यज्ञ के हो ?

0 टिप्पणीहरू 675 आगन्तुकहरू

यज्ञ मोक्ष साधना हो ।

यज्ञ वाह्य पूजा होइन । यो जौ, तील, घिउ आदि अग्नीकुण्डमा स्वाहारुपी यज्ञ होइन । गीतामा भगवानले वर्तमान वा मृत्यू पश्चातको अनेकन् लाभहरुको तृष्णाले गरिने सम्पूर्ण पूजा, यज्ञ आदिलाई ‘अविवेक’ ‘भोग, ऐश्वर्यद्वारा हरीत चित्त’ ‘ईश्वर तत्व प्रति अनिश्चय बुद्धि’ आदि संज्ञा दिदै सम्पूर्ण वाह्य पूजा यज्ञको व्यर्थताको व्याख्या गर्नुभएको छ । (२–४२,४३,४४)
गीतामा जब यज्ञ भनिन्छ, यसको अर्थ हुन्छ, मनको त्यो ‘सम्यक’ समभाव स्थिति जहाँ शुद्ध परम् तत्वको अग्नी प्रकट हुन्छ । जुन शुद्ध अग्नीमा साधकको जन्म जन्मान्तरका संस्कारहरु जलेर धुवाँ उड्दछ ।

समभाव सहित अनेकन् दैवी सम्पदाहरुको विस्तार प्राप्त हुन्छ । अन्ततः मनको समभाव सहित दैवी सम्पदाहरुको विस्तारले साधकलाई आध्यात्मिक रुपमा विकास गर्दै मोक्षरुपी परम कल्याण प्रदान गर्दछ ।

(स्मरण रहोस् – जब मोक्ष साधना भनिन्छ, मोक्ष साधनामा मूल साधना र पूरक साधनाहरु दुबै साधना प्रक्रियामा संलन हुने भएकोले साधकको देवता वा देवत्व पक्ष (मनको समभाव सहित दैवीक सम्पदाहरु) को विस्तार हुन पुग्दछ ।) मनमा स्थापना गरी यो यज्ञको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

देवान्भावयतानेन ते देवा भावयन्तु वः ।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।।३–११।।

अनि तिमिहरु यो यज्ञद्वारा देवता (आध्यात्मिक सम्पदा) हरुको उन्नति गर । ति देवताहरु तिमिहरुको उन्नति गरुन् । यस प्रकार परस्परमा उन्नति गदै तिमिहरु परमश्रेय वा मोक्षलाई प्राप्त हुनेछौ ।

अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।।३–१४।।
कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम् ।
तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ।।३–१५।।

सम्पूर्ण (मोक्ष) प्राणी अन्नबाट उत्पन्न हुन्छन् । अन्नको उत्पति वृष्टि (आध्यात्मिक सम्पदाको वर्षा वा बिस्तार) बाट हुन्छ । अनि यज्ञबाट हुन्छ । अनि यो कर्म (योग) बाट उत्पन्न हुन्छ । कर्म (योग) वेदबाट उत्पन्न हुन्छ । अनि वेद (वा वेदका) अविनाशी परमात्माबाट उत्पन्न भएको मान । यसैले सर्वव्यापी व्रम्ह सदा नै यज्ञमा प्रतिष्ठित रहेको छ ।

एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।।३–१६।।

जोे पार्थ, जो पुरुष यो लोकमा यस प्रकार परम्पराबाट प्रचलित सृष्टिचक्र (यज्ञबाट मोेक्षसम्मको जीवन रुपान्तर प्रक्रिया) चल्दैन, त्यो इन्द्रिय भोगमा रमण गर्ने, पापमय जीवन बाँच्ने पुरुष संसारमा व्यर्थ नै बाँच्दछ ।

यज्ञ वा मनको सम्यक सम स्थिति सांख्ययोग, कर्मयोग, ध्यानयोग र समत्व बुद्धियोगका अनेकन् विद्याहरुद्वारा प्राप्त गर्न सकिन्छ । यि अनेकन् यज्ञ (मोक्ष साधना विधि) हरुको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

दैवमेवापरे यज्ञं योगिनः पर्युपासते ।
ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्वति ।।४–२५।।

अनि अरु योगीजन दैवम्यज्ञ (आध्यात्मिक सम्पदा बिस्तार यज्ञ) लाई नै राम्ररी अनुष्ठान गर्दछन् । र अर्काथरी योगीजन ब्रम्हारुप (परमात्मा रुप) अग्नीमा यज्ञद्वारा यज्ञलाई नै हवन गर्दछन् ।

श्रोत्रादीनीन्द्रियाण्यन्ये संयमाग्निषु जुह्वति ।
शब्दादीन्विषयानन्य इन्द्रियाग्निषु जुह्वति ।।४–२६।।

अन्य योगीजन श्रोत्रादी सम्पुर्ण इन्द्रियहरुलाई संयमरुप अग्नीमा हवन गर्दछन् । अरु योगीहरु शब्दादी सम्पूर्ण विषयहरुलाई इन्द्रियरुप अग्नीमा हवन गर्दछन् ।

सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे ।
आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते ।।४–२७।।

अन्य योगीजन इन्द्रियका सम्पूर्ण क्रियाहरु (चेष्टाहरु) लाई र प्राणका सम्पूर्ण क्रियाहरुलाई ज्ञानबाट प्रकाशित भएको अग्नीमा हवन गर्दछन् ।

द्रव्ययज्ञास्तपोयज्ञा योगयज्ञास्तथापरे ।
स्वाध्यायज्ञानयज्ञाश्च यतयः संशितव्रताः ।।४–२८।।

कोही पुरुष द्रव्य यज्ञ गर्दछन् । अन्य कैयन तपोयज्ञ गर्दछन् । तथा कैयन योगरुप यज्ञ गर्दछन् । र कति तीक्ष्ण व्रतले युक्त यत्नशील पुरुष स्वाध्यायरुप ज्ञानयज्ञ गर्दछन् ।

अपाने जुह्वति प्राणं प्राणेऽपानं तथापरे ।
प्राणापानगती रुद्ध्वा प्राणायामपरायणाः ।।४–२९।।
अपरे नियताहाराः प्राणान्प्राणेषु जुह्वति ।
सर्वेऽप्येते यज्ञविदो यज्ञक्षपितकल्मषाः ।।४–३०।।

अन्य कति प्राणायाम परायण (प्राणायाम साधनामा लागेका) योगीजन अपान वायुमा प्राण वायु (पूरक), प्राणवायु र अपानवायुको गति रोकेर (कुम्भक) फेरि प्राण वायुमा अपान वायुको हवन गर्दछन् । अन्य नियमित आहार गर्ने योगी प्राण वायु र अपान वायुको गति रोकेर प्राण वायुको प्राण वायुमा नै हवन गर्दछन् । यो सम्पूर्ण साधकहरु यज्ञद्वारा पापको नाश गर्ने यज्ञविद् हुन् ।

यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम् ।
नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तम ।।४–३१।।

हे अर्जुन ! यज्ञबाट बचेको अमृतको अनुभव गर्ने योगीजन सनातन परब्रम्हा परमात्माको प्राप्त हुन्छ । यज्ञ नगर्ने मनुष्यलाई त यो मनुष्यलोक पनि सुखदायक छैन भने परलोक कसरी सुखदायक होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1121 0
अवतरण के हो ? 1/9/2023 1034 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 956 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 988 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 997 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 979 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 902 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 959 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 887 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 966 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 990 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 859 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 831 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 836 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 999 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 876 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 976 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 802 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1014 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 877 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 977 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 856 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 948 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 785 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 887 0
त्रिगुण के हो ? 1/9/2023 1172 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 859 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 813 0
त्रिगुण र बन्धन 1/9/2023 934 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 818 0
सतगुण के हो ? 1/9/2023 816 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 773 0
मनुष्य उत्पति 1/9/2023 816 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 860 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 736 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 910 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 734 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 800 0
धर्मक्षेत्र के हो ? 1/9/2023 730 0
मोक्ष साधना के हो ? 1/9/2023 765 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 894 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 658 0
धर्मयुद्ध के हो ? 1/9/2023 835 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 803 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 788 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 750 0
के हो ईश्वर भजन ? 1/9/2023 789 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 675 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 622 0
कर्म के हो ? 1/9/2023 1180 0
कर्मको गति किन गहन छ ? 1/9/2023 791 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 876 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 755 0
कर्मयोग के हो ? 1/9/2023 772 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 794 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 713 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 826 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 797 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 771 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 886 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1131 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 717 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 679 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 782 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 770 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1983 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 911 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 901 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 778 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1749 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 795 0
वेद के हो ? 1/10/2023 905 0
देवता के हो ? 1/10/2023 871 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 850 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 872 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 804 0
मृत्यु के हो ? 1/10/2023 885 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 843 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 802 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0