्कषण नियमको कारण) त्यही अज्ञानी तिर फर्किन्छ जसरी हावाको विपरीत दिशातिर फ्याँकेको कसिङ्गर फ्याँक्ने तिरै फर्किन्छ ।

यस्स छत्तिसति सोता, मनापसवना भुसा ।
वाहा वहन्ति दुद्दिट्ठिं, संकप्पा रागनिस्सिता ।।३३९।।

जसका छत्तीस प्रवाहहरु रमणीय पर्दाथ तिर सोझिएर बग्दछन् त्यस्तो मानिसलाई ( गूण आर्कषण नियमको कारण) रागबाट निस्केका आसक्तिपूर्ण सङ्गल्पहरुले उर्लंदो भेल बनेर तीव्रगतिमा बगाएर लैजान्छन् ।

अधूतवादी निरयं उपेति, यो वापि कत्वा न करोमि च्’आह ।
उभो पि ते पेच्च समा भवन्ति, निहीनकम्मा मनुजा परत्थ ।।३०६।।

(गूण आर्कषण नियमको कारण) असत्य बोल्ने मानिस नरकमा जान्छ (वा आर्कषित हुन्छ) अनि कुनै काम गरेर जसले गरिनँ भनि ढाँट्दछ त्यो पनि नरकमा जान्छ । नीच कर्म गर्ने ती दुवै मान्छे समान हुन्छन् ।

कासावकण्ठा बहवो, पापधम्मा असञ्ञता ।
पापा पापेहि कम्मेहि, निरयं ते उपपज्जरे ।।३०७।।

काँधमा काषाय (गेरुवा वस्त्र) भिरेर पनि धेरै मानिसहरु पापी मानसिकता भएका र असंयमी हुन्छन् । ती पापीहरु संस्कार वा आफ्ना कुकर्म वा (आर्कषणको नियमको कारण) नरकमा जान्छन् । नरकतर्फ आर्कषीत हुन्छन् ।

इेंद पुरे चित्तमचारि चारिकं, येनिच्छकं यत्थकाम यथासुखं ।
तद् अज्ज’ अहं निग्गहृस्सामि योनिसो, हत्थिप्पभिन्नंविय अंकुसग्गहो ।।३२६।।

गूण आर्कषणको नियमको कारण यो मेरो भड्केको चित्त चाहना र कामनाले जता जता तान्दछ र जहाँ सुखको अनुभूति हुन्छ त्यतै त्यतै विचरण गरिरह्यो । अब म यसलाई क्रमबद्ध ढंगले बिस्तारै त्यसरी आफ्नो वशमा ल्याउँने छु जसरी कामोत्तेजित हात्तीलाई माहुतेले ।

मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोया ।
मनसा चे पदुट्ठन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्वेति, चक्कं वा वहतो पदं ।।१।।

मन नै सबै प्रवृतिहरुको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले दूषित मनले केही कुरा बोल्छ वा कुकर्म गर्छ भने त्यस्तालाई गूण आर्कषणको नियमको कारण लडियाको पाङ्ग्रोले गाडा तान्ने गोरुको खुट्टालाई पछ्याएजस्तै दुःखले अनुसरण गरिरहन्छ ।

मनोपुब्वंगमा धम्मा, मनोसेट्ठा मनोमया ।
मनसा चे पसन्नेन, भासति वा करोति वा ।
ततो नं सुखमन्वेति, छाया व अनपायिनी ।।२।।

मन नै सबै प्रवृतिहरुको अगुवा र प्रधान हो । सबै कुरा मनबाटै उत्पन्न हुन्छन् । यदि कसैले स्वच्छ वा प्रसन्न मनले केही कुरा बोल्छ वा राम्रो काम गर्छ भने त्यस्तालाई सजातिय गूण आर्कषण नियमको कारण छायाले शरीरलाई पछ्याएजस्तै सुखले अनुसरण गर्दै साथ दिइरहन्छ ।

यावजीवम्पि चे बालो, पण्डितं पयिरुपासति ।
न सो धम्मं विजानाति, दब्बी सूपरसं यथा ।।६४।।

आजिवन विद्वानको सरसङ्गतमा रहेपनि (गूण आकर्षण नियमको कारण) मूर्खले धर्मको मर्म बुझ्न सक्दैन । जसरी भरिभराउ भाँडामा जति डुबिरहे पनि डाडुले दाल वा सूप रसको स्वाद थाहा पाउन सकिदैन । (वा विजातीय गुणहरु आकर्षित हुँदैनन् ।)

मुहुत्तमपि चे विञ्ञू, पण्डितं पयिरुपासति ।
खिप्पं धम्मं विजानाति, जिव्हा सूपरसं यथा ।।६५।।

(गूण आकर्षण नियमको कारण)कुनै विज्ञ मानिस एक मुहुर्त मात्र पनि पण्डितको सरसंगत वा सेवामा रह्यो भने उसले तुरुन्तै धर्मको मर्म बुझ्दछ । जसरी जिब्रोले चाख्ने वित्तिकै दाल वा सूप रसको स्वाद थाहा पाउँछ ।

कुसो यथा दग्गहीतो, हत्थं एवानुकँतति ।
सामञ्ञं दुप्परामट्ठं, निरयाय् उपकङ्खति ।।३११।।

जसरी राम्रोसँग नसमाइएको कुशले हात काटिदिन्छ, त्यसरी नै राम्ररी ग्रहण नगरीएको श्रामण्यले गूण आर्कषण नियमको कारण नरकतिर लैजान्छ ।

अलज्जिताये लज्जन्ति, लज्जिताये न लज्जरे ।
मिच्छाखिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१६।।

जून कुरामा लजाउनु पर्दैन त्यसमा लज्जा मान्ने र जुन कुरामा लाज मान्नुपर्दछ त्यसमा लाज नमान्न, मिथ्यादृष्टिले भरिएका मानिसहरुले गूण आर्कषणको नियमको कारण दुर्गति प्राप्ति गर्दछन् ।

अभये भयदस्सिनो, भये चाभयदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१७।।

जुन कुरामा डराउनु पर्दैन त्यसमा डर मान्ने र जुन कुरामा डर मान्नुपर्दछ त्यसमा डर नमान्ने, मिथ्यादृष्टिले भरिएका मानिसहरुले गूण आर्कषणको नियमको कारण दुर्गति प्राप्त गर्दछ ।

अवज्जे वज्जमतिनो, वज्जे चावज्जदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१८।।

जुन कुरा दोषरहित छन् तिनमा दोष देख्ने बुद्धि भएका र जुन कुरामा दोष छन् तिनमा दोष भएको नदेख्ने, मिथ्यादृष्टिले भरिएका मानिसहरुले गूण आर्कषणको नियमको कारण दुर्गति प्राप्त गर्दछन् ।

वज्जञ् च वज्जतो ञत्वा, अवज्जञ् च अवज्जतो ।
सम्मादिट्ठिसमादाना, सत्ता गच्छन्ति सुग्गतिं ।।३१९।।

वर्जनीय कार्यलाई दोषजस्तै वर्जित र दोषरहित अवर्जनीय कार्यलाई निर्दोष र ग्रहणीय हुन् भन्ने जानेर सम्यक् दृष्टि ग्रहण गर्ने प्राणीले गूण आर्कषणको नियमको कारण सद्गति प्राप्त गर्दछन् ।

धम्मपद र त्रिपीटकका अन्य ग्रन्थहरुमा पनि भगवानले गूण आकर्षणको श्वाशत नियमको उल्लेख गर्नुभएको छ, मोक्षका गम्भीर साधकहरु यि ग्रन्थहरुको स्व–अध्ययन गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 583 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 642 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 432 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 483 0
सद्गुरुको खोजी 1/12/2023 577 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 493 0
गुरु अलार कालमसँग भेट 1/12/2023 562 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 510 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 524 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 383 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 491 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 499 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 559 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 516 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 519 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1084 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 488 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 608 0
उपक आजीवनसँग भेट 1/13/2023 513 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 522 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 537 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 557 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 533 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 606 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 795 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 604 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 564 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 506 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 641 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 467 0
दुःख समुदय आर्य सत्य 1/13/2023 565 0
दुःख निरोध आर्यसत्य 1/13/2023 492 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 576 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 651 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 522 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 538 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 539 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 506 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 519 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 566 0
आसन ग्रहण 1/13/2023 495 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 476 0
आनापानसति 1/13/2023 568 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 539 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 563 0
कायानुपश्यना 1/13/2023 456 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 493 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 526 0
चित्तानुपश्यना 1/13/2023 515 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 540 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 447 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 471 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 541 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 578 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 535 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 637 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 448 0
दसौँचरण-अनित्य बोध 1/13/2023 459 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 564 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 600 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 515 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 481 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 511 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 662 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 572 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 519 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 513 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 644 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 651 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 819 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 681 0