विपश्यना साधनाको चरणबद्ध साधनाविधि

९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस्

0 टिप्पणीहरू 683 आगन्तुकहरू

जब तपाईं विपश्यना साधनाबाट बाहिर आउनुहुन्छ त्यस क्षणमा चौवीसै घण्टा क्रियाशील धम्मका नियमहरूले तपाईंमा बन्धन निर्माण र विस्तार गर्न प्रारम्भ गरिहाल्छ । विपश्यना साधनाबाट बाहिर आएपछि पनि कर्म, वाणी, आजीविकाका सम्पूर्ण क्षणमा जागरुक र समभावी रहनुहोस् । जब हिँड्नुहुन्छ, जब स्नान गर्नुहुन्छ, जब भोजन गर्नुहुन्छ, जे कर्म गरिरहनुभएको छ त्यसप्रति जागरुक बनिरहनुहोस् । शरीरको जुन भागमा हलचल भइरहेको छ, संवेदनाहरू उत्पत्ति भइरहेको छ त्यसलाई पनि यथाभूतरूपमा जान्नुहोस् ।

राति जब सुत्न जानुहुन्छ त्यस क्षणमा पनि कायमा उत्पन्न संवेदनाको बोध गरिरहनुहोस् । अनित्य बोधको चैतन्य जगाइराख्नुहोस् । रात्रि वा सुत्ने समयमा गरिने विपश्यनाको व्याख्या गर्ने क्रममा गुरु गोयन्का आफ्नै अनुभूतिलाई व्याख्या गर्दै भन्नुहुन्छ– ‘रात्रिमा पनि आफूभित्र संवेदनाको अनित्य बोधको चैतन्य जागिरहेको हुन्छ । अलिअलि निद्रा, अलिअलि जागृति, कहिले काँही त पूरा रात नै यसरी बित्छ । निद्राको नाम निसानै रहँदैन । जब सम्पूर्ण रात अनित्य बोधको चैतन्यबाट बिहान जागिन्छ त्यस स्थितिमा अत्यन्त हलुकापन बोध हुन्छ, मानौँ शरीर गहिरो निद्राबाट बिउँझिएको छ । रात्रिमा जर्बजस्ती जागा नबस्नुहोस्, रात्रिमा विपश्यना गर्दागर्दै जब प्राकृतिकरूपमा निद्रा आउँछ तब निदाउनुहोस् । जब बिहान उठ्नुहुन्छ त्यस क्षणमा पनि कायमा संवेदनाहरूको अनित्य गुण, धर्म र स्वभावको बोध गर्नुहोस् ।’

यसरी काय र चित्त क्षेत्रका संवेदनालाई विपश्यनाको विधिअनुरूप दीर्घकालसम्म निरन्तरता दिइरहनुहोस् । कहिले निर्वाण प्राप्त हुन्छ भन्ने कुराको परिणामप्रति व्याग्र नबनी विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् । जब तपाईं दीर्घकालसम्म यसरी धर्मचक्र साधनालाई निरन्तरता दिइरहनुहुन्छ त्यस स्थितिमा तपाईंमा चित्तका विकारहरू शनैःशनैः क्षय हुँदै गएर चित्तका प्राकृतिक गुण शनैःशनैः प्रकट हुन थाल्छन् । तपाईंको चित्तमा स्मृति (जागरुकता), धर्मविचय (चित्तले जे धर्म ग्रहण गर्छ त्यस धर्मलाई विघटन गर्नु), वीर्य (साधनामा लगनशीलता वा पुरुषार्थ), प्रिति (चित्तका संस्कारहरू नाश हुँदै जाँदा मनमा उत्पन्न हुने अनेक शान्ति, आनन्दका अनुभूति), प्रश्रब्धि (चित्तका संस्कार नाश हुँदै जाँदा कायमा उत्पन्न हुने शान्तपना), समाधि (सघन एकाग्रताको स्थिति) आदि गुणहरू प्रकट हुँदै जान्छन् ।

विपश्यना बाहेकका अन्य निर्वाण साधनाविधिहरूमा साधनाकालमा उत्पन्न हुने यी अनेक प्रकारका सुख, शान्ति, आनन्दका अनुभूतिहरू पञ्चस्कन्धभित्रकै अनित्य अनुभूति भएकाले यी अनुभूतिलाई पनि भोग गर्नु हुँदैन भन्ने शिक्षा गुरुहरूले प्रदान नगर्नु भएकाले ती अनेक साधनाविधिका साधकहरू साधनाका यी सुखद संवेदनालाई भोग गर्न पुग्छन् । साधनाकालमा सुखद संवेदनाहरू प्राप्त हुँदा खुसी र दुखद संवेदना प्राप्त हुँदा दुःखी बन्छन् । फलतः धम्मका शाश्वत नियमहरूले पुनः रागद्वेषका संस्कारबीज प्राप्त गरी संस्कार नै उत्पन्न र विस्तार गरिदिँदा उनीहरू साधनाबाट च्यूत हुनपुग्छन् ।

साधनाकालमा चित्तका संस्कारहरू क्षय हुँदै जाँदा जब प्रिति–प्रमोद, प्रश्रब्धि समाधि आदि जस्ता सुख, आनन्द, शान्ति आदिका अनुभूति (संवेदना) उत्पन्न हुन्छन् । यी सुखद संवेदनालाई तपाईं भोग नगरी यथाभूतरूपमा मात्र अवलोकन गर्नुहोस् ।

तपाईं साधनाकालमा उत्पन्न हुने चित्तको जागरुकता, धर्मविचय, वीर्य, प्रिति, प्रश्रब्धि, समाधि आदि अवस्थाहरूको विद्यमान र अविद्यामान अवस्था आदिलाई यथाभूतरूपमा जान्नुहोस् । तपाईं काय र चित्तको क्षेत्रमा उत्पन्न कुनै पनि संवेदनाप्रति न राग न द्वेष अर्थात् न खुसी, न दुःखी) मात्र समभावमा यी संवेदनाहरूको अनित्य गुण, धर्म र स्वभावलाई अवलोकन गरिरहनुुहोस् । यसरी विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1015 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 812 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 732 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 684 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 692 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 611 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 650 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 649 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 652 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 742 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 610 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 737 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 743 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 757 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 713 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 802 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 655 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 691 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 761 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 908 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 719 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 717 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 647 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 612 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 924 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 622 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 594 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 665 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 704 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 670 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 637 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1023 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1034 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 650 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 655 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 772 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 969 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 773 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1000 0
७.२ सम्यक वाणी साधना 1/11/2023 849 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 666 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 622 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 548 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 705 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 723 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 895 0
६.१ दुःख आर्य सत्य 1/11/2023 680 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 758 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 634 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 745 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 615 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 604 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 678 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 697 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 630 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 738 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 675 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 743 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 597 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 527 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 686 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 674 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 743 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 697 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 652 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 765 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 879 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2635 0