कर्मयोग के हो ?

0 टिप्पणीहरू 821 आगन्तुकहरू

मोक्ष प्राप्तिको नाममा कुनै विशेष वाह्य आध्यात्मिकता (पूजा, पाठ, वस्त्र, आभुषण, गुरु, सम्प्रदाय आदि) ग्रहण नगरिकन जीवनको जुन स्थितिमा जे कर्तव्य कर्म प्राप्त भएको छ । त्यो कर्तव्य कर्म प्रति अत्यन्त जागरुक, न राग, न द्वेष वा समभावी बन्दै स्वयंमा छिपेका परमात्मा तत्वसँग ‘योग’ स्थिति स्थापना गर्दै मोक्ष प्राप्त गर्न गरिने साधना नै कर्मयोग हो । कर्मयोगमा मोक्ष प्राप्त गर्न जीवनमा प्रतिक्षण सम्पादन गरिने साधारण कर्महरुलाई नै साधन बनाइन्छ ।
छिपेका गुणहरुको कारण मानिस जीवनका प्रत्येक क्षणमा कुनै न कुनै कर्म गरिरहने (३–८), अनि कुनै न कुनै बन्धन प्राप्त गरिरहने भएकोले कर्मयोग साधना विधिको असाधारण महत्व छ । साधक मोक्ष साधनाको कुनैपनि साधना मार्ग (सांख्ययोग, भक्तियोग, ध्यानयोग वा समत्वबुद्धियोगका अनेकन् विधिहरु) मा साधनारत किन नहोस् । यदि उ स्वयंद्वारा प्रतिक्षण सम्पादित भइरहेका मन, वचन र शारिरीक कर्महरु चाहे ति आध्यात्मिक साधना कर्महरु नै किन नहुन्, प्रति दोषपूर्ण समभावी भाव छैन भने मोक्ष नै असम्भव छ । किनकि – जुन क्षण साधकमा समभाव नष्ट हुन्छ, त्यो क्षण उ संसारमा नै पुग्दछ । मनमा बन्धन नै प्राप्त गर्दछ । यसैले कर्मयोग असाधारण महत्वको छ ।
कर्मयोग उत्पति कहिले भयो ?

मानिसको जीवनमा यसरी कर्मनिष्ट क्षणहरु नै अनुपस्थित रहेको अनि कर्मलाई यज्ञकर्म (कर्मयोग) को रुपमा सम्पादन नगरेको स्थितिमा मानिसमा राग द्वेषका बन्धनहरु उत्पति भई आसुरी सम्पदाहरुको विकास हुन सक्ने भएकोले सृष्टिको आदिकालमा नै सृष्टिकर्ताले यज्ञ (कर्मयोग) को विद्या प्रजा (मानिस) हरुलाई प्रदान गर्नुभयो । यो नै कर्मयोग उत्पति भएको क्षण थियो । जब भगवानले कर्मयोगको व्याख्या गर्नुभयो, त्यहि क्षणमा कर्मलाई यज्ञ कर्म वा कर्मयोगको रुपमा सम्पादन नगर्दा प्राप्त हुने भयावह परिणामको बारेमा पनि सचेत गराउनुभयो । भगवान भन्नुहुन्छः

सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः ।
अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक् ।।३–१०।।

प्रजापति ब्रम्हाले कल्पको आदिमा यज्ञ सहित प्रजालाई रचेर भने (कि), यस यज्ञद्वारा तिमिहरु वृद्धिलाई प्राप्त गर । यो यज्ञ तिमिहरुलाई ‘इष्टकामधुक’ – इष्ट वा परमात्मा सम्बन्धी कामना प्रदान गर्नेछ ।

देवान्भावयतानेन ते देवा भावयन्तु वः ।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।।३–११।।

अनि तिमिहरु यो यज्ञद्वारा देवता (आध्यात्मिक सम्पदा) हरुको उन्नति गर । ति देवताहरु तिमिहरुको उन्नति गरुन् । यस प्रकार परस्परमा उन्नति गदै तिमिहरु परमश्रेय वा मोक्षलाई प्राप्त हुनेछौ ।

यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषैः ।
भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ।।३–१३।।

(निष्काम) यज्ञबाट शेष बचेको अन्न (परिणाम) खाने श्रेष्ठ पुरुष सम्पूर्ण पापहरु (त्रिगुणी विकारहरु) बाट मुक्त हुन्छ । जो मानिसहरु आफ्नो शरीरलाई पोस्न मात्र पकाउँछन् वा कर्म गर्दछन्, ति त पापलाई नै खान्छन् । वा त्रिगुणी विकारहरु नै प्राप्त गर्दछन् ।

एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।।३–१६।।

जो पार्थ, जो पुरुष यो लोकमा यस प्रकार परम्पराबाट प्रचलित सृष्टिचक्र (यज्ञबाट मोेक्षसम्मको जीवन रुपान्तर प्रक्रिया) चल्दैन, त्यो इन्द्रिय भोगमा रमण गर्ने, पापमय जीवन बाँच्ने पुरुष संसारमा व्यर्थ नै बाँच्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1195 0
अवतरण के हो ? 1/9/2023 1092 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 1010 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1042 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1049 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1035 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 954 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 1009 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 935 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1028 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1038 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 921 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 879 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 880 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1045 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 914 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1052 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 844 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1066 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 927 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1021 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 898 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 994 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 839 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 931 0
त्रिगुण के हो ? 1/9/2023 1234 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 903 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 871 0
त्रिगुण र बन्धन 1/9/2023 986 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 866 0
सतगुण के हो ? 1/9/2023 864 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 825 0
मनुष्य उत्पति 1/9/2023 871 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 908 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 778 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 966 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 788 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 838 0
धर्मक्षेत्र के हो ? 1/9/2023 786 0
मोक्ष साधना के हो ? 1/9/2023 815 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 946 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 708 0
यज्ञ के हो ? 1/9/2023 732 0
धर्मयुद्ध के हो ? 1/9/2023 883 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 849 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 834 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 796 0
के हो ईश्वर भजन ? 1/9/2023 843 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 721 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 680 0
कर्म के हो ? 1/9/2023 1228 0
कर्मको गति किन गहन छ ? 1/9/2023 843 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 932 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 803 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 842 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 767 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 872 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 837 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 827 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 934 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1207 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 769 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 727 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 826 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 818 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2033 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 959 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 951 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 824 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1805 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 845 0
वेद के हो ? 1/10/2023 961 0
देवता के हो ? 1/10/2023 925 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 900 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 924 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 840 0
मृत्यु के हो ? 1/10/2023 931 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 891 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 844 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3899 0