देवता के हो ?

0 टिप्पणीहरू 924 आगन्तुकहरू

देवता सतगुण प्रधान पवित्र आत्माहरु हुन् । जो मृत्यू पश्चात स्वर्गलोक, देवलोक आदि पुण्य लोकहरु प्राप्त गर्दछन् । ति लोकहरुमा दीर्घकालसम्म निवास गर्दछन् । पुनः मनुष्य जीवन नै प्राप्त गर्दछन् ।

त्रिगुण र परमात्माको अंश आत्माबाट उत्पन्न मानिस वा जीवात्मा अविनाशी आत्मा हो । यो जीवात्मा प्रकट – अप्रकट – प्रकट चक्रमा घुमिरहन्छ (२–२८) । यो चक्रमा जब जिवात्मा वा मानिसले पृथ्वीमा जन्म प्राप्त गर्दछ, त्यो अवस्थामा मानिसलाई चार गुणहरु (तमगुण, रजगुण, सतगुण र शुद्ध परम तत्व गुण) को विस्तार गर्ने असाधारण अवसर प्राप्त हुन्छ । यो गुणहरुको विस्तारले वर्तमान जीवन र भविष्य जीवनहरुलाई असाधारण रुपमा असर पार्दछ । इन्द्रिय, मन र बुद्धि भन्दा अझ माथि जागरुक स्थितिमा अवस्थित रहेकाले मानिस पृथ्वीमा जिवीत रहेको अवस्थामा कुनै पनि गुणको विस्तार गर्न सक्षम छ । स्वतन्त्र छ । यस्तो जागरुक जीवन स्थिति प्राप्त भएको अमूल्य समयमा जब कुनै मानिस धर्म, ईश्वर, मोक्ष आदि तर्फ प्रवेश गर्दछ । जब उ मूल साधना र पुरक साधनाहरुद्वारा जब जीवनमा मनको सम आयाम र दैविक सम्पदाहरुको विस्तार गर्दछ । सघन सद्गुणी बन्दछ । यस्तो अवस्थामा यदि मोक्ष प्राप्त हुनु अगावै मानिसले मृत्यू प्राप्त गर्‍यो भने उ स्वर्गलोक, देवलोक आदि प्राप्त गर्दछ । यि उच्च पूण्य लोकमा निवास गर्ने देहविहीन सद्गुणी पवित्र आत्माहरुलाई नै देवता भनिन्छ । शास्त्रहरुमा वर्णित देवताहरु पवित्र आत्माहरु हुन् । भगवान भन्नुहुन्छः

प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ।।६–४१।।

(त्यो) योग भ्रष्ट पुरुष पुण्यकर्म गर्नेहरुलाई प्राप्त हुने लोक (उच्चलोक) लाई प्राप्त गरेर धेरै वर्षसम्म त्यहाँ वास गरेर पुनः शुद्ध आचरण भएका श्रीमान पुरुषहरुको घरमा जन्म लिन्छन् ।

यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत् ।
तदोत्तमविदां लोकानमलान्प्रतिपद्यते ।।१४–१४।।

यदि मनुष्यलाई सत्वगुुणको बृद्धिकाल (अवस्था) मा मृत्यूू प्राप्त भयो भने उत्तम कर्म गर्नेहरुले प्राप्त गर्ने निर्मल दिव्य (स्वगादी) लोक प्राप्त हुुन्छ ।

ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ।।१४–१८।।

सत्वगुणमा स्थित पुरुष उध्र्वम् वा उच्च निर्मल लोकमा जान्छ । रजगुणमा स्थित पुुरुष मध्य वा मनुष्य लोकमा नै जन्म लिन्छ । तमगुणमा स्थित तामस् पुरुष अध वा अधोगती रुप पशु, पंक्षी, कीट आदि नीच योनीहरुलाई प्राप्त गर्दछ ।

पूजा के हो ?

मोक्ष आन्तरिक रुपान्तरको साधना हो । यो साधनाको मूल ध्येय त्रिगुणी संस्कारहरुको सम्पूर्ण रुपमा विनाश गर्नु नै हो । जुन क्षणसम्म मानिसले मनमा संग्रहित त्रिगुणी संस्कारहरुलाई पूर्णरुपमा विनाश गर्न सक्दैन, त्यो अवस्थासम्म स्वयंको ‘सत्य स्वरुप’ को दर्शन वा मोक्ष प्राप्त गर्न असमर्थ रहन्छ । यो ‘सत्य’ सँग परिचित भगवानले गीतामा जब पूजा, यज्ञ आदि शव्द प्रयोग गर्नुहुन्छ, त्यसको अर्थ हुन्छ आन्तरिक प्रदेशमा गरिने साधना ।

वर्तमान समयमा पनि अध्यात्मको नाममा वाह्य चन्दन अक्षतायुक्त पूजाहरु, जौ, तिल, घिउ स्वाहा रुपी वाह्य यज्ञहरु प्रचलनमा छन् । स्वयं कृष्ण कै पूजा प्रचलनमा छ । तर गीतामा भगवानले कतै यि वाह्य पूजाहरुको व्याख्या गर्नुभएको पाइँदैन । समर्थन गर्नु भएको पाइँदैन । कर्मयोग वा प्रत्येक कर्मलाई नै पूजा, यज्ञ, साधना बनाएर सम्पादन गर्दै मोक्ष प्राप्तिको विधिको व्याख्या गरिरहनु भएका भगवानले जब पूजा भन्नुहुन्छ, त्यसको अर्थ हुन्छ, स्वयंको हृदयमा अवस्थित परम तत्वसँग एकाकार हुने कुनै पनि प्रयास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1195 0
अवतरण के हो ? 1/9/2023 1092 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 1010 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1042 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1049 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1035 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 954 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 1009 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 935 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1028 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1038 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 921 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 879 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 880 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1045 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 914 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1052 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 844 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1066 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 927 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1021 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 898 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 994 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 839 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 931 0
त्रिगुण के हो ? 1/9/2023 1232 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 903 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 871 0
त्रिगुण र बन्धन 1/9/2023 986 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 866 0
सतगुण के हो ? 1/9/2023 862 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 825 0
मनुष्य उत्पति 1/9/2023 870 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 908 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 778 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 966 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 788 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 838 0
धर्मक्षेत्र के हो ? 1/9/2023 786 0
मोक्ष साधना के हो ? 1/9/2023 815 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 946 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 708 0
यज्ञ के हो ? 1/9/2023 732 0
धर्मयुद्ध के हो ? 1/9/2023 883 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 849 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 834 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 796 0
के हो ईश्वर भजन ? 1/9/2023 843 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 721 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 680 0
कर्म के हो ? 1/9/2023 1228 0
कर्मको गति किन गहन छ ? 1/9/2023 843 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 932 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 803 0
कर्मयोग के हो ? 1/9/2023 820 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 842 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 767 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 872 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 837 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 827 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 934 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1207 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 769 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 727 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 826 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 818 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2033 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 959 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 951 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 824 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1805 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 845 0
वेद के हो ? 1/10/2023 961 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 900 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 924 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 840 0
मृत्यु के हो ? 1/10/2023 929 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 891 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 844 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3899 0