विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी

८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ?

0 टिप्पणीहरू 883 आगन्तुकहरू

निर्वाण साधनाको मूल लक्ष्य भनेको चित्तको विकार वा संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्नु नै हो तर निर्वाण जस्तो करोडौँ साधकमा एकदुई जना विशिष्ट साधकले मात्र सिद्ध गर्न सक्ने साधनालाई निर्वाण साधना भनेको चित्त शुुद्धी वा चित्तका विकार हटाउनुु हो भन्ने जस्ता अत्यन्त हलुका, सतही र बौद्धिक बुझाईको रूपमा लिन थाल्नुभयो भने तपाईंले निर्वाण साधनाको मर्म, अर्थ, गहनता आदिलाई बुझ्न सक्नुहुने छैन वा निर्वाणको लक्ष्य प्राप्त गर्न सक्नुहुने छैन । यसैले निर्वाण लक्ष्यलाई प्राप्त गर्न इच्छुक विपश्यनाका साधकले निर्माणको लक्ष्य प्राप्त गर्न यस साधनाले केकस्तो समस्यालाई समाधान गर्नुपर्छ भन्ने तथ्यप्रति सचेत रहन अत्यन्त आवश्यक छ । जब तपाईं विपश्यना साधनाले समाधान गर्नुपर्ने समस्याहरूप्रति स्पष्ट हुनुहुन्छ तब मात्र साधनालाई सही दिशामा प्रवाहित गरी साधनामा सफलता पाउन सक्नुहुनेछ । निर्वाण साधनाको मूल लक्ष्य चित्तको संवेदना भोग गर्ने स्वभावलाई पूर्णरूपमा नष्ट गरी निर्वाण लक्ष्यलाई प्राप्त गर्नु हो । यस लक्ष्यलाई प्राप्त गर्न तपाईंले निम्न लिखित समस्यालाई समाधान गर्न सक्नुपर्ने हुन्छ ।

१. मन वा चित्तको बेहोसीपूर्ण स्वभावलाई नष्ट गर्नु

चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) लाई नष्ट गर्न तपाईंले सर्वप्रथम आफ्नो चित्तको चञ्चल र बेहोसीपूर्ण स्वभावलाई नष्ट गर्न सक्नुपर्छ । जन्म–जन्मान्तरदेखि प्रकृतिका नियमहरूका कारण तपाईंको मन वा चित्रको स्वभाव यस्तो भएको छ कि ऊ एकैछिन पनि स्थिर भएर बस्न सक्दैन, बस्न रुचाउन्न । हमेशा कि पूर्वजीवनका स्मृति (विषय) मा कि वर्तमान जीवनका विषयमा कि भविष्यका कल्पना (विषय) मा बेहोसीपूर्णरूपले डुल्ने गर्छ, डुलिरहन चाहन्छ, डुलिरहन रुचाउँछ । चित्तको यस बेहोसीपना (अजागरुकता) र संस्कार (संवेदना भोग गर्ने स्वभाव) उत्पत्ति र विस्तारका दृष्टिले अत्यन्त भयानक क्षण हुन् । यस क्षणमा धम्मका नियमहरूका कारण तपाईंको बेहोसीपूर्ण स्वभाव विस्तार मात्र नभई संस्कारहरूको पनि उत्पत्ति र विस्तार हुन पुग्छ । यसैले निर्वाण साधनाले सर्वप्रथम चित्तको यस बेहोसीपूर्ण स्वभावलाई नष्ट गरी चित्तलाई जागरुक बनाउन सक्नुपर्छ । विपश्यना साधना आनापानसति वा श्वासप्रश्वासमाथि गरिने साधना चित्तको यही बेहोसीपूर्ण स्वभावलाई नष्ट गरी चित्तलाई वर्तमान क्षणप्रति जागरुक गराउने साधना हो । त्यसैले चित्तलाई जागरुक बनाउने यो साधना त्यतिबेलासम्म चलिरहन्छ जतिबेलासम्म विपश्यना साधना सिद्ध हुँदैन । जब विपश्यना साधना सिद्ध हुन्छ तपाईंको चित्त पूर्णरूपमा जागरुक बन्न पुग्छ । जब चित्त पूर्णरूपमा जागरुक हुन्छ यस अवस्थामा तपाईं पूर्ण जागरुक बनेर पूर्वस्मृतिहरू, वर्तमानका विषयहरू र भविष्यका कल्पनाहरूमा बेहोस बनेर विचरण गर्ने गर्नु हुन्न । अपितु संस्कारहरू निर्माण र विस्तार आदि गर्न थाल्नु हुन्छ ।

२. मनको सुखद र दुःखद दुवै संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्नु

वर्षौँको अभ्यासपश्चात् तपाईंको चित्तको स्वभाव यस्तो विकास भएको छ कि जब विषय र इन्द्रिय (मनसहित छ इन्द्रिय) को मिलनबाट तपाईंको काय र चित्तमा सुखद र दुःखद दुवै संवेदना उत्पन्न हुन्छन् । त्यस क्षणमा तपाईंको चित्तले ती संवेदनालाई स्वभावका कारण भोग गर्न थाल्छन् । । यस क्षणमा जब तपाईं सुखद संवेदना प्राप्त गर्नहुन्छ त्यतिबेला खुसी हुनुहन्छ । जब विषयबाट दुःखद संवेदना उत्पन्न हुन्छ वा प्राप्त गर्नु हुन्छ त्यतिबेला दुःखी हुनुहुन्छ । यस क्षणमा तपाईंमा छिपेका धम्मका नियमहरूका कारण तपाईं झन्झन् संस्कारहरूलाई उत्पत्ति, विस्तार र बीजअनुरूपको परिणाम प्राप्त गर्दै एक अन्तहीन दुःखचक्र, भवचक्र, लोकचक्रमा घुमिरहनुहुन्छ । यसैले निर्वाण साधनाले चित्तको उक्त संवेदनालाई स्वतः भोग गर्ने स्वभावलाई नष्ट गर्न सक्नुपर्छ । विपश्यना साधना प्रज्ञा मूलतः सम्यक दृष्टि वा संवेदनाहरूलाई यथाभूतरूपमा अवलोकन गर्ने त्यस्तो साधना प्रकिया हो, जसले चित्तको चेतन, अवचेतन, अर्धचेतन, तीनवटै क्षेत्रमा प्रवेश गरेर उक्त संवेदना भोग गर्ने स्वभावलाई नष्ट गरिदिन्छ र चित्तलाई संवेदनाहरूप्रति समभावी बनाइदिन्छ ।

३. चित्तमा सङ्ग्रहित जन्म–जन्मान्तरदेखिका संस्कारलाई नष्ट गर्नु

तपाईंका चित्तमा जन्म–जन्मान्तरदेखि असङ्ख्य (अर्बौँ) संस्कार सञ्चित हुँदै आएका छन्, जहाँ कामवासना, लाभ, इष्र्या, प्रतिसोध जस्ता भयानक संस्कार पनि छिपेका छन् । तपाईंको चित्तको अवचेतन क्षेत्रसम्म पुगी जरा गाडेर बसेका यी अत्यन्त शक्तिशाली संस्कार, जुन संस्कारले प्रतिक्षण तपाईंको जीवनको विचार र गतिलाई प्रभावित पारिरहेको छन्, ती संस्कार त्यति सजिलै जरैदेखि उखेलिएर नष्ट हुँदैनन् । यसर्थ विपश्यना वा कुनै पनि मोक्षदायिनी साधनाविधिले चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रहित त्यस्ता संस्कारलाई नष्ट गर्न सक्नुपर्छ । विपश्यना साधनामा प्रज्ञा मूलतः सम्यक दृष्टि त्यस्तो साधनाप्रकिया हो, जुन साधनाले चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रहित संस्कारलाई पूर्णत नष्ट गरिदिन्छ ।

४. अनित्य भाव पुष्ट गर्नु

तपाईंको देह अनित्य छ । यसको अर्थ देहको मृत्यु हुने भएकाले मात्र यसलाई अनित्य भनिएको होइन । तपाईंका देहसत्ता यथार्थमा परमाणुरूप, अझ गहिराइमा गएर भन्ने हो भने तरङ्गरूप मात्र भएका र यी परमाणु वा तरङ्ग पनि प्रतिक्षण उदय–व्यय, उदय–व्यय, भइरहने अनित्य स्वभावका भएकाले यसलाई अनित्य मानिएको हो तर तपाईं देहको यस परमाणु वा तरङ्ग स्वरूपसँग परिचित हुनुहुन्न । किनभने तपाईं विपश्यना ध्यानको अत्यन्त उच्चस्थितिमा प्राप्त हुने अनुभूतिको त्यो क्षेत्रसम्म पुग्नुभएकै छैन । तपाईंका लागि वर्तमान देह स्थूल स्वरूप मात्र हो । त्यसैले तपाईं देहको त्यही स्थूल स्वरूपसँग मात्र परिचित हुनुहन्छ । यदि तपाईं बाह्यरूपमा देहलाई अनित्य मान्नुहुन्छ भने पनि त्यो तपाईंको श्रुत ज्ञानमा मात्र सिमित छ, बौद्धिक बुझाइमा मात्र सिमित छ । साधनाद्वारा प्रामाणिकरूपमा सिद्ध गर्नुभएको छैन ।

जबसम्म तपाईं देहलाई परमाणुरूप वा तरङ्गरूप भनेर प्रामाणिक ज्ञान प्राप्त गर्नुहुन्न अथवा जबसम्म तपाईं यस देहलाई स्थूल देह मात्र हो भनेर बोध गर्नुहुन्छ त्यतिबेलासम्म देहको स्थूलताका कारण तपाईंमा ‘म’ भावको जन्म भइरहेको हुन्छ । यही भावका कारण तपाईं यस देहलाई नै ‘म’ मान्नुहुन्छ । यसरी देहलाई ‘म’ मान्नुलाई अविद्या वा अज्ञान भनिन्छ । जबसम्म तपाईंमा अविद्या अर्थात् देहप्रति ‘म’ बोध रहिरहन्छ तबसम्म तपाईं काय र चित्तमा उत्पन्न भएका संवेदनाहरूसँग सम्पर्क स्थापना गरिरहनुहुन्छ र तिनै संवेदनालाई सत्य मानिरहनुहुन्छ । अनि तिनै संवेदनाहरूका आधारमा आफूलाई दुःखी सुखी बनाइरहनुहुन्छ । अर्थात् देहमा उत्पन्न भएका संवेदनालाई भोग गर्नुहुन्छ ।

जब तपाईंको संवेदनाहरूलाई भोग गर्ने स्वभाव बाचिरहन्छ त्यस्तो स्थितिमा तपाईंको चित्तमा संस्कारहरू उत्पत्ति र विस्तार भइरहन्छन् र तपाईं बन्धनमा परिरहनुहुन्छ । त्यसैले निर्वाण प्राप्तिका लागि गरिने कुनै पनि साधनाले चित्तको गहिराइसम्म पुगेर साधकलाई देहको यस अनित्यरूप (परमाणु वा तरङ्गरूप) काबारेमा बोध गराउन समर्थ हुनुपर्छ । यदि कुनै पनि मोक्ष साधनाले साधकलाई देहको अनित्यरूप बारे बोध गराउन सकेन भने त्यस्तो स्थितिमा साधकको

‘म’ भाव वा अविद्या कहीँल्यै नष्ट हुँदैन । यस्तो अवस्थामा साधकले कहीँल्यै मोक्ष प्राप्त गर्न सक्दैन ।
संवेदनाहरूमाथि गरिने विपश्यना मात्र संसारको त्यस्तो साधना हो, जसले चित्तको अत्यन्त गहिराइ वा अवचेतनको क्षेत्रसम्म पुगेर साधकलाई काय र चित्त परमाणुरूप हो, तरङ्गैतरङ्ग हो भन्ने कुराको बोध गराउन सक्छ । यसैका कारण साधकको ‘म’ भाव नष्ट हुनु पुगी निर्वाण प्राप्त हुन पुग्छ ।

संवेदनाहरूलाई आधार नबनाई वा श्वासप्रश्वास, गुरु वा ईश्वरको प्रतिमा, प्रकाश, ध्वनि आदिका आलम्बन (आधार) हरूमा गरिने ध्यान साधनामा चित्तको एकाग्रता प्राप्त त हुन्छ तर बाह्य आलम्बनकै कारण यी साधनाले चित्तको गहिराइसम्म प्रवेश गरेर साधकलाई देह अनित्य हो, देह परमाणुरूप हो भन्ने कुराको बोध गराउन असमर्थ रहन्छ, मोक्ष प्रदान गर्न असमर्थ रहन्छ । त्यसैले त्यस्ता साधना अपूर्ण, आंशिक, भ्रामक छन् । गुरु आलर कालम र रामपुत्तले सातौँ र आठौँ अर्थात् ध्यानको उच्चस्थिति प्राप्त हुँदा पनि निर्वाण प्राप्त गर्न नसक्नुको मूल कारण यही थियो ।

५. अनात्मभाव पुष्ट गरी प्रामाणिक निर्वाण बोध गराउनु

निर्वाण साधनामा साधकलाई जब देहको क्षेत्र र चित्तको क्षेत्र परमाणुरूप हो, तरङ्गरूप हो, अनित्य हो भन्ने कुराको अनुभूति प्राप्त हुन थाल्छ त्यस्तो अवस्थामा साधकले देहमा ‘म’ भन्ने आधार गुमाउँदै जान्छ किनकि उदय र व्यय, उदय र व्यय भइरहेका तरङ्गलाई उसले ‘म’ भन्न सक्दैन । अन्ततः शनैःशनैः साधकको ‘म’ भाव पग्लिन थाल्छ वा अनात्मभाव पुष्ट हुन थाल्छ । जब साधकको ’म’ भाव पग्लिन थाल्छ शनैःशनैः उसले निर्वाणको शाश्वत, अविनाशी, इन्द्रियातीत, लोकातीत, भावातीत आदि क्षेत्रमा प्रवेश गर्छ । निर्वाण प्राप्तिका लागि सम्पादन गरिने कुनै पनि साधनाले अनात्मा भावलाई पुष्ट गर्दै साधकलाई इन्द्रियातीत निर्वाण क्षेत्रमा पु¥याउन सक्नुपर्छ । यदि कुनै पनि निर्वाण साधनाले साधकको म भावलाई पूर्ण विनाश गरी निर्वाण पद प्रदान गर्न सक्दैन भने त्यस्तो साधनालाई मिथ्या, भ्रामक, अपूर्ण, असत्य भनिन्छ । स्वयं भगवान् बुद्धद्वारा प्रमाणित विपश्यना नै त्यस्तो साधना हो, जसले साधकको म भाव नष्ट गरी प्रामाणिकरूपमा उसलाई निर्वाणको क्षेत्रमा प्रवेश गराउँछ ।

यदि तपाईं मोक्षका निम्ति कुनै साधना गर्दै हुनुहुन्छ र त्यस साधनामा उल्लिखित पाँचवटा समस्या समाधान गर्ने क्षमता छैन भने तपाईंले युगौँयुग वा कल्पौँसम्म साधना गरे पनि निर्वाण प्राप्त गर्न सक्नुहुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 538 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 965 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 760 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 757 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 676 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 630 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 636 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 563 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 615 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 596 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 593 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 596 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 686 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 552 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2045 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 893 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 691 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 699 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 707 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 601 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 613 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 657 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 603 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 609 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 670 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 645 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 705 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 860 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 667 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 632 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 589 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 558 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 774 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 663 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 574 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 615 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 652 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 535 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 971 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 986 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 602 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 603 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 824 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 921 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 719 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 952 0
७.२ सम्यक वाणी साधना 1/11/2023 791 0
७.१ सम्यक कर्म साधना 1/11/2023 711 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 618 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 572 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 561 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 502 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 649 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 659 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 849 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 706 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 580 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 693 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 565 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 556 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 628 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 645 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 688 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 666 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 555 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 618 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 625 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 543 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 479 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 588 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 632 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 687 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 578 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 633 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 645 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 590 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 715 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 793 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0