मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था

0 टिप्पणीहरू 906 आगन्तुकहरू

जब साधकले मोक्ष प्राप्त गर्दछ, जब उ सम्पूर्ण त्रिगुणी नाश भएर परमात्मा तत्वसँग एकाकार स्थिति प्राप्त गर्दछ । जब उ परम तत्वमा विलय हुन्छ । त्यो स्थितिमा मोक्षपुरुष आत्मामा नै सन्तुष्ट (२–५६) दुःख, सुख प्राप्तिमा सम (२–५७) । समाहित चित्त, प्रभूपरायण (२–६१), अन्तःकरणको शान्ति प्रसन्नता (२–६४) दुःख विलय भई परमात्मा तत्वमा स्थिर (२–६५), आत्म तृप्त, आत्म सन्तुष्ट (३–१७), संसारमा अनाश्रीत (४–२०), आन्तरिक हर्ष शोक आदि द्वन्द्वहरुबाट निरत (४–२२), ब्रम्हारुप यज्ञ, ब्रम्हारुप हवन, ब्रम्हारुप कर्ता, ब्रम्हारुप परिणाम स्थिति (४–२४), सम्पूर्ण भूतलाई स्वयंमा र सम्पूर्ण भूतमा परमात्मा उपस्थित अनुभूति (४–३५), नवद्वार देहगृहमा परमात्मा स्वरुपमा आनन्दित (५–१३), समभावी, संसार विजयी (५–१९), न प्रिय पाएर हर्षित, न अप्रिय प्राप्त भएर उद्विग्न (५–२०), अक्षय सात्विक परम सुख प्राप्ति (५–२१), काम क्रोध रहित विजयी चित्तयुक्त (५–२६), वायू रहित स्थानको दिपक झैँ स्थिर चित्त (६–१९), दुःखमा अविचलित (६–२१) आदि आदि स्थितिको अनुभूति गर्दछ । यो सम्बन्धमा भगवानका केहि वचनहरु हेरौँः

दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते ।।२–५६।।

(मनमा) दुःख प्राप्त हुुँदा पनि जसको मनमा उद्वेग (उत्पन्न) हँुदैन । सुखहरुको प्राप्तिमा जसको मन निस्प्रहद छ । तथा जो राग, भय, क्रोधबाट सर्वथा रहित भएको छ । यस्तो मुनि स्थिर बुद्धि भनिन्छ ।

यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।२–५७।।

सर्वत्र स्नेहरहित भएको पुरुष ति ति शुभ अशुभ वस्तुहरुलाई प्राप्त हुँदा न प्रसन्न हुन्छ, न द्वेष गर्दछ । उसको बुद्धि (परमात्मामा) स्थिर छ ।

तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।२–६१।।

ति सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरी समाहित (सम) चित्तयुक्त भएर मेरो परायण (आश्रय) मा बस । किनभने जुन पुरुषको इन्द्रियहरु वशमा छन् । उसको बुद्धि स्थिर छ ।

रागद्वेषविमुक्तैस्तु विषयानिन्द्रियैश्चरन् । यचवियुक्तैस्तु
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।२–६४।।

तर स्वाधीन अन्तःकरण भएको पुरुष आफ्नो वशमा रहेको राग, द्वेषरहित इन्द्रियहरुद्वारा विषयहरुमा विचरण गर्दा पनि अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्दछन् ।

प्रसादे सर्वदुःखानां हानिरस्योपजायते ।
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।२–६५।।

अन्तःकरणको प्रसन्नता प्राप्त हुँदा सम्पुुर्ण दुखको अभाव हुन जान्छ । त्यो प्रसन्न चित्तयुक्त पुरुषको बुद्धि सिघ्र सबैतिरबाट हटेर परमात्मा स्थिर हुन्छ ।

यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः ।
आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ।।३–१७।।

तर जो मनुष्य आत्मामा रमण गर्दछ, आत्मामा नै तृप्त रहन्छ, आत्मामा नै सन्तुष्ट छ, उसको लागि कुनै (कर्म) कर्तव्य रहँदैन ।

त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः ।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित्करोति सः ।।४–२०।।

जो कर्म र फलको आशक्तिलाई पूर्णरुपमा त्यागेर संसारमा (आश्रय निराश्रय रहित) भई परमात्मा तत्वमा नित्य तृप्त छ, उ कर्ममा राम्रोसँग लागे पनि केहि गर्दैन ।

यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।।४–२२।।

जो विना इच्छा वा आफै जे प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहन्छ, जसमा ईष्र्याको भाव सर्वथा अभाव भएको छ । जो राग – द्वेष र हर्ष – शोकादी द्वन्द्वहरुबाट अतित भएको छ । सिद्धि र असिद्धिमा समभाव भएको कर्मयोगी, कर्म गरेर पनि बाँधिदैन । वा कर्म संस्कार प्रापत गर्दैन ।

ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् ।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ।।४–२४।।

(त्यो निष्काम यज्ञ जहाँ) अर्पण ब्रम्हा (शुद्धरुप) छ । हवी वा हवन गर्ने पदार्थ पनि ब्रम्ह छ । ब्रम्हारुप कर्ताद्वारा ब्रम्हारुप अग्नीमा आहुति दिने क्रिया पनि ब्रम्हा हो । त्यो ब्र्रम्हाकर्ममा स्थित रहने योगीद्वारा प्राप्त गर्ने फल पनि ब्रम्हा नै हो ।

यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव ।
येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयि ।।४–३५।।

जुन तत्वज्ञानलाई जानेर तिमीलाई फेरि यस प्रकारको मोह प्राप्त हुने छैन । अनि हे अर्जुन ! त्यो तत्वज्ञानद्वारा सम्पूर्ण प्राणीहरुलाई विशेष भावले पहिला स्वयं अनि पछि म सच्चिदानन्दधन परमात्मामा देख्नेछौ ।

सर्वकर्माणि मनसा संन्यस्यास्ते सुखं वशी ।
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन् ।।५–१३।।

जसको इन्द्रिय र मन वशमा छ, (यस्तो) मोक्ष पुरुष नौ द्वारहरु भएको शरीररुपी (घर) मा सम्पूर्ण कर्महरुलाई (विवेकपूर्वक) मनले त्याग गरेर निसन्देह न कर्म गर्दै, न कर्म गराउँदै सुख पूर्वक आफ्नो स्वरुपमा रहन्छ ।

इहैव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।
निर्दोषं हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिताः ।।५–१९।।

जसको मन समभावमा स्थित छ । उसले जिवित अवस्थामा नै सम्पूर्ण संसारलाई जित्यो । किनभने ब्रम्हा निर्दोष र सम छ । यसैले उ ब्रम्हामा स्थित छ ।

न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्मणि स्थितः ।।५–२०।।

(जुन पुरुष) प्रियलाई प्राप्त गरेर हर्षित हँुदैन । अप्रियलाई प्राप्त हुँदा उद्धिग्न वा द्वेषपूर्ण हँुदैन । (यस्तो) स्थिर बुद्धि, शंशयरहित ब्रम्हावेत्ता पुरुष ब्रम्हा (तत्व) मा स्थित छ ।

बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम् ।
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते ।।५–२१।।

बाह्य विषयमा आशक्तिरहित अन्तःकरणयुक्त (साधक) आत्माको सात्विक सुख प्राप्त गर्दछ । फेरि त्यो ब्रम्हा (तत्व) मा एकीभाव स्थित पुरुष अक्षय सुखलाई अनुभव गर्दछ ।

कामक्रोधवियुक्तानां यतीनां यतचेतसाम् ।
अभितो ब्रह्मनिर्वाणं वर्तते विदितात्मनाम् ।।५–२६।।

(अनि) काम क्रोधरहित, चित्त (विकार) विजयी, परमात्माको साक्षात्कार प्राप्त ज्ञानी पुरुषको लागि सम्पूर्ण तिरबाट ब्रम्हा निर्वाण नै प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1127 0
अवतरण के हो ? 1/9/2023 1038 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 962 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 994 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1001 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 985 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 906 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 965 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 893 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 972 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 996 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 865 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 837 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 840 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1005 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 880 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 982 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 806 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1020 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 883 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 983 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 862 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 954 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 791 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 891 0
त्रिगुण के हो ? 1/9/2023 1178 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 865 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 819 0
त्रिगुण र बन्धन 1/9/2023 940 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 824 0
सतगुण के हो ? 1/9/2023 822 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 779 0
मनुष्य उत्पति 1/9/2023 822 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 866 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 740 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 916 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 740 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 804 0
धर्मक्षेत्र के हो ? 1/9/2023 736 0
मोक्ष साधना के हो ? 1/9/2023 771 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 900 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 664 0
यज्ञ के हो ? 1/9/2023 680 0
धर्मयुद्ध के हो ? 1/9/2023 841 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 809 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 790 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 756 0
के हो ईश्वर भजन ? 1/9/2023 795 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 681 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 628 0
कर्म के हो ? 1/9/2023 1184 0
कर्मको गति किन गहन छ ? 1/9/2023 797 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 882 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 761 0
कर्मयोग के हो ? 1/9/2023 778 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 800 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 717 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 832 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 801 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 775 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 890 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1137 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 723 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 685 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 786 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 776 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1989 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 917 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 783 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1753 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 801 0
वेद के हो ? 1/10/2023 909 0
देवता के हो ? 1/10/2023 877 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 854 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 878 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 808 0
मृत्यु के हो ? 1/10/2023 889 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 849 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 806 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0