वेद के हो ?

0 टिप्पणीहरू 800 आगन्तुकहरू

वेद स्वयं परमात्मा तत्व, त्यो तत्वको जो साकार कृष्ण रुप लिएर धर्तिमा आएको छ, जो गीता बाचन गरिरहेको छ, को वचन हो । सृष्टिको आदिकालमा जब सृष्टिकर्ता ब्रम्हा (स्मरण रहोस् – मानिसको सृष्टि कुनै चतुर्मुखी ब्रम्हाबाट नभई परमात्मा तत्वले स्वयंको अंशलाई त्रिगुणी प्रकृतिमा स्थापना गरेर प्रारम्भ भएको हो (७–४,७–५) ले जब मानिसको सृष्टि गर्नुभयो । सृष्टिको त्यहि प्रथम विन्दूमा प्रजा (मानिस) को कल्याण होस् भनी यज्ञ वा कर्मयोगको जुन प्रथम व्याख्या गर्नुभयो, त्यो नै वेद उत्पत्ति भएको क्षण थियो । वेद, ब्राम्हण (शुद्ध तत्व स्थित युक्त पुरुष) यज्ञ आदि सृष्टिको प्रथम घडिमा व्याख्या गर्दै भगवान भन्नुहुन्छ (१७–२३) ।

जब भगवानबाट वेदको वाक्यहरु उच्चारण गर्नुभयो । भगवानको मूल मर्म प्रजाहरुलाई सधैँ परम कल्याण प्राप्त होस् । सतत् यज्ञ (कर्मयोगको सम स्थिति) प्राप्त होस् । प्रजाहरुलाई सांसारिक बन्धनहरु प्राप्त नहोस् । यो कर्मको यज्ञ वा समस्थिति नष्ट नहोस् भन्ने नै थियो । ति वचनहरु थिएः

सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः ।
अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक् ।।३–१०।।

प्रजापति ब्रम्हाले कल्पको आदिमा यज्ञ सहित प्रजालाई रचेर भने (कि), यस यज्ञद्वारा तिमिहरु वृद्धिलाई प्राप्त गर । यो यज्ञ तिमिहरुलाई ‘इष्टकामधुक’ – इष्ट वा परमात्मा सम्बन्धी कामना प्रदान गर्नेछ ।

देवान्भावयतानेन ते देवा भावयन्तु वः ।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।।३–११।।

अनि तिमिहरु यो यज्ञद्वारा देवता (आध्यात्मिक सम्पदा) हरुको उन्नति गर । ति देवताहरु तिमिहरुको उन्नति गरुन् । यस प्रकार परस्परमा उन्नति गदै तिमिहरु परमश्रेय वा मोक्षलाई प्राप्त हुनेछौ ।

इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविताः ।
तैर्दत्तानप्रदायैभ्यो यो भुङ्क्ते स्तेन एव सः ।।३–१२।।

यज्ञद्वारा बिस्तार गरिएका देवताले तिमिले नमागीकन इष्टान् वा परमात्मा सम्बन्धी भोग (फल, परिणाम) निश्चय दिनेछन् । देवताद्वारा दिइएका फल वा परिणामलाई जो पुरुष उनलाई नदिइकन भोग्दछ, त्यो चोर हो ।

नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन ।
न चास्य सर्वभूतेषु कश्चिदर्थव्यपाश्रयः ।।३–१८।।

त्यो (कर्मयोग सिद्ध) महापुरुषलाई यो संसारमा न त कर्म गर्नुको प्रयोजन, न त कर्म नगर्नुको प्रयोजन रहन्छ । र सम्पूर्ण प्राणीहरुसँग उसको किन्चितमात्र पनि स्वार्थको सम्वन्ध रहदैन ।

भगवानले स्पष्ट रुपमा यज्ञ कर्मको जुन आध्यात्मिक परिणाम प्राप्त हुन्छ, त्यो कर्मको परिणाम वा श्रेयलाई ग्रहण गर्न नहुने बताउनु भएको थियो । यो श्रेय ग्रहणले यज्ञ कर्मका समभावलाई नष्ट भई पाप (अहंरुप विकार) प्राप्त हुने बताउनु भयो ।

यज्ञ कर्म (कर्मयोग) ले कसरी परिणाम प्रदान गर्दछ । अनि कसरी यो कर्मयोग वेदबाट उत्पन्न भयो । वेद कसरी अविनाशी परमात्मा तत्वबाट उत्पत्ति भयो । यो यज्ञकर्म अनुसार कर्म गर्दा के परिणाम प्राप्त हुन्छ ? यो यज्ञकर्म अनुसार कर्म नगर्दा के परिणाम प्राप्त हुन्छ ? आदिको व्याख्या गर्नुभएको थियो ।

अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।।३–१४।।

कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम् ।
तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ।।३–१५।।

सम्पूर्ण (मोक्ष) प्राणी अन्नबाट उत्पन्न हुन्छन् । अन्नको उत्पति वृष्टि (आध्यात्मिक सम्पदाको वर्षा वा बिस्तार) बाट हुन्छ । अनि यज्ञबाट हुन्छ । अनि यो कर्म (योग) बाट उत्पन्न हुन्छ । कर्म (योग) वेदबाट उत्पन्न हुन्छ । अनि वेद (वा वेदका) अविनाशी परमात्माबाट उत्पन्न भएको मान । यसैले सर्वव्यापी व्रम्ह सदा नै यज्ञमा प्रतिष्ठित रहेको छ ।

एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः ।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति ।।३–१६।।

जो पार्थ, जो पुरुष यो लोकमा यस प्रकार परम्पराबाट प्रचलित सृष्टिचक्र (यज्ञबाट मोेक्षसम्मको जीवन रुपान्तर प्रक्रिया) चल्दैन, त्यो इन्द्रिय भोगमा रमण गर्ने, पापमय जीवन बाँच्ने पुरुष संसारमा व्यर्थ नै बाँच्दछ ।

फेरि समयको धारामा श्रूत परम्परा एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरित यो भगवानले व्याख्या गर्नु भएको यज्ञकर्म (कर्मयोग) ज्ञान क्रमशः क्षय हुँदै लुप्त भएर गयो । ‘हृदय प्रवेशमा समभावको अग्नी जलाएर त्रिगुणी संस्कारहरुलाई नाश गर्ने यज्ञ’ अपभ्रमशित हुन पुगी अनेकन् वाह्य यज्ञहरुको जन्म हुन पुगे । देवता, स्वर्ग, स्वर्गमा प्राप्त हुने सुखहरु आदि यो वाह्य यज्ञमा जोडिन पुग्यो । भगवानबाट प्रारम्भ भएको वेदमा अनेकन् वाह्य यज्ञहरु, कर्मकाण्डका व्याख्याहरु, सामाजिक व्यवस्थापनका अनेकन् पक्षहरु जोडिन पुगी ‘वेद’ अपभ्रमशितत हुन पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1095 0
अवतरण के हो ? 1/9/2023 988 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 932 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 960 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 963 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 931 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 882 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 943 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 851 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 916 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 948 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 815 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 745 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 796 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 977 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 840 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 780 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 966 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 853 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 953 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 822 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 916 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 747 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 857 0
त्रिगुण के हो ? 1/9/2023 1152 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 827 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 793 0
त्रिगुण र बन्धन 1/9/2023 912 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 778 0
सतगुण के हो ? 1/9/2023 756 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 753 0
मनुष्य उत्पति 1/9/2023 790 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 826 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 696 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 872 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 697 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 712 0
मोक्ष साधना के हो ? 1/9/2023 727 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 862 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 642 0
धर्मयुद्ध के हो ? 1/9/2023 813 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 781 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 750 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 706 0
के हो ईश्वर भजन ? 1/9/2023 769 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 655 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1156 0
कर्मको गति किन गहन छ ? 1/9/2023 745 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 828 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 731 0
कर्मयोग के हो ? 1/9/2023 730 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 756 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 693 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 798 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 767 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 729 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 834 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1073 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 683 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 643 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 738 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 742 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1927 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 857 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 861 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 746 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1703 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 769 0
देवता के हो ? 1/10/2023 835 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 826 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 816 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 776 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 799 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 768 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3559 0