विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी

८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ?

0 टिप्पणीहरू 588 आगन्तुकहरू

विपश्यना साधनाको अर्थ चित्तलाई संवेदनाप्रति जागरुक र समभाव बन्न वा संवेदनालाई भोग नगर्न प्रशिक्षण दिनु हो । जब तँपाई चित्तलाई संवेदनाप्रति समभावी रहन प्रशिक्षण दिनुहुन्छ त्यस स्थितिमा कसरी विपश्यना साधनाले चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नष्ट गरी तपाईंलाई निर्वाण प्रदान गर्छ भन्ने सत्यलाई साधकले सरल तरिकाले बुझुन् भन्ने उद्देश्यले यस प्रक्रियालाई बुँदागतरूपमा तल प्रस्तुत गरिएको छ ।

१.विपश्यना साधनाद्वारा साधना संस्कार र चित्तको समभावी संस्कारको उत्पत्ति

विपश्यना साधनामा तपाईं काय र चित्तका क्षेत्रमा उत्पन्न भएका संवेदनाहरूप्रति जागरुक र समभावी बन्नुहुन्छ । जब तपाईं यसरी संवेदनाहरूप्रति जागरुक र समभावी बन्नुहुन्छ त्यस क्षणमा तँपाईमा छिपेको धम्मको संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियमले तपाईंका संवेदनाप्रतिको ‘जागरुकता’ र ‘समभाव’ लाई संस्कार बीजको रूपमा सङ्ग्रह गरिदिन्छ । यसरी तपाईंको चित्तमा प्रथम संस्कार बीज (चित्तको संवेदना भोग नगर्ने स्वभाव) को जन्म हुन्छ । विपश्यना साधनाद्वारा यसरी चित्तको प्रथम समभावी संस्कार बीज जन्मिएको क्षण निर्वाण साधनाका दृष्टिले निर्वाणको पक्षमा प्रथम क्षण बन्न पुग्छ । यही क्षण प्रकृतिको यही संस्कार सङ्ग्रहको शाश्वत नियमले तपाईंको विपश्यना साधना (विपश्यना साधनामा प्रवेश गर्ने स्वभाव) लाई पनि संस्कार बीजको रूपमा सङ्ग्रह गरिदिन्छ ।

२. विपश्यना साधनाद्वारा साधना संस्कार र चित्तको समभावी विस्तार

प्रकृतिको शाश्वत नियमका कारण जब तपाईंमा विपश्यना साधना संस्कारको जन्म हुन्छ त्यस स्थितिमा तपाईं विपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ । अथवा तपाईं चित्तलाई संवेदनाप्रति समभावी बन्न प्रशिक्षण दिइरहनुहुन्छ । जब तपाईं विपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ त्यस स्थितिमा प्रकृतिकोसंस्कार वा बीज विस्तारको शाश्वत नियम तपाईंमा क्रियाशील हुन थाल्छ । यसैका कारण तपाईंको विपश्यना साधना संस्कार झन्झन् विस्तार हुन पुगी विपश्यना साधना नै तपाईंको गुण वा स्वभाव बन्न पुग्छ । यस प्रक्रियामा तपाईंको चित्त पनि संवेदनाप्रति शनैःशनैः समभावी बन्दै गइरहेको हुन्छ वा चित्तको संस्कार नाश हुँदै जान्छ ।

३. विपश्यना साधनामा गुणको प्रकटीकरण

जब निरन्तरको साधनाका कारण विपश्यना साधना नै तपाईंको गुण वा स्वभाव बन्छ त्यस्तो स्थितिमा प्रकृतिको संस्कार वा गुण प्रकटीकरणको शाश्वत नियम तँपाईमा क्रियाशील हुन थाल्छ । यसैका कारण तपाईं स्वभाव (गुण) ले विवश भएर विपश्यना साधनामा बारम्बार प्रवेश गरिरहनुहुन्छ । यतिबेला विपश्यना साधनासँगै तपाईंको चित्त पनि संवेदनाहरूप्रति झन्झन् जागरुक र समभावी बन्दै जान्छ वा तपाईंको चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) पनि शनैःशनैः क्षय हुँदै जान्छ ।

यस्तो स्थितिमा पुनः प्रकृतिको संस्कार वा बीज सङ्ग्रहको नियमले तपाईंको साधना संस्कार, जुन उच्च स्थितिमा पुगेको छ वा तपाईंको चित्तको समभाव जुन स्थितिसम्म विकास भएको छ त्यस स्थितिलाई सङ्ग्रह गरिदिन्छ । यसरी धम्मका शाश्वत नियमको संयुक्त क्रियाशीलताका कारण तपाईंको विपश्यना साधना संस्कार र चित्तको समभाव झन्झन् विस्तार हुन थाल्छ । तपार्इँ साधारण साधकबाट श्रेष्ठ साधकमा परिवर्तन हुँदै जानुहुन्छ । यस साधना प्रक्रियामा तपाईंको चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) नाश हुँदै गइरहेको हुन्छ ।

४. गुणका कारण सजातीय व्यक्ति वा विषयप्रति आकर्षण

जब धम्मका शाश्वत नियमका कारण विपश्यना साधना तपाईंको गुण बन्छ त्यस क्षणमा धम्मको संस्कार वा गुण आकर्षणको शाश्वत नियम पनि तपाईंमा क्रियाशील हुन थाल्छ । यसैका कारण तपाईं स्वतः आध्यात्मिक विषय, व्यक्ति, स्थान आदिप्रति आकर्षित हुन थाल्नुहुन्छ । धम्मको यही नियम क्रियाशीलताका कारण सजातीय गुण भएका आध्यात्मिक विषय र व्यक्ति पनि तपाईंप्रति स्वतः आकर्षित हुन थाल्छन् । यसरी तपाईंको गुणका कारण तपाईंका वरिपरी आध्यात्मिक वातावरण स्वतः उत्पन्न हुन पुग्छ । यस प्रक्रियामा तपाईंका विपश्यना साधना गुण र चित्तको संवेदनाप्रतिको समभाव पनि झन्झन् झाँगिदै जान्छ ।

५.जन्म–जन्मान्तरदेखि सङ्ग्रहित संस्कार बीजहरूको उच्छेद

विपश्यना साधना नै मूल गुण भएका कारण जब तँपाईको चित्त यसरी संवेदनाहरूप्रति समभावी बन्दै जान्छ त्यस स्थितिमा तपाईंको संवेदनाप्रति समभावी चित्त जन्म–जन्मान्तरदेखि तपाईंमा सङ्ग्रहित चित्तका संस्कार (संवेदना भोग गर्ने स्वभाव) को सम्पर्कमा आइपुग्छ । त्यस्तो क्षणमा प्रकृतिको संस्कार वा गुण उच्छेदको शाश्वत नियम क्रियाशील हुन पुग्छ । जसका कारण दुई विपरीत स्वभावको बीचमा परस्परमा विपरीत प्रतिक्रिया हुन पुग्छ र तपाईंको चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रहित चित्तका संस्कारहरू जरैदेखि उखेलिएर नष्ट हुन थाल्छ । यसरी तपाईंको चित्त शनैःशनैः शुद्ध हुँदै जान्छ र अन्तत दीर्घकालीन विपश्यना साधना प्रक्रियाद्वारा तपाईंको चित्त पूर्णरूपमा शुद्ध हुन पुग्छ ।

६. प्रतित्यसमुत्पादको नियमद्वारा दुःखचक्र, भवचक्र, लोकचक्र नाश र निर्वाण प्रदान

जब यसरी तपाईंको चित्त दीर्घकालीन विपश्यना साधनाद्वारा शुद्ध हुन पुग्छ तब तपाईंका चित्तमा छिपेको प्रतित्यसमुत्पादको शाश्वत नियमले शुद्ध चित्तका बीज प्रदान गर्छ । जब प्रकृतिको यस शाश्वत नियमले शुद्ध बीज प्रदान गर्छ जस्तो बीज प्राप्त भयो सोहीअनुरूप परिणाम दिने यही नियमका कारण तपाईंमा दुःखचक्र, भवचक्र, लोकचक्र नाश भई तपाईंलाई निर्वाण वा मोक्ष प्रदान गर्छ । विपश्यना साधनाको केन्द्रमा रहेको यस प्रतिलोमचक्र वा निर्वाणचक्रको व्याख्या अगाडिका अध्यायमा गरिसकिएको छ । तथापि थप प्रष्टतनाका लागि यहाँ पुन राखिएको छ ।

अविज्जाय त्वेव असेस् निराग निरोधा संङखार– (अविद्या निरोधका कारण, संस्कार निरोध) हुन पुग्छ ।
सङखार निरोधा विञ्ञाण निरोध– (संस्कार निरोधका कारण विज्ञान वा चित्तको आधार निरोध) हुन पुग्छ ।
विञ्ञाण निरोधा नाम रुप निरोध– (विज्ञान निरोधका कारण नामरूप निरोध) हुन पुग्छ ।
नामरुप निरोध पस्स निरोधो– (नामरूप निरोधका कारण छवटा इन्द्रिय निरोध) हुन पुग्छ ।
सलापतन निरोधा फस्स निरोधो– (छवटा इन्द्रिय निरोधका कारण विषय स्पर्शको निरोध) हुन पुग्छ ।
फस्स निरोधा वेदना निरोधो– (विषय स्पर्श निरोधका कारण वेदना वा संवेदना उत्पत्ति निरोध) हुन पुग्छ ।
वेदना निरोधा तण्हा निरोधो– (वेदना वा संवेदना निरोधका कारण तृष्णा उत्पत्ति निरोध) हुन पुग्छ ।
तृष्णा निरोधा उपादान निरोधो– (तृष्णा उत्पत्ति निरोधका कारण उपादान वा आशक्ति उत्पत्ति निरोध) हुन पुग्छ ।
उपादान निरोधा भव निरोधो– (आशक्ति उत्पत्ति निरोधका कारण भव (उत्पति) निरोध) हुन पुग्छ ।
भव निरोधा जाति निरोधो– (भव निरोधका कारण पुनर्जन्म निरोध) हुन पुग्छ ।
यसरी विपश्यना साधनाले निर्वाण प्रदान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 536 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 965 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 758 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 755 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 674 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 630 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 634 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 561 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 596 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 591 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 594 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 684 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 550 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2043 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 891 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 691 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 697 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 705 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 599 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 613 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 657 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 603 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 609 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 668 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 645 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 705 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 860 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 667 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 630 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 589 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 556 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 772 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 661 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 574 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 534 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 615 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 650 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 533 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 969 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 984 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 882 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 602 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 601 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 726 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 824 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 656 0
७.५ सम्यक समाधि साधना 1/11/2023 919 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 717 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 950 0
७.२ सम्यक वाणी साधना 1/11/2023 789 0
७.१ सम्यक कर्म साधना 1/11/2023 709 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 618 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 572 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 561 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 502 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 647 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 657 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 847 0
६.१ दुःख आर्य सत्य 1/11/2023 624 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 704 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 580 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 691 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 565 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 554 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 626 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 643 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 580 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 688 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 666 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 555 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 616 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 625 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 543 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 477 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 586 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 632 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 685 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 576 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 631 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 643 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 590 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 713 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 793 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2481 0