सांख्य योगी साधकका आवश्यकता के हुन् ?

0 टिप्पणीहरू 785 आगन्तुकहरू

सांख्ययोग होस्, वा कर्म होस्, वा मोक्ष साधनाका कुनै पनि विधिहरु किन नहुन् । यि सम्पूर्ण विधिहरुको मूल ध्येय नै मोक्ष वा परमात्मा प्राप्ति भएकाले यि सम्पूर्ण मोक्ष साधना विधिहरुमा साधक परमात्मा प्राप्तिमा एक बुद्धियुक्त, स्वर्गादी विषयहरुमा अनाशक्त, परमात्मा तत्व प्रति श्रद्धावान, परायण भाव युक्त आदि हुन अत्यन्त आवश्यक छ । परमात्मा तत्व प्रति शंशययुक्त साधकहरु मोक्ष साधनामा सफल हुन नै सक्दैनन् । त्यस्तै, परमात्मा वा मोक्ष प्राप्तिका सांसारिक वाधाहरु मन र इन्द्रियको विषयहरु नै हुन् । यसैले सांख्ययोग साधना वा सांख्ययोगी साधकमा पनि मन निग्रह, इन्द्रिय निग्रह, शील, सदाचार, जगत विषयहरु प्रति वैराग्य भाव आदि पूरक साधनाहरुको पनि आवश्यक पर्दछ । गुणको कारणले मानिसको जीवनमा कर्मनिरत क्षणहरु नै छैनन्, (३–५) यसैले जब सांख्ययोगी साधनाबाट बाहिर आउँछ । जब विचार, वाणी, देहको स्तरमा कुनै कर्म गर्दछ, त्यो अवस्थामा कर्म वा कर्मफलको कारण मनमा उत्पन्न हुने दुःखद् सुखद् संवेदनाहरु प्रति कस्तो दृष्टि राख्दछ ? यो प्रश्नको उत्तर गीतामा स्पष्ट नभए पनि भगवान कै वचनहरुको आधारमा भन्न सकिन्छ कि कर्मफल प्रति अनाशक्ति, कर्म सिद्धि असिद्धिमा समभाव आदिको अनुपस्थितिमा सांख्ययोग सिद्ध हुन सक्दैन । सांख्ययोग साधना वा सांख्ययोगी साधकको आवश्यकताको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

असक्तबुद्धिः सर्वत्र जितात्मा विगतस्पृहः ।
नैष्कर्म्यसिद्धिं परमां संन्यासेनाधिगच्छति ।।१८–४९।।

सर्वत्र आशक्तिरहित बुद्धि भएको अन्तःकरणलाई जितेको पुरुष सन्यास वा सांख्ययोगद्वारा परम नैष्कम्र्य–सिद्धि वा नैष्कम्र्य रुप परमात्मा तत्वलाई प्राप्त गर्दछ ।

सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे ।
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ।।१८–५०।।

जुन ज्ञानयोगको परानिष्ठा हो, त्यो नैष्कर्म सिद्धिलाई जुन प्रकारले प्राप्त भएर मनुष्य ब्रम्हालाई प्राप्त गर्दछ, त्यो पनि तिमी मबाट संक्षेपमा बुझ ।

सांख्ययोगले कसरी मोक्ष प्रदान गर्दछ ?

जब मोक्ष साधना सत्य हुन्छ, त्यो मोक्ष साधनाले साधकको जीवनमा तीन पृथक परिणामहरु प्रदान गर्दै अन्ततः मूल परिणामरुपी मोक्ष प्रदान गर्दछ । सत्य मोक्ष साधनाले प्रदान गर्ने तीन परिणामहरु हुन्ः

१) विषयबाट मनमा उत्पन्न हुने राग वा द्वेषपूर्ण संवेदनाहरुलाई भोग्ने मनका स्वभावको नाश वा नव संस्कारहरु सृजना प्रक्रियाको समाप्ति
२) जन्मजन्मान्तर देखि संग्रहित पुराना संस्कारहरुको पूर्ण नाश
३) ‘म देह हुँ’ भन्ने देह भाव वा मूल अज्ञानको समाप्ती ।

जब नवसंस्कारहरु उत्पन्न हुँदैनन् । जब मन वा चित्तका पुराना संस्कारहरु पूर्ण रुपमा नाश हुन्छन् । जब म भाव विलय हुन्छ, यो जीवन स्थितिलाई नै मोक्ष भनिन्छ ।

सांख्ययोग साधनामा मूल रुपमा विषयबाट देह र चित्त क्षेत्रमा उत्पन्न संवेदनाहरुलाई समभावी बन्न प्रशिक्षण दिदै अन्ततः मनको संवेदनाहरुलाई भोग्ने स्वभावलाई नष्ट गरिन्छ । समभाव नै ईश्वर हो । ईश्वर तत्व समभावमा स्थित छ (१३–२७) । जब साधकको मन समभावमा स्थित हुन्छ । वा जब समभावको कारण साधनको मन ईश्वर तत्वको सम्पर्कमा आउँछ, त्यो क्षणमा साधकको जन्मजन्मान्तर देखिका संस्कारहरु भष्म हुन पुग्दछ । (४–१०), (२–५०, २–५९) ।

ईश्वरीय उच्छेदको नियमको क्रियाशिलताको कारणले नै हुन्छ । त्यस्तै, जब संवेदनाहरु माथि साधन गरिन्छ । जब साधक चित्त र देह क्षेत्रमा संवेदनाहरुको उदय–व्यय, उदय–व्यय मात्र बोध गर्दछ । उ यो ‘सत्य’ मा स्पष्ट हुन्छ कि ‘म’ मेरो भनिएको यो देह र मनमा मात्र अनेकन प्रकारका संवेदनाहरुको अनित्य धारा प्रवाह छ । त्यहाँ ‘म’ नामको कुनै वस्तु वा तत्व अनुपस्थित छ । जब साधक चित्त र देहको यो ‘अनित्यता’ प्रति स्पष्ट हुन्छ, त्यो स्थितिमा साधकको ‘म’ भाव पग्लिीद पग्लिदै जान्छ । अन्ततः साधक मोक्ष प्राप्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1127 0
अवतरण के हो ? 1/9/2023 1038 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 958 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 994 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1001 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 985 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 906 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 963 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 893 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 972 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 996 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 865 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 837 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 840 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1005 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 880 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 982 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 806 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1020 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 883 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 983 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 862 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 954 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 791 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 891 0
त्रिगुण के हो ? 1/9/2023 1178 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 865 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 817 0
त्रिगुण र बन्धन 1/9/2023 940 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 822 0
सतगुण के हो ? 1/9/2023 822 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 779 0
मनुष्य उत्पति 1/9/2023 822 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 866 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 740 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 916 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 738 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 804 0
धर्मक्षेत्र के हो ? 1/9/2023 736 0
मोक्ष साधना के हो ? 1/9/2023 771 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 898 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 664 0
यज्ञ के हो ? 1/9/2023 680 0
धर्मयुद्ध के हो ? 1/9/2023 841 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 809 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 790 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 756 0
के हो ईश्वर भजन ? 1/9/2023 795 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 681 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 628 0
कर्म के हो ? 1/9/2023 1184 0
कर्मको गति किन गहन छ ? 1/9/2023 797 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 880 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 759 0
कर्मयोग के हो ? 1/9/2023 778 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 800 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 717 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 830 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 801 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 775 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 890 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1133 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 723 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 685 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 776 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1987 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 917 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 905 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 782 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1753 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 799 0
वेद के हो ? 1/10/2023 909 0
देवता के हो ? 1/10/2023 877 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 854 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 878 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 806 0
मृत्यु के हो ? 1/10/2023 889 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 849 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 806 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0