मोक्ष साधना के हो ?

0 टिप्पणीहरू 726 आगन्तुकहरू

ईश्वर तत्व के हो ? ईश्वर तत्वमा के के छिपेको छ ? त्रिगुण के हो ? त्रिगुण तत्वमा के के छिपेको छ ? जगतका त्रिगुणी विषयहरु, मानिसमा उपस्थित त्रिगुण र शाश्वत ईश्वरीय नियमहरुको संयोजनबाट कसरी बन्धन (संस्कार, पाप, विकार, कर्मविज, कर्म बन्धन आदि) हरु उत्पन्न हुन्छन् ? अनि यि बन्धनहरुले कसरी मानिसको जीवनमा प्रतिक्षण द्वन्द्व, अस्थिरता, अशान्ति, दुःख आदि उत्पन्न गरेर प्रताडित गर्दछन् ? कसरी सत्य, मोक्ष, ईश्वरत्व आदि प्राप्ति नै सम्भावना उपस्थित रहेको मानिसको अमूल्य जीवनलाई तुच्छ सांसारिक लक्ष्यहरु तर्फ डोर्‍याएर नाश गर्दछन् ? कसरी स्वयंलाई छोपिदिएर ‘म’ भाव, देह भाव आदिलाई झन् झन् सघन बनाएर ‘मूढता’ उत्पन्न गरेर संसारमा बाँधिदिन्छन् ? अनि कसरी मृत्यू पश्चात पनि यि बन्धनहरुले मानिसको जीवन गतिलाई प्रभावित पार्दछन् आदि प्रश्नहरुको व्याख्या गरियो ।

यो अध्यायमा मूलतः साधना वा मोक्ष साधनाको बारेमा व्याख्या गरिन्छ । भगवान स्वयं मनुष्यहरुको वर्तमान जीवन र मृत्यू पश्चातका जीवनहरुको अन्तहीन दुःख देखेर साधू (साधक) हरुको संस्कार (वा पाप) हरुलाई नाश गर्ने सत्य मोक्ष साधना विधिहरुको व्याख्या गर्न पृथ्वीमा अवतरित हुनुभएको छ (४–८) । यो अध्यायमा भगवानद्वारा व्याख्या गरिएका मोक्ष साधनाका विभिन्न पक्षहरुको बारेमा प्रकाश पारिनेछ ।

सर्वप्रथम साधना वा मोक्ष साधना के हो ?

सरल अर्थमा साधनाको अर्थ हो – मनका त्रिगुणी संस्कारहरुलाई पूर्णरुपमा भष्म वा विनाश गरी ‘स्वस्वरुप’ लाई प्राप्त गर्ने आध्यात्मिक प्रक्रिया मोक्ष, आत्मा साक्षत्कार, आत्मज्ञान, आत्मप्राप्ति, परमात्मा साक्षात्कार, प्रभू प्राप्ति आदि यहि मन र चित्तका संस्कारहरु पूर्णरुपमा नष्ट भएको स्वस्वरुप अवस्था जुन अवस्थामा मानिसले स्वयंलाई ‘म’ विहीन मात्र तत्वको रुपमा बोध गर्दछ । त्यो स्थितिलाई दिइएका नामहरु हुन् । जब मोक्ष साधना भनिन्छ, यो साधनाले मूलभूत रुपमा बन्धन जनित यि तीन मूल समस्याहरुलाई समाधान गर्नुपर्दछ । वा यि तीन मूल समस्याहरुलाई समाधान गर्ने दिशामा कुनै न कुनै परिणाममा योगदान दिन सक्नुपर्दछ । स्मरण रहोस् – यि तीन मूल समस्याहरु एक आपसमा जोडिएका छन् । परिपूरक छन् ।

प्रथम – मन वा चित्तमा संग्रहित संस्कारहरुको नाश

मोक्ष साधनाले जन्मजन्मान्तर देखि मनमा संग्रहित त्रिगुणी संस्कारहरुलाई ‘पूर्ण’ रुपमा नाश गर्न सक्नु पर्दछ । वा त्रिगुणी विनाशको प्रक्रियामा योगदान गर्नुपर्दछ । यदि कुनै मोक्ष साधनाले त्रिगुणी संस्कारहरु नाश गर्ने दिशामा कुनै योगदान दिन सक्दैनन् । मोक्ष साधनाको नाममा कुनै विषय प्रति रागपूर्ण, द्वेषपूर्ण संस्कारहरु नै उत्पन्न गर्दछन् भने ति साधनाहरुलाई मोक्ष साधना भनिदैन ।

दोस्रो – मनमा समभाव वा समआयामको विकास

स्वयंमा छिपेका तत्वसँग एकाकार वा योग स्थिति प्राप्त भएको स्थितिमा मात्र तत्वमा छिपेका ‘विज उच्छेदको नियम’ को नियम क्रियाशीलताले गर्दा चित्तमा जरा गाडेका संस्कारहरु भष्म हुन प्रारम्भ गर्दछन् । तर यो स्थिति सहज छैन । परम तत्वमा योग स्थिति प्राप्त गर्नु धेरै टाढा स्पर्शसम्म गर्न पनि सजिलो छैन । जबसम्म मनले विषयबाट प्राप्त रागद्वेषपूर्ण भाव (अनुभूति) लाई भोग्दछ, त्यो क्षणसम्म योग स्थिति प्राप्त नै हुँदैन । यसैले मोक्ष साधनाले विषयबाट प्राप्त हुने रागपूर्ण, द्वेषपूर्ण अनुभूतिहरु प्रति मनमा ‘समभाव’ को विकास गर्न सक्नु पर्दछ । समआयामको विकास गर्न सक्नु पर्दछ । एक दीर्घ साधना प्रक्रियाद्वारा मनलाई विषयबाट उत्पन्न राग द्वेष अनुभूतिहरुलाई नभोग्ने वा ‘सम्यक’ समस्थिति सम्म पु¥याउन सक्नु पर्दछ । यदि कुनै मोक्ष साधनाले विषयबाट उत्पन्न हुने रागद्वेषपूर्ण अनुभूतिहरु प्रति मनमा समभावको विकास गर्न योगदान गर्दैन भने यस्तो साधनालाई मोक्ष साधना भनिदैन ।

तेस्रो – ‘म’ भाव नाश युक्त स्वस्वरुपको दर्शन

साधनाको अन्तिम लक्ष्य हो मोक्ष । जब मोक्ष प्राप्तिको लागि संस्कार क्षय र मनमा समभावको विकासको साधना प्रारम्भ हुन्छ, मोक्ष साधना प्रक्रियाहरुलाई त्यो गहिराइसम्म लैजान सक्नु पर्दछ, जहाँ चित्त ‘पूर्ण’ रुपमा शुद्ध हुन्छ । मन पूर्ण रुपमा समभावी बन्दछ । अनि साधक तत्वसँग एकीभाव वा स्थितप्रज्ञ स्थिति प्राप्त गर्दछ । वा स्वयंको यथार्थ स्वरुपको सत्य दर्शन गर्दछ । मोक्ष प्रामाणिक रुपमा नै अनुभूति गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1093 0
अवतरण के हो ? 1/9/2023 986 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 932 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 958 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 961 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 929 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 880 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 941 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 849 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 914 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 946 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 813 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 743 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 794 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 840 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 778 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 966 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 851 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 951 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 822 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 914 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 745 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 857 0
त्रिगुण के हो ? 1/9/2023 1150 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 825 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 791 0
त्रिगुण र बन्धन 1/9/2023 910 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 776 0
सतगुण के हो ? 1/9/2023 754 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 751 0
मनुष्य उत्पति 1/9/2023 788 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 826 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 694 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 870 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 695 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 710 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 862 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 640 0
धर्मयुद्ध के हो ? 1/9/2023 813 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 779 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 748 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 706 0
के हो ईश्वर भजन ? 1/9/2023 767 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 653 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1154 0
कर्मको गति किन गहन छ ? 1/9/2023 743 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 826 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 729 0
कर्मयोग के हो ? 1/9/2023 728 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 756 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 691 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 796 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 765 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 729 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 834 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1073 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 681 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 643 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 736 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 740 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1925 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 855 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 859 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 746 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1703 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 767 0
वेद के हो ? 1/10/2023 799 0
देवता के हो ? 1/10/2023 835 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 826 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 814 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 774 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 799 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 768 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3559 0