मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु

0 टिप्पणीहरू 862 आगन्तुकहरू

जब तँपाई यो जगतका प्रसिद्ध महापुरुष महातमागान्धी, मदर टेरेसा, अब्राहम लिंकन, नेपोलिएन बोनापार्ट, अल्बर्ट आइन्सटाइनको जिवनलाई गहिरिएर अवलोकन गर्नुहुन्छ, तँपाई यि महापुरुष असाधारण संकल्प शक्ति, साहस, विरता, सुरता, प्रेम, करुणा, रचनात्मक्ता, संघर्ष शक्ति आदि विभूति वा विशिष्ट गूणहरु प्रकट भइरहेको स्पष्ट देख्नुहुन्छ । विश्व प्रसिद्ध महापुरुषहरु झै असाधारण परिणाममा नभए पनि कुनै न कुनै परिणाममा तँपाई यो जगतका असंख्य मानिसहरुमा कुनै न कुनै विभूति वा विशिष्ट गूणहरु प्रकट भइरहेको देख्नुहुन्छ । यो स्थितिमा प्रश्न उठ्छ कि आखीर मानिस प्रकट भइरहेका यी विभूतिहरु के हुन् ? के मानिसमा प्रकट भइरहेका यी विभूति वा विशिष्ट गूणहरुको श्रोत वा उत्पत्ति सथल के हो ? गीतामा भगवान् कृष्णले व्याख्या गर्नुभए अनुसार मानिसमा प्रकट भइरहेका शक्ति, सामथ्र्य, संकल्प, कला, रचनात्मकता आदि विभूतिहरु मानिस स्वयंका गुण होइनन् । ती विभूतिहरु तँपाईमा छिपेका परमात्मा तत्वको गूणहरु मात्र हुन् । तँपाईमा आत्मा रुपमा उपस्थित परमात्मा तत्वका साहस, शक्ती, संकल्प, प्रेम, करुणा आदि अनेकन् विशिष्ट गूणहरु छिपेका छन् । जब तँपाई यि गूणहरुलाई मलजल गर्दै जानुहुन्छ, शनै शनै यी गूणहरु तँपाईमा पनि विभूतिको रुपमा प्रकट हुन थाल्दछन् । गीतामा भगवान् कृष्णले उद्धरण गर्नुभएका मानिस प्रकट भइरहेका परमात्मा तत्वका विभूति वा विशीष्ट गूणहरु केहि उदाहरणहरुः

– पुरुषको पुरुषार्थ, तपस्वीको तप, तेजस्वीको तेज
रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ।।७–८।।

हे अर्जुन ! म जलमा रस हुँ । चन्द्रमा र सूर्यमा प्रकाश हुँ । सम्पूर्ण वेदहरुमा ओमकार हुँ । आकाशमा शव्द हुँ । पुरुषमा पुरुषार्थ हुँ ।

बलवान पुरुषको सामथ्र्य बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोऽस्मि भरतर्षभ ।।७–११।।

हे भरत श्रेष्ठ ! म बलवानहरुको आशक्ति र कामनाहरुले रहित बल वा सामथ्र्य हुँ । सम्पूर्ण प्राणीहरुमा धर्मको अनुकूल काम हुँ ।

बुद्धिमान मानिसको बुद्धि बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ।।७–१०।।

हे पार्थ ! तिमी सम्पूर्ण भूत (प्राणी) हरुको सनातन कारण मलाई नै जान । म बुद्धिमानहरुको बुद्धि, तेजस्वीहरुको तेज हुँ ।

मानिसको निश्चय गर्ने शक्ति, यथार्थज्ञान, असमूढता, क्षमा, सत्य, दम (इन्द्रिय निग्रह), मन निग्रह, अभय, अहिँसा, समता, सन्तोष, तप, दान, किर्ति, अपकिर्ति

बुद्धिर्ज्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च ।।१०–४।।
अहिंसा समता तुष्टिस्तपो दानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः ।।१०–५।।

अर्जुन ! निश्चयात्मक बुद्धि, ज्ञान (मोक्ष, सत्य साधना ज्ञान), असम्मोह, क्षमा, सत्य, दम (इन्द्रिय निग्रह), शम (मन, निग्रह), तथा सुख दुख, उत्पति प्रलय, भय, अभय, अहिंसा, समता, संतोष, तप, दान, कीर्ति, अपकीर्ति यि प्राणीहरुका अनेकन प्रकारका भावहरु मबाट नै (उत्पन्न) हुन्छन् ।

स्त्रीमा किर्ति, श्री, वाक, स्मृति, मेधा, धृति, क्षमा
मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम् ।
कीर्तिः श्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमा ।।१०–३४।।

म सम्पूर्ण नाश गर्ने मृत्यू र भविष्यमा हुने उत्पतिको कारण तथा स्त्रीहरुमा कीर्ति, श्री, वाक्, स्मृति, मेधा, धृति र क्षमा हुँ ।

प्रभावशाली पुरुषको प्रभाव
द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्ववतामहम् ।।१०–३६।।

म छल गर्नेहरुमा जुवा, (र) तेजस्वी पुरुषहरुको तेज हुँ । म जित्नेहरुको विजय हुँ । निश्चय गर्नेहरुको निष्चय र सात्वीक पुरुषहरुको सात्वीक भाव हुँ ।

विजयी पुरुषको विजय, निश्चय शक्ति
द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्ववतामहम् ।।१०–३६।।

म छल गर्नेहरुमा जुवा, (र) तेजस्वी पुरुषहरुको तेज हुँ । म जित्नेहरुको विजय हुँ । निश्चय गर्नेहरुको निष्चय र सात्वीक पुरुषहरुको सात्वीक भाव हुँ ।

सात्वीक पुरुषको सात्वीक भाव
द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्ववतामहम् ।।१०–३६।।

म छल गर्नेहरुमा जुवा, (र) तेजस्वी पुरुषहरुको तेज हुँ । म जित्नेहरुको विजय हुँ । निश्चय गर्नेहरुको निष्चय र सात्वीक पुरुषहरुको सात्वीक भाव हुँ ।

वृष्णि वंशीमा वासुदेव, पाण्डवमा अर्जुन, मूनिमा वेदव्यास
वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः ।
मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ।।१०–३७।।

अनि वृष्णि वशींहरुमा वासुदेव पुत्र कृष्ण, पाण्डवहरुमा धनन्जय वा अर्जुन, मूनीहरुमा वेदव्यास र कविहरुमा शुक्राचार्य पनि म हुँ ।

कविमा शुक्राचार्य
वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः ।
मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ।।१०–३७।।

अनि वृष्णि वशींहरुमा वासुदेव पुत्र कृष्ण, पाण्डवहरुमा धनन्जय वा अर्जुन, मूनीहरुमा वेदव्यास र कविहरुमा शुक्राचार्य पनि म हुँ ।

ज्ञानवानको तत्वज्ञान
दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम् ।
मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम् ।।१०–३८।।

दमन गर्नेहरुमा दण्ड हुँ । जित्ने इच्छा गर्नेहरुको नीति हुँ । गुप्त राख्न योग्य भावहरुमा मौन हुँ । तथा ज्ञानवानहरुको तत्वज्ञान म नै हुँ ।

समृद्धिमा धनको स्वामी कुवेर
रुद्राणां शङ्करश्चास्मि वित्तेशो यक्षरक्षसाम् ।
वसूनां पावकश्चास्मि मेरुः शिखरिणामहम् ।।१०–२३।।

म एकादश रुद्रमा शंकर हुँ । यक्ष तथा राक्षसमा कुवर हुँ । आठ वसुदेवतामा अग्नि हुँ । शिखर भएको पर्वतहरुमा सुमेरु हुँ ।

पुरोहितमा वृहस्पति
पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् ।
सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः ।।१०–२४।।

पुरोहितमा मूख्य वृहस्पति भन्ने जान । हे पार्थ ! म सेनापतिहरुमा कार्तिके र जलाशयमा समून्द्र हुँ ।

मनुष्यमा राजा
पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् ।
सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः ।।१०–२४।।

पुरोहितमा मूख्य वृहस्पति भन्ने जान । हे पार्थ ! म सेनापतिहरुमा कार्तिके र जलाशयमा समून्द्र हुँ ।

शासकमा यम राजा
यच्चापि सर्वभूतानां बीजं तदहमर्जुन ।
न तदस्ति विना यत्स्यान्मया भूतं चराचरम् ।।१०–३९।।

अनि हे अर्जुन ! सम्पूर्ण प्राणीहरुको विज (उत्पतिको कारण) त्यो पनि म हुँ (किनभने) चर र अचर त्यस्तो प्राणी छैन, जो मबाट रहित होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1125 0
अवतरण के हो ? 1/9/2023 1036 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 958 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 992 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 999 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 983 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 904 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 961 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 891 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 970 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 994 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 834 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 840 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1003 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 878 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 980 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 804 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1018 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 881 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 981 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 860 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 952 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 789 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 889 0
त्रिगुण के हो ? 1/9/2023 1176 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 863 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 815 0
त्रिगुण र बन्धन 1/9/2023 938 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 820 0
सतगुण के हो ? 1/9/2023 820 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 777 0
मनुष्य उत्पति 1/9/2023 820 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 864 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 738 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 914 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 736 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 802 0
धर्मक्षेत्र के हो ? 1/9/2023 734 0
मोक्ष साधना के हो ? 1/9/2023 769 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 896 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 661 0
यज्ञ के हो ? 1/9/2023 678 0
धर्मयुद्ध के हो ? 1/9/2023 838 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 807 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 790 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 754 0
के हो ईश्वर भजन ? 1/9/2023 793 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 677 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 626 0
कर्म के हो ? 1/9/2023 1182 0
कर्मको गति किन गहन छ ? 1/9/2023 795 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 878 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 757 0
कर्मयोग के हो ? 1/9/2023 776 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 798 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 717 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 828 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 799 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 773 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 888 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1133 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 721 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 681 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 784 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 774 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1985 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 915 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 903 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 780 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1751 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 797 0
वेद के हो ? 1/10/2023 905 0
देवता के हो ? 1/10/2023 875 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 852 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 875 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 806 0
मृत्यु के हो ? 1/10/2023 887 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 847 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 804 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0