सकाम कर्मका समस्याहरु के के हुन् ?

0 टिप्पणीहरू 879 आगन्तुकहरू

सकाम कर्मको अर्थ हो – कुनै पनि वाह्य सांसारिक फलको आशाले कर्म गर्नु । सकाम कर्ममा मानिस वाह्य सांसारिक विषयहरु प्राप्तिको लागि कर्म गर्दछ । उ मूलतः सांसारिक वैभव, सम्मान, भोग सामाग्रीहरुको प्राप्तिको लागि नै कर्म गर्दछ । प्रयास गर्दछ । प्रत्येक मानिसले जीवनमा कुनै न कुनै परिणाममा यि बाह्य वस्तुहरु प्राप्त पनि गर्दछ । तर मानव जीवन संरचना यस्तो रहस्यमय छ कि यो जीवन संरचनामा कर्मको परिणाम वाह्य रुपमा मात्र प्राप्त हुँदैन । यो संरचनामा प्रत्येक कर्मको आन्तरिक परिणाम पनि प्राप्त हुन्छ । यो आन्तरिक परिणाम मनमा प्राप्त हुन्छ । जीवनमा प्राप्त हुन्छ । जीवन चेतनामा प्राप्त हुन्छ ।

प्रश्न उठ्दछ कि कसरी जब मानिसमा सकाम कर्म वा विषय प्रति रागपूर्ण विचार उत्पन्न हुन्छ ।

त्यो अवस्थामा मनमा छिपेका शाश्वत ईश्वरीय नियमहरुले मानिसको मनमा विषय प्रति रागपूर्ण संस्कारहरु उत्पन्न गर्न थाल्दछ । विस्तार गर्न थाल्दछ । जब विषयहरु प्रतिका संस्कारहरु मनमा बिस्तारित हुन थाल्दछन्, शक्तिशाली हुन थाल्दछ, त्यो अवस्थामा त्रिगुणी संस्कारहरु बारम्बार मनको सत्तामा प्रकट हुन पुग्दछन् । जसको परिणाम स्वरुप मानिस झन् झन् यि कर्महरुमा आकर्षित हुँदा मानिसले मन, शारिरीक, जीवनको क्षेत्रमा अनेकन् भयावह परिणामहरु प्राप्त गर्दछ । उ मानसिक, शारिरीक सहित जीवनका सम्पूर्ण पक्षहरुमा पतन प्राप्त गर्दछ । यो तथ्य भगवानको बचनहरुबाट स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।२–६२।।

विषयहरुको चिन्तन गर्ने मनुष्यको ति विषयहरुमा आशक्ति उत्पन्न हुन जान्छ । अनि आशक्तिबाट विषयहरुको कामना उत्पन्न हुन्छ । अनि कामना (प्राप्ति) मा विघ्न भए क्रोध उत्पन्न हुन्छ ।

क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।२–६३।।

क्रोधबाट अत्यन्त मूढभाव (अविवेकी, बेहोसी) उत्पन्न हुन्छ । मूढभावबाट स्मृतिमा भ्रम उत्पन्न हुन्छ । स्मृति भ्रमले बुद्धि (विवेक) को नाश हुन्छ । बुद्धि (वा विवेक) नाश भएपछि मनुुष्यको पतन हुन्छ ।

सकाम कर्मको कारण जब मानिसमा त्रिगुणी संस्कारहरु (मूलतः तमोगुणी, रजोगुणी) को विस्तार हुन थाल्दछ । यि संस्कारहरुको ‘मूल प्रभाव’ मानिस चेतना वा जागरुकतामा पनि पर्दछ । जब मानिसमा तमोगुण विस्तार हुन्छ, मानिसमा मूढता, आलस्य, अज्ञान जस्ता वृत्तिहरु पलाउन थाल्दछन् (१४–८)। जब मानिसमा रजोगुणको विस्तार हुन थाल्दछ, मानिसमा लोभ, सकाम कर्म वृत्ति, स्वार्थबुद्धि, विषय लालसा आदि भावहरु उत्पन्न हुन थाल्दछन् । (१४–१२) यि गुणहरुले मानिसका विचार, कर्म र सम्पूर्ण जीवनलाई प्रभाव पार्न थाल्दछ । सकाम कर्मको कारण उत्पन्न गुणहरुले मानिसको जीवनलाई कसरी प्रभाव पार्दछन् को विस्तृत व्याख्या अध्याय……………मा गरिएको छ ।

सारांशमा जीवनमा सकाम कर्मको मूल समस्या जीवनको आन्तरिक क्षेत्रमा मूलतः तमोगुणी र रजोगुणी संस्कारहरुको बृद्धि हुनु नै हो । जीवन र आत्मालाई अधोगतिमा लानु नै हो । स्वयंको शत्रु स्वयं बन्नु हो । भगवान भन्नुहुन्छः

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ।।६–५।।

मनुष्यले आफैले आफ्नो (आत्मा) उद्धार गर्नुपर्दछ । (र) आफु (आत्मा) लाई अधोगतिमा लैजानु हुँदैन । किनभने यो जिवात्मा स्वयं नै स्वयंको मित्र हो । स्वयं नै स्वयंको शत्रु हो ।

बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ।।६–६।।

जुन जिवात्माले मन, इन्द्रिय र देहलाई जितेको छ । त्यो जिवात्मा स्वयंको मित्र स्वयं हो । जुन जिवात्माले स्वयंलाई जितेको छैन । त्यो जिवात्मा स्वयं सँग शत्रुको समान शत्रुताको व्यवहार गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1127 0
अवतरण के हो ? 1/9/2023 1038 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 958 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 994 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 999 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 985 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 904 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 961 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 893 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 972 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 996 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 865 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 837 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 840 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1005 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 880 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 982 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 806 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1020 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 883 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 983 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 862 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 954 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 791 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 889 0
त्रिगुण के हो ? 1/9/2023 1178 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 865 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 815 0
त्रिगुण र बन्धन 1/9/2023 940 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 822 0
सतगुण के हो ? 1/9/2023 822 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 779 0
मनुष्य उत्पति 1/9/2023 822 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 866 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 740 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 916 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 738 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 804 0
धर्मक्षेत्र के हो ? 1/9/2023 736 0
मोक्ष साधना के हो ? 1/9/2023 771 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 896 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 664 0
यज्ञ के हो ? 1/9/2023 680 0
धर्मयुद्ध के हो ? 1/9/2023 841 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 809 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 790 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 756 0
के हो ईश्वर भजन ? 1/9/2023 795 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 681 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 628 0
कर्म के हो ? 1/9/2023 1184 0
कर्मको गति किन गहन छ ? 1/9/2023 797 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 757 0
कर्मयोग के हो ? 1/9/2023 778 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 800 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 717 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 828 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 799 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 775 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 890 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1133 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 723 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 685 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 784 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 776 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1985 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 917 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 905 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 782 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1753 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 799 0
वेद के हो ? 1/10/2023 909 0
देवता के हो ? 1/10/2023 877 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 852 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 878 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 806 0
मृत्यु के हो ? 1/10/2023 889 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 849 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 806 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0