सांख्य योग के हो ? कसरी गरिन्छ ?

0 टिप्पणीहरू 1138 आगन्तुकहरू

सांख्य योग मूल रुपमा कुनै विषय वा वस्तु हो कि ? असत् हो कि ? भनी सुक्ष्म अवलोकन गर्ने साधना प्रकृया हो । यो साधन विधिमा साधक कुनै विषय वा वस्तुलाई यो विषय सत्, नित्य, अविनाशी तत्व हो कि असत्, अनित्य, (क्षणभंगूर, परिवर्तनशील), विनाशी वस्तु हो भनी अत्यन्त सुक्ष्म रुपमा अवलोकन, चिन्तन, मनन् आदि गर्दछ । सांख्ययोगी साधकको मूल लक्ष्य सत्, नित्य, अविनाशी तत्व (परमात्मा तत्व) लाई प्राप्त गर्नु भएकोले उ साधना क्रममा सम्पूर्ण असत, अनित्य परिवर्तनशील आदि गुण भएका विषयहरु र त्यो विषयहरुसँग जोडिएका पक्षहरु छोड्दै–छोड्दै जान्छ । उ असत् वस्तु वा पक्षलाई त्याग्दै जाने साधना प्रकृयाद्वारा सत तत्वको क्षेत्रमा प्रवेश गर्दछ । अन्ततः सत तत्व वा परमात्मा तत्वलाई प्राप्त गर्दछ । सांख्ययोग मूल रुपमा उच्च स्तरका सतगुण प्रधान साधकहरु जो ‘गुण’ को कारण जगत विषयहरुमा छिपेको मीथ्यात्वलाई भेदन गर्न सक्दछन् । ति उच्चस्तरका साधकहरुलाई उपयुक्त विधि हो । इतिहासमा अष्टावक्र–जनक, यज्ञवलक्य–राम यहि साधना विधिबाट मोक्ष प्राप्त पात्र हुन् ।

गीतामा भगवानले मोक्ष साधना विधिको व्याख्या प्रारम्भ सांख्ययोगद्वारा नै सुरु गर्नुभएको छ । गीताको दोस्रो अध्यायमा सांख्य योगको व्यापक व्याख्या गरिएको छ । गीताका यि सांख्ययोग साधना विधिलाई व्याख्या गरिएका श्लोकहरुलाई सुक्ष्म अध्ययन गर्दा सांख्य योग साधना वाह्य वा प्रत्यक्ष रुपमा नै विषय वा वस्तु सत् हो कि असत् हो ? रुपी अवलोकन वा कुनै विषय वा इन्द्रिय मिलनको कारण मनमा जब मनमा सुखद वा दुखद संवेदना (अनुभूति) हरु उत्पन्न हुन्छ, तिन संवेदनाहरु सत् हुन् कि असत् हुन् ? यि दुवै विधिबाट नै गर्न सकिन्छ ।

प्रत्यक्ष वा वाह्य रुपमा नै कुनै वस्तु सत् हो कि असत् हो ? को अवलोकनको विधि वा यि सुत्रहरुमा भगवानले मनुष्यको वाह्य स्थूल देहको विनाशी प्रकृति र मूल आत्मा तत्वको ‘अविनाशी’ प्रकृतिको व्याख्या गर्नुभएको छ । सांख्ययोगको अत्यन्त जिज्ञासु, कुसाग्र बुद्धि मूमूक्षहरु सद्गुरुका यिनै ‘सत्य वचन’ हरु प्रति कुनै शंशय, बौद्धिक तर्क, वितर्क आदि नगरिकन यि शव्दहरुलाई ‘सत्य’ मानी यि शव्दहरुमा छिपेको अर्थ, भाव, मर्म, गूढतत्वलाई बुझ्न, ठम्याउन, भेदन गर्न प्रयास गर्दछ । यहि प्रयासद्वारा सत्य भेदन गर्दछन् ।

देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।२–१३।।

जसरी देहधारी (जीवात्मा) को यो देहमा बालकपन, यौवन र वृद्धावस्था प्राप्त हुन्छ, त्यसरी नै अन्य शरीरको पनि प्राप्ति हुन्छ । यो विषयमा धिर पुरुष मोहित हुँदैनन् ।

नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ।।२–१६।।

हे अर्जुन ! असत् वस्तुको त सत्ता नै (उपस्थित) छैन । र सत् (वस्तु) को अभाव हुँदैन । यि दुबै स्थितिहरु तत्व ज्ञानी पुरुषहरुद्वारा देखिएका छन् ।

अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।२–१७।।

तिमी नाश रहित त्यस (वस्तु) लाई जान जुनद्वारा यो सम्पूर्ण जगत व्याप्त छ । यो अविनाशी (वस्तु वा तत्व) को विनाश गर्न कोहि पनि समर्थ छैन ।

अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।।२–१८।।

नाशरहित अप्रमेय, नित्यस्वरुप यो जिवात्माको शरिर नाशवान भनिएको छ । यसकारण हे भरतवंशी अर्जुन ! तिमी युद्ध गर ।

य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।।२–१९।।

यो जो आत्मालाई मार्ने सम्झन्छ । तथा जो यसलाई मरेको मान्दछ । ति दुबै जान्दैनन् । किनभने यो आत्मा न मर्दछ, न मारिन्छ ।

न जायते म्रियते वा कदाचिन् नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।२–२०।।

यो आत्मा कुनै कालमा न मर्छ, न जन्मिन्छ । न यो उत्पन्न भएर फेरी हुुनेवाला छ । किनभने यो अजन्मा, नित्य, शाश्वत र पुरातन छ । शरिरको नाश हुदा पनि यो नष्ट हँुदैन ।

वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् ।।२–२१।।

हे पृथापुत्र अर्जुुन ! जुन पुरुष यो आत्मालाई नाशरहित, नित्य, अजन्मा, अव्यय भन्ने जान्दछ । त्यो पुरुष कसरी कसैलाई मार्न लगाउँछ र कसरी कसैलाई मार्दछ ?

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा–
न्यन्यानि संयाति नवानि देही ।।२–२२।।

जसरी मनुष्य पुराना वस्त्र त्यागेर दोस्रो नयाँ वस्त्र ग्रहण गर्दछ । त्यस्तै जिवात्मा पुरानो शरीरलाई त्यागेर दोस्रो नयाँ शरिरलाई ग्रहण गर्दछ ।

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२–२३।।

हे अर्जुन ! यो आत्मालाई शस्त्रले काट्न सक्दैन । यसलाई आगोले जलाउन सक्दैन । यसलाई पानीले भिजाउन सक्दैन र वायुले सुकाउन सक्दैन ।

अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।२–२४।।

यो आत्मा अच्छेद्य (काट्न नसकिने) छ । अदाह्य (जलाउन नसकिने) छ । अक्लेध (गलाउन नसकिने) छ । अशोष्य (समाहित गर्न नसकिने) छ । तथा निसन्देह नित्य, सर्वव्यापक, अचल, स्थिर तथा सनातन छ ।

अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२–२५।।

यो आत्मा अव्यक्त, अचिन्त्य –चिन्तन गर्न नसकिने) छ । यसलाई निर्विकार (विकार रहित) भनिन्छ । यसकारण यो आत्मालाई यस्तो जानेर तिमिले शोक गर्नुु उचित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1127 0
अवतरण के हो ? 1/9/2023 1038 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 964 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 994 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1003 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 985 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 908 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 965 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 893 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 972 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 996 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 865 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 837 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 840 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1005 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 880 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 982 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 806 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1020 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 883 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 983 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 862 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 954 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 791 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 893 0
त्रिगुण के हो ? 1/9/2023 1178 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 865 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 821 0
त्रिगुण र बन्धन 1/9/2023 940 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 826 0
सतगुण के हो ? 1/9/2023 822 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 779 0
मनुष्य उत्पति 1/9/2023 822 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 866 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 740 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 916 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 742 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 804 0
धर्मक्षेत्र के हो ? 1/9/2023 736 0
मोक्ष साधना के हो ? 1/9/2023 771 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 900 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 664 0
यज्ञ के हो ? 1/9/2023 680 0
धर्मयुद्ध के हो ? 1/9/2023 841 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 809 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 792 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 756 0
के हो ईश्वर भजन ? 1/9/2023 795 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 681 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 628 0
कर्म के हो ? 1/9/2023 1184 0
कर्मको गति किन गहन छ ? 1/9/2023 797 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 884 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 761 0
कर्मयोग के हो ? 1/9/2023 778 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 800 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 717 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 834 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 803 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 777 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 892 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 723 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 685 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 788 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 776 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1991 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 917 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 909 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 786 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1755 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 803 0
वेद के हो ? 1/10/2023 909 0
देवता के हो ? 1/10/2023 877 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 856 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 878 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 808 0
मृत्यु के हो ? 1/10/2023 889 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 849 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 806 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0