स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ?

0 टिप्पणीहरू 873 आगन्तुकहरू

यो जगतमा अनेकन् लोकहरु छन् (६–४१) । भगवान बुद्ध स्वयंले यो सत्यलाई पुष्टी गर्नुभएको छ । भगवान बुद्धको प्रथम वचन धर्मचक्र प्रवद्र्धन सूत्तमा कैयन् उच्च लोकहरुको व्याख्या गरिएको छ । स्वर्ग वा उच्च लोकहरु मानिस (जिवात्मा) ले मृत्यू पश्चात प्राप्त गर्ने एक उच्च लोक हो । स्वर्ग सद्गुण प्रधान लोक हो । गीतामा भगवानले स्वर्गलोकलाई विशाल, दिव्य भोगहरुले युक्त (९–२०, ९–२१) बताउनु भएको छ ।

स्वर्ग कसले प्राप्त गर्दछ ?

जड पक्ष र चेतन पक्षको संयोजनबाट उत्पन्न मानिस अविनाशी आत्मा हो । यो जिवात्मा सृष्टिमा प्रकट–अप्रकट–प्रकट चक्रमा घुमिरहन्छ । (२–२८) जब मानिसको मृत्यू हुन्छ, त्यो क्षणमा वायुले गन्धलाई ग्रहण गरेर लगे झैँ जिवात्माले पनि मन सहित सम्पूर्ण त्रिगुणी संस्कारहरुलाई ग्रहण गर्दछ (१५–८) । जिवात्मामा उपस्थित यहि त्रिगुणी (तम, रज, सत) संस्कारहरुको मात्रा वा परिणामले नै मानिसले मृत्यू पश्चात स्वर्ग (वा उच्च लोकहरु) र नर्क वा (नीच लोकहरु) कुन प्राप्त गर्दछ ?

परमात्मा तत्वको चेतन शक्ति मानिसमा अत्यन्त उच्च अवस्थामा प्रकट छ । यहि उच्च चेतना शक्तिको कारण जिवीतावस्थामा मानिस कुनै पनि विचार, कर्म आदि गर्न स्वतन्त्र छ । सक्षम छ ।

एतां दृष्टिमवष्टभ्य नष्टात्मानोऽल्पबुद्धयः ।
प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतोऽहिताः ।।१६–९।।

यस्तो मिथ्या वा नास्तिक दृष्टि अवलम्बन गरेर जसको स्वभाव नष्ट भएको छ, त्यो मन्दबुद्धि, अपकारी वा सवैको अहित गर्ने, उग्र वा क्रूरकर्मी मनुष्य केवल जगतको नाशको लागि नै उत्पन्न हुन्छन् ।

यो असाधारण जीवन स्थितिमा जब कोहि मानिस धर्म, ईश्वर, मोक्ष आदि तर्फ जब आकर्षित हुन्छ, उ जीवनमा मोक्ष साधना कर्महरु प्रारम्भ गर्दछ । उ शनै शनै स्वयंका मनको सत्तामा सद्गुणहरुको विस्तार गर्दछ । आध्यात्मिक सम्पदाको विस्तार गर्दछ । फेरि मोक्ष सहज छैन । यो जीवनमा नै मोक्ष प्राप्त हुन्छ भन्ने कुनै निश्चितता पनि छैन । जब यस्तो साधक मोक्ष प्राप्त गर्नु अगावै जब मृत्यूलाई प्राप्त गर्दछ, उ (वा सत्गुण प्रधान पूण्य आत्माहरु) ले नै स्वर्गलोक प्राप्त गर्दछ । सजातीय गुणहरु आपसमा आकर्षित हुने ईश्वरीय नियम अनुसार यि आत्माहरु मृत्यू पश्चात स्वर्ग वा उच्चलोकहरु तर्फ बढ्दछन् । यो सत्यमाथि प्रकाश पार्दै भगवान भन्नुहुन्छः

हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।।२–३७।।

कि त तिमी युद्धमा मारिएर स्वर्गलाई प्राप्त गर्नेछौ । अथवा युद्धमा विजयी भएर ‘महीम मोक्ष्यसे’ वा महीम पद भोग्ने छौ (वा प्राप्त गर्नेछौ) । यस कारण हे अर्जुन, युद्धको लागी निश्चय भएर खडा होउ ।

प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ।।६–४१।।

(त्यो) योग भ्रष्ट पुरुष पुण्यकर्म गर्नेहरुलाई प्राप्त हुने लोक (उच्चलोक) लाई प्राप्त गरेर धेरै वर्षसम्म त्यहाँ वास गरेर पुनः शुद्ध आचरण भएका श्रीमान पुरुषहरुको घरमा जन्म लिन्छन् ।

तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ।।६–४३।।

हे कुरुनन्दन ! त्यहाँ त्यो पुरुष पूर्व शरिरमा संग्रह भएका बुद्धि बुद्धियोगका संस्कारहरु अनायास नै प्राप्त गर्दछ । (त्यही संस्कारको कारण) पुनः त्यो पुरुष योग साधना सिद्धिको निमित्त प्रयत्न गर्दछ ।

पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोऽपि सः ।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते ।।६–४४।।

अनि त्यो (श्रीमान् पुरुषहरुको घरमा जन्म प्राप्त गर्ने योग भ्रष्ट) पुरुष विषयहरुबाट पराधिन भए पनि पूर्व मनुष्य जन्ममा अभ्यास गरिएका साधना (संस्कार) को कारणले निसन्देह परमतत्व वा योग प्रति आकर्षित हुन्छ । र (त्यो) समत्व बुद्धिरुप योगको जिज्ञासु वेदमा भनिएका सकाम कर्महरुलाई अतिक्रमण गर्दछ ।

अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ।।१४–१३।।

हे कुरुनन्दन् ! तमगुुणको बृद्धि भएपछि अन्तःकरण र इन्द्रियहरुमा अप्रकाश (चेतनाह्रास, विवेकशक्ति ह्रास), अप्रवृत्ति (निरर्थक बसिरहने, कर्म नगर्ने वृत्ति), प्रमाद (गर्न लायक कर्ममा मन नलाग्नु, गर्न नहुने कर्म जस्तै मद्यपान, धुम्रपान, तास, जुवा आदिमा मन लाग्नु), मोह (विषय मोह) यि वृत्तिहरु उत्पन्न हुुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1123 0
अवतरण के हो ? 1/9/2023 1034 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 956 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 990 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 997 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 979 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 902 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 959 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 889 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 968 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 992 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 861 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 833 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 838 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1001 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 878 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 978 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 804 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1016 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 879 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 977 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 856 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 950 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 787 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 887 0
त्रिगुण के हो ? 1/9/2023 1174 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 861 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 813 0
त्रिगुण र बन्धन 1/9/2023 936 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 818 0
सतगुण के हो ? 1/9/2023 818 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 773 0
मनुष्य उत्पति 1/9/2023 818 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 861 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 738 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 910 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 734 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 802 0
धर्मक्षेत्र के हो ? 1/9/2023 732 0
मोक्ष साधना के हो ? 1/9/2023 767 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 894 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 660 0
यज्ञ के हो ? 1/9/2023 676 0
धर्मयुद्ध के हो ? 1/9/2023 837 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 805 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 788 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 752 0
के हो ईश्वर भजन ? 1/9/2023 791 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 675 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 624 0
कर्म के हो ? 1/9/2023 1180 0
कर्मको गति किन गहन छ ? 1/9/2023 793 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 876 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 755 0
कर्मयोग के हो ? 1/9/2023 774 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 796 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 713 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 826 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 797 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 771 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 886 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1131 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 719 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 681 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 782 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 770 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1983 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 911 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 901 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 778 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1749 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 795 0
वेद के हो ? 1/10/2023 905 0
देवता के हो ? 1/10/2023 873 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 850 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 804 0
मृत्यु के हो ? 1/10/2023 887 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 843 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 804 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0