साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ?

0 टिप्पणीहरू 683 आगन्तुकहरू

मोक्ष त्रिगुणी विनास र समभावको विकासको एक क्रमिक प्रकृया हो । मोक्ष सहज प्राप्त जीवन स्थिति होइन । सहज प्राप्त स्थिति भएको भए मोक्ष यति असाधारण महत्व पनि हुने थिएन । जन्मजन्मान्तर देखि संग्रहित शक्तिशाली संस्कारहरु, सांसारिक विषयका शक्तिशाली मोहिनी शक्ति सत्य साधना विधिको अप्राप्त, मोक्ष प्राप्त सद्गुरुको निर्देशनको अभाव, समयका धारामा मोक्ष साधना विधिहरु अपभ्रशीत हुने सम्भावना, साधनाको सुक्ष्मता, यो सुक्ष्मताको कारण विद्यालाई सहि रुपमा साधनामा उतार्न पर्ने कठिनाइ, आन्तरिक साधना भएकाले साधनाका प्रगतिको मूल्याङ्कनको कठिनाई, अध्यात्म विषय वा वस्तुहरु (शास्त्रज्ञानको अभिमान, गुरु, सम्प्रदाय आदि) बाट नै राग वा बन्धन जन्मने सम्भावना आदि कैयन् कारणहरु छन्, जसको कारण साधक साधनामा असफल भइरहन्छ । च्यूत भइरहन्छ । करोडौँमा मात्र एक दुई साधकले मात्र मोक्ष प्राप्त गर्ने पृष्ठभूमीमा साधकले यो जन्ममा नै मोक्ष प्राप्त गर्ने अत्यन्त न्यून सम्भावना रहन्छ । एक प्रश्न उठ्दछ कि यदि साधना गर्दा गर्दै मृत्यू प्राप्त भयो भने साधकको के हुन्छ ? अर्जुनको यहि प्रश्नको उत्तर दिदै भगवान ईश्वरीय नियमहरुको व्याख्या गर्दै यो प्रश्नको उत्तर दिनुहुन्छ । भगवान भन्नुहुन्छः

योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना ।
श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः ।।६–४७।।

अनि सम्पूर्ण योगीहरु मध्ये जो श्रद्धावान योगी जो ममा तल्लीन भएर अन्तरआत्माले (निरन्तर) मलाई भज्दछ, त्यो योगी मेरो मतमा सर्वश्रेष्ठ छ ।

कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति ।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि ।।६–३८।।

हे महावाहु ! भागवत् (योग) प्राप्तिको मार्गमा मोहित (विचलित) अनि संसारबाट आश्रयबाट रहित (त्यो) पुरुष छिन्नभिन्न बादलझैँ दुबै तिरबाट भ्रष्ट भएर नष्ट त हुँदैन ?

श्रीभगवानुवाच ।
पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद् दुर्गतिं तात गच्छति ।।६–४०।।

हे पार्थ ! त्यस साधकको न त यो लोकमा न त परलोकमा नै नाश हुन्छ । किनभने हे प्रिय ! योग प्राप्ति रुप कल्याण कर्म गर्ने मनुष्यलाई दुर्गति प्राप्त हुँदैन ।

प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ।।६–४१।।

(त्यो) योग भ्रष्ट पुरुष पुण्यकर्म गर्नेहरुलाई प्राप्त हुने लोक (उच्चलोक) लाई प्राप्त गरेर धेरै वर्षसम्म त्यहाँ वास गरेर पुनः शुद्ध आचरण भएका श्रीमान पुरुषहरुको घरमा जन्म लिन्छन् ।

अथवा योगिनामेव कुले भवति धीमताम् ।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम् ।।६–४२।।

अथवा (उच्च साधना स्थितिको वैराग्यवान् योगभ्रष्ट) ज्ञानवान योगीको कूलमा जन्म लिन्छन् । तर यस प्रकारको जुन जन्म हो त्यो यो संसारमा अत्यन्त दूर्लभ छ ।

तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ।।६–४३।।

हे कुरुनन्दन ! त्यहाँ त्यो पुरुष पूर्व शरिरमा संग्रह भएका बुद्धि बुद्धियोगका संस्कारहरु अनायास नै प्राप्त गर्दछ । (त्यही संस्कारको कारण) पुनः त्यो पुरुष योग साधना सिद्धिको निमित्त प्रयत्न गर्दछ ।

प्रयत्नाद्यतमानस्तु योगी संशुद्धकिल्बिषः ।
अनेकजन्मसंसिद्धस्ततो याति परां गतिम् ।।६–४५।।

अनि प्रयत्न पूर्वक योग अभ्यास गर्ने यो योगी (साधक) अनेक पूर्व जन्मका योग संस्कारहरुको बलले यहि जन्ममा सिद्धी प्राप्त गरेर सम्पूर्ण पापहरुबाट रहित भएर परम गतिलाई प्राप्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1197 0
अवतरण के हो ? 1/9/2023 1094 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 1014 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1046 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1053 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1039 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 958 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 1015 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 939 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1032 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1042 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 925 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 883 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 884 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1049 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 918 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1056 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 848 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1070 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 931 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1025 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 902 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 998 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 843 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 935 0
त्रिगुण के हो ? 1/9/2023 1236 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 907 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 875 0
त्रिगुण र बन्धन 1/9/2023 990 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 870 0
सतगुण के हो ? 1/9/2023 868 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 829 0
मनुष्य उत्पति 1/9/2023 874 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 912 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 782 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 970 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 794 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 842 0
धर्मक्षेत्र के हो ? 1/9/2023 790 0
मोक्ष साधना के हो ? 1/9/2023 819 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 950 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 712 0
यज्ञ के हो ? 1/9/2023 734 0
धर्मयुद्ध के हो ? 1/9/2023 887 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 855 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 836 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 800 0
के हो ईश्वर भजन ? 1/9/2023 847 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 723 0
कर्म के हो ? 1/9/2023 1230 0
कर्मको गति किन गहन छ ? 1/9/2023 847 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 936 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 807 0
कर्मयोग के हो ? 1/9/2023 824 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 846 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 771 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 876 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 841 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 831 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 938 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1211 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 773 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 731 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 830 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 822 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2037 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 963 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 955 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 828 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1811 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 851 0
वेद के हो ? 1/10/2023 963 0
देवता के हो ? 1/10/2023 927 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 904 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 928 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 844 0
मृत्यु के हो ? 1/10/2023 933 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 895 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 848 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3905 0