चार आर्य सत्य

६.१ दुःख आर्य सत्य

0 टिप्पणीहरू 677 आगन्तुकहरू

‘‘इदं खो पन, भिक्खवे, दुक्खं अरियसच्चं– जरापि दुक्खा, जातिपि दुक्खा, ब्याधिपि दुक्खो, मरणम्पि दुक्खं, अप्पियेहि सम्पयोगो दुक्खो, पियेहि विप्पयोगो दुक्खो, यम्पिच्छं न लभति तम्पि दुक्खं– संखित्तेन पञ्चुपादानक्खन्धा दुक्खा ।

अर्थात् हे भिक्षुहरू ! के हो ? दुःख आर्य सत्य ? जन्म पनि दुःख हो । वृद्धावस्था पनि दुःख हो । रोग पनि दुःख हो । मृत्यु पनि दुःख हो । अप्रियसँगको संयोग पनि दुःख हो । प्रियसँगको विछोड पनि दुःख हो । इच्छित वस्तु प्राप्त नहुनु पनि दुःख हो । संक्षेपमा पाँच उपादान स्कन्ध (रूप, विज्ञान, संज्ञा, वेदना, संस्कार) नै दुःख हुन् ।

दुःख संसारको सत्य हो, दुःख संसारका प्रत्येक मानिसको जीवनको सत्य हो । प्रकृतिका शाश्वत नियम क्रियाशील यस संसारका प्रत्येक मानिसले मनमा प्रतिक्षण दुःख (दुःखद संवेदना) उत्पन्न गरिरहेका छन्। जब तपाईं कुनै कारणवश दुःखी हुनुहुन्छ अथवा जब तपाईंको मनमा दुःखका अनुभूति (संवेदना) उत्पन्न हुन्छ, तपाईं चित्तको पूर्व संस्कारहरूका कारण ती संवेदनालाई भोग्नुहुन्छ । संवेदनाहरूलाई भोग गरेकै कारण तपाईं दुःखी, निराश, व्याकुल हुनुहुन्छ । जब तपाईंसंवेदनालाई भोग्नुहुन्छ त्यस क्षणमा जेजस्तो संस्कारबीज प्राप्त भएको हुन्छ त्यही संस्कारबीजलाई सङ्ग्रह, विस्तार र बीजअनुरूप फल दिने धम्मका शाश्वत नियमहरूका कारणले गर्दा तपाईंको संस्कार (चित्तको संवेदना भोग्ने स्वभाव) झ्नझन् विस्तार हुन पुग्छ । फलतः तपाईं झन्झन् दुःखी हुन पुग्नुहुन्छ, झन्झन् संस्कारयुक्त हुन पुग्छ र दुःखको चक्रमा फसिरहनुहुन्छ ।

जब दुःख (दुःखद संवेदना) को चर्चा गरिन्छ, सुख (सुखद संवेदना) को पनि प्रसङ्ग उठ्छ । सुखद संवेदनाह झट्ट हेर्दा दुःख जस्ता प्रतीत हुँदैनन्, सुखद नै लाग्छन् तर ती सुखद अनुभूति पनि क्षणिक वा अनित्य स्वभावका भएकाले अन्ततः विलाएरै जान्छन् । प्रियसँगको विछोड पनि दुःखमा परिणत भए जस्तै सुख (सुखद संवेदना) पनि अन्ततः दुःखमै परिणत हुन्छ । अनि त्यस क्षणमा मानिस दुःखी हुने (संवेदनाहरू भोग गर्ने) हुनाले सुखद संवेदनाहरूले पनि संस्कारै उत्पन्न गर्छन् र अन्ततः दुःखमै परिणत हुन पुग्छन् । साथै दुःखद संवेदनाका भोगले चित्तमा संस्कार उत्पन्न गरेजस्तै सुखद संवेदनाका भोगले पनि चित्तमा संस्कारै उत्पन्न गर्छ । तपाईं जतिजति सुखद संवेदना भोग्न थाल्नुहुन्छ उतिउति तपाईंमा यी संवेदनाप्रतिको भोगतृष्णा विस्तार हुन पुग्छ । फलतः तपाईं प्रतिक्षण यिनै सुखद संवेदना प्राप्त गर्ने प्रयास गरिरहनुहुन्छ, विषय प्राप्त गर्ने प्रयास गरिरहनुहुन्छ, कर्म भोग गर्ने प्रयास गरिरहनुहुन्छ, जुन क्षणमा धम्मको नियमानुसार संस्कारै बनिरहन्छ ।

दुःख (दुःखद संवेदना) माथिको साधनामा एक महत्वपूर्ण पक्ष के छ भने जब तपाईंको मनमा दुःखद संवेदना उत्पन्न हुन्छन्, तपाईं धेरै हदसम्म यी संवेदनाप्रति समभावी बन्न सफल हुनुहुन्छ तर जब तपाईंको मनमा सुखद संवेदना उत्पन्न हुन्छन् वा जब साधना गहिरिँदै जाँदा तपाईंमा भङ्ग (शरीरको स्थूलपना समाप्त भएर मधुर सूक्ष्म तरङ्ग उदय र व्ययको बोध रहने स्थिति), प्रिति प्रमोद (मनमा उत्पन्न हुने आनन्दका लहर), प्रश्रब्धि (कायको शान्तपना, आनन्दपना), अष्टकलाप (पृथिवी, अग्नि, वायु, जल चार भूतबाट उत्पन्न हुने सुखद तरङ्ग) आदि अवस्था प्राप्त हुन थाल्छ । यी अवस्थामा उत्पन्न हुने संवेदना सुखद प्रकृतिका हुने हुनाले यी सुखद सूक्ष्म संवेदनाप्रति समभावी बन्न तपाईंलाई कठिन हुन्छ । यी अवस्थामा मनलाई सूक्ष्म सुखद संवेदनाका उदय र व्ययरूपी सतत धारा वा अनित्य स्वभावलाई अनुभूति गर्न वा समात्न निकै कठिन हुन जान्छ । यस्तो अवस्थामा कैँयौँ साधक यिनै सुखद अनुभूतिलाई निर्वाणको अनुभूति मानेर भोग गर्न थाल्छन् । फलतः साधकको मनमा सुखद संवेदनाप्रति राग उत्पन्न हुन पुग्छ र त्यस स्थितिमा साधक साधनाको मूल मर्म समभावको स्थितिबाट च्यूत हुन पुग्छ ।

माथिको श्लोकको अन्त्यमा भगवान्ले दुःख आर्य सत्यको महत्वपूर्ण पक्षमा प्रकाश पार्दै भन्नुभएको छ कि मूलतः पाँच स्कन्ध (देह र चित्तका चार स्कन्ध, विज्ञान, संज्ञा, वेदना, संस्कारहरू) प्रतिको आशक्ति नै मुख्य दुःख हो । यहाँ प्रश्न उठ्छ कि आखिर किन पाँच स्कन्धप्रतिको आशक्ति नै मुख्य दुःख हो ? पाँच स्कन्धप्रतिको आशक्तिबाट म र मेरो रूपको मूल अविद्या भाव उत्पन्न हुन पुग्छ । यही अविद्याका कारण मानिसले आफूलाई देह मानेर संवेदनाहरू भोग गर्छ । यसै कारणले पाँच स्कन्धप्रतिको आशक्तिलाई दुःख मानिएको हो । जबसम्म अविद्या रहिरहन्छ तबसम्म तपाईं ‘म’ र ‘मेरो’ को परिधिबाट बाहिर निस्कन सक्नुहुन्न । तपाईं पाँच स्कन्धको क्षेत्रमै सीमित रहनुहुन्छ, सुखद–दुःखद अनुभूतिको क्षेत्रमै रहनुहुन्छ, बन्धन र विकारकै क्षेत्रमा रहनुहुन्छ । यसैले पञ्चस्कन्धप्रतिको आशक्ति दुःख हुन पुग्छ ।

दुख सत्यमाथि कसरी विपश्यना साधना गरिन्छ ?

तपाईंको मनमा उत्पन्न हुने दुख (पिर, निराशा, भय, व्याकुलता आदि) क्षणभङ्गुर संवेदना हुन् । जब तपाईं दुःख सत्यमाथि विपश्यना साधना गर्नुहुन्छ त्यस स्थितिमा तपाईं दुःख (दुःखद संवेदना) को गुण, धर्म, स्वभावप्रति जागरुक र साक्षीभावी बन्नुहुन्छ ।

जब तपाईं दुःखद संवेदनाप्रति जागरुक र प्रज्ञावान् बन्नुहुन्छ (स्मरणरहोस् संवेदनाप्रति जागरुक र समभावी प्रज्ञापूर्ण स्थिति नै आर्य अष्टाङ्गमार्ग साधना हो । यही नै विपश्यना हो) साधनाको यस क्षणमा धम्मका नियमहरूले यही समभाव बीजलाई विस्तार गरिदिँदा तपाईंको चित्तमा नयाँ संस्कार नबन्ने मात्र नभई जन्म–जन्मान्तरका संस्कार पनि क्रमशः नष्ट हँुदै जान्छन् । जब संस्कारहरू नष्ट हुन थाल्छन् त्यस स्थितिमा तपार्इँ निर्वाणको क्षेत्रतर्फ प्रवेश गर्नुहुन्छ । अन्ततः साधनाको सिद्धावस्था निर्वाण प्राप्त गर्नुहुन्छ ।

यसरी दुःखको साधना (दुःखद संवेदनाको समभाव र प्रज्ञापूर्ण अवलोकन) बाट तपाईं निर्वाण प्राप्त गर्नुहुन्छ । जब तपाईं दुःख सत्यमाथि साधना गरी निर्वाण प्राप्त गर्नुहुन्छ त्यस स्थितिमा दुःख सत्य दुःख आर्य सत्यमा परिणत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1015 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 810 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 732 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 682 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 690 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 609 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 650 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 647 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 650 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 740 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 608 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 737 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 741 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 757 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 713 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 802 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 653 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 691 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 759 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 906 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 717 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 715 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 682 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 647 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 612 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 920 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 741 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 622 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 592 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 665 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 704 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 668 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 637 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1021 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1038 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1032 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 648 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 653 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 772 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 967 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 773 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1000 0
७.२ सम्यक वाणी साधना 1/11/2023 845 0
७.१ सम्यक कर्म साधना 1/11/2023 763 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 666 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 622 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 548 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 705 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 723 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 893 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 756 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 632 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 743 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 615 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 602 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 676 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 697 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 630 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 734 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 722 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 722 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 673 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 741 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 595 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 527 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 684 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 672 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 741 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 638 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 695 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 652 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 765 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 879 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2635 0