परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ?

0 टिप्पणीहरू 790 आगन्तुकहरू

जब परमात्मालाई मान्ने कि नमान्ने भन्ने चर्चा चल्दछ, यो क्षणमा प्रथम प्रश्न यो उठ्दछ कि तँपाई कुन परमात्माको चर्चा गरीरहनु भएको छ ? तँपाई ‘व्यक्ति परमात्मा’ प्रति अश्रद्धा, अविश्वास र अस्वीकारको चर्चा गरिरहनु भएको छ कि ‘तत्व–परमात्मा’ प्रति अश्रद्धा, अविश्वास र अस्वीकारको चर्चा गरिरहनु भएको छ ? यदि तँपाई व्यक्ति ईश्वर र (राम, कृष्ण, शीव, बुद्ध, जीसस, आदि ) प्रति अश्रद्धाको चर्चा गरीरहनुभएको छ, भन्ने राम, कृष्ण, शीव, बुद्ध आदि प्रतिको श्रद्धा वा अश्रद्धाले तँपाईकोे जीवनमा कुनै ‘विशेष’ प्रभाव पार्दैन । बाह्य रुपमा ईश्वरलाई श्रद्धा गर्दैमा तँपाईले कुनै विशेष आध्यात्मीक विकास प्राप्त गर्नुहुन्न । हुन सक्दछ, कि तँपाई यिने वाह्य ईश्वरहरुबाट बन्धन प्राप्त गरी आध्यात्मीक जडता प्राप्त गर्न सक्नुहुन्छ । तर यदि तँपाई परमात्मालाई अस्वीकार गर्ने नाममा स्वयं भित्र छिपेको तत्व परमात्मा र यो तत्व परमात्माका शाश्वत ईश्वरीय नियमहरुलाई पनि अस्वीकार गर्नुहुन्छ, भने यो अविश्वास वा अश्रद्धाले तँपाईको वर्तमान जीवन र भावी जीवनहरुमा पनि भयावह परिणामहरु प्राप्त गर्नुहुन्छ ।

कसरी तँपाई जब ईश्वरलाई अस्वीकार गर्नुहुन्छ । ईश्वरीय श्वाशत नियमहरुलाई अस्वीकार गर्नुहुन्छ, यो स्थितिमा तँपाई संसार, सांसारीक प्राप्तहरु, सांसारीक भोग विषयहरु प्रति गहन रुपमा आर्कर्षीत हुन थाल्नुहुन्छ । जब तँपाई सांसारीक विषयहरु प्रति अत्यन्त मोहीत हुनुहुन्छ त्यो क्षणमा तँपाईमा छिपेका ईश्वरीय श्वाशत नियमहरुको ………………..त्यो अवस्थामा उ ईश्वर तत्व प्राप्तिको लागि साधनामा प्रवेश गर्ने भन्ने प्रश्न नै उठ्दैन । जीवनमा समआयामको विस्तार गर्ने भन्ने सम्भावना नै रहदैन । यस्तो आध्यात्मिक शून्य जीवनमा जीवनको सम वा ईश्वर क्षेत्रबाट उत्पन्न हुने ‘परम’ अनुभूतिहरु जस्तै परमशान्ति, परमआनन्द, परमस्थिरता आदिबाट उ सदाको लागि बञ्चित रहन पुग्दछ । जीवन स्वयंले आध्यात्मिक विकासको चरम स्थितिमा उत्पन्न गर्ने विशिष्ट स्थितिहरु, असाधारण सिद्धिहरु, मृत्यू माथिको शाश्वत विजय आदि जस्ता मानिसको जीवनमा प्राप्त गर्न सम्भव मूल उपलव्धिहरुबाट सधैँको लागि पृथक रहन पुग्दछ । यो यतिमा मात्र सिमित छैन । यथार्थतामा उ ति सम्पूर्ण आध्यात्मिक अनुभूतिहरु (आत्मिक शान्ति, सुख, उर्जा प्रवाह, हलुका जीवन स्थिति, उर्जा लय आदि) जुन मोक्ष प्राप्त नभएको अवस्थामा पनि प्राप्त हुन्छन् । ति सम्पूर्णबाट बञ्चित रहन्छ ।

जब कुनै व्यक्ति स्वयंमा छिपेको ईश्वर पक्ष प्रति उदासीन स्थितिमा रहन्छ । त्यो स्थितिमा उ स्वतः संसारप्रति आकर्षित हुन्छ । उ स्वतः विषयप्रति आकर्षित हुन्छ । उ स्वतः भोगको लागि वैभव संग्रह र भोगप्रति आशक्त हुन पुग्दछ । मनुष्य जीवनको एक जटील रहस्य के छ भने यो जीवन सत्ता त्रिगुणी (तम, रज, सत) प्रकृति र परमात्मा तत्वको संयोजनबाट उत्पन्न भएको छ । (७–४,५) । परमात्मा तत्वमा केही शाश्वत नियमहरु छिपेका छन् । जब कुनै व्यक्ति जगतका त्रिगुणी विषयहरुप्रति आकर्षित हुन्छ । राग वा द्वेषपूर्ण भाव उत्पन्न गर्दछ । त्यो क्षणमा यि शाश्वत नियमहरुले यि त्रिगुणी विषयबाट राग, द्वेषलाई संग्रह, बिस्तार अनि विज अनुरुप नै परिणाम प्रदान गर्दछन् । जगत विषयहरुबाट प्राप्त हुने यो परिणाम कति भयावाह हुन्छ ? योगेश्वरको यि शव्दहरुमा स्पष्ट देखिन्छः

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।२–६२।।

विषयहरुको चिन्तन गर्ने मनुष्यको ति विषयहरुमा आशक्ति उत्पन्न हुन जान्छ । अनि आशक्तिबाट विषयहरुको कामना उत्पन्न हुन्छ । अनि कामना (प्राप्ति) मा विघ्न भए क्रोध उत्पन्न हुन्छ ।

क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।२–६३।।

क्रोधबाट अत्यन्त मूढभाव (अविवेकी, बेहोसी) उत्पन्न हुन्छ । मूढभावबाट स्मृतिमा भ्रम उत्पन्न हुन्छ । स्मृति भ्रमले बुद्धि (विवेक) को नाश हुन्छ । बुद्धि (वा विवेक) नाश भएपछि मनुुष्यको पतन हुन्छ ।

यसरी ईश्वरलाई नमान्दा वा स्वयंको ईश्वर (सम) पक्षलाई विकास र विस्तार नगरी त्रिगुणी पक्षलाई विकास गर्दा अनेकन् संस्कारहरुको जन्म र विस्तार हुन पुगी मानिस प्रतिपल विषय रागद्वेषबाट प्रताडित हुँदै वर्तमान जीवनमा अनेकन् दुःख, व्यथा, व्याकूलता, पिडा, द्वन्द्व आदि प्राप्त गर्दै मृत्यू पश्चात पनि यि गुणहरुको उपस्थितिको कारण प्राप्त हुने दुःख, कष्ट प्राप्त गरिरहन्छ । यो स्थितिको व्याख्या गर्दै भगवान भन्नुहुन्छः सर्वप्रथम कस्तो हुन्छ यि प्रकृतिका मानिसहरु–

चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिताः ।
कामोपभोगपरमा एतावदिति निश्चिताः ।।१६–११।।

(अनि उ) मृत्यू पर्यन्त (वा अंतिम स्वास रहे सम्म) असंख्य चिन्ताहरुको आश्रय लिने, विषय भोगलाई भोग्न तत्पर रहने तथा यहि वा यत्तिमात्र आनन्द हो भनेर निश्चय गर्ने गर्दछ ।

आशापाशशतैर्बद्धाः कामक्रोधपरायणाः ।
ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान् ।।१६–१२।।

(ति) आशारुपी सैयौँ फाँसीहरुमा बाँधिएको मनुष्य काम क्रोधमा परायण हँुदै विषय भोग पूर्तिको लागि अन्याय पूर्वक धनादि पदार्थको संग्रह गर्ने चेष्टा गर्दछ ।

इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम् ।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम् ।।१६–१३।।

(र) मैले आज सम्म यति त पाएकै छु । (अब) यो मनोरथलाई पूरा गर्ने छु । यति धन त मसँग छ । अरु ज्यादा धन भविष्यमा हुनेछ ।

असौ मया हतः शत्रुर्हनिष्ये चापरानपि ।
ईश्वरोऽहमहं भोगी सिद्धोऽहं बलवान्सुखी ।।१६–१४।।

मेरो यो शत्रु त मद्वारा मारिने छ । (र) म अरु शत्रुहरुलाई पनि मार्नेछु । म ईश्वर हुँ । म ऐश्वर्य भोग्नेवाला हुँ । म नै सम्पूर्ण सिद्धिहरुले युक्त, वलवान र सुखी हुँ ।

आढ्योऽभिजनवानस्मि कोऽन्योऽस्ति सदृशो मया ।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिताः ।।१६–१५।।

म ठुलो धनवान र ठुलो कुटुम्बको हुँ । म समान दोस्रो अर्को को छ ? म यज्ञ गर्नेछु । म दान गर्नेछु । म आमोद–प्रमोद गर्नेछु । यसप्रकार अज्ञानले मोहित, अनेकन प्रकारले भ्रमित चित्तयुक्त त्रिगुणी मोहजालमा राम्रोसँग फसेका, विषय भोगमा अत्यन्त आशक्त आसुर मनुष्य, भयंकर (अपवित्र) नरकमा खस्दछ ।

अहङ्कारं बलं दर्पं कामं क्रोधं च संश्रिताः ।
मामात्मपरदेहेषु प्रद्विषन्तोऽभ्यसूयकाः ।।१६–१८।।

उ अहंकार, बल, घमण्ड, कामना र क्रोध परायण र अन्यको निन्दा गर्ने मनुष्य स्वयं तथा अरुको शरिरमा स्थित म अन्तर्यामीसँग द्वेष गर्दछ ।
यिनिहरुले के परिणाम प्राप्त गर्दछन् ।

नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।
न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ।।२–६६।।

असंयमीत वा मन र इन्द्रीयहरु वशमा नभएको पुरुषमा निश्चयात्मक बुद्धि हुदैन । त्यो अयुक्त मनुष्यको अन्तःकरणमा भावना हुँदैन । भावनाहीन मनुष्यलाई शान्ति प्राप्त हुँदैन । र शान्तिरहित मनुष्यलाई सुख कसरी मिल्दछ र ?

एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।।३–१६।।

जो पार्थ, जो पुरुष यो लोकमा यस प्रकार परम्पराबाट प्रचलित सृष्टिचक्र (यज्ञबाट मोेक्षसम्मको जीवन रुपान्तर प्रक्रिया) चल्दैन, त्यो इन्द्रिय भोगमा रमण गर्ने, पापमय जीवन बाँच्ने पुरुष संसारमा व्यर्थ नै बाँच्दछ ।

ये त्वेतदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम् ।
सर्वज्ञानविमूढांस्तान्विद्धि नष्टानचेतसः ।।३–३२।।

तर जो मनुष्य मलाई दोषारोपण गर्दै मेरो यो मतको अनुसार आचरण गर्दैनन्, ति सम्पूर्ण ज्ञानमा मोहित, अचेत मुर्ख मनुष्यलाई नष्ट भएको मान ।

अज्ञश्चाश्रद्दधानश्च संशयात्मा विनश्यति ।
नायं लोकोऽस्ति न परो न सुखं संशयात्मनः ।।४–४०।।

विवेकहीन, श्रद्धारहित, संशययुक्त मनुुष्य परमार्थबाट पतन (भ्रष्ट) हुन जान्छ । यस्तो संशययुक्त मनुुष्यको लागी न यो लोक, न परलोक, न सुुख नै छ ।

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ।।६–५।।

मनुष्यले आफैले आफ्नो (आत्मा) उद्धार गर्नुपर्दछ । (र) आफु (आत्मा) लाई अधोगतिमा लैजानु हुँदैन । किनभने यो जिवात्मा स्वयं नै स्वयंको मित्र हो । स्वयं नै स्वयंको शत्रु हो ।

बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ।।६–६।।

जुन जिवात्माले मन, इन्द्रिय र देहलाई जितेको छ । त्यो जिवात्मा स्वयंको मित्र स्वयं हो । जुन जिवात्माले स्वयंलाई जितेको छैन । त्यो जिवात्मा स्वयं सँग शत्रुको समान शत्रुताको व्यवहार गर्दछ ।

मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः ।
राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिताः ।।९–१२।।

(ती) व्यर्थ आशा, व्यर्थ कर्म, व्यर्थ ज्ञान भएका विक्षिप्त चित्त, अज्ञानी जन, आसुरी, राक्षसी र मोहनी प्रकृति (मूलतः रजोगुणी, तमोगुणी प्रकृति) लाई धारणा गरेका छन् ।

अनेकचित्तविभ्रान्ता मोहजालसमावृताः ।
प्रसक्ताःकामभोगेषु पतन्ति नरकेऽशुचौ ।।१६–१६।।

म ठुलो धनवान र ठुलो कुटुम्बको हुँ । म समान दोस्रो अर्को को छ ? म यज्ञ गर्नेछु । म दान गर्नेछु । म आमोद–प्रमोद गर्नेछु । यसप्रकार अज्ञानले मोहित, अनेकन प्रकारले भ्रमित चित्तयुक्त त्रिगुणी मोहजालमा राम्रोसँग फसेका, विषय भोगमा अत्यन्त आशक्त आसुर मनुष्य, भयंकर (अपवित्र) नरकमा खस्दछ ।

तानहं द्विषतः क्रूरान्संसारेषु नराधमान् ।
क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु ।।१६–१९।।

यस्तो द्वेष गर्ने पापाचारी, व्रmुरकर्मी (र) संसारमा नराधम (निचा, अपवित्र मनुष्यलाई म) बार बार आसुरी योनीमा खसाल्छु ।

आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि ।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ।।१६–२०।।

हे अर्जुन ! त्यो मूढ मनुष्य मलाई प्राप्त नभएर जन्म जन्मान्तरसम्म आसुरी योनीलाई प्राप्त गरेर फेरि त्यो भन्दा पनि नीच गतिलाई प्राप्त गर्दछ । अर्थात् घोर नरकमा जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1127 0
अवतरण के हो ? 1/9/2023 1038 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 958 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 992 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 999 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 983 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 904 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 961 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 891 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 970 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 996 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 863 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 835 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 840 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1005 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 880 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 982 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 804 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1020 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 881 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 981 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 860 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 952 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 889 0
त्रिगुण के हो ? 1/9/2023 1178 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 863 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 815 0
त्रिगुण र बन्धन 1/9/2023 940 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 820 0
सतगुण के हो ? 1/9/2023 822 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 777 0
मनुष्य उत्पति 1/9/2023 822 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 864 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 740 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 914 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 736 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 802 0
धर्मक्षेत्र के हो ? 1/9/2023 736 0
मोक्ष साधना के हो ? 1/9/2023 771 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 896 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 662 0
यज्ञ के हो ? 1/9/2023 680 0
धर्मयुद्ध के हो ? 1/9/2023 841 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 807 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 790 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 756 0
के हो ईश्वर भजन ? 1/9/2023 795 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 679 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 626 0
कर्म के हो ? 1/9/2023 1184 0
कर्मको गति किन गहन छ ? 1/9/2023 797 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 878 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 757 0
कर्मयोग के हो ? 1/9/2023 778 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 798 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 717 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 828 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 799 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 773 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 888 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1133 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 721 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 683 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 784 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 774 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1985 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 915 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 903 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 780 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1751 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 797 0
वेद के हो ? 1/10/2023 909 0
देवता के हो ? 1/10/2023 877 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 852 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 876 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 806 0
मृत्यु के हो ? 1/10/2023 889 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 847 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 806 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0