दुई प्रकारका मोक्ष साधनाहरुः

0 टिप्पणीहरू 925 आगन्तुकहरू

गीतामा भगवान कृष्णले अनेकन् मोक्ष साधनाहरु वा विधिहरुको व्याख्या गर्नुभएको छ । यि मोक्ष साधनाहरुलाई मूल रुपमा दुई भागमा बाँड्न सकिन्छः

१) मूल मोक्ष साधना विधिहरु
२) पूरक वा सहयोगी मोक्ष साधना विधिहरु

मूल मोक्ष साधना विधिहरु ति विधिहरु हुन्, जुन साधना विधिहरुले साधकको मन वा चित्तमा समभावका विजहरु छर्दछन् । समभाव वा समत्व नै ईश्वर हो (२–४८) । योग स्थिति हो । ईश्वर तत्व समभावमा स्थित छ (९–२९, १३–२७) । यि साधना विधिहरुले साधकको मन वा चित्तमा योग स्थिति सृजना गर्दछन् । साधकलाई स्वयंमा छिपेको परमात्मा तत्वसँग एकाकार गराउँदछन् । मनको समआयामलाई विस्तारित गर्दछन् । ईश्वरीय शाश्वत नियमहरु (मूलतः विज उच्छेदको नियम) लाई क्रियाशील गराई जन्मजन्मान्तर देखि संग्रहित त्रिगुणी संस्कारहरुलाई नष्ट गर्दछन् । स्मरण रहोस् – शुद्ध परमात्मा तत्वसँग मन एकाकार भएको क्षणमा मात्र मनका विकारहरु जल्दछन् वा भष्म हुन्छन् ।
मूल मोक्ष साधना विधिहरु कै कारण नै साधकले स्वयंमा स्थित परमात्मा तत्वलाई स्पर्श गर्न सक्दछ । परमतत्वका मौलिक गुणहरु (परम शान्ति, परम आनन्द आदि) स्वयंको मनमा प्रष्फुटन भइरहेको स्पष्ट अनुभूति प्राप्त गर्दछ । विषय राग द्वेष अनुभूतिहरु प्रति मन समभावी बन्दै गएको अनुभूति प्राप्त गर्दछ । अन्ततः दीर्घसाधना प्रक्रियाद्वारा मोक्ष प्राप्त गर्न सक्दछ ।

गीतामा योग शव्द जोडिएका – सांख्ययोग, कर्मयोग, भक्तियोग, ध्यानयोग र समत्वबुद्धि योगका अनेकन् मूल मोक्ष साधना विधिहरुको व्याख्या गरिएको छ । गीताको मूल मोक्ष साधना विधि ‘कर्मयोग’ नै हो ।

पूरक वा सहयोगी मोक्ष साधना विधिहरु

मोक्ष वा तत्वसँग एकाकार स्थिति सहज प्राप्त स्थिति होइन । यो अत्यन्त दूरुह स्थिति हो । भगवान स्वयंले हजारौँ मानिसमा कोहि एक मेरो प्राप्तिको लागि प्रयत्न गर्दछ । अनि प्रयत्न गर्ने योगीहरुमा पनि कोहि एक मात्र मलाई प्राप्त गर्दछ (७–३) भन्नुभएकाले मोक्ष स्थिति प्राप्ति कति दूरुह छ, स्पष्ट हुन्छ ।

प्रश्न उठ्दछ कि आखिर किन मोक्ष प्राप्ति यति कठीन छ ? मोक्ष अप्राप्तिका कैयन कारणहरु छन्, यि कारणहरु मध्ये प्रमूख कारण हो – साधकमा ‘पात्रता’को अभाव ।

पूरक वा सहयोगी मोक्ष साधना विधिहरु ति साधना विधिहरु हुन्, जुन विधिहरुले साधकमा ‘पात्रता’ को विकास गर्दछन् । साधकमा मोक्ष साधनाको लागि पृष्ठभूमी सृजना गर्दछन् । साधकको मन वा चित्तमा अध्यात्मका विजहरु छर्दछन् । सत्गुणका विजहरु छर्दछन् । साधकलाई धर्म, ईश्वर, अध्यात्म, मोक्ष तर्फ आकर्षित गर्दछन् । वाह्य जगतबाट अनियन्त्रित रुपमा विषयका राग द्वेषका संस्कारहरु प्रवेश हुने प्रक्रियालाई अवरुद्ध गर्दछ । सांसारिक वृत्तिहरुलाई नष्ट गर्दै साधकलाई विषयहरुबाट चुडाउँदछ । अन्ततः मूल मोक्ष साधनाहरुलाई टेवा प्रदान गर्दै मोक्षरुपी परिणाम तर्फ लैजान्छ ।

स्मरण रहोस् – पूरक साधना विधिहरु स्वयंमा योग स्थिति सृजना गर्न असमर्थ छन् । तर पूरक साधना विधिहरुको अभावमा मूल मोक्ष साधनाहरुद्वारा (योग स्थिति) प्राप्त गर्न असम्भव छ । पात्रता नै विकास नभईकन पूर्ण रुपान्तर असम्भव छ । गीताका विभिन्न अध्यायहरु वा विभिन्न श्लोकहरुमा भगवानले अनेकन् पूरक मोक्ष साधना विधिहरुको व्याख्या गर्नुभएको छ । यि विधिहरुलाई निम्न प्रकार वर्गिकरण गर्न सकिन्छ ।

इन्द्रिय संयम वा निग्रहका विधिहरु

पन्च इन्द्रिय र विषयहरुको मिलन नै संस्कार उत्पति र विस्तारका श्रोतहरु हुन् । जब सम्म इन्द्रिय र विषयहरु विचमा ‘अनियन्त्रित’ मिलन भइरहन्छ, त्यो स्थितिसम्म साधकमा संस्कारहरुको उत्पति र विस्तार भइरहन्छ । साधक मूल लक्ष्य मोक्षबाट टाढा पुगिरहन्छ । यसैले यि साधना विधिहरुमा साधक विभिन्न विधिहरु वा उपायहरुद्वारा पञ्च इन्द्रिय र विषयहरु विचको अनियन्त्रित मिलनलाई बाह्य रुपमा नै अवरोध सृजना गर्दछ । इन्द्रियवश (३–७), अनाशक्त इन्द्रिय (३–७), शास्त्र विहिन कर्म (३–८), भोग सामाग्रीहरुको पूर्णरुपमा परित्याग (४–११), इन्द्रिय संयम (४–२८), विषय भोगहरुको त्याग (५–२२), भोजन निग्रह (६–१६), यथा योग आहार विहार (६–१७), दम, शम (१०–५), ब्रम्हचार्य (१७–१४) आदि गीतामा व्याख्या गरिएका इन्द्रिय संयम वा निग्रहका साधना विधिहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1149 0
अवतरण के हो ? 1/9/2023 1058 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 986 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1008 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1021 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1011 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 930 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 985 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 915 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1002 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1018 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 893 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 855 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 856 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1025 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 896 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1018 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 824 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1042 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 907 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1001 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 876 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 970 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 815 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 909 0
त्रिगुण के हो ? 1/9/2023 1196 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 879 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 843 0
त्रिगुण र बन्धन 1/9/2023 958 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 844 0
सतगुण के हो ? 1/9/2023 842 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 801 0
मनुष्य उत्पति 1/9/2023 848 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 884 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 756 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 936 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 764 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 822 0
धर्मक्षेत्र के हो ? 1/9/2023 762 0
मोक्ष साधना के हो ? 1/9/2023 787 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 682 0
यज्ञ के हो ? 1/9/2023 698 0
धर्मयुद्ध के हो ? 1/9/2023 859 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 829 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 810 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 770 0
के हो ईश्वर भजन ? 1/9/2023 811 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 699 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 652 0
कर्म के हो ? 1/9/2023 1198 0
कर्मको गति किन गहन छ ? 1/9/2023 819 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 900 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 781 0
कर्मयोग के हो ? 1/9/2023 792 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 820 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 733 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 850 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 819 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 801 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 910 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1182 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 741 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 703 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 804 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 798 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2007 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 933 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 929 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 802 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1777 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 819 0
वेद के हो ? 1/10/2023 929 0
देवता के हो ? 1/10/2023 897 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 878 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 892 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 820 0
मृत्यु के हो ? 1/10/2023 903 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 867 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 822 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3806 0