विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी

८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता

0 टिप्पणीहरू 534 आगन्तुकहरू

संसारमा वेद, उपनिषद, गीता, शिवसूत्र आदि अनेक मोक्ष ग्रन्थहरू छन् । त्यस्तै बाइबल, कुरान आदि मोक्ष ग्रन्थहरू पनि छन् । महिर्षिहरूद्वारा व्याख्या गरिएका अनेक मोक्ष साधना ग्रन्थहरू पनि छन् । वर्तमान समयमा पनि विवेकानन्द, रमण महर्षि, साइबाबा, रामकृष्ण परमहंस आदिदेखि ओशो, जे. कृष्णमूर्ति आदिले पनि मोक्षको व्याख्या गरेका छन् तर ती सम्पूर्ण ग्रन्थहरू, व्याख्याहरू र गुरुहरू निर्वाण साधनाको प्रथम विन्दुदेखि अन्तिम विन्दुसम्म साधक साधनाका कुनकुन चरणबाट गुज्रिन्छ ? साधकले साधनाको कुन चरणमा कुन अनुभूति प्राप्त गर्छ ? निर्वाण साधनाले कसरी निर्वाण प्रदान गर्छ ? आदि कुराको व्याख्या गर्न असमर्थ छन् । अर्थात् व्याख्या गरेका छैनन्, जसको कारण असङ्ख्य साधकहरू मोक्ष साधनाको चरणबद्ध आध्यात्मिक रूपान्तरणको प्रक्रिया बुझ्न असमर्थ छन् ।

निर्वाण साधनामा कति चरण छन् ? साधनाको कुन चरणमा साधकले केके अनुभूति प्राप्त गर्छ ? म साधनाको कुन स्थिति वा चरणमा छु ? साधनामा प्रगति भइरहेको छ कि छैन ? साधनाकालमा प्राप्त भएका शान्ति, आनन्दका अनुभूतिहरू के हुन् ? आदि प्रश्नको स्पष्ट उत्तर प्राप्त गर्न असमर्थ छन् । मूलतः यही कारण निर्वाण साधनाका प्रायः (वा सम्पूर्ण) साधक द्विविधा, भ्रम वा अन्योलमा छन् । यिनै द्विविधाका कारण साधनाकालमा (मुख्यत ध्यान साधना) मा उत्पन्न हुने अनेक प्रकारका क्षणिक शान्ति, खुसी, आनन्द आदिका अनुभूतिलाई आध्यात्मिक प्रगतिको संज्ञा दिँदै मूल लक्ष्य अविनाशी, परमशान्ति, परमआनन्द, परम खुसीका क्षेत्रसम्म पुग्न असमर्थ छन् ।

यथार्थमा ती शास्त्र, गुरु आदिका अस्पष्ट, साङ्केतिक, अपूर्ण, अप्रत्यक्ष व्याख्या नै साधकले निर्वाण प्राप्त गर्न असमर्थ हुनुको प्रमुख कारण बन्न पुगेको छ । साधनाकालमा उत्पन्न हुने प्रश्नहरूको स्पष्ट उत्तर प्राप्त नभएका कारण असङ्ख्य साधक, साधिकाहरू लक्ष्य प्राप्त गर्न असमर्थ भई उनीहरूका समय र जीवन बर्बाद भइरहेको छ । यसरी संसारका सम्पूर्ण मोक्षशास्त्र वा सम्पूर्ण आध्यात्मिक महापुरुषहरूले स्पष्टरूपमा व्याख्या गर्न असमर्थ (वा नगरेका) कारण मोक्ष साधनाको प्रथम विन्दुदेखि अन्तिम विन्दुसम्मका सम्पूर्ण चरण र प्रत्येक चरणका अनुभूतिहरूका व्याख्या भगवान् बुद्धले अत्यन्त सरल र स्पष्ट भाषामा गर्नुभएको छ ।

विपश्यना साधनामा भगवान्ले गर्नुभएका निर्वाण साधनाका विभिन्न बाह्र चरणहरू र ती चरणका अनुभूतिहरूको व्याख्याले भगवान् साधकहरू साधनाको कुनै पनि स्थितिमा भ्रमित नहुन्, साधनामार्ग पहिल्याउन असमर्थ भई साधनाबाट च्युत नहुन्, स्वयं झैँ साधना सङ्घर्षहरूमा नपरून् भन्नेजस्ता तथ्यहरूप्रति पनि अत्यन्त सचेत हुनुहुन्थ्यो भन्ने तथ्यलाई पनि प्रकाश पार्छ । भगवान्ले जुन सरल र स्पष्टता पूर्वक ती चरणहरूका व्याख्या गर्नुभएको छ, यस्तो सरल र स्पष्टता संसारमा प्रचलित कुनै पनि मोक्ष शास्त्रहरू मात्र नभई हिन्दूधर्मको मूल मोक्षग्रन्थ मानिएको गीतामा भगवान् कृष्णबाट समेत भएको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 538 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 965 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 758 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 755 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 674 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 630 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 634 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 561 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 596 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 591 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 594 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 684 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 552 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2043 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 891 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 691 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 697 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 705 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 599 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 613 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 657 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 603 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 609 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 668 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 645 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 705 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 860 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 667 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 630 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 589 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 556 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 772 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 661 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 574 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 534 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 615 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 652 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 969 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 984 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 882 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 602 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 601 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 726 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 824 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 656 0
७.५ सम्यक समाधि साधना 1/11/2023 919 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 717 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 950 0
७.२ सम्यक वाणी साधना 1/11/2023 789 0
७.१ सम्यक कर्म साधना 1/11/2023 709 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 618 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 572 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 561 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 502 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 649 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 657 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 847 0
६.१ दुःख आर्य सत्य 1/11/2023 624 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 704 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 580 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 691 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 565 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 554 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 628 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 643 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 580 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 688 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 666 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 555 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 616 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 625 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 543 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 477 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 586 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 632 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 687 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 576 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 631 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 643 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 590 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 713 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 793 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2481 0