परिशीष्ट

विपश्यना साधनाका बाह्र निर्वाण चरण

0 टिप्पणीहरू 1016 आगन्तुकहरू

महासतिपट्ठान सुत्तमा विपश्यना साधनालाई कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपश्यनामा विभाजन गरी भगवान्ले विपश्यना साधनाका यी कुनै मार्गबाट साधनामा प्रवेश गरेको साधकले विपश्यना साधनाका तलका बाह्र चरणहरुलाई पार गरी निर्वाण प्राप्त गर्ने सत्यको व्याख्या गर्नुभएको छ । भगवान्ले महासतिपट्ठान सुत्तको कायानुपश्यना पर्वमा व्याख्या गर्नुभएको विपश्यना साधनाको बाह्र चरण निम्न प्रकार छ ।

प्रथमचरण:– बहिद्धा वा काये कायानुपस्सी विहरती (कायको बाहिर क्षेत्रको कायानुपश्यना)
अर्थात् कायको बाहिरी क्षेत्रहरूमा संवेदनाहरूको अनुभूति प्राप्त हुनु ।
दोस्रोचरण:– अज्झतं वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री क्षेत्रको कायानुपश्यना, कायको भित्री क्षेत्रहरूमा संवेदनाहरूको अनुभूतिहरू प्राप्त हुनु ।
तेस्रोचरण :– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री–बाहिरी क्षेत्रमा कायानुपश्यना अथवा कायको भित्रीबाहिरी क्षेत्रहरूमा संवेदनाहरूको अनुभूति प्राप्त हुनु ।
चौथोचरण:– समुदय धम्मानुपस्सी वा कायस्ंिम विहरति
अर्थात् समुदय धर्मको अनुपश्यना अथवा संवेदनाहरूको समुदय (उत्पत्ति) को अनुभूति प्राप्त हुनु ।
पाँचौँचरण:– वय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् व्यय धर्मको अनुपश्यना अथवा संवेदनाहरूको व्ययको अनुभूति प्राप्त हुनु ।
छैठौँचरण:– समुदयव्य धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् समुदय व्यय धर्मको अनुपश्यना अथवा संवेदनाहरूको समुदय र व्ययको अनुभूतिहरू प्राप्त हुनु ।
सातौँचरण:– सब्वकायपटि संवेदी
अर्थात् साधकको सम्पूर्ण शरीरमा संवेदनाहरूको अनुभव हुनु ।
आठौँचरण:– पस्सम्भयं कायरसङ्खार
अर्थात् कायको चञ्चल स्वभाव नाश भई प्रश्रब्धि वा शान्तपना अनुभव हुनु ।
नवौँचरण:– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति
अर्थात् ‘यो काया हो’ भन्ने कुरामा स्मृति प्रतिष्ठापित हुनु ।
दसौँचरण :– काय मात्र परमाणुको पुञ्ज हो वा काय अनित्य हो भन्ने भाव पुष्ट हुनु ।
एघारौँचरण:– अनात्म बोध वा साधकको अहं रूपी ‘म’ र ‘मेरो’ भाव नाश हुनु ।
बाह्रौँचरण :– निर्वाण वा साधकलाई इन्द्रियातीत क्षेत्रको प्रामाणिक अनुभूति प्राप्त हुनु, मात्र ‘म’ अनुपस्थित दर्शन (द्रष्टा होइन) शेष रहनु

प्रथमचरण :– बहिद्धा वा काये कायानुपस्सी विहरती
अर्थात् कायको बाहिरी क्षेत्रको कायानुपश्यना अथवा कायको बाहिरी क्षेत्रहरूमा संवेदनाहरूको अनुभूति प्राप्त हुनु ।

विपश्यना साधनाको प्रथम चरणको साधना हो कायको बाहिरी क्षेत्रहरूमा उत्पन्न संवेदनामाथि साधना । यस चरणमा तपाईं कायको सम्पूर्ण बाहिरी क्षेत्रमा सुखद वा दुःखद संवेदनाहरूको अनुभूति प्राप्त गर्नुहुन्छ । जब तपाईं आनापान साधनामा प्रवेश गर्नुहुन्छ तब साधनाका प्रारम्भिक दिनमा तपार्इँ कायको सम्पूर्ण बाह्य क्षेत्रमा संवेदनाहरूको अनुभूति प्राप्त गर्नुहुन्न तर जब तपार्इँ एकएक इञ्च गर्दै शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म कायलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम् एकाइमा टुक्र्याउँदै विपश्यना साधना गर्दै जानुहुन्छ तब शनैःशनैः संवेदनाहरू अनुपस्थित भएको कायका बाह्य क्षेत्रमा पनि संवेदना उत्पन्न भएको अनुभूति प्राप्त गर्न थाल्नुहुन्छ । कायमा संवेदना उत्पन्न नभएका जड वा मृत क्षेत्रमा पनि पग्लिएर र बिलाएर संवेदना उत्पन्न भएको बोध गर्नुहुन्छ । अन्ततः तपाईं कायको सम्पूर्ण बाह्य क्षेत्रमा सुखद वा दुखद अनेक प्रकारका सूक्ष्म संवेदनाहरूको प्रवाह स्पष्टरूपमा बोध गर्नुहुन्छ । यस अवस्थामा तपाईं कायको बाह्य क्षेत्रमा उत्पन्न भइरहेका संवेदनाहरूप्रति रागद्वेष उत्पन्न नगरी मात्र यी संवेदनालाई यथाभूतरूपमा अवलोकन गर्नुहुन्छ ।

दोस्रोचरण :– अज्झतं वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्रिक्षेत्रको कायानुपश्यना अथवा कायको भित्री क्षेत्रहरूमा संवेदनाहरूका अनुभूति प्राप्त हुनु ।

विपश्यना साधनाको दोस्रो चरणको साधना हो कायको भित्री क्षेत्रमा उत्पन्न संवेदनाहरूमाथिको साधना । यस चरणमा तपाईं कायका सम्पूर्ण भित्री क्षेत्रमा संवेदनाका बोध प्राप्त गर्नुहुन्छ । जब तपार्इँ कायको बाह्य क्षेत्रमा साधना प्रारम्भ गर्नुहुन्छ तब तपाईं कायको भित्री भागमा पनि अनेक प्रकारका सुखद र दुखद संवेदना यत्रतत्र छरिएर प्रकट हुन थालेको अनुभूति प्राप्त गर्नुहुन्छ तर तपाईं साधनाको यस स्थितिमा कायको सम्पूर्ण भित्री क्षेत्रमा संवेदनाहरू उत्पत्ति भएको अनुभूति प्राप्त गर्नुहुन्न तर जब तपार्इँ साधनामा आतापी, स्मृतिवान् र संप्रज्ञानी हुँदै जानुहुन्छ, जब तपार्इँ कायको बाह्य क्षेत्रमाझैँ कायको भित्री क्षेत्रमा पनि साधना प्रारम्भ गर्नुहुन्छ तब शनैःशनैः कायको भित्री भागहरूमा पनि संवेदना प्रकट भएको अनुभूति प्राप्त गर्न थाल्नुहुन्छ । कायका भित्री भागहरूमा संवेदना विस्तार हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ र अन्ततः दीर्घकालीन साधनाद्वारा एउटा यस्तो स्थिति आइपुग्छ, जुन स्थितिमा तँपाई कायका सम्पूर्ण भित्री क्षेत्रमा पनि संवेदनाका उपस्थिति वा प्रवाहको स्पष्ट बोध प्राप्त गर्नुहुन्छ । यस्तो स्थितिमा तपाईं कायको भित्री भागहरूमा उत्पन्न भएका संवेदनाप्रति न राग न द्वेष मात्र समभावपूर्ण अवलोकन गर्नुहुन्छ ।

तेस्रोचरण :– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री–बाहिरी क्षेत्रको कायानुपश्यना अथवा कायको भित्रीबाहिरी क्षेत्रहरूमा संवेदनाका अनुभूति प्राप्त हुनु ।

विपश्यना साधनाको यस चरणको साधना हो कायको भित्र, बाहिर सर्वत्र उत्पन्न संवेदनहरूमाथिको साधना । यस चरणमा तपाईं कायको भित्री वा बाहिरी भाग (सर्वत्र) संवेदनाहरूको बोध प्राप्त गर्नुहुन्छ । जब साधनामा कायको सम्पूर्ण बाह्य क्षेत्र र सम्पूर्ण भित्री क्षेत्रमा संवेदना उत्पन्न हुन्छन् यस्तो स्थितिमा पनि जब तँपाई साधनालाई निरन्तरता दिँदै जानुहुन्छ तब शनैःशनैः कायको भित्र, बाहिर, सर्वत्र स्थूलपना वा जडपन नष्ट भएर संवेदनाहरू उत्पन्न भएको बोध प्राप्त गर्नुहुन्छ । शरीरमा जब यसरी कायको भित्रीबाहिरी भाग (सर्वत्र) मा एकैसाथ संवेदनाहरू उत्पतिको बोध हुन्छ यस्तो स्थितिमा तँपाई यी संवेदनाप्रति मात्र जागरुक र मात्र स्मृतिवान् बन्नुहुन्छ । यसरी तपाईं कायको भित्र, बाहिर सर्वत्र विपश्वी भएर विहार गर्नुहुन्छ ।

चौथोचरण :– समुदय धम्मानुपस्सी वा कायस्ंिम विहरति
अर्थात् समुदय धर्मको अनुपश्यना अथवा संवेदनाहरू उत्पत्ति भएको बोध हुनु ।

विपश्यना साधनाको यस चरणको अनुभूति हो संवेदनाहरूको समुदयको अनुभूति । जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ तब साधनाको प्रारम्भिक चरणमा तपाईं स्थूल संवेदनाहरू उदय भएको स्पष्ट अनुभव गर्नुहुन्छ । साधनाको यस प्रारम्भिक स्थितिमा तँपाई यी स्थूल संवेदनाका उदय अनि व्यय प्रक्रिया स्पष्टरूपमा पृथकपृथक भएको अनुभूति गर्नुहुन्छ तर जब तँपाई यी स्थूल संवेदनालाई साक्षीभावले अवलोकन गर्न प्रारम्भ गर्नुहुन्छ तब शनैःशनैः यी स्थूल संवेदना पनि टुक्रिँदै गएर सूक्ष्म संवेदनामा परिणत हुँदै जान्छन् र यस्तो स्थितिमा तपाईंका संवेदना सतत उत्पत्ति (समुदय) भइरहेको बोध गर्नुहुन्छ । यस क्षणमा तपाईं कायका संवेदनाहरूप्रति समुदय धर्मानुपश्यी भएर विहार गर्नुहुन्छ । अथवा तपार्इँ उदय भइरहेको संवेदनाका गुण, धर्म र स्वभावलाई साक्षीभावले अवलोकन गर्नुहुन्छ ।

पाचौँचरण :– वय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् व्यय धर्मको अनुपश्यना ।

विपश्यना साधनाको यस अवस्थाको अनुभूति हो संवेदनाहरूको व्ययको अनुभूति प्राप्त हुनु । विपश्यना साधनामा जब तँपाई शिरदेखि पैतलासम्म संवेदना उत्पन्न गरी ती संवेदनाहरूमाथि साधना प्रारम्भ गर्नुहुन्छ तब साधनाका प्रारम्भिक दिनमा तपाईं कायमा स्थूल संवेदना उत्पन्न भएको र ती संवेदना केही क्षणसम्म स्थिरझैँ रहेको र पुनः स्पष्टरूपमा विस्तारै व्यय हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ । अर्थात् तपाईं संवेदनाहरूको समुदय र व्ययको बीचमा समय स्पष्टरूपमा उपस्थित भएकोे अनुभूति प्राप्त गर्नुहुन्छ तर जब तपार्इँ कायानुपश्यना साधनालाई निरन्तरता दिँदै जानुहुन्छ तब यी स्थूल प्रकृतिका संवेदना सूक्ष्मरूपमा टुक्रिँदै जान्छन्, व्यय हुँदै जान्छन् । यस अवस्थामा तपाईं स्पष्टरूपमा सूक्ष्म संवेदनाका सतत व्ययको अनुभूति गर्नुहुन्छ । यस स्थितिमा तपाईं कायका संवेदनाहरूप्रति जागरुक र समभावी बन्दै व्यय धर्मानुपश्यी भएर विहार गर्नुहुन्छ ।

छैठौँचरण :– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति

अर्थात् समुदय व्यय धर्मको अनुपस्यना अथवा संवेदनाहरू व्यय भएको बोध हुनु ।

विपश्यना साधनाको यस अवस्थाको अनुभूति हो सतत संवेदना समुदय व्ययको अनुभूति प्राप्त हुनु । साधनाका प्रारम्भिक दिनमा तपाईं संवेदनाहरूका समुदय र व्ययका बीचमा समयको अन्तराल उपस्थित रहेको बोध गर्नुहुन्छ । जब तपाईं साधनामा पाक्दै जानुहुन्छ, साधनामा आतापी, स्मृतिवान् र प्रज्ञावान् हुँदै जानुहुन्छ यस्तो स्थितिमा संवेदनाका समुदय र व्यय प्रक्रियाबीचको समयानुभूति पनि शनैःशनैः क्षय हुँदै जान्छ र अन्ततः यस्तो स्थितिमा आइपुग्नुहुन्छ, जहाँ तपाईं संवेदनाका समुदय–व्ययबीचमा समयानुभूति उपस्थित भएको बोध प्राप्त गर्नै असमर्थ रहनुहुन्छ ।

साधनाको यस स्थितिमा तपाईं संवेदनाका मात्र समुदय र व्ययको सतत धारा अनुभूति गर्नुुहुन्छ । यस्तो अवस्थामा तपाईं यस्तो अनुभूति गर्नुहुन्छ कि मानौँ यी उदय र व्ययरूपी दुई क्रिया समानान्तररूपमै सञ्चालित भइरहेका छन् । यस्तो स्थितिमा तपाईं संवेदनाहरूलाई यथाभूतरूपमा बोध गर्दै समुदय व्यय धर्मानुपश्यी भएर विहार गर्नुहुन्छ ।
स्मरणरहोस् माथिको प्रथम श्लोकमा भगवान्ले सब्बकायपटि संवेदी (सम्पूर्ण शरीरमा संवेदनाको अनुभव हुनु) र पस्सम्भयं कायसङ्खार (कायको संस्कार प्रश्रब्धि वा शान्तपना) उल्लेख गर्नु भएको भए पनि साधनाका यी चरण कायको भित्र, बाहिर सर्वत्र संवेदना बोध र संवेदनाको उदय, व्यय, समुदय, व्ययको उच्च स्थितिमा मात्र प्राप्त हुने तथ्यसँग विपश्यना साधनाका गम्भीर वा अनुभवी साधक स्पष्ट भएकाले सब्वकायपटिसंवेदी (चरण) र पस्सम्भयं कायसङखार (चरण) लाई साधनाको प्रथम र द्वितीय चरणमा नराखी सातौँ र आठौँ चरणमा राखिएको छ ।

सातौँचरण :– सब्वकायपटि संवेदी वा (सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु

अर्थात् सम्पूर्ण काय संवेदनाहरूको पुञ्जझैँ अनुभूति हुनु ।

विपश्यना साधनाको यस चरणको अनुभूति हो सम्पूर्ण शरीर संवेदनशील हुनु वा शरीरका सम्पूर्ण भागमा सुखद र दुःखद (खासगरी सुखद) प्रकारका संवेदनाका अनुभूति प्राप्त हुनु । साधनाको यस अवस्थामा तपाईं सम्पूर्ण शरीर (शिरदेखि पैतलासम्मका कायका सम्पूर्ण बाहिरी र भित्री क्षेत्र) मा विविध प्रकारका सुखद र दुखद संवेदनाका अनुभूति प्राप्त गर्नुहुन्छ । काय संवेदनाहरूले पूर्ण हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ । स्मरणरहोस् साधनाको प्रारम्भमा तपाईंलाई संवेदनाका अनुभूति स्पष्टरूपमा प्राप्त हुँदैन तर तँपाई जब कायको बाहिरी क्षेत्र (प्रथमचरण) कायको भित्री क्षेत्र (दोस्रो चरण) कायको बाहिरी र भित्री क्षेत्र (तेस्रो चरण) को कायानुपश्यना, संवेदना समुदयधर्म (चौथो चरण), संवेदनाको व्ययधर्म (पाँचौँ चरण) संवेदनाको समुदय, व्ययधर्म (छैठौँ चरण) का साधनालाई निरन्तरता दिँदै जानुहुन्छ तब शिरदेखि पैतला सम्म र पैतलादेखि शिरसम्म एकएक इञ्च गरेर सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम एकाइमा टुक्रयाउँदै शरीरका सम्पूर्ण क्षेत्रमा उत्पन्न भइरहेका संवेदनामाथि साधना गर्दै जानुहुन्छ र दीर्घकालीन साधनाद्वारा तपार्इँ यस्तो अवस्थामा आइपुग्नुहुन्छ, जहाँ तपाईं शरीरका सम्पूर्ण क्षेत्रमा स्थूलदेहको अनुभूति उपस्थित नभई देह अनेक प्रकारका परमाणुहरूका पुञ्जझैँ रहेको अनुभूति प्राप्त गर्नुहुन्छ ।

साधनाको यस स्थितिमा यस्तो लाग्छ कि यो स्थूलदेह मात्र उदय–व्यय, उदय–व्यय स्वभाव भएका परमाणुहरूको तरङ्गप्रवाह मात्र हो । यसरी स्थूल देहको सम्पूर्ण क्षेत्रको सघनता नष्ट भई देह स्पष्टरूपमा परमाणुहरूका तरङ्गझैँ अनुभूति हुने अवस्थालाई “भङ्ग” भनिन्छ । यथार्थमा यो भङ्ग अवस्था बाहिर, भित्र सर्वत्र कायानुपश्यनाका साथै समुदय, व्यय, समुदय व्यय कायानुपश्यनाको सम्पूर्ण चरण सफलतापूर्वक सम्पन्न गरेपश्चात् मात्र प्राप्त हुन्छ । यस अवस्थामा तपार्इँ एक सासमा शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्मका सम्पूर्ण संवेदनाका अनुभूति प्राप्त गर्न सक्नुहुन्छ ।
कायानुपश्यना साधनाको यस चरणमा तपाईं सम्पूर्ण शरीरमा संवेदनाका अनुभूति गर्दै श्वास लिन सक्नुहुन्छ, सम्पूर्ण शरीरमा संवेदनाका अनुभूति गर्दै श्वास छोड्न सक्नुहुन्छ । एकै सासमा कायको सम्पूर्ण संवेदना बोध गर्न सक्नुहुन्छ । स्मरणरहोस् यो ‘सब्यकायपटिसंवेदी’ अनूभूति दीर्घकालीन साधनापश्चात् मात्र प्राप्त हुन्छ ।

आठौँचरण :– पस्सम्भयं कायरसङ्खार

अर्थात् कायका संस्कार वा स्वभावको प्रश्रब्धि वा शान्तपना अथवा कायको चञ्चल संस्कार नष्ट भई काय शान्त भएको अनुभूति प्राप्त हुनु ।

विपश्यना साधनाको आठौँ चरणको अनुभूति हो कायको प्रश्रब्धि वा सान्तपना । जब तपाईं साधना प्रारम्भ गर्नुहुन्छ, साधनामा सहज आसन ग्रहण गरेर पलेँटी मारेर बस्नुहुन्छ तब साधनाको प्रारम्भिककालमा मनको स्वभावले मात्र नभई कायका अनेक संस्कारले पनि तपार्इँलाई दुःख दिन्छ । दीर्घकालसम्मको स्वभावका कारण सुविधाजनक स्थितिमा रहने स्वभाव विकसित भएको देहलाई जब साधनाकालमा शान्त, चुपचाप पलेँटी मारेर आसनमा राख्ने प्रयास गरिन्छ त्यस क्षणमा देहका संस्कारहरूले विद्रोह गर्न प्रारम्भ गर्छ । यस अवस्थामा तपार्इँ छिनछिनमा आसन परिवर्तन गरिरहने, हात, खुट्टा चलाउने, शरीरमा असहजपना, उकुसमुकुस आदिको अनुभूति प्राप्त गर्नुहुन्छ ।

तर, जब तँपाई दीर्घकालसम्म कायानुपश्यना साधनालाई निरन्तरता दिइरहनुहुन्छ, जब तपाईं शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म उत्पन्न भएका संवेदनामाथि साधना गर्न प्रारम्भ गर्नुहुुन्छ त्यस्तो अवस्थामा साधनाका कारण तपाईंको चित्तमा सङ्ग्रहित विकार नष्ट हुन थाल्छ । जब यसरी विकार नष्ट हुन थाल्छ तब चित्त विकार नाशको यस प्रक्रियासँगै तपाईंको शरीरको असहजपना, मनको चञ्चलता पनि शनैःशनैः क्षय हुँदै जान्छ ।

स्मरणरहोस् मनुष्य देहमा अनुभूति हुने स्थूल घनत्वपना, गह्रौँपना, असहजता, आलश्य आदि स्थूल मांशपेशीका कारण भएको हुँदैन । गहिराइमा सम्पूर्ण काय मात्र परमाणुपुञ्जका रूपमा उपस्थित छ । यस परमाणुपुुञ्जरूपी देहमा गह्रौँपना पूर्णरूपमा अनुपस्थित छ । देहमा जुन गह्रौँपना, घनापना आदि अनुभूति हुन्छ त्यो देह र चित्तमा सङ्ग्रहित विकारका कारण नै हुन्छ ।

जब साधनाद्वारा विकारहरू नष्ट हुन थाल्छ तब शरीरको यस चञ्चलता, असहजपना आदि संस्कार पनि शनैःशनैः नष्ट हुँदै जान्छ । अन्ततः साधनामा एउटा यस्तो स्थिति आउँछ, जहाँ तपार्इँ घण्टौँसम्म हलचल नगरी ध्यानासनमा सहजरूपमा बसिरहन सक्षम हुनुहुन्छ । कायको चञ्चलता नष्ट भएको यस स्थितिलाई “प्रश्रव्धि” भनिन्छ । कायानुपश्यना साधनामा प्रश्रब्धि अवस्था साधनाको दीर्घकालपश्चात् नै आउँछ । यो ‘कायसङखार’ अवस्थामा श्वासप्रश्वासको गतिसँग काय लयवद्ध हुन जाँदा श्वासप्रश्वासको गति अत्यन्त सूक्ष्म र धिमा हुन पुग्छ । यस्तो स्थितिमा पनि जागरुक साधकले कायको चञ्चलतापूर्ण संस्कार (स्वभाव) लाई प्रश्रव्ध (शान्त) गर्दै श्वास लिन सिक्छ । उसले कायको संस्कारलाई प्रश्रव्ध गर्दै श्वास छोड्न सिक्छ ।

नवौँचरण :– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति

अर्थात् ‘यो काय हो’ भन्ने कुरामा स्मृति प्रतिष्ठापित हुनु अथवा साधकको स्मृति यो ”तरङ्गपुञ्ज“काय हो, काय तरङ्गैतरङ्गको पुञ्ज हो भन्नेमा स्थापित हुनु ।

कायानुपश्यनाको साधनाको यस उच्च साधना स्थितिको व्याख्यामा प्रवेश गर्नुपूर्व निर्वाण साधनाका दृष्टिले ‘भङ्ग’ अवस्थालाई पुनः एक पल्ट अवलोकन गर्नु सान्दर्भिक देखिन्छ । महासतिपट्ठान साधनाका दृष्टिले ‘भङ्ग’ एक असाधारण महत्वको स्थिति हो । कायानुपश्यना साधनाको यस स्थितिमा तँपाई निर्वाणतर्फ अग्रसर हुने विशिष्ट पात्रत्व मात्र प्राप्त गर्नुहुन्न अपितु साधनाको सुखद भासमा अलमलिई साधनाबाट च्यूत हुने सम्भावना पनि उत्तिकै प्रबल रहन्छ । भङ्ग अवस्थामा सम्पूर्ण काय क्षेत्रमा परमाणुहरूका तरङ्ग मात्र उपस्थित नभई अष्टकलाप (चार महाभूत र तिनका गुण, स्वभाव, धर्मका कारण कायमा उत्पन्न हुने अनेक अनुभूतिपूर्ण तरङ्ग), प्रिति–प्रमोद (साधनाद्वारा विकारहरू नष्ट भई चित्त शुद्ध हुँदै जाँदा मनमा उठ्ने आनन्द वा प्रितिमय तरङ्ग), प्रश्रब्धि (साधनाद्वारा कायको विकार नष्ट हुँदै जाँदा कायमा उत्पन्न हुने शान्तपना) आदि साधनाका अनेक परिणाम वा अवस्था प्राप्त हुन थाल्छन् । फलतः तपाईंको काय र चित्तको क्षेत्रमा सुख, आनन्द र शान्तिका अनेक मधुर लहर फैलिन थाल्छ । यद्यपि यी सम्पूर्ण सुखद अनुभूति पनि विनाशी वा क्षणिक अनुभूति नै हुन्, पञ्चस्कन्धभित्रका असत् अनुभूति हुन् ।

कैँयौँ साधक (खासगरी विपश्यना साधना बाहेक अन्य मोक्ष साधनाविधिद्वारा मोक्ष प्राप्त गर्न प्रयासरत साधकहरू) साधनाका यी अनुभूतिप्रति परिचित नभएकाले यिनै अनुभूतिलाई निर्वाण अनुभूतिको संज्ञा दिँदै ‘भोग’ गर्न थाल्छन् । यी संवेदनाप्रति रागपूर्ण प्रतिक्रिया प्रारम्भ गर्न थाल्छन् । भित्रभित्र खुसी, हर्षित आदि हुन थाल्छन् । जब साधकले यसरी साधनाका सुखद संवेदनालाई भोग गर्न थाल्छ त्यस क्षणमा धम्मका नियमहरूले रागरूपी बीज प्राप्त गर्न थाल्छ र परिणाम स्वरूप महासतिपट्ठान साधनाको मूल मर्म कुनै पनि प्रकारका “संवेदनाप्रति न राग, न द्वेष” को स्थितिबाट च्यूत भई साधक साधनाबाट नै च्यूत हुन पुग्छ । उसले साधनामा बन्धन प्राप्त गरी निर्वाणको विपरीत दिशातर्फ गमन गर्न थाल्छ ।

तर, महासतिपट्ठान साधनाको गम्भीर साधक जब साधनाकालका अनेक सुखद संवेदना पनि पन्चस्कन्धको क्षेत्रभित्रकै असत अनुभूति हुन् भन्ने तथ्य बुझी साधनालाई निरन्तरता दिइरहनुहुन्छ । जब तपाईं साधनामा आतापी, स्मृतिवान् र प्रज्ञावान् बनिरहनुहुन्छ यस्तो अवस्थामा तपाईं विपश्यना साधनाको अन्तिम विशिष्ट चरणबाट गुज्रिन थाल्नुहुन्छ । प्रश्न उठ्छ कि विपश्यना साधनाका ती विशिष्ट चरण केके हुुन् ? उत्तर हो ती विशिष्ट चरण भनेका अनित्यबोध, अनात्मबोध र अन्ततः निर्वाणबोध हुन् ।

दसौँचरण :– अनित्य बोध अर्थात् शरीर मात्र परमाणुको पुञ्जरूपी अनित्य भाव अथवा तरङ्गको यस पुञ्जरूपी शरीर अनित्य हो भन्ने भाव पुष्ट हुनु ।

जब तपाईंलाई विपश्यना साधनाको ‘भङ्ग’ अवस्था प्राप्त हुन्छ त्यस क्षणमा तपाईं स्वयंको अन्तर चक्षुमा प्रामाणिकरूपमै यस स्थूल काय भन्नु परमाणुहरूका पुञ्ज मात्र रहेछ भन्ने प्रज्ञा प्राप्त गर्न थाल्नुहुन्छ । देहका यी परमाणु पनि प्रतिक्षण उदय–व्यय, उदय–व्यय हुने प्रकृतिका रहेछन्, क्षणभङ्गुर रहेछन्, अनित्य रहेछन् भन्ने जस्ता प्रज्ञा प्राप्त गर्न थाल्नुहुन्छ । जब तपाईंलाई काय यसरी स्पष्टरूपमा तरङ्गैतरङ्गको प्रवाहझँै बोध हुन थाल्छ यस क्षणमा तपार्इँ यसरी तरङ्गैतरङ्गरूपी कायलाई ‘म’ र ‘मेरो काय’ आदि भन्न असमर्थ रहनुहुन्छ अथवा चेतन, अर्धचेतन, अवचेतन मनले यो परमाणुरूप तरङ्गलाई स्थूल देह वा ‘म’ मान्न छोड्न थाल्छ । यो एक असाधारण क्रान्तिको क्षण बन्छ । यस्तो स्थितिमा तपाईं यस देहलाई अनित्य हो भन्ने घोषणा गर्नुहुन्न्छ । तपाईं यस क्षणमा ‘देह अनित्य हो’ भन्ने निश्चय गर्नुहुन्छ वा घोषणा गर्नुहुन्छ । यस्तो घोषणा कुनै बौद्धिकरूपमा गरिएको ‘देह अनित्य हो’ रूपी घोषणा नभई कायानुपश्यना साधनाबाट प्रामाणिकरूपमै तपाईंले प्राप्त गर्नुभएको ज्ञान (प्रज्ञा) हुन्छ ।

यसरी देह अनित्य हो भन्ने बोध प्राप्त भएपश्चात् पनि जब तपाईं साधनालाई निर्वाण प्राप्त नभएसम्म निरन्तरता दिइरहनुहुन्छ तब साधनाको निरन्तरतासँगै तपाईंमा यो अनित्य बोध भाव झन झन् पुष्ट हुँदै जान्छ । जब यो अनित्य बोध भाव पुष्ट हुँदै जान्छ तब तँपाईमा एकअर्को असाधारण भावको जन्म हुन्छ । त्यो हो अनात्मबोध । अनात्मबोध नै मूल अविद्या मानिएको ‘म’ भाव नष्ट हुन प्रारम्भ भएको निर्वाण साधनाको अन्तिम र असाधारण क्षण हो । यही हो आध्यात्मिक क्रान्तिको मूल क्षण । यो निर्वाण क्षेत्रको अन्तिम खुड्किलो पनि हो ।

एघारौँचरण :– अनात्म बोध (अहं रूपी ‘म’, ‘मेरो’ भावको नाश अथवा ‘म देह होइन’ भन्ने भावको प्रामाणिक ज्ञान प्राप्त हुनु ।

जबसम्म मानिसमा देहबुद्धिजनित ‘म’ र ‘मेरो’ आदि भाव नष्ट हुँदैन तबसम्म मानिसमा भोक्ताभाव उपस्थित भइरहने हुनाले निर्वाण प्राप्त गर्न सकिन्न । त्यसैले निर्वाण प्राप्तिका लागि यो ‘म’ वा अहंरूपी मूल अज्ञान नष्ट हुन अत्यन्त आवश्यक छ भन्ने तथ्यमा संसारका सम्पूर्ण मोक्ष शास्त्र एक मत छन् तर जब ‘म’ भाव नाशको प्रश्न उठ्छ, तब अर्को

महत्वपूर्ण प्रश्न खडा हुन्छ भने कसरी यो ‘म’, वा मूल अविद्या नष्ट हुन्छ ?

निर्वाण साधनाको यस गहन वा केन्द्रीय प्रश्नमा अन्य मोक्ष साधनाविधि अस्पष्ट छन् वा मौन छन् । कैँयौँ धर्म, ईश्वर, गुरु, दर्शन आदिसँग जोडिएका सम्प्रदाय वा धार्मिक मतहरू यो ‘म’ भाव वा मूल अज्ञानलाई ईश्वरकृपा, गुरुकृपा, तारक ब्रह्मा आदिद्वारा मात्र नाश गर्न सकिन्छ भन्ने विश्वास गर्छन् तर भगवान् बुद्धद्वारा प्रतिपादित यस महासतिपट्ठान साधनामा ‘म’ भाव नष्ट गर्ने साधना प्रक्रिया स्पष्ट छ । त्यति मात्र होइन प्रामाणिक पनि छ, वैज्ञानिक पनि छ, साधनाद्वारा नै प्राप्य छ, जसलाई निम्नानुसार केलाउन सकिन्छ ।

जब विपश्यना साधनामा तपाईं (माथि व्याख्या गरिएका महासतिपट्ठान साधनाका अनेक चरण पार गरेपश्चात् “देह अनित्य हो” भन्ने प्रामाणिक बोध गर्नुहुन्छ, यो पञ्चस्कन्ध तरङ्गैतरङ्ग मात्र हो भने स्पष्ट बोध प्राप्त गर्नुहुन्छ तब तपाईं यस तरङ्गका पुञ्जरूप देहमा ‘म’ र ‘मेरो’ भन्नुपर्ने कुनै वस्तुको उपस्थिति देख्न असमर्थ रहनुहुन्छ । क्षण भङ्गुर तरङ्गलाई कसरी ‘म’ र ‘मेरो’ भन्ने ? यस्तो अवस्थामा तपाईं द्विविधामा पर्न सक्नुहुन्छ तर द्विविधामा पर्नुपर्दैन । यस साधनामा तपाईंमा रहेको ‘म’ र ‘मेरो’ भन्ने भाव (मूल अज्ञान, मूल अविद्या) शनैःशनैः पग्लिँदै जान थाल्छ । जतिजति तपाईंको मूल अविद्या पग्लिँदै जान थाल्छ तपाईंलाई स्वयंको यथार्थ स्वरूप झन्झन् स्पष्ट हुँदै आउँछ ।

अनित्य बोधबाट अनात्मबोधसम्मको साधना यात्रामा होसियार हुनुपर्ने तथ्य के छ भने जब तपाईंलाई यो देह र चित्तको क्षेत्र तरङ्गैतरङ्ग मात्र हो भन्ने बोध प्राप्त हुन्छ यसपश्चात् पनि जन्म–जन्मान्तरदेखि अवचेतन मनले ‘म’ भावलाई दह्रोसँग समाउँदै आएकाले यो ‘म’ भाव सहजै नाश हुँदैन । ‘म’ नाश हुनु भनेको मेरो अस्तित्व सधैँको लागि नष्ट हुनु हो भन्ने भय र डर अवचेतन मनमा छिपेका कारण अवचेतन मनले यो ‘म’ र ‘मेरो’ भावलाई समाइरहन्छ । साधनाको यस्तो अवस्थामा तपाईंले देहलाई परमाणुको तरङ्गैतरङ्गको रूपमा बोध गरे पनि ‘म’ भाव नाश हुँदैन । त्यसैले साधनाको लामो समयसम्म साधकमा अनित्यबोध र म बोध पनि सँगसँगै चलिरहन्छन् ।

जब तँपाई निर्वाण पदलाई प्राप्त गरेरै छाड्ने लक्ष्य लिनुहुन्छ, साधनामा झन्झन् आतापी स्मृतिवान्, संप्रज्ञानी बनिरहनुहुन्छ, साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब शनैःशनैः तपाईंको म भाव पनि पग्लिँदै जान्छ र शनैःशनैः अहंरूपी अनात्मबोध, ममत्वबोध, अहंबोध, मबोध, मेरो बोध पनि सम्पूर्णरूपमा विलय भएर जान्छ । यस्तो स्थितिमा तपाईंले ‘म देह होइन’ भन्ने स्पष्ट बोध प्राप्त गर्नुहुन्छ । यस क्षणमा तपाईंको अवचेतन मनले ‘म देह होइन’ भन्ने सत्यलाई स्वीकार गर्छ र ‘म देह होइन’ भनेर घोषणा गर्नुहुन्छ ।

यस्तो अवस्थामा जब तँपाई ‘म देह होइन’ भनेर घोषणा गर्नुहुन्छ तब यो कुनै श्रुतज्ञानमा आधारित अनुभव विहीन बौद्धिक घोषणा वा मिथ्या घोषणा हुँदैन । यो विपश्यना साधनाको लामो साधना प्रक्रियाद्वारा तपाईंले स्पष्टरूपमा प्राप्त गर्नुभएको प्रामाणिक अनुभूति हुन्छ । स्मरणरहोस् वर्तमान समयमा गुरुहरू वा साधकहरू ‘म देह होइन’ ‘म आत्मा हो’ भन्ने घोषणा त गर्छन् तर त्यो घोषणा विपश्यना साधनाका बाह्र चरणबाट गुज्रिएर प्राप्त प्रामाणिक घोषणा नभई एक भ्रमपूर्ण घोषणा हो, मात्र श्रूतज्ञान हो ।

बाह्रौँचरण :– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति ।

जब तपाईंमा विपश्यना साधनाको दीर्घकालीन साधनाद्वारा अथवा कायको बाह्य क्षेत्रमा संवेदना उत्पन्न भएको प्रथम चरणबाट साधनाका एघार चरणबाट गुज्रिँदै अन्ततः म भाव नाश हुन्छ, यही नै निर्वाणको स्थिति हो ।

यस अवस्थामा तपाईंमा ‘म’ अनुपस्थित भई मात्र दर्शन, मात्र ज्ञान, मात्र बोध शेष रहन्छ । यस निर्वाण अवस्थामा तपाईंको स्मृति (चेतना, जागरुकता) यही स्वयंको यो (दर्शन) वा स्वरूपमा प्रतिष्ठापित (स्थिर) हुन पुग्छ । यस्तो स्थितिमा द्रष्टा रहँदैन मात्र दर्शन रहन्छ । यस स्थितिमा तपाईं इन्द्रियातीत क्षेत्रमा प्रवेश गर्नुहुन्छ । इन्द्रियका क्षेत्रभन्दा बाहिरको क्षेत्र भएकाले यस इन्द्रियातीत अनुभूतिलाई शब्दमा व्याख्या गर्न सकिन्न । जब निर्वाणको स्थिति प्राप्त हुन्छ तब तपाईं लोक (काय) मा अनाश्रित भएर वा आश्रय नलिइकन विचरण गर्न थाल्नुहुन्छ । यस्तो निर्वाणको स्थितिमा तपाईं लोक (काय) मा केही ग्रहण गर्नुहुन्न । दीर्घसाधनाद्वारा चित्त समभावी भएकाले चित्तले प्राकृतिकरूपमा संवेदनाहरूलाई भोग गर्दैन । तपार्इँ पञ्चस्कन्धभन्दा बाहिरको शाश्वत, सत्य, ध्रुव, इन्द्रियातीत क्षेत्रको परम अनुभूति, परमशान्ति, परमआनन्द, परमतृप्तिले ओतप्रोत रहनुहुन्छ । संसारका सम्पूर्ण विषय छुटेकाले परमस्वतन्त्र स्थितिमा रहनुहुन्छ । मात्र एक द्रष्टा वा चेतन तत्वको रूपमा रहनुहुन्छ । यही नै दुःख निरोध वा निर्वाणको स्थिति हो ।
यिनै प्रसङ्गका साथै विपश्यना साधना विधि व्याख्या यहीँ समाप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 812 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 734 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 686 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 694 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 656 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 651 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 654 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 744 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 610 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 739 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 745 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 761 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 717 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 804 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 659 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 693 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 763 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 910 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 721 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 719 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 684 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 649 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 616 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 926 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 626 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 594 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 667 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 706 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 672 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 641 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1025 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1040 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 656 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 655 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 774 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 971 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 775 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1002 0
७.२ सम्यक वाणी साधना 1/11/2023 851 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 668 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 626 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 552 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 709 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 725 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 897 0
६.१ दुःख आर्य सत्य 1/11/2023 682 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 760 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 636 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 747 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 617 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 604 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 678 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 701 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 636 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 740 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 677 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 747 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 599 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 529 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 690 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 676 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 743 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 697 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 656 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 769 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 883 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2637 0