चार आर्य सत्य

६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति

0 टिप्पणीहरू 625 आगन्तुकहरू

जब भगवान्ले पन्च भिक्षुहरूमार्फत् संसारका निर्वाणाभिलाषी साधकका लागि चार आर्य सत्यको व्याख्या गर्नुभयो, भगवान्ले यो व्याख्या मूलतः निर्वाण साधना भन्नु कुनै आत्माप्राप्ति, परमात्माप्राप्ति, दिव्य धामप्राप्ति आदि नभई आफ्नै जीवनमा छिपेका चार सत्यमाथि गरिने साधना हो भनेर निर्वाण साधनाको सत्य मार्ग प्रदर्शन गर्नुभएको थियो ।

तर संसारका निर्वाणाभिलाषी साधकका स्थिति पूर्णतः पृथक थियो । चार आर्य सत्यमाथि गरिने साधना दृष्टीले यो जगतमा मूलतः दुई प्रकारका साधक थिए । यी दुई प्रकारका साधकमध्ये प्रथम समूहमा त्यस्ता प्रकृतिका साधक थिए, जो वषौँदेखि अनेक साम्प्रदायिक मान्यता, दर्शन, मत, विचार सिद्धान्त आदिमा विश्वास राख्थे । ती साधक निर्वाणप्राप्ति गुरुकृपा, परमात्माकृपा तारक ब्रह्मा आदिका कारण सम्भव हुन्छ भन्ने धारणामा विश्वास गर्थे । यी साधकले भगवान्ले धर्म, ईश्वर, आत्मा, परमात्मा आदि नै पूर्णरूपमा अनुपस्थित चार आर्य सत्य वा चार आर्यसत्यमाथि गरिने साधनाको व्याख्या गर्दैमा वा भगवान्ले स्वयंको ‘दुख समुदय सत्य’ लाई ‘मार्ग सत्य’ द्वारा नाश गर्न सकेको खण्डमा जीवनका सम्पूर्ण दुःखक नाश भई निर्वाण प्राप्त हुन्छ भन्ने व्याख्यामा यी साधकले विश्वासै गर्दैनथे वा आफ्नै अन्ध धारणाका कारण भगवान्को व्याख्यालाई पूर्णरूपमा अस्वीकार गर्थे ।

एकातर्फ चार आर्य सत्यमाथि गरिने साधनालाई अन्धरूपमा अस्वीकार गर्ने साधकको समूह थियो भने अर्को पक्षमा भगवान् बुद्धको वचन वा चार आर्य सत्यमाथि गरिने साधना भन्ने बित्तिकै यस साधनालाई अन्धभक्ति वा अन्ध श्रद्धाका कारण स्वीकार गरिहाल्ने साधकहरूको समूह पनि उपस्थिति थियो वा हुनसक्थ्यो । यस समूहका साधक चार आर्य सत्यमाथि गरिने साधनाप्रति कुनै पनि प्रकारको स्पष्टता नै प्राप्त नगरी अन्धश्रद्धाका कारण तत्काल साधनामा प्रवेश

गरिहाल्ने सम्भावना पनि थियो, जुन वर्तमान समयका विपश्यनाका असङ्ख्य साधकमा स्पष्ट देख्न सकिन्छ ।
निर्वाण अत्यन्त सूक्ष्म र गहन साधना थियो । करोडौँ साधकमा एक दुई साधकले मात्र सिद्ध गर्न सक्षम यो दुरुह साधना यस्तो अन्ध प्रतिकूल प्रतिक्रिया वा अन्ध श्रद्धा, दुवै स्थितिमा सिद्ध हुन असम्भव थियो । निर्वाण जस्तो सूक्ष्म साधनालाई सिद्ध गर्न सर्वप्रथम साधक साधनाका सम्पूर्ण पक्षप्रति पूर्णरूपमा स्पष्ट हुन आवश्यक थियो । जब कुनै गुरु वा कुनै स्रोतबाट कुनै साधना प्राप्त हुन्थ्यो त्यस्तो साधनाप्रति प्रष्ट नभई अन्धश्रद्धा, अन्धविश्वास, अन्धभक्ति आदिका कारण साधनालाई ग्रहण गर्दा अनेक भ्रम, द्विविधा, कल्पना, सङ्घर्ष आदिमा फसेर जीवन बर्बाद भएका असङ्ख्य साधक भगवान् आफैँले आफ्नै साधना सङ्घर्षकालमा देख्नुभएको थियो ।

जब कुनै गुरुबाट साधना प्राप्त हुन्छ त्यस साधनालाई आफ्नै बुद्धिको कसी, आफ्नै चिन्तनको कसी, आफ्नै साधनाको कसीमा परीक्षण गरी साधना सत्य भए ग्रहण गर्ने र साधना असत्य भए त्याग गरिदिने भगवान्को स्वभावका कारण भगवान्ले सत्य निर्वाण साधनाविधि वा सत्य मोक्ष गुरु खोजीको क्रममा अनेक साधनाविधि त्यागिदिनुभएको थियो । साधनालाई सत् कि असत् भनेर मूल्याङ्कन गरेका कारण नै भगवान्ले गुरु आलार कालम, उद्धक रामपुत्त जस्ता प्रसिद्ध गुरुलाई त्यागिदिनुभएको थियो । साधनालाई मूल्याङ्कन गर्नुभएका कारण नै भगवान्ले कठोर देहपीडक तपस्यालाई पनि असत्य साधना भनेर त्यागिदिनुभएको थियो । जब कुनै साधना प्राप्त हुन्छ त्यस साधनालाई विभिन्न पक्षमा मूल्याङ्कन गरेका कारण नै असङ्ख्य निर्वाणाभिलाषी साधक फस्ने गरेका आध्यात्मिक जगत्का भयानक भासलाई पार गर्दै भगवान् निर्वाणको अमृत लक्ष्य प्राप्त गर्न सफल हुनुभएको थियो ।

आफ्नै साधना सङ्घर्षको अनुभूति र जगत्का साधकहरूका यथार्थको दर्शनपश्चात् भगवान्लाई साधकले जब कुनै निर्वाण साधनाविधि प्राप्त गर्छ त्यस साधनालाई आफ्नै चेतनाको कसी, चिन्तनको कसी र प्रयोगको कसीमा मूल्याङ्कन गरेको खण्डमा मात्र उसले अध्यात्मको अनेक भ्रमलाई पार गरी निर्वाण लक्ष्य प्राप्त गर्न सक्छ । अन्यथा निर्वाण जस्तो सूक्ष्म, गहन, दुरुह साधनालाई साधकले सिद्ध गर्न सक्दैन भन्ने सत्यको पनि स्पष्ट बोध भइरहेको थियो ।

मूलतः यही कारणले भगवान्ले चार आर्य सत्यमाथि साधना गर्दा साधकले प्रत्येक आर्य सत्यमाथि तीनतीन चरणका साधना गर्नुपर्ने आवश्यकता बोध गर्नुभयो । चार आर्य सत्यका प्रत्येक सत्यमाथि तीनतीन आवृत्ति वा चरणमा गरिने यस साधनालाई तिररिवट्टं द्वादशाकारं वा चार आर्य सत्यका तीनतीन आवृत्ति गरी बाह्र आवृत्तिको साधना पनि भनिन्छ ।

चार आर्य सत्यको बाह्र आवृत्तिमाथि गरिने यस साधनामा छिपेको अर्को मर्म के छ भने भगवान् बुद्धले भन्नुभयो भन्दैमा तपाईंले पनि भगवान्का वचनमा अन्धश्रद्धा, अन्धभक्ति प्रकट गरी चार आर्य सत्यमाथि गरिने साधना (विपश्यना) लाई स्वीकार गर्नुपर्दैन । तपाईंको चेतना, चिन्तन र प्रयोगको कसीमा यदि भगवान्ले प्रकाश पार्नुभएका यी चार आर्य सत्यमाथि गरिने साधना असत्य ठहरियो भने तपाईंले पनि चार आर्य सत्यका व्याख्या र यी चार आर्य सत्यमाथि गरिने विपश्यना साधनालाई असत् साधना ठहर्‍याउँदै त्याग गर्न सक्नुहुन्छ ।

प्रश्न उठ्छ कि के हुन् प्रत्येक आर्य सत्यका तीन आवृत्ति वा प्रत्येक आर्य सत्यमा गरिने तीन साधना ?

प्रथम आवृत्ति (चरण) श्रुतज्ञान

चार आर्य सत्यका तीन आवृत्ति (साधना) मा तपाईं प्रथम आवृत्तिलाई ‘श्रुतज्ञान’, दोस्रो आवृत्तिलाई ‘चिन्तन ज्ञान’ र तेस्रो आवृत्तिलाई ‘प्रत्यक्ष ज्ञान’ भन्न सक्नुहुन्छ ।

चार आर्य सत्यको प्रथम आवृत्ति वा साधनामा तपाईं स्वाध्याय, गुरु वा कुनै स्रोतबाट चार आर्य सत्यको श्रुतज्ञान प्राप्त गर्नुहुन्छ । तपाईं यस संसारका प्रत्येक मानिसमा दुःख छ । यस दुःखको पछाडि कारण छ । संसारका प्रत्येक मानिसमा दुःख निरोध वा निर्वाण अवस्था (छिपेकोे) छ । यस दुःखबाट निर्वाणसम्म जाने साधना मार्ग छ भन्ने श्रुतज्ञान प्राप्त गर्नुहुन्छ । जब तपाईं चार आर्य सत्यका बारेमा श्रुतज्ञान प्राप्त गर्नुहुन्छ तपाईं स्वयंको जागरुकता, चेतना वा बुद्धिको स्तरअनुरूप यस श्रुतज्ञानलाई स्वीकार वा अस्वीकार गर्नुहुन्छ । यदि तपाईंले साधनाको यस प्रथम आवृत्तिमै आफूले प्राप्त गरेको श्रुतज्ञानलाई अस्वीकार गर्नुभयो भने तपाईं चार आर्य सत्यको साधनामै प्रवेश गर्नुहुन्न ।

यस क्षणमा तपाईंले दरबार त्यागपश्चात् भगवान् बुद्धले जब सत्य निर्वाण साधनालाई खोज्दै हिडिरहनुभयो, उहाँले गुरुकृपा, परमात्माकृपा, तारक ब्रह्मा आदिबाट निर्वाण प्राप्त हुन्छ भन्ने श्रुतज्ञानलाई अवश्य प्राप्त गर्नुभएको थियो । जब भगवान्ले यस श्रुतज्ञानलाई प्राप्त गर्नुभयो तत्काल यस श्रुतज्ञानलाई उहाँको बुद्धि वा चेतनाले अस्वीकार गरिदिएकाले उहाँ गुरुकृपा, परमात्मा कृपा आदि प्राप्तिको साधनामा प्रवेश नै गर्नुभएन वा भगवान् साधनाको प्रथम आवृत्तिमा नै प्रवेश गर्नु भएन भनेर बुझ्नुहोस् । साथै असङ्ख्य निर्वाणका साधक, जो गुरुकृपा, परमात्माकृपा, तारक ब्रह्मा आदिका कारण निर्वाण प्राप्त हुन्छ भनेर साधनारत थिए वा छन् ती साधकका चेतनास्तरले यस श्रुतज्ञानलाई स्वीकार गरेकाले नै तिनीहरू यस साधनामा प्रवेश गरेका थिए भनेर पनि बुझ्न सक्नुहुन्छ ।

दोस्रो आवृत्ति (चरण) चिन्तन ज्ञान

जब तपाईं भगवान् बुद्धले व्याख्या गर्नुभएको चार आर्य सत्य सम्बन्धी श्रुतज्ञानलाई सत्य मानेर स्वीकार गर्नुहुन्छ त्यस स्थितिमा तपार्इँ चार आर्य सत्य साधनाको प्रथम आवृत्तिमा प्रवेश गर्नुहुन्छ तर यसरी बौद्धिकरूपमा स्वीकार गर्दैमा मात्र वा साधनाको प्रथम आवृत्तिमा प्रवेश गर्दैमा तपाईंले निर्वाण प्राप्त गर्न सक्नुहुन्न । यसर्थ यस्तो स्थितिमा तपाईं चार आर्य सत्यको दोस्रो चरणको साधना वा चिन्तन ज्ञान साधनामा प्रवेश गर्नुहुन्छ । दोस्रो चरणको यस चिन्तन ज्ञान साधना मूलतः मानसिक वा बौद्धिक प्रकृतिको हुन्छ ।

साधनाको यो दोस्रो चिन्तन ज्ञानको चरणमा तपाईं चार आर्य सत्य सम्बन्धी श्रुतज्ञान, जुन तपाईंले प्रथम चरणमा सत्य मानेर स्वीकार गर्नुभएको थियो त्यो श्रुतज्ञानप्रति विभिन्न पक्षबाट स्पष्ट हुने प्रयास गर्नुहुन्छ । तपाईं के यी चार आर्य सत्य प्रत्येक मानिसमा छिपेका सत्य हुन् ? के निर्वाण साधना दुःख सत्यबाट निर्वाण सत्यसम्मको यात्रा हो ? के दुःख समुदय सत्य (चित्तको संवेदना भोग गर्ने स्वभाव) माथि मार्ग सत्य (संवेदना माथि समभावी साधना) द्वारा निर्वाण प्राप्त गर्न सम्भव छ ? के प्रतित्यसमुत्पादको नियम सत्य हो ? के प्रकृतिका शाश्वत नियम सत्य हुन् ? भन्ने जस्ता अनेक प्रश्नप्रति चिन्तन, मनन, विश्लेषण आदि गर्नुहुन्छ । विभिन्न स्रोतबाट यी प्रश्नमाथि उत्तर प्राप्त गर्ने प्रयास गर्नुहुन्छ । यस चिन्तन ज्ञान साधना प्रक्रियामा तँपाई चार आर्य सत्यका सम्पूर्ण पक्षप्रति झन्झन् स्पष्ट हुँदै जानुहुन्छ ।

यसरी श्रुतज्ञानमाथि चिन्तन, मनन, बौद्धिक विश्लेषण, मूल्याङ्कन, प्रश्नोउत्तर आदि गर्दा यदि तपाईंलाई चार आर्य सत्य सम्बन्धी व्याख्या सत्य प्रतीत भएन भने तपाईंले साधनालाई यो दोस्रो चरणमै टुङ्ग्याउनुहुन्छ वा तपाईं तेस्रो चरणको प्रत्यक्ष साधनामा प्रवेश गर्नुहुन्न तर यदि चिन्तन ज्ञान साधना प्रक्रियामा तपाईंलाई चार आर्य सत्य सम्बन्धी भगवान्का व्याख्या सत्य प्रतीत भयो भने चार आर्य सत्यलाई आफ्नै जीवनमा उतारेर प्रत्यक्ष निर्वाण ज्ञान प्राप्त गर्न विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ ।

तपाईं यस क्षणमा जब भगवान् बुद्धले गुरु कालम र उद्धक रामपुत्तको ध्यान साधना सम्बन्धी श्रुतज्ञानलाई प्रथम चरणमा स्वीकार गर्नुभयो । तत्पश्चात् यी गुरुका ध्यान साधना सम्बन्धी श्रुतज्ञानलाई भगवान्ले विभिन्न पक्षबाट मूल्याङ्कन, विश्लेषण, चिन्तन, मनन आदि गर्दा सत्य प्रतीत भएकाले नै भगवान् तेस्रो वा अन्तिम चरणको साधनामा प्रवेश गर्नुभएको थियो भन्ने तथ्यप्रति स्पष्ट हुनुहोस् । साथै गुरुकृपा, परमात्माकृपा, तारक ब्रह्मा आदिबाट निर्वाण प्राप्त हुन्छ भनी जुन असङ्ख्य साधक साधनारत थिए वा वर्तमान समयमा पनि छन् । ती साधकले कि त श्रुतज्ञानका बारेमा कुनै चिन्तन ज्ञान नै प्राप्त गरेनन् वा तिनीहरूले चिन्तन ज्ञानको प्रक्रियामा पनि गुरुकृपा, परमात्माकृपा, तारक ब्रह्मा आदिबाट निर्वाण प्राप्त हुन्छ भन्ने श्रुतज्ञान सत्य प्रतीत भएर नै ती साधक साधनामा प्रवेश गरेका थिए भन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् ।

तेस्रो आवृत्ति प्रत्यक्ष ज्ञान

चार आर्य सत्यको तेस्रो चरणको साधना हो प्रत्यक्ष ज्ञान । चार आर्य सत्यमाथि श्रुतज्ञान र चिन्तन ज्ञान प्राप्त गर्दैमा तपाईं निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ । यसर्थ चार आर्य सत्यमाथिको यो तेस्रो वा अन्तिम चरणको साधनामा तपार्इँ प्रत्यक्षरूपमा साधनामा प्रवेश गर्नुहुन्छ । तपाईं चित्तको संवेदना भोग गर्ने स्वभावलाई विपश्यना साधनाद्वारा नष्ट गर्दै दुःख नाश र निर्वाण प्राप्त गर्ने साधनामा प्रवेश गर्नुहुन्छ । यसरी चार आर्य सत्यमाथि विधिपूर्वक साधना गर्दा पनि यदि तपार्इँले निर्वाण प्राप्त गर्न सक्नुभएन वा निर्वाणको प्रत्यक्ष ज्ञान प्राप्त गर्न असमर्थ रहनुभयो भने तपाईं साधनाको यस चरणबाट पनि बाहिरिनुहुन्छ । तपाईं भगवान्को चार आर्य सत्यको व्याख्या र विपश्यना साधनालाई असत साधना मान्दै अस्वीकार वा त्याग गर्नुहुन्छ ।

तपाईं यस क्षणमा जब भगवान् बुद्धले गुरु कालम र रामपुत्तको साधनालाई श्रुतज्ञान र चिन्तन ज्ञानको स्तरमा स्वीकार गरेपश्चात् प्रत्यक्ष ज्ञानका लागि साधनामा प्रवेश गर्दा प्रत्यक्ष निर्वाण ज्ञान प्राप्त नभएकाले उहाँले गुरु कालम र उद्धक रामपुत्तको साधनालाई असत्य साधना मान्दै त्यागिदिनुभएको थियो भन्ने तथ्यप्रति स्पष्ट हुनुहोस् । तपाईं यस क्षणमा संवेदनामाथि समभावी साधना गर्दा निर्वाणको प्रत्यक्ष ज्ञान प्राप्त भएकाले भगवान्ले विपश्यना साधनालाई सत्य साधना मानेर ग्रहण गर्नुभएको थियो । तत्पश्चात् यस साधना संसारका निर्वाणाभिलाषी साधकहरूका लागि प्रदान गर्नुभएको थियो भन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् ।

भगवान् बुद्धले व्याख्या गर्नुभएको चार आर्य सत्य साधनामा स्वीकार गर्नुभएको बाह्र साधना आवृत्ति यस प्रकार छन्–
दुःख आर्य सत्य

प्रथम आवृति :– यो दुःख आर्य सत्य हो भन्ने तथ्यलाई स्वीकार गर्नु ।
दोस्रो आवृति (परिञ्ञेयं):– बुद्धिद्वारा सम्झिना गर्नु कि यो दुःख आर्य सत्य परिज्ञेय छ वा दुःख आर्य सम्बन्धी चिन्तन ज्ञान प्राप्त गर्नु ।
तेस्रो आवृति (परिञ्ञातं):– साधना अनुभूतिद्वारा जान्नु कि यो दुःख आर्य सत्य परिज्ञान भयो ।
दुःख समुदय आर्य सत्य
प्रथम आवृति:– यो दुःख समुुदय आर्य सत्य हो भन्ने तथ्यलाई स्वीकार गर्नु ।
दोस्रो आवृति (पहातब्बं):–बुद्धिद्वारा सम्झना गर्नु कि यो दुःख समुदय आर्य सत्य प्रहाण गर्नुपर्छ वा दुःख समुदय आर्य सत्य सम्बन्धी चिन्तन ज्ञान प्राप्त गर्नु ।
तेस्रो आवृति (पहीनं):–साधना अनुभूतिद्वारा जान्नु कि यो दुःख समुदय आर्य सत्य प्रहाण भयो ।
दुखः निरोध आर्य सत्य
प्रथम आवृति:–यो दुःख निरोध आर्य सत्य हो भन्ने तथ्यलाई स्वीका गर्नु ।
दोस्रो आवृति (सच्छिकातब्बं):– बुद्धिद्वारा सम्झना गर्नु कि यो दुःख निरोध आर्य सत्य साक्षात्कार गर्नुपर्छ वा निरोध सम्बन्धी चिन्तन ज्ञान प्राप्त गर्नु ।
तेस्रो आवृति (सच्छिकतं):– साधना अनुभूतिद्वारा जान्नु कि यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो ।
दुःख निरोध गामिनी प्रतिपदा
प्रथम आवृति:– यो दुःख निरोध गामिनी प्रतिपदा आर्यसत्य हो भन्ने तथ्यलाई स्वीकार गर्नु ।
दोस्रो आवृति (भावेतब्बं):– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यलाई भावना गर्नुपर्छ वा दुःख निरोध गामिनी प्रतिपदा सम्बन्धी चिन्तन ज्ञान प्राप्त गर्नु ।
तेस्रो आवृति (भावितं):– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य भावित भयो ।

प्रत्येक आर्य सत्यमाथि गरिने ती तीन आवृत्तिका साधनाले कुनै पनि मोक्षाभिलाषी साधकले साधनामा प्रत्यक्ष प्रवेश गर्नुपूर्व ‘श्रुतज्ञान’ सर्वप्रथम स्वीकार गर्नुपर्ने, त्यस श्रुतज्ञानमाथि गहन चिन्तन, मनन, गर्नुपर्ने वा चिन्तन ज्ञान प्राप्त गर्नुपर्ने र श्रुतज्ञानमाथि चिन्तन ज्ञान प्राप्त गरेर साधनाको सैद्धान्तिक पक्षप्रति सम्पूर्णरूपमा स्पष्ट भएपछि मात्र साधनामा प्रवेश गर्नुपर्ने आवश्यकतालाई दर्शाउँछ ।हाल साधना भन्ने बित्तिकै साधनाको सैद्धान्तिक पक्षप्रति नै स्पष्ट नभई आसन ग्रहण गरिहाल्ने, आँखा चिम्लिहाल्ने, ध्यानमा प्रवेश गरिहाल्ने जुन प्रचलन छ यस्तो साधना प्रक्रिया भगवान्का यी शब्दका पृष्ठभूमिमा त्रुटिपूर्ण देखिन्छ । यस्तो स्थितिमा के प्रश्न उठ्छ भने साधकहरू कतै साधनाको सम्पूर्ण सैद्धान्तिक पक्षप्रति स्पष्ट नभइकनै साधना भन्ने बित्तिकै आखा चिम्लिएर ध्यान प्रारम्भ गर्ने कारणले गर्दा साधनामा असफल त भइरहेका छैनन् ?

स्मरण रहोस् भगवान्ले यी चार आर्य सत्यका सम्पूर्णबाह्र आवृत्तिहरु माथि साधना गरेर नै निर्वाण प्राप्त गर्नुभएको थियो । भगवान् यो सत्यको घोषणा गर्दैधर्मचक्र प्रर्वत्तन सुत्तमा भन्नुहुन्छः

‘‘यावकीवञ्च मे, भिक्खवे, इमेसु चतूसु अरियसच्चेसु एवं तिपरिवट्टं द्वादसाकारं यथाभूतं ञाणदस्सनं न सविसुद्धं अहोसि, नेवतावाहं, भिक्खवे, सदेवके लोके समारके सब्रह्म्क्रे सस्समण ब्राह्मणिया पजाय सदेव मनुस्साय ‘अनुत्तरं सम्मासम्बोधिं अभिसम्बुद्धोति पच्चञ्ञासिं ।’’

भिक्षुहरू ! जबसम्म यी चार आर्य सत्यका तीन तीन आवृत्ति गरी बाह्र प्रकारको यथार्थ विशुद्ध ज्ञान वा दर्शन प्राप्त गरिन भिक्षूहरु ! त्यो समयसम्म देवतासहित, मारसहित, ब्रह्मासहित, सम्पूर्ण लोकमा, देव–मनुष्यसहित, श्रवण–ब्राह्माणसहित सम्पूर्ण प्रज्ञामा कतै पनि मैले यो दावी गरिन कि मलाई अनुत्तर (सर्वोत्तम) सम्यक सम्बोधि प्राप्त भएको छ ।

‘‘यतो च खो मे, भिक्खवे, इमेसु चतूसु अरियसच्चेसु एवं तिपरिवट्टं द्वादसाकारं यथाभूतं ञाणदस्सनं सुविसुद्धं अहोसि, अथाहं, भिक्खवे, सदेवके लोके समारके सब्रह्मके सस्समण ब्राह्मणिया पजाय सदेव मनुस्साय ‘अनुत्तरं सम्मासम्बोधिं अभिसम्बुद्धोति पच्चञ्ञासिं । ञाणं च पन मे दस्सनं उदपादि ‘अकुप्पा मे विमुत्ति अयमन्तिमाजाति, नत्थिदानि पुनब्भवोति । इदमवो च भगवा । अत्तमना पञ्च वग्गिया भिक्खू भगवतो भासितं अभिनन्दुन्ति ।’’

भिक्षुहरू । जब यी चार आर्य सत्यका तीनतीन आवृत्तिसहित बाह्र आवृत्तिको यथार्थ ज्ञान वा दर्शन प्राप्त भयो तबमात्र भिक्षूहरु ! देवतासहित, मारसहित, ब्रह्मासहित, सम्पूर्ण लोकमा, देव–मनुष्यसहित, श्रवण–ब्राह्माणसहित सम्पूर्ण प्रज्ञामा यस्तो दावी गरेंँ कि मलाई सर्वोत्तम (अनुत्तर) सम्यक सम्बोधि प्राप्त भएको छ । मैले ज्ञान वा दर्शन प्राप्त गरेको छु भनेर, अचल विमुक्ति प्राप्त गरेको छु । भिक्षुहरू ! यो अन्तिम जन्म हो । अब मेरो पुनरागमन (पुनर्जन्म) समाप्त भएको छ ।
भगवान्ले धर्मचक्र प्रवर्तन सुत्तमा चार आर्य सत्यमाथि तीनतीन आवृत्तिमा गरिने तिपरिवट्टं द्धादशाकारं को गहन व्याख्या गर्नुभएको छ । निर्वाणाभिलाषी साधकहरूका जानकारीका लागि यो व्याख्या परिशिष्टमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1015 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 812 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 732 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 686 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 694 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 654 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 649 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 652 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 744 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 610 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 739 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 743 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 761 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 717 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 802 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 655 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 691 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 761 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 910 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 721 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 717 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 684 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 647 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 616 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 924 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 624 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 594 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 667 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 706 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 670 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 641 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1025 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1036 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 652 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 655 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 772 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 971 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 773 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1000 0
७.२ सम्यक वाणी साधना 1/11/2023 849 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 666 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 552 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 709 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 723 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 895 0
६.१ दुःख आर्य सत्य 1/11/2023 680 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 760 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 636 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 747 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 615 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 604 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 678 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 701 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 634 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 738 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 677 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 743 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 599 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 527 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 688 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 676 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 743 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 697 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 656 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 769 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 883 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2635 0