मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया

0 टिप्पणीहरू 1752 आगन्तुकहरू

त्रिगुणी संस्कारहरु मूलतः तमोगुणी र रजोगुणी संस्कारहरु नै ति कारणहरु हुन् जसको कारण मानिस अनेकन् वाह्य इन्द्रिय विषयहरु प्रति मानिस आकर्षित भइरहन्छ । अशान्त, द्वन्द्वपूर्ण भइरहन्छ । यि इन्द्रिय विषयहरु माझमा पनि भोग काम लालसा त्यो भयानक इन्द्रिय विषय हो, जसको कारण आज पनि मानिसले भगवानले व्याख्या गर्नुभएको यो स्थिति भोगिरहेको छ ।

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।२–६२।।

विषयहरुको चिन्तन गर्ने मनुष्यको ति विषयहरुमा आशक्ति उत्पन्न हुन जान्छ । अनि आशक्तिबाट विषयहरुको कामना उत्पन्न हुन्छ । अनि कामना (प्राप्ति) मा विघ्न भए क्रोध उत्पन्न हुन्छ ।

क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।२–६३।।

क्रोधबाट अत्यन्त मूढभाव (अविवेकी, बेहोसी) उत्पन्न हुन्छ । मूढभावबाट स्मृतिमा भ्रम उत्पन्न हुन्छ । स्मृति भ्रमले बुद्धि (विवेक) को नाश हुन्छ । बुद्धि (वा विवेक) नाश भएपछि मनुुष्यको पतन हुन्छ ।

रागद्वेषविमुक्तैस्तु विषयानिन्द्रियैश्चरन् । यचवियुक्तैस्तु
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।२–६४।।

तर स्वाधीन अन्तःकरण भएको पुरुष आफ्नो वशमा रहेको राग, द्वेषरहित इन्द्रियहरुद्वारा विषयहरुमा विचरण गर्दा पनि अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्दछन् ।

जब कोहि साधक मोक्ष जीवन स्थिति प्राप्त गर्दछ । सर्वप्रथम त्यो मोक्ष पुरुष मानिस मात्रको मूल शत्रु कामवासनाबाट सधैँको लागि मुक्त हुन्छ । मोक्ष पुरुषमा त्रिगुणी संस्कारहरु नाश भएको कारण, ‘म’ भाव विलय भई आत्मभावमा स्थित रहेको कारण, परम तत्वको परम आनन्दमा तृप्त भएको कारण कामवासना सहित सम्पूर्ण इन्द्रिय विषयहरुको स्मरणसम्म पनि उपस्थित रहँदैन । जब यस्तो आत्मतृप्त मानिसमा मानौँ कुनै कारणवस इन्द्रिय विषयहरु सम्पर्कमा आए पनि त्यो अवस्थामा यि इन्द्रिय विषयहरु मोक्ष पुरुषको परम शान्त मनको महासागरमा हलचल ल्याउन असमर्थ रहन्छन् । अन्तःकरणको शान्ति र प्रसन्नतालाई नष्ट गर्न असमर्थ रहन्छन् । भगवान यो स्थितिको व्याख्या गर्दै भन्नुहुन्छः

यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।२–५८।।

र जसरी कछुवाले सम्पूूर्ण तिरबाट जसरी आफ्ना अङ्गहरुलाई खुम्चाउँछ । यो पुुरुष इन्द्रियका विषयहरुबाट इन्द्रियहरुलाई त्यसरी नै खिच्दछ । उसको प्रज्ञा (बुद्धि) स्थिर छ ।

तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।२–६१।।

ति सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरी समाहित (सम) चित्तयुक्त भएर मेरो परायण (आश्रय) मा बस । किनभने जुन पुरुषको इन्द्रियहरु वशमा छन् । उसको बुद्धि स्थिर छ ।

आपूर्यमाणमचलप्रतिष्ठं समुद्रमापः प्रविशन्ति यद्वत् ।
तद्वत्कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी ।।२–७०।।

जसरी सम्पूर्ण तिरबाट परिपूूर्ण, अचल स्थितिमा प्रतिष्ठित नदीहरुको जल (धारा) समुन्द्रलाई विचलित नगरीकन समाहित वा विलय हुन्छन् । त्यस्तै सम्पूर्ण भोग विचारहरु स्थितिप्रज्ञ पुरुषमा कुनै पनि प्रकारको विकार उत्पन्न नगरिकन समाहित वा विलय हुन्छन् । यस्तो पुरुषलाई नै परम शान्ति प्राप्त हुन्छ । न कि भोगहरुलाई चाहने व्यक्तिहरुलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1127 0
अवतरण के हो ? 1/9/2023 1038 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 958 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 994 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 999 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 985 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 904 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 961 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 893 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 972 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 996 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 865 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 837 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 840 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1005 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 880 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 982 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 806 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1020 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 883 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 983 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 862 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 954 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 791 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 889 0
त्रिगुण के हो ? 1/9/2023 1178 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 865 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 815 0
त्रिगुण र बन्धन 1/9/2023 940 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 822 0
सतगुण के हो ? 1/9/2023 822 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 779 0
मनुष्य उत्पति 1/9/2023 822 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 866 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 740 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 916 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 738 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 804 0
धर्मक्षेत्र के हो ? 1/9/2023 736 0
मोक्ष साधना के हो ? 1/9/2023 771 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 896 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 664 0
यज्ञ के हो ? 1/9/2023 680 0
धर्मयुद्ध के हो ? 1/9/2023 841 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 809 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 790 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 756 0
के हो ईश्वर भजन ? 1/9/2023 795 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 681 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 628 0
कर्म के हो ? 1/9/2023 1184 0
कर्मको गति किन गहन छ ? 1/9/2023 797 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 878 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 757 0
कर्मयोग के हो ? 1/9/2023 778 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 800 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 717 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 828 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 799 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 775 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 890 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1133 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 723 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 685 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 784 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 776 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1985 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 917 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 903 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 782 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 797 0
वेद के हो ? 1/10/2023 909 0
देवता के हो ? 1/10/2023 877 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 852 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 878 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 806 0
मृत्यु के हो ? 1/10/2023 889 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 849 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 806 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0