कर्मयोगका परिणामहरु के के हुन् ?

0 टिप्पणीहरू 838 आगन्तुकहरू

जब कर्मयोग साधना प्रारम्भ हुन्छ, कर्मयोग साधनाको प्रथम विन्दूबाट नै साधकमा नयाँ त्रिगुणी संस्कारहरु वा कर्म बन्धनहरु सृजना हुने प्रक्रिया अवरुद्ध हुन पुग्दछ । साथै, जन्म जन्मान्तर देखि संग्रह भएका कर्म संस्कारहरु भष्म हुने प्रक्रिया पनि प्रारम्भ हुन पुग्दछ । जब कर्मयोगी साधक साधनालाई निरन्तरता दिइरहन्छ । साधकमा साधनका अनेकन् परिणामहरु प्राप्त हुन थाल्दछन् । साधक स्वयंका संस्कारहरु क्षय हुँदै गएको, स्वयंमा छिपेको परमात्माका मौलिक गुणहरु परम शान्ति, परम आनन्द, समभाव आदि उपस्थित भएको स्पष्ट अनुभूति गर्दछ । जब साधना सिद्ध हुन्छ । साधक स्वस्वरुपको साक्षात्कार गर्दछ । कर्मयोगबाट प्राप्त हुने परिणामको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।।२–५०।।

समबुद्धियुक्त पुरुष पुण्य तथा पाप (त्रिगुणी विकार) दुबैलाई यहि लोकमा त्यागिदिन्छ । अर्थात (त्रिगुणी विकार) मुक्त हुन्छ । यसैले तिमी समत्व बुद्धि योगका लागी नै चेष्टा गर । यो समत्वरुप योग नै कर्ममा कुशलता हो । अर्थात् कर्मबन्धनबाट छुट्ने उपाय हो ।

कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।२–५१।।

किनभने समबुद्धि युक्त ज्ञानीजन कर्मबाट उत्पन्न हुने (कर्म) फल (वा त्रिगुणी संस्कारहरु) लाई त्यागेर जन्मरुप बन्धनबाट मुक्त भएर निर्विकार परम पदलाई प्राप्त गर्दछन् ।

यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः ।
तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर ।।३–९।।

यज्ञको निमित्त गरिने कर्मको अतिरिक्त अन्य (सकाम) कर्ममा समाहित मनुष्य समुदाय कर्मद्वारा बाँधिन्छ । हे कुन्तीनन्दन ! तिमी आशक्तिरहित भएर यज्ञ गर ।

तस्मादसक्तः सततं कार्यं कर्म समाचर ।
असक्तो ह्याचरन्कर्म परमाप्नोति पूरुषः ।।३–१९।।

यसैले तिमि पनि निरन्तर आशक्तिरहित भएर कर्तव्य कर्मको आचरण गर । किन कि आशक्तिरहित भएर कर्म गर्ने मनुष्य परमात्मालाई प्रााप्त गर्दछ ।

ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः ।
श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः ।।३–३१।।

जो मनुष्य दोष दृष्टिले रहित र श्रद्धापूर्ण भएर मेरो यो मतको सधैँ अनुशरण गर्दछ, त्यो सम्पूर्ण कर्म बन्धनहरुबाट छुटकारा पाउँछ ।

ये त्वेतदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम् ।
सर्वज्ञानविमूढांस्तान्विद्धि नष्टानचेतसः ।।३–३२।।

तर जो मनुष्य मलाई दोषारोपण गर्दै मेरो यो मतको अनुसार आचरण गर्दैनन्, ति सम्पूर्ण ज्ञानमा मोहित, अचेत मुर्ख मनुष्यलाई नष्ट भएको मान ।

वीतरागभयक्रोधा मन्मया मामुपाश्रिताः ।
बहवो ज्ञानतपसा पूता मद्भावमागताः ।।४–१०।।

राग, भय, क्रोधरहित, अनन्य प्रेम भावले ममा स्थित, ज्ञानरुप तपबाट पवित्र (शूद्ध) धेरै भक्तहरुले मेरो स्वरुपलाई प्राप्त गरिसकेका छन् ।

निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः ।
शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।४–२१।।

जसले शरिर र अन्तःकरणलाई राम्रोसँग वशमा गरेको छ, जसले सम्पूर्ण प्रकारका बस्तु संग्रह त्यागिदिएको छ, यस्तो इच्छारहित पुरुष केवल शरिर सम्बन्धि कर्म गर्दा पनि पाप (विकार, संस्कार) लाई प्राप्त हँुदैन ।

यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।।४–२२।।

जो विना इच्छा वा आफै जे प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहन्छ, जसमा ईष्र्याको भाव सर्वथा अभाव भएको छ । जो राग – द्वेष र हर्ष – शोकादी द्वन्द्वहरुबाट अतित भएको छ । सिद्धि र असिद्धिमा समभाव भएको कर्मयोगी, कर्म गरेर पनि बाँधिदैन । वा कर्म संस्कार प्रापत गर्दैन ।

गतसङ्गस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।
यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते ।।४–२३।।

जसको आशक्ति सर्वथा नष्ट भएको छ, जो देहभिमान तथा ममताबाट रहित भएको छ । वा मुक्त भएको छ । जो निरन्तर स्वरुप ज्ञान (बोध)मा स्थित छ । यज्ञ कर्म (निष्काम कर्म) गर्ने यि पुरुषको सम्पूर्ण कर्म नष्ट हुुन्छ ।

ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् ।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ।।४–२४।।

(त्यो निष्काम यज्ञ जहाँ) अर्पण ब्रम्हा (शुद्धरुप) छ । हवी वा हवन गर्ने पदार्थ पनि ब्रम्ह छ । ब्रम्हारुप कर्ताद्वारा ब्रम्हारुप अग्नीमा आहुति दिने क्रिया पनि ब्रम्हा हो । त्यो ब्र्रम्हाकर्ममा स्थित रहने योगीद्वारा प्राप्त गर्ने फल पनि ब्रम्हा नै हो ।

अपि चेदसि पापेभ्यः सर्वेभ्यः पापकृत्तमः ।
सर्वं ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि ।।४–३६।।

अनि यदि तिमी पापीहरुमा पनि अधिक पापी छौ भने पनि ज्ञानरुप डुङ्गा द्वारा निशन्देह सम्पूर्ण पाप समुन्द्रलाई राम्रो सँग तर्नेछौ ।

यथैधांसि समिद्धोऽग्निर्भस्मसात्कुरुतेऽर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा ।।४–३७।।

किनभने हे अर्जुुन ! जसरी प्रज्वलित अग्नी इन्धनलाई सम्पुर्ण रुपमा भष्म गर्दछ, त्यसरी नै ज्ञानरुप अग्नी पनि सम्पूर्ण कर्म (संस्कारहरु) लाई सम्पूर्ण रुपमा भष्म गर्दछ ।

तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः ।।४–३४।।

यो तत्वज्ञानलाई तिमी तत्वदर्शी ज्ञानी महापुरुष कहाँ गएर प्राप्त गर । आदरपूर्वक प्रणाम, सेवा र सरलतापूूर्वक प्रश्न गर्यौ भने ति तत्वदर्शी ज्ञानीहरुले तिमीलाई तत्वज्ञानको उपदेश दिनेछन् ।

योगसंन्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम् ।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय ।।४–४१।।

हे धनन्जय ! योगद्वारा जसको सम्पूर्ण कर्मबाट सम्बन्ध विच्छेद भएको छ, ज्ञानद्वारा जसको सम्पूर्ण संशय नाश भएको छ, यस्तो आत्मस्वरुप पुरुषलाई कर्मले बाँध्न सक्दैन ।

योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।५–७।।

जसको मन आफ्नो वशमा छ । जो जितेन्द्रीय छ । जसको अन्तःकरण शुद्ध छ । सम्पूर्ण प्राणीको आत्मारुप परमात्मा नै जसको आत्मा छ । यस्तो कर्मयोगी कर्म गर्दा पनि (कर्ममा) लिप्त हुँदैन ।

ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति यः ।
लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ।।५–१०।।

जुन पुरुष सम्पूर्ण कर्मलाई परमात्मामा अर्पण गरेर र (फल) आशक्तिलाई त्यागेर कर्म गर्दछ । त्यस्तो पुरुष जलको कमलको पात झैं पापा (विकार) मा लिप्त हुँदैन ।

युक्तः कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् ।
अयुक्तः कामकारेण फले सक्तो निबध्यते ।।५–१२।।

कर्मयोगी कर्मफललाई त्याग गरेर भगवतप्राप्तिरुप शान्तिलाई प्र्राप्त गर्दछ । (तर) सकाम मनुष्य कामनाको कारण फलमा आशक्ति भएर बाँधिन्छ ।

सर्वकर्माणि मनसा संन्यस्यास्ते सुखं वशी ।
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन् ।।५–१३।।

जसको इन्द्रिय र मन वशमा छ, (यस्तो) मोक्ष पुरुष नौ द्वारहरु भएको शरीररुपी (घर) मा सम्पूर्ण कर्महरुलाई (विवेकपूर्वक) मनले त्याग गरेर निसन्देह न कर्म गर्दै, न कर्म गराउँदै सुख पूर्वक आफ्नो स्वरुपमा रहन्छ ।

ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ।।५–१६।।

तर जसको त्यो अज्ञान (म भाव) लाई परमात्माको तत्वज्ञानद्वारा नाश भएको छ, उसको त्यो ज्ञानले सूर्यले (अन्धकार बिनाश गरी यथार्थ प्रकाश गरे झैं) झैँ परमतत्व परमात्मालाई प्रकाशित गर्दछ ।

तद्बुद्धयस्तदात्मानस्तन्निष्ठास्तत्परायणाः ।
गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषाः ।।५–१७।।

हे अर्जुन ! जसको मन ‘तदात्मन’ (सतत् तत्व चिन्तन) छ । जसको बुद्धी ‘तद्बुद्धयः’ (परमात्मा सत्तामा अटल) छ । जसको स्थिति ‘तन्निष्ठा’ (परमतत्वसँग एकीभाव) छ । यस्तो परमात्मा परायण पुरुष ज्ञानद्वारा पाप रहित भएर अपूनरावृत्ति (परमगति) लाई प्राप्त गर्दछ ।

इहैव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।
निर्दोषं हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिताः ।।५–१९।।

जसको मन समभावमा स्थित छ । उसले जिवित अवस्थामा नै सम्पूर्ण संसारलाई जित्यो । किनभने ब्रम्हा निर्दोष र सम छ । यसैले उ ब्रम्हामा स्थित छ ।

बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम् ।
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते ।।५–२१।।

बाह्य विषयमा आशक्तिरहित अन्तःकरणयुक्त (साधक) आत्माको सात्विक सुख प्राप्त गर्दछ । फेरि त्यो ब्रम्हा (तत्व) मा एकीभाव स्थित पुरुष अक्षय सुखलाई अनुभव गर्दछ ।

श्रीभगवानुवाच ।
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ।।६–१।।

जो पुरुष कर्मफलको आश्रय नलिइकन (अनाशक्त) कर्तव्य कर्म गर्दछ । त्यो नै सन्यासी तथा योगी हो । केवल अग्नीलाई त्याग्ने सन्यासी होइन । (तथा) केवल क्रियालाई त्याग्ने योगी होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1197 0
अवतरण के हो ? 1/9/2023 1094 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 1012 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1046 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1053 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1039 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 956 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 1013 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 939 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1030 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1040 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 925 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 883 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 882 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1047 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 916 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1056 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 848 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1068 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 929 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1025 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 902 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 996 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 841 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 935 0
त्रिगुण के हो ? 1/9/2023 1236 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 905 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 873 0
त्रिगुण र बन्धन 1/9/2023 990 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 870 0
सतगुण के हो ? 1/9/2023 868 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 829 0
मनुष्य उत्पति 1/9/2023 874 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 912 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 782 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 970 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 794 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 838 0
धर्मक्षेत्र के हो ? 1/9/2023 788 0
मोक्ष साधना के हो ? 1/9/2023 817 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 950 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 710 0
यज्ञ के हो ? 1/9/2023 734 0
धर्मयुद्ध के हो ? 1/9/2023 887 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 853 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 834 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 798 0
के हो ईश्वर भजन ? 1/9/2023 847 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 723 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 680 0
कर्म के हो ? 1/9/2023 1230 0
कर्मको गति किन गहन छ ? 1/9/2023 845 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 936 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 805 0
कर्मयोग के हो ? 1/9/2023 824 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 846 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 769 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 874 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 829 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 936 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1209 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 773 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 731 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 830 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 822 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2037 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 963 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 955 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 828 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1809 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 851 0
वेद के हो ? 1/10/2023 963 0
देवता के हो ? 1/10/2023 927 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 904 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 928 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 842 0
मृत्यु के हो ? 1/10/2023 933 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 895 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 846 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3905 0