त्रिगुण के हो ?

0 टिप्पणीहरू 1151 आगन्तुकहरू

स्वयं भगवानले मामिकाम प्रकृति वा मेरो प्रकृति (९–७) भनेर व्याख्या गर्नुभएको त्रिगुण वा तमगुण, रजगुण, सतगुण सृष्टिमा उपस्थित ति रहस्यमय अनादी (१३–१९) तत्वहरु हुन्, जहाँ प्रत्येक तत्वका पृथक पृथक गुणहरु र कार्यहरु छन् । (प्रत्येक गुणहरुको विस्तृत व्याख्या यहि अध्यायमा गरिएको छ ।) ति असाधारण छन् । यि त्रिगुणी तत्वहरु यति असाधारण छन् कि यि तत्वहरु यो सृष्टिसँग जोडिएको छ । मानिसहरु लगायत अनेकन् योनीहरुमा उपस्थित प्राणीहरुको उत्पत्तिसँग जोडिएको छ । मानिसको बन्धन (विकार, संस्कार, पाप) हरुसँग जोडिएको छ । मानिसको प्रतिक्षणको दुःख सुखसँग जोडिएको छ । मानिसको प्रतिक्षणको विचार र कर्मसँग जोडिएको छ । सृष्टिका सम्पूर्ण पदार्थको उत्पतिसँग जोडिएको छ । यो जगतका सम्पूर्ण वस्तुहरुको उत्पति, परिवर्तन, विनाश र पुनः उत्पतिसँग जोडिएको छ । सृष्टिमा त्रिगुण भूमिकाको चर्चा गर्दै भगवान भन्नुहुन्छः

त्रिगुणी र चराचर जगतको उत्पति र त्रिगुणी

मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ।।९–१०।।

(त्रिगुणी) प्रकृति मेरो अध्यक्षतामा उपस्थितिमा यो चराचर सहित सम्पूर्ण जगतको रचना गर्दछ । हे कुन्तिनन्दन ! यहि कारण यो जगत परिवर्तन (उत्पति विनास) भइरहन्छ ।

त्रिगुणी र मानिस सहित सम्पूर्ण मूल प्राणीहरुको उत्पति, परिवर्तन, विलय, पुनः उत्पति

मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।

हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।

सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।

हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ ।

सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ।।९–७।।

हे अर्जुन ! कल्पको अन्तमा सम्पूर्ण प्राणी मेरो (त्रिगुणी) प्रकृतिलाई प्राप्त हुन्छ । अथवा मेरो (त्रिगुणी) प्रकृतिमा लीन हुन्छन् । अनि कल्पको आदिमा तिनलाई म फेरि रच्दछु ।

प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ।। ९–८।।

आफ्नो (त्रिगुणी) प्रकृतिलाई अङ्गीकार गरेर स्वभावको कारण परतन्त्र भएका सम्पूर्ण प्राणी समुदायलाई बारम्बार (प्रकृति) अनुसार रच्दछु ।

त्रिगुणी र पदार्थ उत्पति

प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ।।१३–१९।।

अनि त्रिगुणी प्रकृति र पुरुष (क्षेत्रज्ञ) लाई तिमी अनादि जान । र सम्पूर्ण राग द्वेष आदि विकार तथा त्रिगुणी सम्पूर्ण पदार्थलाई त्रिगुणी प्रकृतिबाट उत्पन्न जान ।
त्रिगुणी र कार्य–कारण–कार्य–चक्र

कार्यकारणकर्तृत्वे हेतुः प्रकृतिरुच्यते ।
पुरुषः सुखदुःखानां भोक्तृत्वे हेतुरुच्यते ।।१३–२०।।

किनभने त्रिगुणी प्रकृतिलाई कार्य र कारण (कार्य, कारण, कार्य ……चक्र) उत्पन्न गर्नुमा हेतुु भनिन्छ । पुुरुषः (जिवात्मा) चाहिँ सुख, दुःखहरुको भोक्तापनको अर्थात् भोग्नुुको हेतुु भनिन्छ ।

त्रिगुणको उत्पति कहिले भयो ?

प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ।।१३–१९।।

अनि त्रिगुणी प्रकृति र पुरुष (क्षेत्रज्ञ) लाई तिमी अनादि जान । र सम्पूर्ण राग द्वेष आदि विकार तथा त्रिगुणी सम्पूर्ण पदार्थलाई त्रिगुणी प्रकृतिबाट उत्पन्न जान ।

भगवान कृष्ण स्वयंले ईश्वर तत्व झैँ त्रिगुणी प्रकृतिलाई पनि ‘अनादी’ तत्व हो भनी बताउनु भएकोले तमगुण, रजगुण, सतगुणको उत्पति कहिले भयो भन्ने प्रश्न नै अप्रासांगीक हुन पुग्दछ । मात्र भन्न सकिन्छ – अजन्मा, अविनाशी, त्रिगुणी प्रकृति तत्व र चेतन पुरुष तत्व अस्तित्वमा सधैँ नै उपस्थित छन् । सृष्टि नै यि दुई तत्वहरुको संयोजनबाट भएकोले यो चराचर जगत वा ब्रम्हाण्डको उत्पति हुनु भन्दा पूर्वकाल देखि नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1095 0
अवतरण के हो ? 1/9/2023 988 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 932 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 960 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 963 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 931 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 880 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 943 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 851 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 916 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 948 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 815 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 743 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 796 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 840 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 780 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 966 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 853 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 953 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 822 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 916 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 747 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 857 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 827 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 793 0
त्रिगुण र बन्धन 1/9/2023 912 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 778 0
सतगुण के हो ? 1/9/2023 756 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 753 0
मनुष्य उत्पति 1/9/2023 790 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 826 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 696 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 872 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 697 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 712 0
मोक्ष साधना के हो ? 1/9/2023 727 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 862 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 642 0
धर्मयुद्ध के हो ? 1/9/2023 813 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 781 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 748 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 706 0
के हो ईश्वर भजन ? 1/9/2023 769 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 655 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1154 0
कर्मको गति किन गहन छ ? 1/9/2023 745 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 828 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 729 0
कर्मयोग के हो ? 1/9/2023 730 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 756 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 693 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 798 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 767 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 729 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 834 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1073 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 683 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 643 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 738 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 742 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1927 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 855 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 859 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 746 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1703 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 769 0
वेद के हो ? 1/10/2023 799 0
देवता के हो ? 1/10/2023 835 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 826 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 814 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 776 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 799 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 768 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3559 0