के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ?

0 टिप्पणीहरू 952 आगन्तुकहरू

परमात्मा, परमात्मा दर्शन, परमात्मा प्राप्ति, परमात्मा साक्षात्कार आदि शव्द आध्यात्मिक जगतका चर्चित शव्दहरु हुन् । फेरि वर्तमान समयमा यि शव्दहरु अपभं्रशित भएका छन् । परमात्मा यो भ्रम मूलत ईश्वर भन्नु ‘निराकार तत्व’ नभई ‘साक्षात् साकार रुप’ हो भन्ने मानिसहरुको भ्रमपूर्ण बुझाईको कारण नै जन्म भएको छ । गीता वा सत्य

धर्मशास्त्रहरुलाई सुक्ष्म रुपमा अध्ययन गरी ति शास्त्रहरुले व्याख्या गरेको ईश्वर वा परमात्माको मूल मर्मलाई ग्रहण नगरी असत, भ्रामक, मीथ्या, शास्त्रहरुमा व्याख्या गरीएका परमात्मा प्रकट सम्बन्धी अनेकन् मनगढंत कथाहरुमा मानिसहरुले विश्वास गरको कारण नै उत्पन्न भएको हो । गीतामा भगवान् कृष्ण स्वयंले आफुलाई निराकार परमात्मा तत्वको अवतार वा अवतरण भन्नु भएको छ । अथवा, स्वयं मुल रुपमा निराकार परमात्मा तत्व भएको बताउनु भएको छ, फेरि मानिसहरु कृष्णको सत्य निराकार स्वरुप प्रति उदासीन छन्, मानिसहरु कृष्णको बाह्य स्थूल शरीरलाई नै सत्य स्वरुप मान्दै कृष्णलाई व्यक्तिको रुपमा बुझ्दछन् । कृष्णलाई तत्वको रुपमा बुझ्दैनन् ।

जब तँपाई कृष्णलाई ‘तत्व’ को रुपमा नबुझी ‘व्यक्ति’ को रुपमा बुझ्नुहुन्छ, त्यो समयमा तँपाई परमात्मा दर्शनको ईश्वरको साक्षत साकार रुप प्रकटको दर्शन हो भनेर बुझ्नुहुन्छ । साकार रपमा प्रकट भइरहेको परमात्माको दर्शनले तँपाई कुनै आध्यातमीक रुपान्तरण वा मोक्ष प्राप्त गर्न सक्नुहुन्न । साकार रुपमा प्रकट भइरहेको ईश्वरले तँपाईलाई हात उठाएर ‘तथास्तू’ शैलीमा तँपाईका मनोकामनाहरु पूरा गर्न सक्दैन भन्ने तथ्यलाई तँपाई बुझ्न सक्नुहुन्न । अर्जुन स्वयं भगवान् कृष्णको प्रिय सखी वा शीष्य छन्, भगवान् स्वयं साकार रुपमा अर्जुनका अगाडी उभीरहनु भएको छ, फेरि भगवान् अनेकन् दुख, व्यथा, पिडा आदिहरुले श्याकूल अर्जुनलाई यो दुखबाट मुक्तगर्न सक्नुहुन्न भन्ने सत्यलाई तँपाई बुझ्न सक्नुहुन्न ।

वर्तमान समयमा पनि असंख्य साधकहरु परमात्मा भन्ने वित्तिकै परमात्मालाई ‘व्यक्ति’ को रुपमा बुझ्दछन् । वाह्य रुपमा नै साक्षात परमात्मा प्रकटिकरण र दर्शन (देख्नु) को अभिलाषा राख्दछन् । ईश्वरको प्रत्यक्ष दर्शनको लागि गहन भावमा प्रार्थना गर्दछन् । मन्दीर, ईश्वरको प्रतिमाको अगाडि बसेर हात जोडेर ईश्वरको साकार दर्शनको अभीलाषा राख्दछन् । ईश्वर सम्बन्धी यो धारणा अत्यन्त भ्रमपूर्ण, मीथ्या र असत् छ । साधना वा मोक्ष दृष्टिले यो धारणा भयावह, विपरित परिणामदायी र बन्धनकारी छ ।

परमात्मा तत्व जब साकार रुपमा प्रकट हुन्छ, यो आकस्मिक प्रकट नभई परमात्मा तत्वले धर्मको नाश र अर्धमको नाश र अर्धमको विस्तार भएको बोध पश्चात सत्यमोक्ष विद्या पूर्व जिवीत गर्न लिइएको अवतार हुन्छ । गीतानै यो सत्यको प्रमाण छ । यो तथ्य स्पष्ट छ कि ईश्वर मनुष्य रुपमा अवतरित हुन्छ, तर यो अवतरणलाई कुनै ‘एक’ प्रिय शिष्यको अनन्य भक्ति पूर्ण पुकारको कारण कुनै एक विशेष व्यक्तिलाई उद्धार गर्न नभई सम्पूर्ण मानव जातिको मोक्षको लागि धर्म स्थापना गर्न युग युगमा अवतरित हुन्छ भन्ने घोषणा गीतामा स्वयं भगवान कृष्णले गर्नुभएको छ ।

अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् ।
प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ।।४–६।।

म अजन्मा र अविनाशी स्वरुप भएर पनि (तथा) सम्पूर्ण प्राणीहरुको ईश्वर भएर पनि स्वाम् प्रकृतिम् वा आफ्नो प्रकृतिलाई अधिन गरेर आफ्नो योगमायाबाट प्रकट हुन्छु ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।४–७।।

हे भारत ! जब जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ, तब तब म साकार रुपमा प्रकट हुन्छु ।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।४–८।।

साधु (साधक) पुरुषहरुको उद्धार गर्न, दुष्कृताम् वा (मोक्ष विद्या लुप्त भएकोले संस्कार विनास गर्ने विधि ज्ञात नहुँदा पाप वा विकार कर्म गर्न विवशहरुको सत्य मोक्ष विद्याद्वारा पाप वा विकार) विनाश गर्न र धर्मलाई स्थापना गर्न म युग युगमा प्रकट हुन्छु ।

केहि पौराणीक धार्मिक कथाहरु वा पूराणहरुमा ईश्वर भक्तहरुको पुकार पश्चात साक्षात रुपमा प्रकट भएका कथाहरु छन् । तर वर्तमान समयमा यसरी कुनै भक्तको पुकारको कारण परमात्मा प्रकट भएको उदाहरणहरु नदेखीएकोले यी ईश्वर प्रकृट सम्बन्धी पौराणीक कथाहरु सत्य हुन् कि होइनन् भन्ने प्रश्नहरु उठ्दछन् । गीतामा ईश्वर कुनै भक्तको पुकारमा आकस्मिक रुपमा प्रकट हुनुभएको छैन । भगवानले अर्जुनलाई स्वयंका दिव्य रुप दर्शन प्रदान गर्नुभएको छ । यसको अर्थ हुन्छ – यदि ईश्वर अवतारको रुपमा पृथ्वीमा उपस्थित छ भने उसले अनेक रुपहरुमा प्रकट पनि गर्दछ । यहाँ स्मरणीय के छ भने भगवान्को विव्यरुपको दर्शन प्राप्त गरेर न त अर्जुनको व्यथाहरु नाश भएका छन्, न त अर्जुनले मोक्ष नै प्राप्त गरेका छन् ।

वाह्य रुपमा अवतरित वा प्रकट ईश्वर कुनै शीष्यलाई मोक्ष प्रदान गर्न असमर्थ रहन्छ, भने यो क्षणमा एक गम्भीर प्रश्न उठ्छ कि यदि वाह्य रुपमा परमात्माको दर्शन प्राप्त हुँदा पनि यदि मोक्ष प्राप्त हुँदैन भने बाह्य परमात्मा दर्शनको के अर्थ छ ? वाह्य रुपमा परमात्मा प्रकट होस् भन्ने हेतूले प्राथना, पूजा वा अन्य कुनै साधना गर्नुको के अर्थ छ ? स्पष्ट छ वाह्य रुपमा परमात्माको दर्शन वा प्रकृट सम्बन्धि सम्पूर्ण धारणाहरु अर्थहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1093 0
अवतरण के हो ? 1/9/2023 986 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 932 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 958 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 961 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 929 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 880 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 941 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 849 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 914 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 946 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 813 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 743 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 794 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 840 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 778 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 966 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 851 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 822 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 914 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 745 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 857 0
त्रिगुण के हो ? 1/9/2023 1150 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 827 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 791 0
त्रिगुण र बन्धन 1/9/2023 910 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 776 0
सतगुण के हो ? 1/9/2023 754 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 751 0
मनुष्य उत्पति 1/9/2023 788 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 826 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 694 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 870 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 697 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 710 0
मोक्ष साधना के हो ? 1/9/2023 727 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 862 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 640 0
धर्मयुद्ध के हो ? 1/9/2023 813 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 779 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 748 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 706 0
के हो ईश्वर भजन ? 1/9/2023 767 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 653 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1154 0
कर्मको गति किन गहन छ ? 1/9/2023 743 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 826 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 729 0
कर्मयोग के हो ? 1/9/2023 728 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 756 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 691 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 796 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 765 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 729 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 834 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1073 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 681 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 643 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 736 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 740 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1925 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 855 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 859 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 746 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1703 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 767 0
वेद के हो ? 1/10/2023 799 0
देवता के हो ? 1/10/2023 835 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 826 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 814 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 774 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 799 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 768 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3559 0