विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी

८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ?

0 टिप्पणीहरू 669 आगन्तुकहरू

विपश्यना साधनाले कसरी चित्तका संस्कार नाश गर्दछ र विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्छ भन्ने सम्बन्धमा भगवान् बुद्ध वा स्वयं सम्यक सम्बुद्धले गर्नुभएको व्याख्या माथि उल्लेख भइसकेको छ ।

जब विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्छ भन्ने सम्बन्धमा तपाईं स्पष्ट हुनुहुन्छ यस्तो स्थितिमा एउटा महत्वपूर्ण प्रश्न के उठ्न सक्छ भने विपश्यना साधनाले प्रदान गर्ने यस्तो निर्वाण प्रक्रियामा साधकले निर्वाणका केकस्तो अनुभूति वा चरणबाट गुज्रिनुपर्छ वा गुज्रेर निर्वाण प्राप्त गर्न सक्छ ? विपश्यना मात्र नभई संसारका सम्पूर्ण निर्वाण साधनासँग जोडिएको प्रश्न हो यो । विपश्यना साधनासँग जोडिएको यस प्रश्नलाई भगवान्ले महासतिपट्ठान सुत्तमा विस्तारपूर्वक व्याख्या गर्नुभएको छ । भगवान् बुद्धकाअनुसार जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ त्यतिबेला तपार्इँले साधनाको प्रथम विन्दुबाट अन्तिम विन्दुसम्म बाह्रवटा चरण र अनुभूतिबाट गुज्रिदैँ जानुपर्ने हुन्छ ।

स्मरणरहोस् विपश्यना साधनाको प्रारम्भिक कालमा साधकले विपश्यना साधनाका यी बाह्रवटा चरणका अनुभूतिलाई शतप्रतिशत अनुभूति गर्न नसके पनि वा एक चरणको अनुभूति अर्को चरणको अनुभूतिसँग मिसिए पनि जब तपार्इँ दीर्घकालसम्म विपश्यना साधना गर्नुहुन्छ तब स्पष्टरूपमा तपाईं भगवान्ले व्याख्या गर्नुभएका यी बाह्रवटा चरण र यी चरणका अनुभूतिप्रति स्पष्ट बन्नुहुन्छ र भगवान्का वचन सत्य हुन् भन्ने तथ्यप्रति विश्वस्त हुनुहुन्छ ।

महासतिपट्ठान सुत्तमा भगवान् बुद्धले व्याख्या गर्नुभएको विपश्यना साधनाका निर्वाणका बाह्र चरणहरु निम्न प्रकार छन् ।

इति अज्झत्तं वा काये कायानुपस्सी विहरति, बहिद्धा वा काये कायानुपस्सी विहरति । अज्झत्तबहिद्धा वा काये कायानुपस्सी विहरति । समुदयधम्मानुपस्सी वा कायस्ंिम विहरति, वयधम्मानुपस्सी वा कायस्मिं विहरति, समुदयवयधम्मानुपस्सी वा कायस्ंिम विहरति । ‘अत्थि कायो’ति वा पनस्स सति पच्चुपठ्ठिता होति । यावदेव ञाणमत्ताय, पटिस्सतिमत्ताय, अनिस्सितो च विहरति, न च किञ्चि लोके उपादियति । एवम्पि खो, भिक्खवे, भिक्खु काये कायानुपस्सी विहरति ।

अर्थात् उसले कायको भित्री भागमा कायानुपश्यी भएर विहार गर्छ, कायको बाहिरी भागमा कायानुपश्यी भएर विहार गर्छ, अथवा कायाको भित्री–बाहिरी भागहरू (सर्वत्र) कायानुपश्यी भएर विहार गर्छ, अथवा, कायमा समुदय धर्मानुपश्यी भएर विहार गर्छ, अथवा कायमा व्यय धर्मानुपस्श्यी भएर विहार गर्छ, अथवा कायमा समुदय व्यय धर्मानुपश्यी भएर विहार गर्छ । यसरी उसको स्मृति (यो यथार्थ) मा स्थापित हुन्छ कि यो काय हो । जबसम्म ज्ञान मात्र दर्शन बनिरहन्छ तबसम्म अनाश्रित भएर विहार गर्छ । उसले लोक (इन्द्रियको क्षेत्र) मा केही पनि ग्रहण गर्दैन । यस प्रकार केही भिक्षु कायमा कायानुपश्यी भएर विहार गर्छ ।

प्रथम चरण :– बहिद्धा वा काये कायानुपस्सी विहरती
अर्थात् विपश्यना साधनाको प्रथम चरणमा तपाईंले कायको बाहिरी क्षेत्रमा कायानुपश्यना साधना गर्नुहुन्छ अथवा तँपाईले कायको बाहिरी क्षेत्रमा सुखद र दुःखद संवेदनाका अनुभूति प्राप्त गर्नुहुन्छ ।

दोस्रो चरण :– अज्झतं वा काये कायानुपस्सी विहरति
अर्थात् विपश्यना साधनाको दोस्रो चरणमा तपाईंले कायको भित्री क्षेत्रमा कायानुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईंले कायको भित्री क्षेत्रहरूमा सुखद र दुःखद संवेदनाका अनुभूति प्राप्त गर्नुहुन्छ ।

तेस्रो चरण :– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति
अर्थात् विपश्यना साधनाको तेस्रो चरणमा तपाईंले कायको भित्री–बाहिरी क्षेत्रमा कायानुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईंले कायको भित्री–बाहिरी क्षेत्रमा सुखद र दुःखद संवेदनाका अनुभूति प्राप्त गर्नुहुन्छ ।

चौथो चरण :– समुदय धम्मानुपस्सी वा कायस्ंिम विहरति
अर्थात् विपश्यना साधनाको चौथो चरणमा तपाईंले संवेदनाको समुदय धर्ममा अनुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईले संवेदनाका समुदय (उत्पत्ति) को अनुभूति प्राप्त गर्नुहुन्छ ।

पाँचौँ चरण :– वय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् विपश्यना साधनाको पाँचौ चरणमा तपाईंले संवेदनाको व्यय धर्ममा अनुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईंले संवेदना व्ययको अनुभूति प्राप्त गर्नुहुन्छ ।

छैठौँ चरण :– समुदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् विपश्यना साधनाको छैठौँ चरणमा तपाईंले संवेदनाको समुदय व्यय धर्ममा अनुपश्यना साधना गर्नुहुन्छ अथवा तपाईंले संवेदनाहरूको समुदय र व्ययको अनुभूति प्राप्त गर्नुहुन्छ ।

सातौँ चरण :– सब्वकायपटि संवेदी
अर्थात् विपश्यना साधनाको सातौँ चरणमा तपाईले सम्पूर्ण शरीरमा संवेदनाका स्पष्ट अनुभूति प्राप्त गर्नुहुन्छ अथवा तपाईंले स्वयंको काय संवेदनाले पूर्ण हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ ।

आठौँ चरण :– पस्सम्भयं कायरसङ्खार
अर्थात् विपश्यना साधनाको आठौँ चरणमा तपाईंले आफ्नै कायको चञ्चल स्वभाव नाश भई प्रश्रब्धि वा शान्तिको अनुभूति प्राप्त गर्नुहुन्छ अथवा तपाईं घण्टौँसम्म सहजतापूर्वक साधना गर्न समर्थ रहनुहुन्छ ।

नवौँ चरण :– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति
अर्थात् विपश्यना साधनाको नवौँ चरणमा तपाईं चित्तको स्मृतिमा यो काय तरङ्गैतरङ्गको पुञ्ज हो भन्ने सत्य स्थापित हुन्छ ।

दसौँ चरण :– विपश्यना साधनाको दसौँ चरणमा तपाईंलाई तरङ्गैतरङ्गको पुञ्ज स्वरूप काय र चित्तको क्षेत्र अनित्य हो भन्ने प्रामाणिक अनुभूति प्राप्त हुन्छ अथवा तपाईंमा अनित्य भावको बोध पुष्ट हुन्छ ।

एघारौँ चरण :– विपश्यना साधनाको एघारौँ चरणमा तपाईंको मूल अज्ञान वा ‘म’ भाव नाश हुन थाल्छ अथवा तपाईंको मनमा अनात्म भाव पुष्ट हुन्छ ।

बाह्रौँ चरण :– विपश्यना साधनाको यस अन्तिम चरणमा तपाईंलाई निर्वाण वा इन्द्रियातीत क्षेत्रको प्रामाणिक अनुभूति प्राप्त हुन्छ अथवा तपाईंमा ‘म’ अनुपस्थित दर्शन (द्रष्टा होइन) शेष रहन्छ ।

यसरी विपश्यना साधनामा प्रवेश गरेका साधकले प्रामाणिकरूपमा निर्वाणका बाह्रवटा चरणलाई पार गर्दै निर्वाण प्राप्त गर्न सफल हुन्छ । विपश्यनाका निर्वाणाभीलाषी साधकलाई विपश्यना साधनाका यी बाह्रवटा चरणप्रति थप स्पष्ट जानकारी प्राप्त होस् भन्ने उद्देश्यले यी सम्पूर्ण चरणका व्याख्या परिशिष्टमा राखिएको छ । यदि तपाईं निर्वाण प्यासी साधक हुनुहुन्छ वा तपाईं वर्षौँदेखि विपश्यना साधनामा साधनारत हुनुहुन्छ भने पनि विपश्यना साधनाका यी बाह्रवटा चरणलाई सूक्ष्मतापूर्वक अध्ययन गर्नुहुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1015 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 810 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 732 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 684 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 690 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 609 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 650 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 647 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 650 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 740 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 608 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 737 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 741 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 757 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 713 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 802 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 653 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 691 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 761 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 906 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 719 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 715 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 682 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 647 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 612 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 922 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 622 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 592 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 665 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 704 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 637 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1021 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1038 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1032 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 650 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 653 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 772 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 969 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 773 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1000 0
७.२ सम्यक वाणी साधना 1/11/2023 847 0
७.१ सम्यक कर्म साधना 1/11/2023 765 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 666 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 622 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 548 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 705 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 723 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 893 0
६.१ दुःख आर्य सत्य 1/11/2023 678 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 756 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 632 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 743 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 615 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 602 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 676 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 697 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 630 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 736 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 724 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 722 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 673 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 741 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 597 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 527 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 686 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 674 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 741 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 638 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 695 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 652 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 765 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 879 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2635 0