विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी

0 टिप्पणीहरू 602 आगन्तुकहरू

विपश्यना साधना भगवान् बुद्धले स्वयं प्रमाणित गर्नुभएको सत्य निर्वाण साधना हो भन्ने तथ्यको व्याख्या यसै पुस्तकको विभिन्न स्थानमा गरिसकिएको छ । विपश्यना साधनाबाट भगवान् बुद्ध मात्र नभई उहाँका समयमा लाखौँ साधकले निर्वाण प्राप्त गरेको व्याख्या बुद्ध साहित्यमा गरिएको छ । विपश्यना साधना सत्य निर्वाण साधनाविधि हो भन्नुको अर्थ यो होइन कि तपाईंले विपश्यना साधनामा प्रवेश गर्ने बित्तिकै सहजै निर्वाण प्राप्त गर्न सक्नु्हुन्छ । तँपाई विपश्यना साधनाबाट त्यस स्थितिमा मात्र अपेक्षित आध्यात्मिक रूपान्तरण वा निर्वाण प्राप्त गर्न सक्नुहुन्छ जब तपाईं विपश्यना साधनालाई ‘विधिपूर्वक’ साधनामा उतार्न समर्थ हुनुहुन्छ । यदि तपाईं विधिपूर्वक विपश्यना साधनालाई साधनामा उतार्न असमर्थ रहनुभयो भने तँपाई वर्षौँ त के कल्पौँसम्म साधना गरे पनि स्वयंमा प्रतिलोमको चक्र उत्पन्न गरी निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ । यसर्थ विपश्यना साधनालाई विधिपूर्वक साधनामा उतार्न तपाईंले तल व्याख्या गरिएका केही महत्वपूर्ण तथ्यप्रति अत्यन्त सजग रहन आवश्यक हुन्छ ।

१. विपश्यना साधनाको सैद्धान्तिक पक्षप्रति स्पष्ट हुनुहोस्

विपश्यना सूक्ष्म र गहन प्रकृतिको निर्वाण विद्या हो । सर्वप्रथम यस निर्वाण विद्याका सम्पूर्ण पक्षलाई बुझ्नै कठिन छ । विपश्यना साधनालाई स्पष्टरूपमा बुझेको जस्तो लागे पनि कैँयौँ साधकले विपश्यना साधनाका सम्पूर्ण सैद्धान्तिक पक्षलाई बुझेका हुदैनन् । यसरी विपश्यना साधनाका सम्पूर्ण सैद्धान्तिक पक्षसँग स्पष्टरूपमा परिचित नभइकन साधनामा प्रवेश गर्दा साधक अनेक प्रकारका भ्रम, कल्पना, द्विविधा आदिमा फस्न पुगी साधनामा असफल हुनपुग्छन् । यस कारण तपाईंले सर्वप्रथम विपश्यना साधनाका सम्पूर्ण पक्षप्रति स्पष्ट हुनैपर्ने हुन्छ । विपश्यना साधनासँग जोडिएका सैद्धान्तिक पक्षहरूका व्याख्या यसै पुस्तकको विभिन्न अध्यायमा गरिएको छ ।

२. विपश्यना साधनामा अन्य साधना नजोड्नुहोस्

विपश्यना साधना प्रकृतिका शाश्वत नियमहरूमा आधारित शुद्ध साधना हो । विपश्यना साधना आत्मा, परमात्मा, परमात्माकृपा, गुरु, गुरुकृपा, धार्मिक मत, सिद्धान्तमा आधारित साधना होइन ।

प्रायः विपश्यना साधनामा प्रवेश गर्ने साधक अनेक धर्म, ईश्वर, गुरु, धार्मिक विश्वास, सम्प्रदाय आदिसँग जोडिएका साधक नै हुन्छन् । ती साधक जब विपश्यना साधनामा प्रवेश गर्छन् त्यस स्थितिमा उनीहरू स्वयं साधनारत साधनाका केही पक्षलाई विपश्यना साधनामा जोड्न वा मिसाउने प्रयास गर्छन् । विपश्यना साधनामा स्वयंले श्रद्धा गरेका नाम, रूप, मन्त्र आदि जोड्न थाल्छन् ।

जब विपश्यना साधनामा अन्य साधनाविधिका केही पक्ष जोडिन्छ त्यस अवस्थामा विपश्यना साधनाको सत्य स्वरूप नष्ट भई यो साधना पनि अपूर्ण, आंशिक, असत निर्वाण साधना बन्न पुग्छ । जब सत्य साधनाविधि यसरी अप्रभंशित हुन पुग्छ यस्तो स्थितिमा तपाईंले वर्षौँ त के कल्पौँसम्म साधना गरे पनि विपश्यना साधनामा सफलता प्राप्त गर्न सक्नुहुन्न । यसैले विपश्यना साधनाविधिमा तपाईंले अन्य कुनै निर्वाण साधनाका साधनाविधिलाई नजोड्नुहोस् । विपश्यना साधनाको सत्य स्वरूपलाई नष्ट नगर्नुहोस् । भगवान् बुद्धले विभिन्न सुत्तमा विपश्यना ध्यान कसरी गरिन्छ भनेर गहन व्याख्या गर्नुभएको छ (जुन यसै पुस्तकमा पनि गरिएको छ) त्यही विधिअनुरूप यो साधना गर्नुहोस् ।

३. विपश्यना साधना धैर्यपूर्वक गर्नुहोस्

विपश्यना साधनाको लक्ष्य निर्वाण हो तर विपश्यना साधनामा साधकले कहिले वा कति समयावधिपश्चात् निर्वाण प्राप्त गर्छ ? भन्ने प्रश्न एक अत्यन्त कठिन प्रश्न हो । साधकले कहिले निर्वाण प्राप्त गर्छ ? भन्ने तथ्यलाई मूलतः साधकको आध्यात्मिक पात्रत्वले प्रभावित पार्छ । साधकको आध्यात्मिक पात्रत्व अनुसार साधकलाई निर्वाण प्राप्तिका लागि केही क्षण, केही दिन, केही हप्ता, केही महिनादेखि वर्षौँ वा कल्पौँ पनि लाग्न सक्छ । जब तपाईं बुद्ध त्रिपिटकलाई अध्ययन गर्नुहुन्छ तपाईं भगवान्ले विपश्यना साधनाविधिको व्याख्या गर्दागर्दै निर्वाण प्राप्त गरेका उच्चस्तरका साधकको उदाहरण देख्न सक्नुहुन्छ ।

यसरी निर्वाण प्राप्तिका लागि कुनै निश्चित समयावधि नभएको वा निर्वाण प्राप्ति साधकको आध्यात्मिक पात्रत्वसँग जोडिँदाजोडिँदै पनि कैँयौँ विपश्यी साधक यस्ता हुन्छन्, जो शीघ्र निर्वाण प्राप्त होस् भन्ने ध्येयले अधैर्यतापूर्वक तीव्र गतिमा साधना गर्छन्, घण्टौँसम्म बलपूर्वक साधना गरिरहन्छन् । अन्ततः विपश्यना साधना मूल मर्म सम्यक स्थितिबाट च्यूत हुन पुगी साधनामा नै असफल हुन पुग्छन् ।

त्यसैले विपश्यना साधनालाई अधैर्यतापूर्वक नगरी वा निर्वाण प्राप्तिका लागि अधैर्य नबनी शान्त, धैयर्तापूर्वक र विधिसम्मत तरिकाले साधनामा निरन्तरता दिइरहनुहोस् । धम्मका नियमहरूले निर्वाण प्रदान नगरेको स्थितिसम्म धैर्यतापूर्वक साधना गरिहरनुहोस् । विपश्यना साधनाद्वारा रोपिएका साधनाका संस्कार बीज यस जन्ममा मात्र नभई भविष्यका जन्महरूमा पनि व्यर्थ जाँदैनन् भन्ने तथ्यमा निश्चित बनिरहनुहोस् ।

४. साधनाको असफलतामा निराश नहुनुहोस्

विपश्यना साधनामा तपाईं जन्म–जन्मान्तरदेखि चित्तमा सङ्ग्रहित संस्कारलाई नष्ट गर्न नै साधनामा प्रवेश गर्नुहुन्छ तर धम्मका नियमहरूद्वारा सिर्जित चित्तका यी संस्कारहरु सहजै नष्ट नहुने कारणले गर्दा तपाईंमा विपश्यना साधनाको कालमा पटकपटक साधनाबाट च्यूत भइरहनुहुन्छ । ध्यान साधनामा प्रवेश गरेपश्चात् पनि तपाईंको मन विभिन्न विषयमा विचरण गरिरहन्छ, तपाईं कल्पनामा डुबिरहनुहुन्छ । जब तपाईं विपश्यना ध्यान साधनाबाट बाहिर आउनुहुन्छ त्यस स्थितिमा पनि तपाईं शील साधना, सम्यक कर्म साधना, सम्यक वाणी साधना, आजीविका साधनामा बारम्बार असफल भइरहनुहुन्छ ।

जब तपाईं यसरी साधनामा बारम्बार असफल हुनुहुन्छ यी क्षणमा तपाईंका मनमा पूर्वसंस्कारहरूका कारण दुःख, ग्लानी, पश्चात्ताप, निराशा आदि विचार उत्पन्न हुन थाल्छन् वा यी क्षणमा पनि तपाईं दुःख, ग्लानी, पश्चात्ताप आदि संवेदनाहरूमा समभावी साधना गर्न असमर्थ रहनुहुन्छ । त्यसैले साधनाको असफलतामा निराश नहुनुहोस् । अपितु मनमा उत्पन्न भइरहेका यी द्वेषपूर्ण संवेदनालाई यथाभूतरूपमा दर्शन गर्दै पुनः साधनामा प्रवेश गर्नुहोस् ।

५. साधना कालका संवेदनाहरूलाई भोग नगर्नुहोस्

जब तपाईं विपश्यना साधनामा प्रगति गर्दै जानुहुन्छ तपाईंका संस्कारहरू नाश हुँदै जाँदा तपाईंमा प्रिति प्रमोद, प्रश्रब्धि, भङ्ग, समाधि आदि जस्ता साधनास्थिति उत्पन्न हुन्छन् । यी साधना स्थितिमा तपाईंको काय र चित्तको क्षेत्र अनेक प्रकारका सुखद, आनन्दपूर्ण, शान्तिका तरङ्गले भरिन थाल्छ । जब साधनामा यस्तो सुखद, आनन्दमय स्थिति उत्पन्न हुन्छन् पूर्वसंस्कारका कारण प्रायः साधक खुसी, हर्षित, आनन्दित हुन थाल्छन् वा ती संवेदनालाई भोग गर्न थाल्छन् । सम्पूर्ण प्रकारका दुःखद र सुखद संवेदनाप्रति न राग न द्वेषको सम्यक स्थिति नै विपश्यना साधनाको मूल साधना हो भन्ने तथयलाई विस्मृत गर्दछन् । विपश्यना साधनाकालमा उत्पन्न हुने सुख, आनन्द, शान्ति आदि अनुभूति (संवेदना) पनि अनित्य गुण, धर्म, स्वभाव भएका पञ्चस्कन्धभित्रकै अनुभूति हुन् । एक विपश्वी साधकको रूपमा तपाईंको लक्ष्य पञ्चस्कन्धभन्दा बाहिरको इन्द्रियातीत निर्वाण अनुभूति हो । जब तपाईं पञ्चस्कन्धबाट भित्र उत्पन्न भइरहेका संवेदनाहरूलाई भोग गर्नुहुन्छ त्यस स्थितिमा तपाईं चित्तको सुखद संवेदना भोग गर्ने स्वभावलाई विस्तार गर्नुहुन्छ । यसैले विपश्यना साधनामा काय र चित्तमा उत्पन्न हुने संवेदनालाई भोग नगरी संवेदनाप्रति जागरुक र समभावी बनिहरनुहोस् र अनित्य बोधलाई जगाउनुहोस् ।

६. साधनामा सुखद संवेदनाहरूको खोजी नगर्नुहोस्

वर्तमान समयमा जब ध्यान साधना भनिन्छ त्यतिबेला यस साधनालाई मूलतः मनमा सुख, शान्ति, आनन्द आदि प्रदान गर्ने साधनाको रूपमा बुझ्ने गरिएको पाइन्छ । ध्यान साधनामा प्रायः साधक मनको शान्ति, आनन्द, सुखको खोजीमा प्रवेश गर्छन् । जब यी साधक ध्यान साधनामा प्रवेश गर्छन् त्यो स्थितिमा यी साधकहरु ध्यान साधनामा सुख, शान्ति, आनन्दका अनुभूति खोज्न थाल्छन् । अन्तरात्मामा सुखद संवेदना खोजी रहेका त्यस्ता साधक जब विपश्यना साधनाको कालमा दुःखद संवेदना उत्पन्न हुन्छ त्यतिबेला उनीहरू साधना सही दिशामा भइरहेको छैन भन्ने बुझेर दुःखी, निराश, विचलित आदि हुन थाल्छन् । पुनः जब मनमा सुख, शान्ति, आनन्दका अनुभूति उत्पन्न हुन्छन् त्यतिबेला उनीहरू मनमनै खुसी हुन्छन् । यसरी उनीहरू विपश्यना साधनाको मूल मर्म कुनै पनि संवेदनाप्रति न राग न द्वेषको स्थितिबाट च्यूत भइरहन्छन् वा साधनाबाट च्यूत भइरहन्छन् । यसर्थ विपश्यना साधनामा सुखद संवेदनाका खोजी नगर्नुहोस् । अपितु सुखद वा दुखद सबै किसिमका संवेदनामा जागरुक र समभावी बन्नुहोस् ।

७. साधनामा सङ्घर्ष नगर्नुहोस्

जब तपाईं विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाईं शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इञ्च गर्दै चक्कर लगाउन थाल्नुहुन्छ त्यस्तो स्थितिमा तपाईं शरीरका कैँयौँ स्थानमा जडपन, स्थूलपन वा मूर्छना आदि स्थितिको बोध गर्नुहुन्छ । यस स्थितिमा तपाईंको साधना अवरुद्ध हुनपुग्छ । यस्तो बेला प्रर्व संस्कारको कारण तपार्इँ त्यस जड क्षेत्रलाई नष्ट गर्न सङ्घर्ष गर्न सक्नुहुन्छ । जब तपाईं यसरी कायका जडक्षेत्रमा सङ्घर्ष गर्नुहुन्छ त्यस स्थितिमा तपाईं जडक्षेत्रप्रति द्वेषभाव उत्पन्न गरी साधनाबाट च्यूत हुने सम्भावना हुने भएकाले विपश्यना साधनाको कालमा तपाईंले साधनामा कुनै पनि प्रकारका सङ्घर्ष नगर्नुहोस् । साधनामा सतत सम्यक स्थितिमा रहिरहनुहोस् ।

८. साधनाका कुनै पनि भाग नछुटाउनुहोस्

जबसम्म तपाईं ‘म’ वा देह भावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ त्यस क्षणसम्म तपाईं पूर्ण निर्वाणको स्थिति प्राप्त गर्न असमर्थ रहनुहुन्छ । यो मूल अविद्यारूप ‘म’ लाई नष्ट गर्न तपाईंले यो सम्पूर्ण काय र चित्त परमाणु नै परमाणुको तरङ्ग हो भन्ने कुराको भाव प्राप्त गर्नुपर्छ । यो भाव वा स्थिति प्राप्त गर्न तपाईंले काय र चित्तका सम्पूर्ण भागलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम क्षेत्रसम्म टुक्र्याउँदै यो काय र चित्तक्षेत्र तरङ्गै तरङ्गको पुञ्ज हो भन्ने प्रामाणिक अनुभूति प्राप्त गर्न समर्थ हुन अत्यन्त आवश्यक छ । यो काय र चित्त तरङ्गै तरङ्गको पुञ्ज हो भन्ने प्रामाणीक अनुभूति तपाईं त्यस्तो स्थितिमा मात्र प्राप्त गर्न समर्थ हुनुहुन्छ जब तपाईं कायका कुनै पनि भागलाई नछुटाइकन वा कायको कुनै पनि भागमा स्थूलपन, जडपन आदिको उपस्थिति नरहने गरी कायानुपश्यना साधना गर्नुहुन्छ । यसर्थ विपश्यना साधनामा काय र चित्तका कुनै भाग पनि नछुटाउनुहोस् ।

९. शील साधनाप्रति सचेत हुनुहोस्

शील साधना विपश्यना साधनाको महत्वपूर्ण साधना हो । जबसम्म तपार्इँमा शील पुष्ट हुँदैन वा जबसम्म तपार्इँका जगत्का विषय भोगप्रति आशक्ति रहिरहन्छ त्यस स्थितिसम्म तपाईंको समाधि (ध्यान) साधनाले लय समात्न सक्दैन वा तपाईंको ध्यान साधना असफल भइरहन्छ । जबसम्म समाधि साधना असफल हुन्छ चित्त एकाग्र हुन नसकेको यस स्थितिमा तपाईंको प्रज्ञा साधना (संवेदनाप्रति समभाव) पुष्ट हुन सक्दैन । यसर्थ शील साधनाप्रति सचेत रहनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 536 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 963 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 758 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 755 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 674 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 630 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 634 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 561 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 594 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 591 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 594 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 684 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 550 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2043 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 891 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 689 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 697 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 705 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 599 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 611 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 655 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 754 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 607 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 668 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 643 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 703 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 860 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 667 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 630 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 587 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 556 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 772 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 661 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 572 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 534 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 613 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 650 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 533 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 587 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 969 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 984 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 882 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 602 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 601 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 726 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 824 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 656 0
७.५ सम्यक समाधि साधना 1/11/2023 919 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 717 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 950 0
७.२ सम्यक वाणी साधना 1/11/2023 789 0
७.१ सम्यक कर्म साधना 1/11/2023 709 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 618 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 570 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 561 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 500 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 647 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 657 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 847 0
६.१ दुःख आर्य सत्य 1/11/2023 624 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 704 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 580 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 691 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 563 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 554 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 626 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 643 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 580 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 688 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 664 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 555 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 616 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 625 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 543 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 477 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 586 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 632 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 685 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 576 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 631 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 643 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 590 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 713 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 791 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2481 0