मृत्यु के हो ?

0 टिप्पणीहरू 836 आगन्तुकहरू

गीतामा भगवान कृष्णले मानिसलाई जड् (देह) र चेतन (आत्मा) को संयोजनबाट उत्पन्न (७–४,५) बताउँदै मानिसको दुई पक्षहरु मध्ये देहपक्ष विनाशी र चेतन पक्ष अविनाशी बताउनुभएको छ । यि दुई पक्षहरु मध्ये पनि मनुष्य रुपमा चेतन पक्ष मात्र भएकाले मृत्यूको अवस्थामा जड पक्ष छुटे पनि मूल आत्मा पक्ष सधैँ उपस्थित रहने भएकाले मानिस मूलरुप ‘अविनाशी’ मृत्यू नै अनुपस्थित अजर, अमर, शाश्वत तत्व हो भनी बताउनुभएको छ । अथवा – मृत्यू जस्तो त्यस्तो कुनै अवस्था जिवात्माको लागि ‘यथार्थतामा’ अनुपस्थित छ । भगवान भन्नुहुन्छः

न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।२–१२।।

न त यस्तो हो कि कुनै कालमा म थिइन (अथवा) तिमी थिएनौ (अथवा) यी राजाहरु थिएनन् । फेरी यो पनि होइन कि भविष्यमा हामीहरु सम्पूर्ण रहँदैनौ ।

देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।२–१३।।

जसरी देहधारी (जीवात्मा) को यो देहमा बालकपन, यौवन र वृद्धावस्था प्राप्त हुन्छ, त्यसरी नै अन्य शरीरको पनि प्राप्ति हुन्छ । यो विषयमा धिर पुरुष मोहित हुँदैनन् ।

नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ।।२–१६।।

हे अर्जुन ! असत् वस्तुको त सत्ता नै (उपस्थित) छैन । र सत् (वस्तु) को अभाव हुँदैन । यि दुबै स्थितिहरु तत्व ज्ञानी पुरुषहरुद्वारा देखिएका छन् ।

न जायते म्रियते वा कदाचिन् नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।२–२०।।

यो आत्मा कुनै कालमा न मर्छ, न जन्मिन्छ । न यो उत्पन्न भएर फेरी हुुनेवाला छ । किनभने यो अजन्मा, नित्य, शाश्वत र पुरातन छ । शरिरको नाश हुदा पनि यो नष्ट हुँदैन ।

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा– न्यन्यानि संयाति नवानि देही ।।२–२२।।

जसरी मनुष्य पुराना वस्त्र त्यागेर दोस्रो नयाँ वस्त्र ग्रहण गर्दछ । त्यस्तै जिवात्मा पुरानो शरीरलाई त्यागेर दोस्रो नयाँ शरिरलाई ग्रहण गर्दछ ।

अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।२–२४।।

यो आत्मा अच्छेद्य (काट्न नसकिने) छ । अदाह्य (जलाउन नसकिने) छ । अक्लेध (गलाउन नसकिने) छ । अशोष्य (समाहित गर्न नसकिने) छ । तथा निसन्देह नित्य, सर्वव्यापक, अचल, स्थिर तथा सनातन छ ।

मानिसमा स्थूल देह समाप्तिको जुन भय छ, त्यो स्वस्वरुप ज्ञान प्राप्त नभएकोले उपस्थित रहेको बताउँदै जब मानिसले साधनाद्वारा स्वस्वरुप ज्ञान प्राप्त गर्दछ वा म आत्मा हुँ भन्ने ज्ञान प्राप्त गर्दछ । त्यो अवस्थामा मृत्यू नामक कुनै अवस्था नै उपस्थित नभएको अनुभूति स्वयंले वर्तमान जीवन अवस्थामा नै गर्न सक्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1103 0
अवतरण के हो ? 1/9/2023 996 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 940 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 966 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 971 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 939 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 890 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 947 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 855 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 924 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 958 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 823 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 753 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 804 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 981 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 848 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 956 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 792 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 972 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 861 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 963 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 832 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 924 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 757 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 863 0
त्रिगुण के हो ? 1/9/2023 1160 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 833 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 797 0
त्रिगुण र बन्धन 1/9/2023 918 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 786 0
सतगुण के हो ? 1/9/2023 762 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 761 0
मनुष्य उत्पति 1/9/2023 798 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 834 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 704 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 876 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 703 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 784 0
धर्मक्षेत्र के हो ? 1/9/2023 714 0
मोक्ष साधना के हो ? 1/9/2023 729 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 868 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 610 0
यज्ञ के हो ? 1/9/2023 644 0
धर्मयुद्ध के हो ? 1/9/2023 819 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 789 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 754 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 712 0
के हो ईश्वर भजन ? 1/9/2023 773 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 661 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 546 0
कर्म के हो ? 1/9/2023 1158 0
कर्मको गति किन गहन छ ? 1/9/2023 749 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 830 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 737 0
कर्मयोग के हो ? 1/9/2023 732 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 764 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 699 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 800 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 769 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 735 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 842 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1081 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 687 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 649 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 744 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 748 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1931 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 863 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 865 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 752 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1725 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 773 0
वेद के हो ? 1/10/2023 807 0
देवता के हो ? 1/10/2023 845 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 834 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 820 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 782 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 811 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 780 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3601 0