परिशिष्ट– चित्तका चार खण्डहरु

चित्तका चार खण्डहरु के के हुन ?

0 टिप्पणीहरू 758 आगन्तुकहरू

निर्वाण साधनामा मन वा चित्तको अत्यन्त महत्वपूर्ण भूमीका छ किनकी चित्तको कारण नै तपाईंमा संस्कार (बन्धन) वा निर्वाणको उत्पति हुन्छ । चित्तमा नै संस्कारहरुको उत्पत्ति र विनास हुन्छ । भगवान् बुद्धले तत्कालीन समयमा प्रचलीत भाषा अनुसार चित्तलाई विज्ञान, संज्ञा, वेदना र संस्कार गरी चार खण्डहरुमा विभाजन गर्नु भएको छ । महासतिपट्ठान वा विपश्यना साधनाका साधकले चित्तका यि चार खण्डहरु के के हुन् ? चित्तका यि चार खण्डहरुले कसरी कार्य गर्दछन् ? चित्तका यी चार खण्डहरुले कसरी बन्धन वा निर्वाण उत्पन्न गर्दछन् ? आदि तथ्यहरु प्रति स्पष्ट हुन अत्यन्त जरुरी छ ।

प्रथम भाग – विज्ञान

चित्तको प्रथम खण्ड हो विज्ञान । वर्तमान समयमा विज्ञानको अर्थ प्रामाणिक ज्ञान आदि भएपनि भगवान बुद्धको समयमा विज्ञानको अर्थ हुन्थ्यो–जान्नु वा जानकारी प्राप्त गर्नु । जब तपाईंको इन्द्रियहरु (मनसहित छ इन्द«ीयहरु) र विषयहरुकोे मीलन हुन्छ, त्यो क्षणमा चित्तको यही प्रथम खण्ड विज्ञानले तपाईंलाई विषय उपस्थिति छ भन्ने प्रथम जानकारी प्रदान गर्दछ । चित्तको यो प्रथम खण्ड विज्ञानको कारण तपाईं विषय (दृश्य, शव्द, गन्ध, स्पर्श, रस, आदि) उपस्थित छ भन्ने प्रथम जानकारी प्राप्त गर्नुहुन्छ । तर मात्र विषय उपस्थित छ भन्ने शुद्ध जानकारीले संस्कार उत्पन्न नहुने हुनाले चित्तको यो प्रथम खण्डको कारण तपाईंमा संस्कारहरु उत्पन्न हुँदैनन् ।

दोस्रो भाग – संज्ञा

चित्तको दोश्रो भाग हो–संज्ञा । जब चित्तको प्रथम खण्ड विज्ञानले तपाईंलार्ई विषय उपस्थितिको जानकारी प्रदान गर्दछ, त्यहि क्षण तपाईंको चित्तको दोस्रो खण्ड संज्ञा स्वतः क्रियाशिल हुन थाल्दछ । चित्तको यो दोस्रो खण्ड संज्ञाले पूर्वअनुभूति वा संस्कारको आधारमा विषयलाई रागपूर्ण र द्वेषपूर्ण गरी दुई भागमा विभाजन गर्दछ । रुपकोे जानकारी प्राप्त भएको छ भने रुप सुन्दर छ कि कुरुप छ ? शव्दको जानकारी प्राप्त भएको छ भने शव्द प्रिय छ कि अप्रिय छ ? आदिमा विभाजन गर्दछ । संज्ञाले विषयलाई मात्र रागपूर्ण कि द्वेषपूर्ण भनेर विभाजन गरेको यो क्षेत्रमा पनि संस्कारहरु उत्पत्ति हुँदैनन् ।

तेस्रो भाग – वेदना (वा संवेदना)

चित्तको तेस्रो खण्ड हो वेदना । चित्तको दोस्रो खण्ड संज्ञाले जब विषयलाई रागपूर्ण वा द्वेषपूर्ण गरी दुई भागमा विभाजन गर्दछ, त्यो क्षणमा तपाईंको चित्तको तेस्रो खण्ड वेदना स्वत क्रियाशील हुनपुग्दछ, जसको कारण तपाईंको चित्तमा राग र द्वेषका अनुभूतिहरु वा सुखद् दुखद् संवेदनाहरु उत्पन्न हुन थाल्दछन् । (स्मरण रहोस्– वर्तमान समयमा वेदनाका अर्थ दुखद अनुभूति भनेर बुझिए पनि भगवान बुद्धको समयमा सुखद वा दुखद सम्पूर्ण अनुभूतिहरुलाई वेदना भनेर बुझिन्थ्यो । यही वेदनालाई विपश्यना साधनामा संवेदना भनिन्छ ।)

यसरी चित्तमा सुखद् दुखद् संवेदनाहरु उत्पन्न भइरहेको क्षणमा यदि तपाईंले यि संवेदनाहरु माथि भोक्ता भाव प्रकट नगरी मात्र तटस्थ रुपमा बोध गर्नुभयो भने चित्तको तेस्रो क्षेत्र संवेदनामा पनि संस्कारहरु उत्पन्न हुँदैनन् । तर जन्मजन्मान्तर देखि मनमा उत्पन्न सुखद वा दुखद संवेदनाहरु लागि भोग गर्ने स्वभाव विकसीत भइसकेकाले वा विपश्यना साधना सिद्ध नभएको कारणले तपाईं “स्वत” संवेदनाहरुको भोग गर्न थाल्नुहुन्छ । यहि क्षण चित्तको चौथो खण्ड संस्कारको उदय हुन्छ ।

चौथो भाग – संस्कार

चित्तको चौथो भाग हो संस्कार। मनमा उठिरहेका दुखद र सुखद संवेदनाहरु प्रति तपाईं जून रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया उत्पन्न गर्नुहुन्छ, त्यहि प्रतिक्रिया नै संस्कार हो । चित्तको यहि चौथो खण्ड ‘संस्कार’को कारण नै तपाईं प्रतिक्षण सुखद दुखद् संवेदनाहरुलाई भोग गरी तपाईं संस्कारहरु निर्माण गरीरहनुहुन्छ । तपाईं जुन विषयबाट सुखद संवेदनाहरु प्राप्त हुन्छ ति विषयहरु प्रति आकर्षित हुनुहन्छ र तपाईं जुन विषयहरुबाट दुखद संवेदनाहरु उत्पन्न हुन्छन् तपाई ति विषयप्रति विकर्षित भई विषय बन्धन प्राप्त गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 540 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 762 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 676 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 632 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 638 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 565 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 598 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 595 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 598 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 686 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 554 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2047 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 895 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 693 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 709 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 603 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 615 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 659 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 605 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 611 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 672 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 647 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 707 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 862 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 669 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 634 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 591 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 560 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 665 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 576 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 617 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 654 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 537 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 973 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 986 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 884 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 604 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 605 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 826 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 921 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 719 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 952 0
७.२ सम्यक वाणी साधना 1/11/2023 791 0
७.१ सम्यक कर्म साधना 1/11/2023 711 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 620 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 574 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 563 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 504 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 659 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 708 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 582 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 693 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 567 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 558 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 630 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 647 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 690 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 668 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 557 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 618 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 627 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 545 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 479 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 590 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 634 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 689 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 578 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 635 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 645 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 592 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 717 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 795 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0