के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ?

0 टिप्पणीहरू 985 आगन्तुकहरू

कृष्ण ईश्वर हुन् कि होइनन् ? कृष्ण ईश्वका अवतार हुन् की होइनन् ? आदि प्रश्नहरुको स्पष्ट उत्तर प्राप्त गर्न कृष्णको जन्म कहाँ भयो ? कृष्णको जन्म कस्तो परिस्थितिमा तिनको जन्म भयो ? कृष्णको जन्मको क्षणमा के कस्ता अलौकिक घटनाहरु घटे ? आदि बुझ्नु पर्दैन । न त कृष्णलाई ईश्वर हुन की होइनन् यो सत्य बुझ्न कृष्णका वाल्यकाल र युवावस्थाहरुसँग जोडिएका तिनका शक्ति, सामथ्र्य, लिलाहरुका अनेकन् कथा किंवदन्तिहरु सम्म नै पुग्नु पर्दछ । न त कृष्णलाई ईश्वर हुन् कि होइनन् भनि प्रमाणित गर्न कृष्णको कृष्णको धरती, पशुपंक्षी, गाईदेखि यौवनाहरुको हृदयलाई तरङ्गीत गरी भक्तिधारा प्रवाहित गराउने अलौकिक मधूर बाँसुरीको धूनलाई स्मृति गर्नुपर्दछ । न त माथिका घटनाहरुको आधारमा कृष्ण ईश्वर हुन् भनी श्रद्धा वा स्वीकार नै गर्नु पर्दछ ।

कृष्ण ईश्वर हुन् कि होइनन् ? यो सत्यको प्रमाण गीता स्वयं हो । गीताका विद्वत्ता, तर्क, धारणा निरत प्रत्येक शव्द शव्द हुन् । गीताका प्रत्येक शव्दमा प्रकट अकाट्य सत्य नै हो । सृष्टि, जगत उत्पति, मनुष्य उत्पति, जीवन संरचना, जीवन प्रकृया, बन्धन, बन्धनका कारणहरु, मोक्ष, मोक्ष साधना विधिहरु, मोक्ष जीवनका लक्षणहरु, मृत्यु, मृत्यू पश्चातको मानिसको गति, पुनर्जन्म जस्ता अत्यन्त गहन विषयहरुमा भगवानले गीतामा प्रदान गर्नुभएको अलौकिक, असाधारण र अकाट्य ज्ञान नै हुन् ।

संसारका विशिष्ट भन्दा विशिष्ट विद्वानहरु पनि सृष्टि, जीवन, बन्धन, मोक्ष, मृत्यु, मृत्यू पश्चातको जीवन गति जस्ता गहन विषयमा ‘स्पष्ट’ रुपमा बोल्न असमर्थ छन् । जिवन के हो ? मानिसको मनको प्रतिक्षणको दुख के हो ? मानिसको मनको दुखको कारणहरु के हुन् ? मानिसको मनको दुखहरु निवारण गर्ने उपाएहरु के हुन् ? जिवनको विकास के हो ? के जिवनको आन्तरीक विकास सम्भव छ ? जिवनको आन्तरीक विकासको चरम स्थिति के हो ? आदि प्रत्येक मानिसको जिवनमा जोडीएका ति प्रश्नहरु हुन् जून प्रश्नहरुको सहि उत्तर वा समाधान प्रदान गर्न स्टानफोर्ड, हार्वड, कोलम्बीया, अक्सफोर्ड आदि विश्व विद्यालयहरका विशीष्ट विद्वानहरु असमर्थ छन् । संसारीक विद्वानहरु यि गहन विषयहरुमा आफ्नो विचारहरु, धारणाहरु, तर्कहरु आदि व्यक्त गर्न सक्दछन् । (समरण रहोस् सांसारीक विद्धानहरुले यि विषयहरुमा व्यक्त गर्ने विचारहरु स्वयंको मोलीक वा प्रामाणीक ज्ञान नभई यि विषयहरुमा अनेकन् शास्त्रहरुमा प्राप्त जानकारीहरु ने हुन् ) तर भगवान् कृष्ण झैँ विचार, धारणा, तर्क आदिहरुबाट माथि उठेर अकाट्य रुपमा ‘यहि सत्य हो ’ भनेर घोषणा गर्न असमर्थ छन् । यसैले गीताका शब्दहरुलाई आधार मान्दा पनि यो स्पष्ट छ कि कृष्ण अवतार हुन् । कृष्ण साकार साक्षात ईश्वर हुन् । गीताका शव्दहरु कुनै विद्वान महापुरुषका शब्दहरु होइनन् । यो संसारको विशिष्ट भन्दा विशिष्ट विद्वान पनि जनम, मृत्यु, पुर्नजन्म, मृतय पश्चातका गतिहरु जस्तो प्रश्नहरुको उत्तर प्रदान गर्न असमर्थ छ । यसर्थ, गीताका शब्दहरु प्रामाणिक रुपमा साकार रुपमा प्रकट विशुद्ध परमात्मा तत्वको शब्दहरु वा अभिव्यक्तिहरु हुन् । यसैले त कृष्ण यस्तो असाधारण घोषणा गर्न समर्थ छन् ।

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।।१८–६६।।

यसैले सम्पूर्ण धर्म (कर्तव्यकर्म) हरु त्यागेर तिमी केवल एक ‘म’ जिवन्त परमात्मा सत्ताको शरणमा आउ, म तिमीलाई सम्पूर्ण पाप (संस्कार) बाट मुक्त गर्नेछु । तिमी शोक नगर ।

मच्चित्तः सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि ।
अथ चेत्त्वमहङ्कारान्न श्रोष्यसि विनङ्क्ष्यसि ।।१८–५८।।

यसप्रकार ममा निरन्तर चित्त लगाउने भएर तिमी मेरो कृपाले मन र इन्द्रियका सम्पूर्ण विघ्नहरु (संस्कारहरु) अनायास नै पार गर्नेछौ, यदि तिमी अहंकारको कारण मेरो वचनलाई सुन्दैनौ भने तिमी पतन हुनेछौ वा नष्ट हुनेछौ ।

मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ।।१८–६५।।

हे अर्जुन ! तिमी ममा मन भएको बन । मेरो भक्त बन । मेरो श्रद्धापूर्वक पुजा गर्ने बन । (र) मलाई नै नमन वा नमस्कार गर । यसो गर्नाले तिमी मलाई नै प्राप्त हुनेछौ । यो म तिम्रो सामु सत्य प्रतिज्ञा गर्दछु, किनकी तिमी मलाई अत्यन्त प्रिय छौ ।

कृष्ण किन ईश्वर हुनुहुन्छ ? किन साधारण मानिस हुनुहुन्न भन्ने सत्यलाई युद्धमा कृष्णको भुमिकाले पनि स्पष्ट पार्दछ । कुरुक्षेत्रमा कृष्णको उपस्थिति अर्जुनको सारथीको रुपमा छ । सारथी वा एक साधारण रथ चालक । भगवान त्यो भूमिकामा हुनुहुन्छ, जहाँ शिष्यले गुरुलाई आज्ञा दिन सक्दछ । अनि गुरुले त्यो स्वीकार गर्नुपर्दछ । फेरि भगवान कृष्णले सारथीको भूमिका सहज रुपमा निभाइरहनुभएको छ । उहाँ शिष्यले जहाँ जहाँ भन्दछ, त्यहिँ त्यहिँ रथ लगिरहनु भएको छ । फेरि भगवान पूर्ण शान्त ‘सम’ स्थितिमा हुनुहुन्छ । उहाँमा न म गुरु हुँ भन्ने बोध छ । न अर्जुन शिष्य हुँन् भन्ने बोध छ । न समाजले शिष्यको स्थानमा रहेको गुरुको भूमीकालाई कसरी मूल्याङ्कन गरिरहेको छ ? भन्ने चिन्ता वा चासो छ । न त शिष्यको रथ चलाइरहेको छु भन्ने बोधले अहंलाई चोट पुगी कतै गहिराइमा मन दुखिरहेको छ । भगवान् शान्त सम स्थितिमा हुनुहुन्छ । के यो स्थिति साधारण मानिसमा सम्भव छ र ?

कृष्ण साधारण मानिस होइनन्, ईश्वर हुन् भन्ने अर्को झलक पनि गीतामा नै देख्न सकिन्छ । युद्धभूमीमा अर्जुन काका, मामा आदि स्वजनहरुबाट मोह प्राप्त गरेका छन् । तिनी धर्म के हो ? अधर्म के हो ? आदि विषयहरुमा भगवान कृष्णलाई एक लामो धार्मिक झै प्रतित हुने प्रवचन दिइरहेका छन् । फेरि भगवान् कृष्ण विषय बन्धनको कारणले सिर्जित यो मीथ्या प्रवचनको क्षणमा भगवान मात्र मुस्कुराएर सुनिरहनु भएको छ । भगवान् पूर्णतः प्रतिक्रिया विहीन हुनुहुन्छ ।

अन्ततः विषयको सघन मोहमा परेका अर्जुन युद्ध त्यागको घोषणा गर्दछन्, यो युद्धमा अर्जुनको युद्ध त्यागको अर्थ हुन्छ पाण्डवहरुको पराजय । भगवान् पाण्डवहरुको युद्धको जय पराजयसँग जोडिनुभएको छ । पाण्डवहरुको पराजयको स्पष्ट अर्थ हुन्छ – स्वयं (कृष्ण) को पराजय अथवा असाधारण शक्तिवान पुरुषको रुपमा चर्चित कृष्णको व्यक्तित्वको सम्पूर्ण रुपमा अवशान । भगवान यि सम्पूर्ण तथ्यहरुसँग परिचित हुनुुहुन्छ । फेरि भगवान् अर्जुनको युद्ध त्यागको घोषणाले रत्तिभर पनि विचलित हुनुहुन्न । उहाँ सदाझैँ ‘सम’ स्थितिमा हुनुहुन्छ । मुस्कुराइरहनु भएको छ । प्रतिक्रिया विहीन हुनुुहुन्छ । उहाँको मनको शान्त सागरमा अर्जुन प्रति कुनै क्रोध र रोषका भावहरु पनि उठेका छैनन् । मात्र अर्जुनको अज्ञानता प्रति करुणाका लहरहरु उठेको छ । के यो साधारण मानिसको मनको स्थिति हुन सक्दछ र ? के यो कुनै सांसारीक महापुरुषको जिवनमा सम्भव छ ? माथिका सम्पूर्ण तथ्यहरुबाट यो स्पष्ट छ कि भगवान् कुनै साधारण पुरुष वा विशिष्ट महापुरुष हुनुहुन्न, भगवान् स्पष्ट रुपमा ईश्वरीय अवतार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1149 0
अवतरण के हो ? 1/9/2023 1058 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1008 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1021 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1011 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 930 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 985 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 915 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1002 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1018 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 893 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 855 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 856 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1025 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 896 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1018 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 824 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1042 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 907 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1001 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 876 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 970 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 815 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 909 0
त्रिगुण के हो ? 1/9/2023 1196 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 879 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 843 0
त्रिगुण र बन्धन 1/9/2023 958 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 844 0
सतगुण के हो ? 1/9/2023 842 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 801 0
मनुष्य उत्पति 1/9/2023 848 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 884 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 756 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 936 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 762 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 822 0
धर्मक्षेत्र के हो ? 1/9/2023 762 0
मोक्ष साधना के हो ? 1/9/2023 787 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 924 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 682 0
यज्ञ के हो ? 1/9/2023 698 0
धर्मयुद्ध के हो ? 1/9/2023 859 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 829 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 810 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 770 0
के हो ईश्वर भजन ? 1/9/2023 811 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 699 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 650 0
कर्म के हो ? 1/9/2023 1198 0
कर्मको गति किन गहन छ ? 1/9/2023 819 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 900 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 781 0
कर्मयोग के हो ? 1/9/2023 792 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 820 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 733 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 850 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 819 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 801 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 910 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1181 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 741 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 703 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 804 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 798 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2007 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 933 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 929 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 802 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1777 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 819 0
वेद के हो ? 1/10/2023 929 0
देवता के हो ? 1/10/2023 897 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 878 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 892 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 820 0
मृत्यु के हो ? 1/10/2023 903 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 867 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 822 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3806 0