ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ?

0 टिप्पणीहरू 1053 आगन्तुकहरू

परमात्मा तत्व मूल तत्व हो । आत्मा यहि ‘मूल’ परमात्मा तत्वले त्रिगुणी प्रकृतिमा स्थापना गरेका एक ‘अंश’ वा ‘विज’ हो ।
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।

हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।

यसरी तँपाई अखण्ड परमात्मा तत्वले छोपिएको यो व्रम्हाण्डमा आत्मारुप एक पृथक अस्तीत हुनुहुन्छ । तँपाईको यो पृथक अंशरुप अस्तीत्व अविनाशी प्रकृतिको छ ।

जब आत्मा र परमात्माको पृथकताको चर्चा चल्दछ, साधकहरु यो तथ्यमा स्पष्ट हुन अत्यन्छ जरुरी छ कि आत्मा र परमात्मा तत्व बीचको यो पृथकता बोध मानिसमा ‘म’ भाव उपस्थित रहेको अवस्थासम्म मात्र रहनछ, जब तँपाई मोक्ष साधनाद्वारा चित्तका सम्पूर्ण संस्कार (संवेदना भोग गर्ने स्वभाव) हरु सहित ‘म’ भाव नाश भएको त्यो विन्दूमा तँपाई एक पृथक आत्मा रुप अस्तित भएपनि परमात्मा तत्वसंगको पृथकताको बोध गर्न असमर्थ रहनुहुन्छ । भगवान् यो सत्यको व्याख्या गर्दै भन्नुहुन्छ ।

अविभक्तं च भूतेषु विभक्तमिव च स्थितम् ।
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ।।१३–१६।।

अविभक्त (विभाजन रहित) भएर पनि सम्पूूर्ण प्राणीहरुमा पृथक पृथक झैँ स्थित प्रतित हुन्छ । अनि त्यो जान्न योग्य परमात्मा सम्पूूर्ण प्राणीहरुलाई उत्पन्न, भरण–पोषण र अन्तमा संहार गर्दछ ।

यो क्षणमा पुनः एक प्रश्न उठ्छ कि आखिर किन परमात्मा तत्व र आत्मा (मानिस वा जीवीतमा ) बीच पृथकताको अनुभूति हुन्छ ? किन उ प्रामाणिक अनुभूतिको आधारमा नै ‘म ईश्वर हुँ’ भनेर घोषणा गर्न सक्दैन ?

परमात्मा तत्व र आत्मा तत्व (वा तँपाई) विचको यो ‘अस्थायी’ पृथकता त्रिगुणी संस्कारहरुले नै उत्पन्न गर्दछन् । जब चित्तका संस्कारहरुको कारण तँपाईमा जगतका विषयहरुप्रति रागपूर्ण वा द्वेषपूर्ण भाव (संवेदना)हरु उत्पन्न हुनछन् । त्यो क्षणमा चित्तमा छिपेका ईश्वरीय श्वाशत नियमहरुले विषयहरु प्रतिका राग र द्वेषका भावहरुलाई तँपाईका चित्तमा विस्तारित गरिदिन्छ । जसको कारण तँपाईको चित्त अनेकन् रागद्वेषका भावहरुले मारिन पुग्दछ । जसको परिणाम स्वरुप आत्मा र परमात्मा तत्व विच एक आवरण वा पर्दा उतपनन हुनपुग्दछ । यो पर्दाको कारण नै तँपाईको ज्ञान (स्वस्वरुपको ज्ञान) छोपिनपुग्छ । यो स्थितिको व्याख्या गर्दै भगवान् भन्नुहुन्छः

धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च ।
यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृतम् ।।३–३८।।

जसरी धुवाँले अग्निलाई, धुलोले दर्पणलाई छोप्दछ, तथा जसरी झिल्ली (साल) ले गर्भ छोपिएको हुन्छ, त्यसरी नै यो कामबाट ज्ञान (विवेक) छोपिएको छ ।

त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ।।७–१३।।

यि तिन गुण (तम, रज, सत) का भावहरुबाट यो जगत मोहित भइरहेको छ । यसैले यो सम्पूर्ण जगत वा मानिसहरु यि तिन गुणहरु भन्दा परको म अविनाशी तत्वलाई जान्दैनन् ।

यथार्थतामा मोक्ष साधना भन्नु नै यिनै त्रिगुणी संस्कारहरुलाई साधनाद्वारा नष्ट गरी आत्मा र परमात्मा विचको भेद नाश गर्नु हो । जब त्रिगुणी संस्कारहरु नाश हुन्छन्, यो भेद समाप्त हुन्छ, त्यो अवस्थामा परमात्मा तत्व र मानिस (जिवात्म) तत्व विचको भेद समाप्त हुन्छ । यो सत्यको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ।।५–१६।।

तर जसको त्यो अज्ञान (म भाव) लाई परमात्माको तत्वज्ञानद्वारा नाश भएको छ, उसको त्यो ज्ञानले सूर्यले (अन्धकार बिनाश गरी यथार्थ प्रकाश गरे झैं) झैँ परमतत्व परमात्मालाई प्रकाशित गर्दछ ।

सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम् ।
वेत्तियत्र न चैवायं स्थितश्चलति तत्त्वतः ।।६–२१।।

अनि इन्द्रियबाट अतीत, केवल शुद्ध भएको सुक्ष्म बुद्धिद्वारा ग्रहण गर्न योग्य, जुन अनन्त आनन्द छ, त्यस आनन्दको जुन अवस्थामा उ अनुभव गर्दछ । त्यो अवस्थामा स्थित भएको त्यो योगी भगवत्स्वरुप तत्वबाट विचलित हुँदैन । वा स्वरुपबाट विचलित हुँदैन ।

यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ।।६–३०।।

जुन पुरुष सम्पूर्ण भूतमा म परमात्मालाई व्याप्त देख्दछ, (र) सम्पूर्ण भूतहरुलाई म वासुदेव अन्तर्गत देख्दछ । उसको लागी म अदृश्य हुन्न । उ मेरो लागि अदृश्य हँुदैन ।

सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः ।
सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते ।।६–३१।।

(ममा) एकीभावमा स्थित योगी सम्पूर्ण भूतहरुमा आत्मारुपले स्थित म परमात्मालाई भज्दछ । त्यो योगी सम्पूर्ण प्रकारले आचरण गर्दै ममा नै व्यवहार गर्दछ । अथवा उ नित्य निरन्तर ममा नै रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1197 0
अवतरण के हो ? 1/9/2023 1094 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 1010 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1046 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1053 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1035 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 956 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 1011 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 939 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1028 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1038 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 921 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 881 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 880 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1045 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 914 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 848 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1066 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 927 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1021 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 898 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 994 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 839 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 933 0
त्रिगुण के हो ? 1/9/2023 1236 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 903 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 871 0
त्रिगुण र बन्धन 1/9/2023 990 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 866 0
सतगुण के हो ? 1/9/2023 866 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 827 0
मनुष्य उत्पति 1/9/2023 874 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 912 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 778 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 968 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 792 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 838 0
धर्मक्षेत्र के हो ? 1/9/2023 786 0
मोक्ष साधना के हो ? 1/9/2023 815 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 948 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 708 0
यज्ञ के हो ? 1/9/2023 734 0
धर्मयुद्ध के हो ? 1/9/2023 885 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 849 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 834 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 796 0
के हो ईश्वर भजन ? 1/9/2023 845 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 721 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 680 0
कर्म के हो ? 1/9/2023 1228 0
कर्मको गति किन गहन छ ? 1/9/2023 843 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 934 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 803 0
कर्मयोग के हो ? 1/9/2023 824 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 846 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 767 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 872 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 837 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 827 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 934 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1207 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 773 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 729 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 830 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 818 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2037 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 959 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 953 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 828 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1805 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 847 0
वेद के हो ? 1/10/2023 963 0
देवता के हो ? 1/10/2023 927 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 904 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 924 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 840 0
मृत्यु के हो ? 1/10/2023 931 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 891 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 844 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3901 0